Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Wednesday, November 13, 2013

पहिचान र समानताका लागि एक ऐतिहासिक लडाई आदिवासी चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा मनाउन माग

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

पहिचान र समानताका लागि एक ऐतिहासिक लडाई

आदिवासी चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा मनाउन माग 


जातिय मुक्तिको लागि संघीयता, वर्गिय मुक्तिको लागि समाजवाद भन्ने नारा लिएर एक वर्ष पहिले उदाएको संघीय समाजवादी पार्टीले आदिवासी चाडपर्वलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा राज्यद्वारा मनाउन माग गर्दै गत कार्तिक १८ गते सोमवार टुँडिखेलस्थित सैनिक मञ्चको पश्चिम गेटमा एक घण्टा धर्ना दिएका थिए । उक्त धर्ना कार्यक्रम पछि ससपा काठमाडौं जिल्ला अध्यक्ष सानुराजा शाक्य र प्रत्यक्ष तर्फका दश जना उम्मेदवारहरुको हस्ताक्षर भएको प्रेश विज्ञप्ति वितरण गरिएको थियो । जस अनुसार—

नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश हो । यद्यपी २४० वर्षदेखि चल्दै आएको राज्य सत्ता जातिय, धार्मिक, भाषिक, लैङ्गीक, क्षेत्रिय र वर्गिय रुपबाट एकात्मक थियो । २०६२/०६३को जनआन्दोलनले यस प्रकारको एकात्मक राज्यसत्तालाई अन्त्य गर्दै सबै धर्मलाई समान सम्मान गर्न धर्मनिरपेक्ष, सबै क्षेत्र वर्ग, लिंग र जाती नेपालको वडा अध्यक्षदेखि राष्ट्राध्यक्ष हुन पाउने व्यवस्था गणतन्त्र, सबैलाई स्वशासनको अधिकार प्रदान गर्न संघीयता र राज्य नीति निर्माण तहमा उत्पीडन र उपेक्षामा पारिएका आदिवासी जनजाति, मधेशी, महिला, दलित मुश्लीम, अपांग र यौनिक अल्पसंख्यक प्रतिनिधित्वको लागि समानुपातिक समावेशीतालाई संस्थागत गरेर नेपालको अन्तरिम संविधान २०६३ जारी भएको हो ।

नेपालको अन्तरिम संविधान २०६३ ले धर्मनिरपेक्ष घोषणा गरेतापनि सबै धर्म संस्कृतिकले समान सम्मान पाउन नसकेको तितो यथार्थताले हाम्रो भावनामा गहिरो चोट पु¥याएको छ । अतः राष्ट्रका राष्ट्रिय चाड मनाईने स्थान सैनिक मञ्चमा सम्पूर्ण आदिवासी जनजातिका चाडपर्वहरु भिन्तुना लगायत लोसार, ल्होछार, सकेला, उधौली उभौली, छठ, जितीया, माघे संक्रान्ति, स्याँदर पिँधर आदि चाडलाई राष्ट्रिय चाडको रुपमा सैनिक मञ्चमा राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु, मन्त्री परिषद निजामती कर्मचारीको उपस्थितिमा नेपाली सेनाद्वारा हर्ष बढाई र राज्यले बजेटको व्यवस्था गरेर मनाउनु पर्ने जोडदार माग गर्दै कार्तिक १८ गते सोमवार सङ्घीय समाजवादी पार्टी नेपालको काठमाडौं दशवटै निर्वाचन क्षेत्रका उम्मेदवार र काठमाडौं जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुले सैनिक मञ्चको पश्चिम तर्फको गेटमा धर्ना दिंदै विज्ञप्ती जारी गरिएको छ ।

‘पहिचान सहितको संघीयताकालागि प्रचण्डको विकल्प छैन’

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

स्थानीय समस्यालाई लिएर कीर्तिपुरका बुद्धिजीवीहरुको तर्फवाट ९ बुँदा माग
‘पहिचान सहितको संघीयताकालागि प्रचण्डको विकल्प छैन’

कीर्तिपुर सन्देश

कार्तिक १७ गते काठमाण्डौं निर्वाचन क्षेत्र नं. १० मा एकीकृत माओवादीका प्रत्यक्ष उम्मेदवार प्रचण्डको घरदैलो कार्यक्रम पछि बाघभैरवस्थानमा एक सभाको आयोजना गरिएको थियो । सभामा बाम बुद्धिजिवी खग्र्रेन्द्र सँग्रौलाले ‘यस क्षेत्रमा प्रचण्डले हार्दै छ भन्ने हल्ला सुनेर हेर्न आएको, अहिले प्रचण्डको समर्थनमा घरदैलो कार्यक्रममा सहभागि जनसागर देखेर प्रचण्ड नहार्ने’ बताउनु भयो ।

आफ्नो मन्तव्यको क्रममा प्रचण्डले विगतको संविधानसभामा  माओवादीको दुईतिहाई बहुमत नआएको, कांग्रेस र एमालेले धोका दिएकोले पहिचानसहितको संविधान नआएको, आगामी निर्वाचनमा एमाओवादीले दुईतिहाई बहुमत ल्याउने र उपत्यकामा नेवाः स्वायत्त  राज्य बनाउने, जबसम्म नेवाः स्वायत्त राज्य बन्दैन माओवादीको संघर्ष नरोक्ने र कीर्तिपुरवासीले नेवाः स्वायत्त राज्य बनाउन एमाओवादीलाई पूर्ण समर्थन गर्ने विश्वास भएको बताउनु भयो । सभामा १० का बुद्धिजीवीहरुको तर्फवाट प्रा.डा. शिवशरण महर्जनले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा भनिएको छ ‘गएको संविधान सभामा भारी मतले तपाईलाई जिताएपछि पनि विशेषतः कीर्तिपुर डांडाका जनताहरुले राहतको महशुस गर्न पाएनन् । संविधान त बनेन बनेन तर विकास निर्माणका कार्यहरुमा पनि सन्तुष्ट हुने ठाउँ पाएनन् । यसले गर्दा यहाँका जनताहरु तपाई जितेर जाँदा तपाईले दिनु भएका आश्वासन सम्झेर बसेका छन् र तपाईका विपक्षिहरुलाई त्यही मसला बनेको छ । त्यत्रो ठुलो नेतालाई भारी मतले जिताएर पठाउँदा तपाईसम्म जनताहरुको पहुंच नपुगेको र ठोस विकास निर्माणका कामहरु नभएको गुनासो यहाँका जनताहरुले गरेका छन् । उत्पिडित जनताहरुले चाहे अनुसारको अग्रगामी पहिचान सहितको संविधान बनाउन र देशलाई निकासा दिलाउँन तपाईको विकल्प कोही पनि देखिंदैन तर पनि तपाईलाई मत दिएको नाताले जनताका आफ्ना समस्याहरुको समाधान र विकास निर्माणका कुराहरुको पनि आशा गर्नु  स्वभाविकै हुन्छ । तपाईको मतदाताहरुको नाताले अग्रगामी संविधान निर्माणको साथै विकास निर्माण बारे कुरा उठाउनु यहाँका जनताहरुको अधिकार पनि हुन आउँछ । यस्ले गर्दा तपाईको पहिलेको प्रतिवद्धता सहित यहाँका जनताहरुको जल्दा वल्दा समस्याहरुसंग प्रत्यक्ष सरोकार राख्ने विविध मागहरु सहित यो ज्ञापनपत्र पेश गर्न चाहन्छौं । हामीलाई आशा एवं विश्वास छ, त्यसलाई तपाई र तपाईको पार्टीले क्रमवद्ध रुपमा आउने दिनहरुमा सम्बोधन गर्नुहुनेछ । र जनताहरुले निर्धक्क रुपमा भारी वहुमतले तपाईलाई पुन संविधान सभामा जिताउने विश्वस्त गराउन चाहन्छौं । कीर्तिपुर लगायत काठमाण्डौं दक्षिण भेगलाई समग्र रुपमा शैक्षिक, मेडिकल र सांस्कृतिक पर्यटकीय नगरको रुपमा विकास गर्न पहलकदमी लिन अनुरोध गर्दछौं । 

१. अघिल्लो संविधान सभाको निर्वाचनमा प्रतिवद्धता गर्नु भएको कीर्तिपुरमा एक अत्याधुनिक अस्पताल निर्माण गर्ने भनिएको योजना सोही वमोजिम त्रि.बि. शिक्षण अस्पतालको रुपमा योजना अगाडी वढीरहेकोमा यसलाई सम्पन्न गर्न आवश्यक स्रोत साधनको व्यवस्था गर्ने ।, 

२.  सात गाउँले साँस्कृतिक र आर्थिक विकास महत्वको सडक (सतुंगल, विष्णुदेवी, कीर्तिपुर र चोभार जोडिने लिंक रोड) निर्माण तथा विस्तार गर्ने ।, 

३. खानेपानी तथा ढल निकासको व्यवस्था गर्ने । जस अन्तर्गत थानकोट देखि चाल्नाखेल सम्मको प्राकृतिक पानीका मूलहरुको संरक्षण, संकलन र वितरण गर्ने । र मौजुदा कीर्तिपुर डांडाका ढल निकासको सुदृढिकरण र घना वस्तीको आधारमा सम्पूर्ण १० नं क्षेत्रमा ढल निकासको विस्तार गर्ने, 

४. सरकारी स्तरको एक प्राविधिक शिक्षालयको स्थापना गर्ने र महिला तथा युवाहरुलाई स्वरोजगार र रोजगारमुलक तालिमहरुको व्यवस्था गर्ने, 

५. सीता पेटेल पम्प, त्रिभुवन विश्वविद्यालय कीर्ति मण्डप विहार, भाजंगल, समःचा हुँदै इचाखेल, थापा गाउँ र सिमझवा हिटी सम्मको सडक जोड्ने तथा विस्तार गर्ने, 

६. चम्पादेवी फेदी सडक (चाल्नाखेल देखि मच्छेगाउँ, मातातिर्थ, हुंदै थानकोटसम्म ) जोड्ने र सुधार गर्ने । 

७. कीर्तिपुर गढ पर्खाल भित्रका वासिन्दाहरुको घरवास गरी भोगचलन गरी आएका तर लालपुर्जा नभएका जग्गाहरुको लालपूर्जा प्राप्त गराउने, 

८. कृषि उत्पादन, वृद्धि तथा प्रवद्र्धनको लागि ठोस कार्यक्रमको व्यवस्था गर्ने, 

९. साँस्कृतिक पर्यावरणीय पर्यटन छेत्रको विकास गर्ने । जस अन्तरगत निम्न कार्यहरु पर्दछन्, पर्यटन सुचना केन्द्रको स्थापना र कीर्तिपुरलाई पर्यटकीय गन्तब्य स्थान (Tourist destination) को रुपमा कायम गराउने ।, चम्पादेवी स्थित जनजाती जीवन्त संग्राहालयको निर्माण र व्यवस्थापनमा तिव्रता ल्याउने ।, सार्वजनिक पोखरीहरुको संरक्षण र सुदृढिकरण गर्ने, ग. मन्दिर तथा गुम्बा र पाटी पौवाहरुको संरक्षण र सुदृढिकरण गर्ने, साँस्कृतिक वाजागाजाहरुको संरक्षण, विस्तार र व्यवस्थापन गर्ने , चाल्नाखेल देखि थानकोटसम्म पर्यटकीय पदयात्रा मार्ग निर्माण गर्ने ’

संघीय समाजवादी पार्टीको घोषणापत्र (गतांकको बाँकी)

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

संघीय समाजवादी पार्टीको घोषणापत्र
गतांकको बाँकी

६. शासकीय स्वरूप

नेपालमा परम्परागत संसदीय व्यवस्था पटक पटक असफल सावित भएको छ । बहुमतको सरकार र अल्पमतको विपक्ष हुने यस व्यवस्थाले हाम्रो जस्तो बहुजातीय बहुभाषिक देशमा सबै समुुदायलाई समावेशी बनाउन सक्दैन । नेपालमा गणतन्त्रको स्थापना पछिको ५ वर्षमा ६ जना प्रधानमन्त्री भए । वर्ष दिन नपुग्दै सरकार परिवर्तनको खेल प्रारम्भ भई यस व्यवस्थाले मुलुकको राजनीतिमा अस्थिरता मात्र होइन, विकृति र विसङ्गति पनि सृजना गरे । त्यसैले हाम्रो पार्टी समावेशी  राष्ट्रपतीय प्रणालीको पक्षमा उभिएको छ । यस नीति अनुसार देशमा वालिग मताधिकारका आधारमा आम जनताबाट राष्ट्रपति प्रत्यक्ष रूपमा निर्वाचित हुने छ । कुनै पनि व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुन पाउने व्यवस्था गरिने छ । राष्ट्रपति नै सङ्घीय सरकारको पनि  कार्यकारी प्रमुख हुने छ । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग, प्रदेश र जातिको हुने व्यवस्था गरिने छ । 

राष्ट्रपतिले सरकारको प्रभावकारिताका लागि सङ्घीय व्यवस्थापिकाको अनुमोदनमा प्रधानमन्त्री नियुक्त गर्ने छ । प्रधानमन्त्री अनिवार्य रूपमा अर्को जाति÷समुदायको हुनु पर्ने व्यवस्था गरिने छ । राष्ट्रपतिले प्रधानमन्त्रीेको सिफारिसमा सम्पूर्ण प्रदेशहरूबाट प्रतिनिधित्व गराएर समानुपातिक समावेशी प्रकृतिको सङ्घीय सहकार्यात्मक सरकार गठन गर्नु पर्दछ । शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट नियुक्त गरिने छन् । प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय निकायहरूमा त्यहा“को कार्यकारी प्रमुख पनि वालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन गरिने छ । सङ्घीय, प्रादेशिक, विशेष संरचना तथा स्थानीय निकायका सरकारहरू बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने छन् । कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको कार्यकारीणीका पदाधिकारीहरू माथि संविधानमा व्यवस्था भए वमोजीम प्रत्याह्वान गर्न वा महाभियोग लगाउन सकिने व्यवस्था गरिने छ ।
७. नयाँ संविधानसभाका आघारभूत विषय बस्तुहरु

संविधान सभाको यो निर्वाचन पहिलो संविधान सभा निर्वाचनकै दोस्रो संस्करण हो । हाम्रो पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूलाई समेत ध्यानमा राख्दै नया“ संविधान निर्माण गर्ने कामलाई सहज बनाउन सबैभन्दा पहिले नया“ संविधानका आधारभूत विषय वस्तुहरू तय गर्नु पर्ने कुरामा जोड दिंदै आएको छ । नया“ संविधानका अन्तर्वस्तुहरूका सम्बन्धमा हामीले गत संविधान सभाका विषयगत समितिहरूले पारित गरेका प्रमुख विषयहरूको स्वामित्व ग्रहण गर्नु पर्दछ । हामीले संसारभरिकै लोकतन्त्रका शाश्वत मूल्य र मान्यताहरूको अवलम्बन गर्नु पर्दछ । त्यसरी नै मुलुकको राष्टिूू«य स्वाधीनता, सङ्घीय लोकतन्त्र र सामाजिक परिवर्तनलाई आत्मसात गरिनु पर्दछ । मानव अधिकारको विश्वव्यापी घोषणा, अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरूका साथै सबै प्रकारका शोषण, दमन र विभेदबाट जनतालाई मुक्त गर्ने कुराप्रति प्रतिवद्ध हुनु पर्छ । त्यसका लागि यस संविधान सभामा हाम्रा मुख्य एजेण्डाहरू पहिचान सहितको सङ्घीयता, आर्थिक क्रान्ति र समतामूलक विकास हुन् ।
सामान्यतः नया“ संविधानका अन्तर्वस्तुहरू निम्न वमोजिम हुनु पर्दछ :

७.१. राज्य र राष्ट्रको परिभाषा 
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य, समाजवाद उन्मुख, धर्म निरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने छ । नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावानरही एकताको सुत्रमा आवद्ध बहुल राष्ट्रियता सहितको सम्पूर्ण नेपाली जनता समष्टिगत रूपमा नेपाल राष्ट्र हुने छ । 

७.२. सार्वभौमसत्ता र राजकीय सत्ता
नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित हुने छ । यसको प्रयोग सङ्घ, प्रदेश, स्थानीय निकाय र विशेष संरचनाका प्रतिनिधिहरूले संविधानमा व्यवस्था भए बमोजिम गर्ने छन्। जनतामा निहित सार्वभौमसत्ता लाई वलियो बनाउन व्यवस्थापिका सभाले निर्माण गर्ने कानुन पारित हुनुपूर्व जनताको बिच सार्वजनिक सुनुवाइ हुने व्यवस्था गरिने छ ।

७.३. सङ्घीय नागरिकता र प्रादेशिक परिचय–पत्र
प्रत्येक नागरिकलाई प्रादेशिक पहिचान सहितको सङ्घीय नागरिकताको व्यवस्था गरिने छ । नागरिकता आमा वा बाबुको वंशको आधारमा दिने व्यवस्था गरिने छ । नेपाली नागरिकस“ग विवाह   गरेको महिला वा पुरुषलाई निश्चित अवधि नेपालमा बसोबास र सम्बन्धित देशको नागरिकता परित्याग गरे पश्चात् प्रदेश   सरकारको सिफारिसमा अङ्गीकृत नागरिकता प्रदानगरिने छ । अङ्गीकृत नागरिकता पाएका व्यक्तिहरूले कानुनमा व्यवस्था भए बमोजिम निश्चित समयभित्र नागरिकता प्रमाणपत्र पाउने छन् । प्रदेशहरूमा प्रादेशिक परिचय–पत्र वितरण गरिने छ ।
७.४. मौलिक हक एवं मानव अधिकार
सबै नागरिक कानुनको नजरमा समान हुने छन् । प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक वा“च्न पाउने हकको प्रत्याभूतिका साथै  शिक्षा, स्वास्थ्य, रोजगार, आवास तथा खाद्य सम्प्रभूता जस्ता आधारभूत मौलिक हक एवं मानव अधिकारको प्रत्याभूति  गरिने छ । वाक, प्रेस, सभा, सङ्गठन लगायत सम्पूर्ण     नागरिक स्वतन्त्रता र व्यक्तिगत सुरक्षाको अधिकारलाई सुनिश्चित गरिने छ ।

७.५. लोकतान्त्रिक मूल्य र मान्यता 
जनताको सर्वोच्चता, नागरिक स्वतन्त्रता, समावेशी लोकतन्त्र, सङ्घीय शासन, मौलिक हक, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, वालिग मताधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरिने छ ।
७.६. समानान्तर व्यवस्थापिका
नेपालमा सङ्घ स्तरमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुने छ । सङ्घीय व्यवस्थापिका अन्तर्गत राष्ट्रिय सभा (राज्यसभा)मा सबै प्रदेशको समान प्रतिनिधित्व र तोकिए बमोजिम विशेष संरचना र अन्य क्षेत्रको पनि प्रतिनिधित्व हुने छ । प्रतिनिधि सभामा प्रदेशको जनसङ्ख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुने छ । विशेष संरचनाहरू र स्थानीय निकायमा पनि विधायिकी अधिकार प्राप्त व्यवस्थापिका सभा हुने छ ।
७.७. सहकार्यात्मक सरकार
सबै तहमा निर्वाचित कार्यकारी प्रमुख सहित सहकार्यात्मक सरकार हुने छ । केन्द्रमा समावेशी राष्ट्रपतीय प्रणाली अनुरूप समानुपातिक समावेशी प्रकृतिको सङ्घीय सहकार्यात्मक सरकार गठन हुने छ । प्रदेशहरूका मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय निकायका कार्यकारी प्रमुखहरू पनि वालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचनबाट चुनिने छन् । सरकारको सबैभन्दा तल्लो निकायको रूपमा रहने स्थानीय सरकारहरूको तह, सङ्ख्या र गठन विधि सङ्घीय संविधानले गरेको व्यवस्था बमोजिम प्रदेश सरकारले निर्धारण गर्ने छ । देशको सार्वजनिक प्रशासनलाई सङ्घीय प्रणाली अनुरूप पुनर्गठन गरी केन्द्र, प्रदेश, विशेष संरचना र स्थानीय निकायको आफ्नै कर्मचारीतन्त्र विकास गरिने छ ।

७.८. सङ्घीय न्यायपालिका 
सङ्घीय न्यायपालिकाको अवधारणामा आधारित केन्द्रमा स्पष्ट अधिकार क्षेत्र बा“डफा“ट भएको सङ्घीय अदालत र संवैधानिक अदालत तथा प्रदेशहरूमा उच्च अदालत हुने छ । सबै तहको न्यायपालिकालाई आफ्नो क्षेत्राधिकारभित्र अन्तिम निर्णय गर्ने अधिकार हुने छ । सङ्घीय अदालतमा अन्य अदालतहरूले गरेका निर्णयहरू पुनरावलोकन गर्नेअधिकार हुने छ भने संवैधानिक विषयस“ग सम्बन्धित लगायत तोकिएको विषयका मुद्दाहरू संवैधानिक अदालतले हेर्ने छ । सङ्घीय र प्रादेशिक सभाले निर्माण गरेको कानुनभित्र रहेर प्रदेशको उच्च अदालतले आफ्नो काम गर्ने छ । विशेष संरचनाहरू र स्थानीय निकायमा पनि आ– आप्mनो अदालत हुने छ । नेपालका विभित्र समुदायहरूको आफ्नो प्रथाजन्य कानुनहरूलाई राष्ट्रको मूल संविधानस“ग नबाझिने गरी लागू गर्न सकिने छ ।
७.९. सहकारी सङ्घीयता 
सङ्घीय नेपालको संरचना सङ्घ, प्रदेश र स्थानीय निकाय गरी ३ तह तथा विशेष संरचनाको रूपमा हुने छ । सङ्घीय प्रदेश तथा विशेष संरचनाको रूपमा रहने स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैर भौगोलिक विशेष क्षेत्र स्वायत्त र स्वशासित हुने छन् । प्रदेशहरूको आफ्नो छुट्टै झण्डा, प्रदेश गान र प्रतीक चिन्ह हुने छ । स्थानीय निकायहरू प्रदेश मातहत रहने छ र त्यसलाई   सरकारको तेस्रो तहको रूपमा संवैधानिक व्यवस्था गरिने छन् । अल्पसङ्ख्यक, लोपोन्मुख तथा सीमान्तकृत जाति, जनजाति तथा अवसरबाट वञ्चित समुदायहरूको अधिकार विशेष संरचनाको माध्यमबाट सुनिश्चित गरिने छ । ती सबै तह र विशेष संरचनाबिचको सम्बन्ध    सहकारी सङ्घीयताको मान्यता अनुरूप हुने छ ।
७.१०.अधिकारको वाडफाट र अवशिष्ट अधिकार 
सङ्घीय संरचनामा सबै तहका अधिकारहरू नया“ संविधानमा सूचीकृत गरिने छन् ।  सामान्यतः केन्द्रमा देशको सुरक्षा, मुद्रा, विदेश सम्बन्ध, प्रमुख भन्सार कार्यालयहरू, बहुप्रादेशिक प्राकृतिक स्रोतहरू रहने छन् । त्यस बाहेकका सम्पूर्ण अधिकार प्रदेश, स्थानीय निकाय र विशेष संरचनामा रहने छन् । संविधानमा सूचीकृत नभएका अवशिष्ट अधिकारहरू केन्द्र र प्रदेशको सहवर्ती अधिकार ९अगलअगचचभलत चष्नजतक० हुने छ ।
७.११.धर्म निरपेक्षता
राज्य धर्म निरपेक्ष हुने छ । धार्मिक अल्पसङ्ख्यकहरुको हक, हीत र अधिकारको रक्षा गरिने छ । सांस्कृतिक रूपमा रहेको विविधतालाई राज्यले अभिव्यक्त हुन दिने छ । राज्यले खासखास राष्ट्रिय पर्वहरूमा मात्र सार्वजनिक विदा दिने व्यवस्था गरी चाड पर्वहरूका लागि एकमुष्ट विदा छुट्याउने छ । सबै समुदायहरूले आ–आफ्नो चाड पर्वहरूमा विदा लिन पाउने व्यवस्था गर्ने छ ।
७.१२. बहुभाषिक नीति
राज्यका सबै तहका सरकारहरूको काम काजमा बहुभाषिक नीति लागू गरिने छ । सम्बन्धित तहको व्यवस्थापिकाले पारित  गरी सङ्घीय सरकारले प्रयोग गर्ने भाषाहरूलाई सङ्घीय संविधानमा र प्रादेशिक सरकारले प्रयोग गर्ने भाषा प्रादेशिक कानुनमा अनुसूचित गरिने छ । देशका सम्पूर्ण नागरिकहरूले देश भित्रका कुनै दुई भाषा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि थप एक भाषा समेत गरी सामान्यतः तिन भाषा सिक्ने व्यवस्था गरिने छ ।
नेपालमा वोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुने    छन् । मातृभाषामा शिक्षाको ग्यारेण्टी गरिने छ ।
७.१३. लोक कल्याणकारी राज्य
देशको राज्य व्यवस्था जनताको कल्याणमा केन्द्रित हुने व्यवस्था गरिने छ । श्रमजीवीहरू पु“जीवादी शोषणबाट तथा उत्पीडितसमुदायहरू असमानता, विभेद तथा अन्यायबाट मुक्त हुने व्यवस्था गरिने छ । तिनीहरूको कल्याणका लागि स्वास्थ्य वीमा, सेवा निवृत्त वीमा, वाल वालिकाका लागि भरण पोषण र शिक्षा वीमा, वेरोजगारका लागि वेरोजगार वीमा जस्ता लोक कल्याणकारी व्यवस्था लागू    गरिने छ । वृद्ध, एकल महिला, अपाङ्ग, अशक्त, र असहायहरूको संरक्षण तथा सम्पूर्ण जनताको अधिकारहरूको रक्षा गरिने छ । राज्य सामाजिक न्यायको यन्त्र हुने छ ।
७.१४.समाजवाद उन्मुख मिश्रित अर्थतन्त्र
राज्यले समाजवाद उन्मुख मिश्रित अर्थतन्त्र लागू गर्र्नेछ ।  राजकीय, सार्वजनिक, सहकारी, सामुदायिक र निजी क्षेत्रको माध्यमबाट मुलुकको अर्थतन्त्रको विकास गरिने छ । सार्वजनिक निजी साझेदारीलाई विकासको मेरुदण्डको रूपमा लिइने छ । देशको सम्पूर्ण भूमि, प्राकृतिक स्रोत र उत्पादनका साधनहरू सामाजिक कार्यका लागि उपयोग गर्ने सार्वजनिक सम्पत्तिको रूपमा विकास गरिने छ । यस्ता साधनहरू स्थिति हेरी सामुदायिक, सहकारी तथा निजी स्वामित्वमा रहने छन् । सामन्ति भू–स्वामित्वको अन्त्य गरी वैज्ञानिक भूमिसुधार लागूू गर्नुको साथै त्यसको आधारमा जमिनको पुनर्वितरण, आदिवासीहरूको   संरक्षण तथा देशको औद्योगीकरण गर्ने नीति लिइने छ । यस प्रयोजनका लागि कानुन बनाई जग्गा अधिग्रहण गर्न सकिने व्यवस्था गरिने छ ।
७.१५. समानुपातिक समावेशीकरण
राज्यका सबै अङ्गहरूमा आदिवासी जनजाति, खस समुदाय, मधेसी, दलित र मुस्लिम समुदायको समानुपातिक समावेशी गराइने छ । ती सबै समूहमा महिलाहरुको लागि हाल ३३ प्रतिशत सुनिश्चित गर्दै क्रमशः ५० प्रतिशत पु¥याइने छ । मजदुर, किसान लगायत अवसरबाट वञ्चितहरूको अधिकार सुनिश्चत गरिने छ । भेदभावका कारण पछाडी परेका समुदायलाई राज्यले क्षतिपुर्ति दिने छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सकारात्मक विभेदको नीति अङ्गिकार गरिने छ ।
७.१६. आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तता
प्रत्येक व्यक्ति र समुदायलाई संयुक्त राष्ट्रसङ्घले घोषणा गरे अनुरूप आत्मनिर्णयको अधिकार हुने छ । यस अधिकार अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा स्वशासन र स्वायत्तताको अधिकार सुनिश्चित गरिने छ । देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको प्रतिकूल नहुने गरी प्रत्येक प्रदेश, स्थानीय निकाय र विशेष संरचनाहरूले यसको प्रयोग गर्नु पर्ने छ ।
७.१७. स्वतन्त्र, पूर्व सुसूचित सहमतीको अधिकार
जल, जमिन, जङ्गल लगायतका प्राकृतिक स्रोत साधनहरूको प्रयोग र बा“डफा“टका सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धी नं. १६९ लाई कार्यान्वयन गरिने छ । विकाश निर्माणको कार्य अगाडि बढाउ“दा आदिवासी जनजाति तथा स्थानीय समुदायलाई स्वतन्त्र, पूर्व सुसूचित सहमतीको अधिकार हुने छ ।

Monday, November 11, 2013

नयाँ बजारस्थित बैद्य माओवादी कार्यालयमा छापा

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
नयाँ बजारस्थित बैद्य माओवादी कार्यालयमा छापा
तीन बोरा प्रचार सामग्री प्रहरीले लगेको बैद्य माओवादीको आरोप

इतागोलमा एमाओवादीको पोष्टर च्याते,  एमाओवादीले झीगु स्वनिगः पत्रिका च्याते,

दुबै पार्टीका कार्यकर्तावीच भनाभन

बसन्त महर्जनलाई गिरफ्तार गर्न प्रहरी  आएका थिए, स्थानीयवासीद्वारा प्रतिकार

कीर्तिपुर सन्देश

मंसिर ४ गते हुने संविधानसभाको  निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा—माओवादीको कीर्तिपुर नयाँबजारस्थित काठमाण्डौं १० नं. निर्वाचन क्षेत्रीय कार्यालयमा प्रहरीले छापा मारेको छ । 

गत आइतवार बेलुकी करिव ७ बजे बैद्य माओवादीको कार्यालयमा   प्रहरीले छापा मारेको हो । 

करिव तीन भ्यान प्रहरीले सो पार्टीको कार्यालयमा छापा मारी तीन बोरा चुनाव बहिस्कारको पर्चा, पोष्टर र हँसिया हथौंडा अंकित झण्डा सहित सामान लगेको पार्टी कार्यालयले जनाएको छ । छापा मार्ने क्रममा ठूलै संख्यामा प्रहरी आएको र स्थानीयवासीको पनि भीड भएको   थियो । 

नयाँबजार जस्तो मूल सडकमा नै त्यसरी बेलुकी पार्टी कार्यालयमा छापा मारेका कारण स्थानीयवासी त्रशित भएका थिए ।  बैद्य माओवादीले चुनाव बहिस्कार आन्दोलन गर्दै आएको अवस्थामा अन्य कुनै पनि स्थानमा हालसम्म त्यसरी छापा मारेको सूचना आइ नसकेको अवस्था र पार्टीको केन्द्रीय कार्यालय राजधानीका भएतापनि कीर्तिपुरको नयाँबजारस्थित क्षेत्रीय कार्यालयमा अकस्मात प्रहरीले बैद्य माओवादीको क्षेत्रीय कार्यालयमा छापा  मारेको घटनालाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएको छ ।


काठमाण्डौं उपत्यका र बहिरका विभिन्न स्थानमा उम्मेदवारलाई आक्रमण गर्ने घटनादेखि उम्मेदवारको गाडीमा आगो लगाएका घटनाहरु समाचारमा आइरहेको अवस्थामा अहिलेसम्म कीर्तिपुर क्षेत्रमा त्यस्तो कुनै प्रकारको अप्रिय घटना नभएतापनि बैद्यको नेतृत्वमा रहेको माओवादीको क्षेत्रीय कार्यालयमा छापा मारेका कारण सरकार र सुरक्षा निकायले पनि कीर्तिपुर क्षेत्रलाई निगरानीमा राखेको अनुमान गर्न थालेका छन ।  

संविधानसभाको चुनावमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नै प्रत्यक्षमा कीर्तिपुर क्षेत्रवाट उठेको कारणले नै विगतमा जस्तै यसपालि पनि कीर्तिपुर क्षेत्र चुनावको सवालमा केन्द्र बनेको अवस्था छ । यसै वीच प्रचण्डको मंगलवार कीर्तिपुरको पा“गा क्षेत्रमा घरदैलो कार्यक्रम भएका कारण सो बेला बैद्य माओवादीले अवरोध पु¥याउने अनुमानको आधारमा त्यसरी आफूहरुको पार्टी कार्यालयमा प्रहरीले छापा मारेको हो भनी बैद्य माओवादीका एक नेताले कीर्तिपुर सन्देशलाई बताउनु भएको छ । 

छापा मारेको भोलीपल्ट सोमवार विहान क्षेत्रीय पार्टी कार्यालयमा भेला भएका बैद्य माओवादीका नेताहरु मध्ये एक जनाले सो कुरा बताउनु भएको हो ।  

नेपाली सेना र प्रहरीको आडमा बैद्य माओवादीलाई दमन गरे त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको समेत बैद्य माओवादीका एक नेताले चेतावनी दिएका छन् । 

संविधानसभाको चुनाव बहिस्कार आन्दोलन गर्दै आएको मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा—माओवादी सहित ३३ दलीय मोर्चाले उपत्यका बाहिर एमाओवादीका अध्यक्ष प्रचण्ड जुन जुन जिल्लामा पुगेका छन् ती जिल्लाहरुमा सोहि दिन बन्द आह्वान गर्नेदेखि चुनावी प्रचारमा समेत अवरोध पु¥याउँदै आएका कारणले बैद्य माओवादीको कीर्तिपुरस्थित कार्यालयमा छापा मारेको हुन सक्ने अनुमान गरेको छ । 

यसै वीच मंगलवार विहान करिव साढे ८ बजे एकीकृत माओवादीका अध्यक्ष एवं १० नं. निर्वाचन क्षेत्रका उम्मेदवार प्रचण्डको नेतृत्वमा सो पार्टीका विभिन्न उम्मेदवारहरुको घरदैलो अभियान भयो । 

अभियानको क्रममा कीर्तिपुर नगरको इतागोलमा पुगे । सो ¥याली तथा घरदैलो कार्यक्रममा एकीकृत माओवादीको तर्फवाट समानुपातिकमा उम्मेदवार बनेका कीर्तिपुर पा“गाका स्थानीयवासी एवं पूर्व राज्यमन्त्री दिलिप महर्जनको पनि सहभागिता भएको सो ¥यालीको क्रममा स्थानीय नेता कार्यकर्ताहरु सहभागी भएका  थिए । 

मंसिर ४ गते हुने संविधानसभाको चुनावका लागि गरिएको सो अभियान संचालन गर्नु अघि स्थानीयवासीले दिएको जानकारी अनुसार बैद्य माओवादीले चुनाव बहिस्काको आह्वान गदै लेखिएको वालपेन्टिङमाथि एमाओवादीका कार्यकर्ताहरुले सोहि दिनमा विहान प्रचण्डको पोष्टर टाँसेको थियो । 

जब प्रचण्डको नेतृत्वमा सो क्षेत्रमा ¥याली पुग्यो उक्त समयमा मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा— माओवादीका कार्यकर्ताहरुले प्रचण्डको पोष्टर च्याटेका थिए । 

यसै वीच नेपालभाषाको दैनिक पत्रिका झीगु स्वनिगः वितरक बसन्त महर्जन पनि सो ठाउँमा पुगेको रहेछ । वितरक महर्जन पाँगा निवासी हुन भने उहाँ बैद्य माओवादीका कार्यकर्ता पनि हुन । 

महर्जनले पत्रिका बाँद्दै गरेको अवस्थामा ¥यालीमा आएका एमाओवादीका कार्यकर्ताहरुले झीगु स्वनिगः करिव २ सय थान च्याटिदिएका थिए । सो क्रममा भनाभन समेत भएको थियो । प्रचण्डको ¥यालीकै क्रममा यस्तो घटना भएको देखेपछि स्थानियवासी अचम्मित भएका छन् । 

सोहि क्रममा बैद्य माओवादीका कार्यकर्ता एवं झीगु स्वनिगः पत्रिकाका वितरक बसन्त महर्जनले पनि प्रचण्डको पोष्टर च्यातेको स्थानीयवासीले बताएका छन् । प्रचण्डको जुलुस पाँगा लाछिमा पुग्दा एमाओवादीका एक जना कार्यकर्ताले बसन्त महर्जनलाई पिट्न खोज्दा प्रहरीले बसन्तलाई बचाएर घर पठाई दिएको        थियो ।

प्रचण्ड ¥याली समाप्त गरी फर्केको लगतै एमाओवादीका केही कार्याकर्ताहरु प्रहरीलाई लिएर बसन्त महर्जनको घर पाँगाको दथलमा पुगेका थिए । बसन्त महर्जलाई प्रचण्डको पोष्टर च्याटेको आरोपमा गिरफ्तार गर्न खोजेको थियो । 

सो क्रममा पाँगा दथल टोलवासीले ‘ पहिला पत्रिका च्यात्नेलाई ल्याउनु’ भनी जनताले प्रतिकार गरे । जनताको प्रतिकार देखेपछि प्रहरी लाचार भएर फर्किन बाध्य भए । त्यसपछि स्थानीयवासीले प्रचण्डको विरुद्ध नारावाजी समेत गरे । 

एकीकृत माओवादी र बैद्य माओवादीका धेरै जना राज्य समितिका सदस्यदेखि विभिन्न तहका कार्यकर्ता रहेको कीर्तिपुरको पा“गा क्षेत्रमा नै चुनावको विषयमा यस्तो घटना भएका कारण भोलिका दिनमा अझ बढि यस्ता घटना हुनसक्ने स्थानीयवासीले अनुमान गर्न थालेको अवस्थाछ । 

संविधानसभा चुनावको मुखमा आएर सुरक्षा निकाय चनाखो हुनुपर्ने र दुबै माओवादीका कर्याकर्ता पनि समयमित हुनुपर्ने अवस्था आएको छ र सस्तो घटनाले कसैलाई फाईदा हुदैन भन्दा केहि फरक नर्पला ।

संविधानसभा–२०६४ मा मुख्य पार्टीहरुले पाएको मतसंख्या र सभासद संख्या

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
संविधानसभा–२०६४ मा मुख्य पार्टीहरुले पाएको मतसंख्या र सभासद संख्या


यस तालिकामा ५९९ जना सभासद संख्या छ । २ जना सभासद स्वतन्त्र उम्मेदवारले जितेको कारण त्यसको विवरण यहा“ दिइएको छैन । 

विगतको संविधानसभामा पहिलो पटक समानुपातिकबाट पनि सभासद चुन्ने नेपालको लागि पहिलो अभ्यास थियो । त्यसैले मतदाताले खासै नबुझेको भन्ने हो कि बुझेको भन्ने हो । समानुपातिकमा पार्टीगत भन्दा व्यक्तिगत मत पाउने रहेछ भन्ने प्रमाणित भएको छ । 

ठूला दल भनाउ“दा पार्टीहरुको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा मत कम आएको देखिन्छ । साना पार्टीहरुले प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा बढी मत ल्याएको देखिन्छ ।

नेकपा एमाओवादीको प्रत्यक्षभन्दा समानुपातिकमा १३१५ मत मात्र कम देखिएको छ । नेपाली कांग्रेसमा ७९,००७ मत कम देखिएको छ । त्यस्तै नेकपा एमालेमा ४५,६९४ मत कम देखिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको ६,६५७ मत कम देखिएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको ४६,७८३ मत कम भएको छ ।

तर मधेशी जनअधिकार फोरम नेपालको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा ४४,१७३ मत बढेको देखिन्छ । त्यस्तै नेकपा मालेको पनि प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा ७५,३४९ मत बढी आएको छ । जनमोर्चा नेपालको २७,५३५ बढी, नेपाल कम्यूनिष्ट पार्टी युनाइटेडको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा  ११५,८६८ मत बढी लिन सफल भएको छ । त्यस्तै राप्रपा नेपालले पनि प्रत्यक्षभन्दा समानुपातिकमा ३३,८३५ मत बढी छ ।
नेपाः राष्ट्रिय पार्टीले पनि प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा तीन दोब्बर मत लिन सफल भएको थियो । प्रत्यक्ष्यमा ११,३५२ समानुपातिकमा ३७,७५२ मत लिन सफल भएको थियो ।

नेपाल परिवार दलले प्रत्यक्षमा उम्मेदवार नउठाए पनि समानुपातिकमा २३,५१२ मत प्राप्त गरी १ जना सभासद संविधान सभामा पठाउन सफल भएको छ ।

अबको चुनावमा पनि यो नदोहोरियला भन्न सकिन्न ।

Sunday, November 10, 2013

जनजातिको पक्षमा सर्वोच्चले गरेको फैसला

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

जनजातिको पक्षमा सर्वोच्चले गरेको फैसला

लाहुर्निप लगायत २० वटा विभिन्न संघसंस्थाद्वारा सर्वोच्च अदालतमा दायर रीट/ मुद्दा

नेपालले २०६४ साल भाद्र ५ गते क्ष्ीइ ऋ।ल्य।ज्ञटढ अनुमोदन गरेको तथा २०६४ साल चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न गरेको सर्वविदितै छ । तर नेपाल पक्ष राष्ट्र रहेको आई.एल.ओ. महासन्धि नं.१६९ तथा आदिवासी अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र, २००७, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र ९क्ष्ऋऋएच्०, १९६६, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र ९क्ष्ऋभ्क्ऋच्०, १९६६, सबै प्रकारको जातीय भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि ९क्ष्ऋभ्च्म्०, १९६५ र अन्य विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुद्वारा प्रत्याभूत गरिए बमोजिम संविधानसभामा आदिवासी जनजातिको मौलिक प्रक्रिया अनुरुप उनीहरुको प्रतिनिधित्व नगरिएको÷ नगराइएको हुँदा लाहुर्निप लगायत २० वटा विभिन्न संघसंस्थाद्वारा प्रधानमन्त्री, संविधानसभाध्यक्ष लगायत २१ वटा संवैधानिक तथा सरकारी निकायहरु विरुद्ध उत्प्रेषणको रीट (मुद्दा) सर्वोच्च अदालतमा मिति २०६५ साल फाल्गुन १ गते रीट नं.०४७५मा दर्ता गरियो । यसले मिति २०६५ साल फाल्गुन १८ गते विपक्षीहरु झिकाउने आदेश भई अग्राधिकार समेत प्राप्त ग¥यो । उक्त रीतमा मिति २०६६ साल फाल्गुन ५ गते पेशी चढेकोमा सो दिन नभ्याउने भई पटक–पटक गरी २१ पटक पेशी चढेको र मिति २०६९ साल पौष २२ गते पेशी चढी सो दिन दुवै पक्षको बहस समेत भई मिति २०६९साल माघ २१ गते निर्णय सुनाउने भनी पेशी तोकिएकोमा सो दिन नभ्याएकोले ६ पटकसम्म नभ्याउने भई मिति २०७० साल बैशाख ८ गते मात्र उक्त रीटको आदेश (फैसला) भएको छ र यस आदेशको मिति २०७० साल आषाढ ९ गते नक्कल सारी सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि सो रीटको निर्देशनात्मक आदेशको ‘आदेश खण्ड’ तल प्रस्तुत गरिएको छ:
 
सम्मानित सर्वोच्च अदालतद्वारा दिइएको निर्देशनात्मक आदेशको जस्ताको तस्तै अंश —
 ....२०६४ सालमा संविधानसभाको निर्वाचन भई नेपालको अन्तरिम संविधान, २०६३ अनुसार गठन भएको संविधानसभामा हुनुपर्ने प्रतिनिधित्वको विषयलाई लिएर दायर भएकोमा निवेदन विचाराधीन रहेकै अवस्थामा २०६४ सालमा निर्वाचन भई गठन भएको संविधानसभा २०६९ जेष्ठ १४ गतेबाट निर्धारित कार्यकाल समाप्त भई विघटन भइसकेको हुँदा निवेदनमा माग भए अनुसार रिट जारी हुन सक्ने अवस्था नभएकोले प्रस्तुत रिट निवेदन प्रयोजनहीन भई खारेज हुने ठहर्छ । तर निवेदनमा उठाइएका संविधानसभामा हुनुपर्ने प्रतिनिधित्व सम्बन्धी प्रश्नहरु आगामी संविधान सभाको निर्वाचनको सन्दर्भमा समेत प्रासंगिक देखिएकोले अब गठन हुने संविधानसभामा आदिवासी÷ जनजाति लगायत आर्थिक, सामाजिक रुपले पछाडि परेको एवं सीमान्तकृत वर्ग वा समुदायको प्रतिनिधित्व के कसरी गर्दा सार्थक एवं प्रभावकारी हुन्छ, नेपाल समेत पक्ष रहेको नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी महासन्धि १९६६ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि १९६६, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं.१६९ लगायतका अन्तर्राष्ट्रिय कानून तथा सभ्य मुलुकहरुले प्रयोग गरी आएको स्थापित परम्परा समेतको अध्ययन अनुसन्धान गरी यसबाट प्रभावित विभिन्न पक्षहरुसँग छलफल, विचार विमर्श गरी नेपालको सन्दर्भमा अब गठन हुने संविधान सभामा संविधानले अंगिकार गरेको सिद्धान्त र भावना अनुसार आदिवासी जनजाति लगायत सीमान्तकृत तथा पिछडिएको वर्गको सार्थक एवं प्रभावकारी प्रतिनिधित्वका लागि के कस्तो व्यवस्था उपयुक्त हुन्छ । सो प्रयोजनका लागि संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ संविधानसभा सदस्य निर्वाचन नियमावली २०६४, संविधानसभा नियमावली, २०६५ लगायतका कानूनहरुमा के कस्तो संशोधन वा परिमार्जन आवश्यक पर्छ सोको निमित आवश्यक पहल गर्नु भनी विपक्षीहरुको नाममा निर्देशात्मक आदेश जारी हुने ठहर्छ । आदेश कार्यान्वयनको लागि विपक्षीहरुलाई जानकारी दिनुका साथै आदेश कार्यान्वयन अनुगमनको लागि प्रस्तुत आदेशको एक प्रति फैसला कार्यान्वयन निर्देशनालयलाई समेत पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

सन्दर्भ संविधानसभा— संङ्घीयताको विषयमा खुल्ला बहस आउने चुनावमा भोट कसलाई दिने ?

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

सन्दर्भ संविधानसभा— संङ्घीयताको विषयमा खुल्ला बहस आउने चुनावमा भोट कसलाई दिने ?

विक्रम शाक्य
आफ्नो समुदायको उम्मेदवार भन्दै एकात्मक ब्राम्हणवादिहरूको झोला बोक्ने पहिचान बिरोधि दल र नेताहरूलाई चुनावमा नजिताउ“ । आफ्नो खुट्टामा आफै बन्चरो नहानौं र फेरि दास हुनबाट मुक्त हुने संविधान बनाउन योगदान दिउ“ । आउने पुस्ताले आफ्नो हक र अधिकारको लागि फेरी लड्नु पर्ने, आन्दोलन गर्नुपर्ने, रगत बगाउनु पर्ने संविधान बन्यो भने त्यो हाम्रो पुर्खामाथि अन्याय र विश्वासघाट मात्र हुनेछैन आउने पुस्ताको भविष्य यस भूमिमा अन्धकार नै हुनेछ ।

संघीयताको बारेमा ज्ञान किन नदिएको ?
पूर्ण सुहांग
आजभन्दा २५० वर्षअघि नै अमेरिकामा संघीय शासन सुचारु भएको कुरा, २०० वर्षअघि स्वीजरल्याण्डमा विश्वकै सुन्दर संघीय व्यवस्था लागु भएको कुरा हामीले भुसुक्कै बिस्यौंं । हामीलाई जर्मनीमा जन्मेको काल माक्र्सको कुरा खुब पढाइयो, घोकाईयो तर त्यही जर्मनी अहिले संघीय गणतन्त्र जर्मनी बनेको कुरा कसैले भनेन । हामीलाई लेनिनको थुप्रै पुस्तकहरू पढाईयो । तर त्यही लेनिनले सन १९१७ मा १४ वटा संघीय गणराज्यहरू मिलाएर सोभियत संघ बनाएको बारे कसैले बोलेन । हामीलाई गान्धीको बारे खुब अर्ति उपदेश दिए तर त्यही गान्धीहरूले भारतमा संघीय शासन लागु गरेको बारे कसैले चु“सम्म बहस गरेन । अनि संघीयता सम्बन्धी ज्ञानहरू  विरालोले दिशा लुकाए झै लुकाउने कथित विद्वान र नेताहरूलाई नै हामीले सर्वोपरि नेता, नेतृत्व मान्दै आयौं । त्यो हाम्रो गल्ति थियो, त्यसमा हामीले प्रायश्चित गर्नुपर्छ र एउटा नया“ संघीय यात्रा शुरु गर्नुपर्छ ।

एकलजातिय पहिचानको विवाद राष्ट्रघाती विवाद हो
कीर्ति लभ जोशी
आज पनि पहाड, हिमाल र तराइका केही सम्मानित बुजुर्ग नागरिकहरूले “काठमाडौ जाने” भन्नलाई “नेपाल जाने” भन्ने गरेको पाईन्छ । अर्थात् काठमाडौं उपत्यकालाई “नेपाल” नामले जानिन्थ्यो र जानिन्छ । नेवाल– नेपार–नेपाल । यसरी यो उपत्यकाको नाम “नेपाल” रहन गएको कुरा इतिहासविदहरू भन्दछन् । अर्थात नेवारहरूको वासस्थानलाई “नेपाल” भनिने तथ्य नेपाली मात्र होइन विश्वका धेरै इतिहासकारहरूले प्रमाणित गरेका छन् ।

ने.सं.८८८मा राज्यको विस्तारका क्रममा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका कब्जा गरिसकेपछि मुलुकको सिंगो भूभागलाई नेवारहरूको बासस्थानको रुपमा चिनिने नाम “नेपाल” नामांकरन गरिएको थियो । के अब “नेपाल” एक जातिय पहिचानको मुलुक हो ? यदि हो भने अब राष्ट्रघाती नया“ विवादको भूमी तयार भएको वा पारिएको मान्नु पर्ने हुन्छ । जसले नेपाललाई एकल जातिय पहिचान भनेर वकालत गर्दछ त्यो राष्ट्रघाती कित्तामा पर्नेछ । होइन भने लिम्बुबान कसरी एकल जातिय पहिचान हुनसक्छ ? ताम्सालिङ कसरी एकल जातिय पहिचान हुनसक्छ ? यसरी नै नेवाः, तमुवान, थारुवान, मगरात ... इत्यादी कसरी एकल जातिय पहिचान हुनसक्छ ? तसर्थ उपरोक्त प्रदेशका नामहरूलाई ज–जसले एकल जातिय पहिचान भनेर वकालत गर्दछ तिनीहरूले प्रकारान्तर रुपमा नेपाललाई पनि एकल जातिय पहिचान भनिरहेको भन्नुपर्ने हुन्छ जुन ठ्याक्कै राष्ट्रघात र विखण्डनवाद हो ।

अर्को प्रष्ट हुनुपर्ने कुरा के हो भने नेपालका कुनै पनि जाति वा समूहले स्वतन्त्र जातिय राज्य मागेका छैनन् । बरु ऐतिहासिक रुपमा गौरवका धरोहरलाई कायम गर्न प्रदेशहरुको न्यायोचित नामांकरणको माग गरेका हुन् । यस्ता जनताका मागहरुप्रति असहिष्णुता प्रदर्शन गर्ने भनेको राष्ट्रघात र अहंकारको प्रदर्शन बाहेक केही होइन ।

२४५ वर्षदेखि जवरजस्ती रुपमा पतनको बाटोमा धकेलिंदै गरेका नेपालका सबै जाति, भाषा, धर्म, संस्कृतिको प्रवर्धन गर्न १/२ टर्म अग्राधिकारको आवश्यक हुने आवाज उठ्नु अस्वाभाविक होइन । यसमा बहस र सम्बाद हुनसक्छ । हुनुपर्छ । तर जसरी नेपाल बहुजातिय राष्ट्र हो त्यसरी नै सबै प्रदेशहरू बहुजातिय प्रदेश नै हुन् । आदिवासी, जनजाति, मधेसी, मुस्लिम सबैले आफ्नो अपहरित अधिकार पुनःप्राप्ति गर्न खोजेका हुन् । अरुको अधिकार खोस्न खोजेका होइनन् ।

तसर्थ जानि नजानि अहिलेसम्म राष्ट्रघाती र अहंकारी अभिव्यक्ति संप्रेषण गर्दै गरेका मित्रहरूलाई सच्चिन र साम्प्रदायिक सद्भाव कायम गर्ने दिशामा अग्रसर हुन आह्वान पनि गर्दछु ।

संविधानसभाको लागि सबै भन्दा बहस भइरहेको संघीयताको सवालमा तपाईको आफ्नो विचार केहि छ भने हामीलाई पठाउनुहोस् हामी तपाईको विचार प्रकाशित गर्नेछौं । सं.

नेपाल सम्बतलाई सोलार क्यालेण्डरको मद्दत आबश्यक

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

नेपाल सम्बतलाई सोलार क्यालेण्डरको मद्दत आबश्यक

लबलाल प्रधान




नेपाल सम्बत लुनार क्यालेण्डर हो । जस्मा ३५४ दिनको एक बर्ष हुन्छ र तीन बर्षमा एक पटक अनला महिना आउँछ, जस्ले ३८४ दिनको बर्ष हुन्छ । औसीको भोली पल्ट प्रतिपदा देखि अर्को औंसीसम्म एक महिना हुन्छ । त्यसैले हरेक महिना कि २९ दिन कि ३० दिन हुन्छ । यो परिबर्तनसिल छ, एक दिनको यताउता पर्दछ । महिनाको नामहरुमा बिषेशता छ । सबभन्दा पछाडिको अक्षर ला हुन्छ । जुन नेवारीमा महिना हुन्छ । छला भनेको कुनै सम्बतको पहिलो महिना हो, जस्तै नेपाल सम्बतको कछला करुणामयला, बिक्रम सम्बतको पहिलो महिना बछला, बुद्ध सम्बतको पहिलो महिना तछला, त भनेको तथागत, तथागत बुद्धको नाम पनि हो । महिनाको हरेक पहिलो अक्षरले सो महिनाको हावापानी बा सास्कृति बताउँछ । 

कछला    करुणामय ला
थिंला      सर्गथिगु ला धेरै ताराहरु देख्ने महिना
पोहेंला     पों भनेको असिना, असिना र हिउँ पर्ने महिना
सिल्ला     पहिला पहिला बिफरले सताउँने हुँदा सितला माईको पूजा गर्दछ । सितलामाई ला ।
चिल्ला     चिरस्वायेगु ला, फागु महिना ।
च्वला      जामाच्व ला, च्व भनेको पहाडको टुप्पा हो । जामाच्वमा बर्षको एक पटक मात्र
           च्वलापुर्णिमामा बुद्धस्टुपको दर्शन गर्न पठाउने गर्दछ ।
बछला      बिक्रम सम्बतको पहिलो महिना
तछला      बुद्ध सम्बतको पहिलो महिना, तथागतछला
देला        दे भनेको देश, देशको आर्थिक दृष्टिकोणले (देशभरी रोपाई) महत्वपुर्ण महिना
गुँला       हाकुगुँ भनेको सुनसान ठाउँ, जहाँ पुरुखाहरुको बास छ भन्ने कथन छ । यस महिना सोको सम्झनामा पुर्खाहरुको कार्य गाईजात्रा, चोख्याउँने र बा पूजा गरिन्छ ।
ञँला        ञ्ाँ भनेको ईन्द्रको चिन्ह हो । यो महिनामा ईन्द्रजात्रा गरिन्छ । ञँसिथनिगुला
कौला       कौला भनेको केही खाने हो । यो महिनामा दशैं पर्दछ । मोहनीला

नेपाल सम्बतमा सूर्योदय हूँदा जुन तिथी थियो , त्यसै तिथीको दिन मानिन्छ। त्यही सूर्योदय बेलाको तिथी बाटनै चाडबाड तोक्ने गर्दछ। हजार बर्षसम्म यसरी चलिराखेको थियो । 

यसरीनै चाडबाड तोक्ने प्रथा थियो। बिक्रम सम्बत १९६१ मा नेपालमा बिक्रम सम्बतको गते प्रचलनमा ल्याईयो। तर चाडबाड तोक्ने सोही सूर्योदयबेलाको तिथी अनुसार चलिआईराखेको थियो, र अहिलेसम्म पनि धेरै ठाउँमा चलिआएको छ । तर पाँच छ बर्ष अगाडि देखि बिहान पूजागर्न बिहानको तिथी, दिउँसो पूजा गर्न दिउँसोको तिथी, राति पूजा गर्ने भए रातिको तिथी अपनाउँन थाल्यो । 

मतलब दिनको दुईटा तिथी मान्न शुरु ग¥यो । राति मनाउँने सबै चाडबाड एक दिन अगाडि मनाउँन थाल्यो । नेपाल सम्बत क्यालेण्डरमा तिथी नै गते स्वरुप लिने हुँदा बार र सूर्योदय बेलाको तिथी लेखिने गर्दछ । तर आजकाल चतुर्दशीको दिन फागु पुर्णिमाको बिदा दिन थाल्यो, चतुर्दशीको दिन लक्ष्मीपूजा मनाईन थाल्यो, सप्तमीको दिन कृष्णाष्टमी मनाउँन थाल्यो । चैत दशैं र राम नबमी एकै दिनमा मनाउँने पञ्चागंमा लेखिन थाल्यो । यो सबै गर्नु नेपाल सम्बतको बिरुद्ध जानु याने लुनार क्यालेण्डर बिरुद्ध जाने हो । नेपाल सम्बत क्यालेण्डर चल्तिमा नआवस भन्ने हेतुले चाडबाड तोक्ने ढाँचा बदल्न थाल्यो । जस्ले नेपाल सम्बत चल्ति होस् भनेर ईच्छा गर्दछ, उस्ले सूर्योदय बेलाको तिथीबाट नै चाडबाडको तिथी तोक्न आग्रह छ । मानौं कुनै फुटबल प्रतियोगिता ६ वटा टिमको बीचमा आश्विन शुक्लपक्ष प्रतिपदा देखी शुरु भएर आश्विन कृष्णपक्ष प्रतिपदाको दिन अन्त भयो । 

अब भन्नुस् कति दिन खेल भयो ? तपाई तुरुन्त भन्नु हुन्छ १६ दिन खेल भयो । तर पञ्चमी टुट छ भने १५ दिन मात्र हुन्छ । यदी अष्टमी दुई दिन छ भने १७ दिन हुन जान्छ । त्यसैले सरल जोड घटाउ कार्य हिसाब गर्न नसक्ने हुन्छ । गते तारिख जस्तो दिन तोकिने हुनु पर्दछ, जुन नेपाल सम्बत लुनार क्यालेण्डर भएको हुँदा हुन सक्दैन । त्यसैले अकंले दिन तोक्न जरुरी हुन आउँछ । त्यसैले हामीले ताः ले दिन तोक्ने प्रयोग गरुँ । अब कुरा उठछ कसरी ?

त्यही तिथी टुट र बढी हुने भएकोले दैनिक तथ्यांक दिन अनुसार ९ अकंले जस्तो ० हुन सक्दैन । दिनलाई अकंले जस्तो सरल तरिकाले तोक्नु सत्ता शब्दले दिन तोक्नु धेरै समय लाग्ने र असजिलो पनि हुन आउँछ । त्यसैले हरेक अफिसमा र मानिसहरुमा सरल तरिकाले तोक्न अकंल ेनै दिन तोक्नु अत्याबश्यक हुन आउँछ । 

नेपाल सम्बतमा एक औंसीबाट तैं¥हौं  औंसी बीचको दिनहरुलाई लुनार क्यालेण्डरले बर्षको परिभाषा दिने हुनाले, ३५४ दिनको एक बर्ष हुन आउँछ । तर अहिले समस्त संसारमा पृथ्बीले सूर्यलाई एक चक्का परिक्रमा गर्ने समयलाई बर्षको परिभाषा दिने गर्दछ । तर बिक्रम सम्बतमा ३६५।२५८६दिनलाई एक बर्ष मानिने गर्दछ । बर्षको शुरुवात बैशाख १ गते ९खभचलब िभत्रगष्लयह० दिन र रात बराबर हुने दिन अथबा सूर्य सूर्योदय समयमा मेष राषीमा पसेको दिन दिनलाई मान्ने गर्दछ । तर आजकल त्यो दिन चैत्र ४ गते सरिसकेको छ । त्यो भर्नल ईक्वीनक्स दिन ईस्वी सम्बतमा मार्च २१ तारिखमा पर्दछ र बर्षको परिभाषा ३६५।२४२५ दिनलाई लिने गर्दछ । तर चैत्र ४ गते मार्च १७ तारिखमा सरे जस्तो लाग्दछ । त्यसैले ईस्वी सम्बतले अपनाएको बर्षको परिभाषा साँचोको नजिकै देखिन्छ । बिक्रम सम्बतमा मेल खाँदैन, १०० बर्षमा एक दुई दिन फरक हुन आउँछ । त्यसैले ३६५।२४२ दिनको एक बर्ष गर्नु पर्ने संकेत दिन्छ । 

सेमी, मिटर, फुट कुनै तोकिएको लम्बाई भएकोले स्टाण्डर एकाई मान्दछ । त्यस्तै ग्राम, किलोग्राम, पाउण्डलाई तौलको एकाई मान्दछ । यिनिहरु सबै संसारभरि चलेको स्टाण्डर एकाई मान्दछ । यही तोकिएको आधारमा संसारभर फैलिएको छ । हात भित्ता, मुरी, पाथी परिबर्तन हुन सक्ने भएकोले ब्यबहारिकताबाट हटदै गईसकेछ ।

यो साल आषाढमा बैशाखमा भन्दा मासिक बर्षा धेरै छ । यो त जुनसुकै बर्षमा हुन्छ, यस्तोलाई तुलना भन्न मिल्दैन । यो बर्षको आषाढको मासिक बर्षा पोहोर साल आषाढ भन्दा धेरै    छ । किन हुँदैन त ? यो साल आषाढ महिना ३२ दिनको छ, पोहोर सालको आषाढ महिना ३० दिनको थियो । त्यसैले तुलना गर्दा उस्तै मात्र तुलना गर्नु पर्दछ र कुनै तोकिएको ठोस चिजमा आधारित हुनु पर्दछ । परिबर्तनसिल छ भने भरोसा योग्य हुँदैन, स्टाण्डार्ट हुँदैन ।  मासिक तथ्याकं धेरै थरिको हुन्छ । ती सबै बिक्रम सम्बतको महिनाहरु दिनहरु बदलिने हुँदा कुनै पनि मासिक तथ्यांक तुलना योग्य हुँदैन । त्यसको आधारमा बनाएको योजना पुर्णमात्रामा सफल हुँदैन । त्यसैले प्राबिधिक बिकाशको लागि कुनै ठोसमा आधारित हुनु पर्दछ । त्यसैले लुनार   क्यालेण्डर, बिबmम सम्बत, नेपाल सम्बतमा आधारित कुनै पनि मासिक तथ्याकं स्टाण्डर्ड हुँदैन, भरोसा योग्य हुँदैन । त्यसैले प्राबिधिक बिकाशको लागि तोकिएको दिन भएको नबदलिने दिन भएको महिना हुनु अति  जरुरी छ । यसैको आधारमा ईस्वी सम्बतको प्रयोग ससांरभरी फैलिएको छ । 

हामी दैनिक कार्य गते बारले तोक्न, अफिसहरुको कार्य बार गते बाट संचालन गर्न, दिनचर्या बनाउन, यी सबैको लागि सोलार क्यालेण्डर याने ३६५ दिनको अटुट गते बर्ष चाहिन्छ । तर समाजको, तिथी तोक्न, तिथी  द्वारा तोकिएको चाडबाड र धार्मिक कार्यहरु तोक्न बार गतेको आबश्यक लुनार क्यालेण्डर र सोलार क्यालेण्डरको मिश्रण आबश्यक हुन्छ  । 

त्यसैले हाम्रो नेपालको लागि सोलार क्यालेण्डर र लुनार क्यालेण्डर एउटै पैसाको  पर्ने चार वटा महिना पोंहेला । च्वला, देला र कौला र सब भन्दा पहिलो महिना कछलालाई ३१ दिनको महिना गर्ने र बाकी सबै ३० दिनको महिना बनाउँनु छ । यो अनुसार कछला ३१,थिंला ३०, पोहेला ३१, सिल्ला ३०, चिल्ला ३०, च्वला ३१,बछला ३०, तछला ३०, देला ३१, गुँला ३०, ञँला ३०, कौला ३१ हुन जान्छ । सम्बतलाई ४ ले भाग जाने बर्षलाई लिपयोर बर्ष मान्ने, फेब्रुररी सित मिल्न आउँने  सिल्लालाई ३० बाट ३१ सो बर्षमा गर्ने । 

आजकाल बिक्रम सम्बतको गते, ईस्वी सम्बतको तारिखमा सजिलै सित बिना क्यालेण्डरको मद्दतले नहुँने हुँदा जनताले धेरै कठिनाई भोगी आएको छ । त्यसैले नेपाल सम्बतको सोलार क्यालेण्डरको ताः तारिखमा सजिलैसित बदल्न सक्ने गरी गर्नको लागि फेब्रुअरी २९ लाई सिल्ला ३१मा थ्याकै त्यही दिन पार्नु जरुरी पर्दछ । यस्को लागि कछला १ ताः लाई अक्टोबर ३०मा पार्नु  जरुरी पर्दछ । ईस्वी सम्बतमा जस्तै ४ ले भाग जाने बर्ष, सिल्ला ३१ को गर्ने, तर नेपाल सम्बतको हरेक शताब्दीको २० सौं बर्षलाई लिपयोर नगर्ने गर्नु जरुरी हुन्छ । थप लिपयोर ३६५।२४२ को हिसाबले निकाल्नु पर्ने हुन्छ । यसो गर्नु नेपाल सम्बतलाई ब्यबहारमा ल्याउँनु पर्ने आबश्यकता परेको छ ।             

सम्पर्कः ९८४१०३००६६

संघीय नेवाः संघ काठमाण्डौं जिल्ला गठन

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
संघीय नेवाः संघ काठमाण्डौं जिल्ला गठन


गत कार्तिक ९ गते शनिवारसङ्घीय समाजवादी पार्टी, नेपालको भातृ संगठन संघीय नेवाः संघ काठमाडौं जिल्लाको तदर्थ समितिको घोषणा भयो । सङ्घीय समाजवादी पार्टी नेपालको केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष डा. मंगल सिद्धि मानन्धरको प्रमुख आतिथ्य र अमिर शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा डा. महेशमान श्रेष्ठ, मनरत्न शाक्यको पनि उपस्थिति रहेको थियो ।

सुदय शिलाकारले संचालन गरेको उक्त कार्यक्रममा २६ सदस्यीय समितिको घोषणा गरिएको थियो । जसमाः
संघीय नेवाः संघको काठमाण्डौं तदर्थ समितिका अध्यक्षमा– अमीरमान शाक्य, उपाध्यक्ष –ज्ञानराजा शिखाकार, महासचिव– राजा महर्जन, सहसचिव– मार्क श्रेष्ठ,

सदस्यहरुमा ः पुष्प रत्न शाक्य, नरेन्द्र कपाली, महेश कायस्थ, कर्ण महर्जन, धन महर्जन, इन्द्रमान सिंह, भरत शाक्य, सानुकाजी महर्जन, विकास महर्जन, हरि गोपाल महर्जन, बालकृष्ण श्रेष्ठ, संजय महर्जन, रिदेन महर्जन, निर्मल तुलाधर, चन्द्रमान डंगोल, चन्दन श्रेष्ठ, मधुकृष्ण नापित, मदन मान शाक्य, सुरेश डंगोल, रविन्द्र मानन्धर, अशोक मालाकार, जुजुकाजी महर्जन रहेका छन ।मन्तव्य दिने क्रममा प्रमुख अतिथि डा. मंगल सिद्धि मानन्धरले यस समितिले मंसिर ४ गते हुने संविधानसभामा ठुलो भुमिका निभाउने आशा जाहेर गर्नु हुँदै संघीय समाजवादी पार्टीका काठमाडौं क्षेत्रका उम्मेदवारहरुलाई जिताउन आ–आफनो स्थानबाट महत्व पूर्ण भूमिका निभाउने आशा गर्नुहुँदै पूरा समय दिन अनुरोध गर्नु भयो ।

ललितपुरमा ससपाको चुनावी अभियान

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

ललितपुरमा ससपाको चुनावी अभियान

सङ्घीय समाजवादी पार्टी ललितपुर जिल्लामा गत शनिवार परिवर्तनकारी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा ललितपुरको लगनखेलस्थित साझा पार्टी प्यालेसमा चुनावी प्रचार प्रसार कार्यक्रमको आयोजना गरियो ।

संघीय समाजवादी पार्टीको ललितपुर जिल्लाका प्रत्यक्ष्य र समानुपातिक उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा उपस्थित युवाहरूको निर्वाचन परिचालनमा केन्द्रित ललितपुर जिल्ला स्थित युवाहरूको निर्वाचन परिचालनमा केन्द्रित ललितपुर जिल्ला संघीय स्वयमसेवक शक्ति Federal Volunteer Force को पनि घोषणा गरिएको थियो । संघीय युवा संघ ललितपुरका युवा अध्यक्ष राजन महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय युवाहरूको संघीय स्वयमसेवक शक्ति गठन गरेको उद्घोष गरिएको थियो । जसमा २७ सदस्यीय सचिवालयमा सहसंयोजक कर्म महर्जन, सचिव शेखर डंगोल, सहसचिव पूर्ण राई लगायतका जुझारु युवाहरू रहनु भएको छ ।

जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा ललितपुर जिल्लाका प्रत्यक्ष उम्मेदवारहरू क्षेत्र नं. १ का उत्तम लामा, क्षेत्र नं.२का चन्द्र महर्जन र क्षेत्र नं.३ का न्हुच्छेलाल महर्जनले चुनाव र पार्टीको नीतिहरूबारे मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर आएका व्यक्तिहरू तथा नवयुवाहरूको विधिवत रुपमा प्रमुख अतिथि डा. मंगलसिद्धि मानन्धरले टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो भने नव प्रवेशीहरूका तर्फबाट प्रतिनिधिमुलक मन्तव्य समेत    राखिएको थियो ।

Federal Volunteer Force घोषणा अगाडि केन्द्रिय युवा अध्यक्ष नवराज गुरुंगले युवाहरूमा केन्द्रित भै प्रशिक्षणात्मक एवं निर्देशनात्मक अभिव्यक्ति दिनु भएको थियो भने युवा शक्ति ललितपुरको तर्फबाट संयोजक राजन महर्जनले युवा शक्तिको सदुपयोग बैचारिक ज्ञानबाट लैसभै अनुशासित र संघर्षरत दस्ताको रुपमा निर्वाचनका लागि जुत्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष डा. मंगलसिद्धि मानन्धरले पार्टीको जन्मको औचित्य पुष्टि गर्नुहुँदै हालको पहिचान सम्बन्धि अन्य दलहरूको घोषणाको पर्दाफास गर्नुभयो र FSPN  को जिम्मेवारी चुनावी मैदान मार्फत संघीयता विरोधि बहुपहिचानको पाखण्ड र धुलमुले जनता झुक्याउने पहिचानवादिहरूको भ्रमलाई चिर्ने राष्ट्रिय जिम्मेवारीको दायित्वबोध गराउनु भयो ।

जिल्ला सचिव कृष्ण भक्त महर्जनले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य डा. पुस्पराज राजकर्णिकार, शाक्य सुरेन, सुशिला शाक्य लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य क्षेत्रीय संंयोजक सुरेन्द्र महर्जनले दिनु भएको थियो ।

संघीय समाजवादी पार्टीको विशाल मोटरसाइकल -याली

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

संघीय समाजवादी पार्टीको विशाल मोटरसाइकल -याली 


संघीय समाजवादी पार्टी काठमाण्डौं क्षेत्र नं.३को आयोजनामा भएको विशाल मोटरसाईकल ¥याली सम्पन्न भएको छ । बौद्ध चुच्चेपाटीबाट शुरु भएको -याली गौशाला चावहिल बौद्ध, जोरपाटी, बेंसी गाउँ, गोकर्ण हुँदै सुन्दरजल र पुनः गोकर्ण हुँदै नारायणटार जोरपाटीबाट बौद्ध स्थित क्षेत्र नं.३ का संघीय समाजवादी पार्टी कार्यालय अगाडि समापन भएको थियो ।

¥यालीमा पार्टीका प्रत्यक्ष उम्मेदवार आङ्काजी शेर्पा, पार्टीका अन्य नेताहरू डा. गणेश योन्जन, नेपालजीत लामा, काठमाण्डौं क्षेत्र नं. ६ का उम्मेदवार केशव स्थापित लगायत अन्य नेताहरू थिए । दुई हजार भन्दा बढी मोटरसाईकल र अन्य सवारी साधनहरूको साथ सम्पन्न भएको यो -यालीको संयोजक रन्जन लामा बौद्धले गरेका हुन । ¥याली संगै विचमा कोण सभा गरि उम्मेदवार आङ्काजी शेर्पाले आफु उम्मेदवार हुनुको स्पष्ट धारणा त्यस क्षेत्रका जनतासामु राख्नु भएको थियो । -याली सफल बनाउन सयौंको संख्यामा रहेको संघिय भोलुन्टर्स फोर्सले स्वयमसेवकको भुमिका निर्वाह गरेका थिए ।

एमालेका कार्यकर्ताद्वारा निर्वाचन बहसमा हातपात, पोखरेल मौन

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

एमालेका कार्यकर्ताद्वारा निर्वाचन बहसमा हातपात, पोखरेल मौन

सुविन्द्र श्रेष्ठ 

आसन्न दोस्रो संविधानसभाको निर्वाचनलाई लक्षित गरी अन्नपुर्ण पोष्ट दैनिक पत्रिका हिमालयन टेलिभिजन र सगरमाथा रेडियोको संयुक्त आयोजनामा भइरहेको निर्वाचन बहस कार्यक्रममा एमालेका कार्यकर्ताले हातपात    गरेका छन ।

निर्वाचन बहस कार्यक्रम अन्तरगत सोमवार काठमाडौं निर्वाचन क्षेत्र नं.५ का प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा माओवादीका महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नरहरि आचार्य, नेकपा एमालेका ईश्वर पोखरेल तथा राप्रपा नेपालका राजाराम श्रेष्ठ उम्मेदवारहरुका बीचमा निर्वाचन बहस भएको थियो । 

आसन्न संविधानसभा निर्वाचनमा जनताले तपाईंलाई नै भोट किन दिने तपाईंहरुको धारणा तथा प्रतिवद्धता के छ जस्ता विषयमा बहस कार्यक्रम केन्द्रित रहेको थियो ।

उम्मेदवारहरुले आ(आफ्ना विचार राखी सकेपछि दर्शकहरुले आफुलाई लागेका कुरा सोध्ने क्रममा उपस्थित एक स्वतन्त्र पत्रकारले ईश्वर पोखरेललाई पत्रपत्रिकामा आएका ट्याङ्की काण्डको बारेमा जनतालाई स्पष्ट पार्न प्रश्न गरी रहँदा एमालेका कार्यकर्ताहरु एक्कासी नाराबाजी गर्दै प्रश्न कर्ता माथि हातपात गरेका थिए । 

त्यहाँ पोखरेलको अनुहार भने हेर्न लायकको थियो । पोखरेलले आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन एक शब्द समेत बोलेन । 

आफ्ना कार्यकर्ताको हुलले एकजना माथि हातपात गरिरहँदा समेत एक शब्द नबोलि चुपचाप मौन रहीरहनुले त्यो ट्याङ्की काण्ड वास्तविक त होइन भन्ने शंका उब्जेको छ ।

पोखरेलमाथि लगाईएको यो आरोपको खण्डन गरी आम जनमानसमा यस आरोपलाई सफाया दिन निकै उपयुक्त अवसर थियो । तर पोखरेलले त्यसो नगरी आक्रमणमा उत्रेका आफ्ना कार्यकर्तालाई संयमित हुन समेत नबोल्दा उहाँ यस अवसरबाट नराम्रोसँग चुकेको छ । 

यसरी जनताका हकहित र स्वतन्त्र अभिव्यक्तिका पक्षमा लडीरहेका भन्ने जिम्मेवार पार्टीका व्यक्तिले एकजना व्यक्तिको जिज्ञासालाई सुन्न तयार छैन भने कसरी तीनले लाखौं नेपाली जनताको जिज्ञासा र गुनासा सुन्लान ? तिनिहरुको कुरालाई सम्बोधन गर्ला ?

Saturday, September 21, 2013

जनजातिको पक्षमा ५ बुँदे ऐतिहासिक सहमति

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
जनजातिको पक्षमा ५ बुँदे ऐतिहासिक सहमति

संविधानसभा विघटन पछि बहिस्करणमा  पारिएका आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका समुदायलाई अव हुने भनिएको संविधानसभाको चुनाववाट जति सकिन्छ त्यति नै कम बनाउने योजनालाई अन्ततः संघीय समाजवादी पार्टीले विफल बनाएको छ । 

संविधानसभा विघटन पछि विशेष गरि एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले सम्झौता गरि संविधानसभामा समानुपातिक प्रतिशत घटाई चुनाव गर्ने सहमति गरेको थियो । 

सोहि सहमति अनुसार वर्तमान सरकारले पनि संविधानसभाको दोस्रो निर्वाचनकालागि   तयारी गरिरहेको अवस्थामा 'जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद' भन्ने मुल नाराका साथ संविधानसभामा समानुपतिक प्रतिनिधित्वको प्रतिशत विगतको चुनावमा जस्तै गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको थियो ।
आन्दोलनका क्रममा विभिन्न स्थानमा जुलुसदेखि घेराउ, कालो झण्डा सहितको जुलुस लगायतका कार्यक्रम लगातार रुपमा गर्दै आएको थियो । आन्दोलनको क्रममा संघीय समाजवादी पार्टीर्ले राखेका माग बारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहभागी दलका नेताहरू सहमति नभइरहेको अवस्थामा सो पार्टीले आन्दोलनलाई निरन्तरता दिदै आएको थियो । र अन्तमा संघीय समावादी पार्टी र उच्चस्तरीय राजनीतिक समिति वीचको वार्ताले सो माग पूरा गर्न सहमति भएको छ । 

सो सहमतिलाई जनजातिको पक्षमा सहमति हुन चार राजनीतिक शक्ति घुँडा टेक्न बाध्य भएको सो पार्टीका नेताहरूले दावी गरेका छन् । संघीय समाजवादी पार्टीले आफूहरु नेवाः लगायत आदिवासी जनजाति र राज्यद्वारा बहिस्करणमा पारिएका समुदायका लागि अघि बढेको दावी गर्दै आउदो संविधानसभाको चुनावका लागि पहिचानको आधारमा संघीयता पक्षधरहरू एकजुट भई अघि बढनुपर्ने कुरामा जोड दिदै आएको अवस्था छ ।  संङ्घीय समाजवादी पार्टी स्थापनाको नौ महिनामा ६२ जिल्लामा जिल्ला संगठन विस्तार गरिसकेका छन । यसै क्रममा विभिन्न जिल्लामा संगठन निर्माणको कार्यलाई जारी राखेको अवस्था छ । यसै वीच गत भदौ २१ गते मात्र चार राजनीतिक शक्ति सहभागी उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टी, नेपालविच ५ बुँदे सहमति भएको छ । 

नेपाल सरकारद्वारा घोषित दोश्रो संविधान सभाको निर्वाचनलाई सुनिश्चित गर्दै उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय समाजवादी पार्टी, नेपालविच देहाय बमोजिम सहमति भएको छः

१. सम्वत २०६९ साल फागुन ३० गते भएको ११ बुादे राजनैतिक सहमति र त्यसपछि नेपाल सरकारको सिफारिसमा नेपालको अन्तरिम संविधान-२०६३ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेशमा जुनसुकै कुरा लेखिएको भएता पनि संविधान सभाको दोस्रो निर्वाचनका लागि संविधान सभाको सदस्य संख्या, अनुपात र प्रतिनिधित्व २०६४ सालको संविधान सभाको निर्वाचनमा कायम रहे अनुरुप धारा ६३ को उपधारा -३) बमोजिम गर्न सम्माननीय राष्ट्रपति र नेपाल सरकार, मन्त्रिपरिषदलाई अनुरोध गर्ने ।

२. संविधान सभाको घोषित निर्वाचन सुनिश्चित गर्न विघटित संविधान सभाको सभासद रहेका सबै दलहरुको सर्वदलीय बैठक आयोजना गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

३. भावी संविधानका आधारभूत सिद्धान्तका विविध पक्षमा छलफल अघि बढाई विगत संविधान सभामा भएका सहमति समेतका आधारमा आवश्यक सहमति कायम गर्न अधिकतम प्रयत्न गर्ने ।

४. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार प्रदान गर्ने सन्दर्भमा यथासमय आवश्यक कानूनी व्यवस्था गरी सोको प्रक्रिया थालनी गर्ने ।

५. उपरोक्त सहमतिका आधारमा सङ्घीय समाजवादी पार्टी, नेपालद्वारा घोषित आन्दोलन फिर्ता लिई २०७० साल मंसिर ४ गते हुने निर्वाचनमा सहभागी हुने ।

Friday, September 20, 2013

सङ्घीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
सङ्घीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा 


संघीय समाजवादी पार्टी, नेपाल चुनावी अभियानमा उत्रिएको छ । शुक्रवार उच्चस्तरीय राजनीतिक समितिसित पााचबुादे सहमति गरे लगतै जनतामाझ आˆनो मुद्दाहरुलाई लिएर चुनावको तयारीमा जुटेको हो ।

द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेलगतै अध्यक्ष अशोक राई शनिवार मोरङको लेटाङमा कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका छन । त्यसैगरी महासचिव राजेन्द्र श्रेष्ठ     सुनसरीमा छन भने उपाध्यक्ष प्रेमकृष्ण पाठक सर्लाहीमा खटिएका छन । त्यसैगरी अन्य केन्द्रीय नेताहरु चुनावी अभियानलाई लिएर जिल्ला-जिल्ला खटिएका छन् ।

पार्टीका उपमहासचिव अजम्बर राई काङमाङले कान्तिपुर टेलिभिजनको साक्षात्कार कार्यक्रममा भन्नुभयो, "हामी अब केही दिनभित्र कार्यकर्तालाई प्रशिक्षण दिएर उम्मेदवारी घोषणा गर्ने तयारीमा छौं । ५६ जिल्लाबाट उम्मेदवारी घोषणा गर्नेछौं ।"

संङ्घीय समाजवादी पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाट नयाा संविधान' भन्ने मूल नारालाई चुनावी मुद्दा बनाएको छ । 

उसले काठमाडौं उपत्यकाको तीन जिल्लामा निर्वाचन क्षेत्रीय समिति गठन गरिसकेको छ । आन्तरिक गृहकार्य सुरु गरिसकेको छ । 

जिल्ला र निर्वाचन क्षेत्रीय समितिले उम्मेदवारको तय गर्नेछन् र केन्द्रमा बुझाएको नामावलीलाई केन्द्रीय समितिको बैठकले निर्णय लिनेछ ।

मखं ज्यापु कुमारी ३०० बर्षको अवसरमा र्‍याली

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

मखं ज्यापु कुमारी ३०० बर्षको अवसरमा र्‍याली



मखं ज्यापु गुथिको आयोजनामा १००८ कुमारी पुजाको आयोजना गरिएको छ । कुमारी परम्परा नेवार समुदायको आˆनै मौलिक परम्परा हो । नेवार समाजमा इहि नभएकी कन्या केटीलाई कुमारी भनेर पूजा गर्ने प्राचिनकालदेखि नै चल्दै आइरहेको छ । महायानी बौद्ध परम्परामा कुमारीलाई बज्रदेवी, बज्रजोगिनी, उग्रतारा, सरस्वती, बसुन्धरा, अजिमा आदि शक्ति देवीको रुपमा पुजा गरिन्छ भने हिन्दू परम्परामा तलेजु भवानीको रुपमा पूजा गरिन्छ । काठमाडौं हनुमान ढोकाको तलेजु भवानीको आमा भनेर चिनिने तानाबहालस्थित अजिमाको प्रतिकका रुपमा मखं ज्यापु कुमारीको स्थापना ने.सं. ८३३ भाद्र तृतियामा झंगल ठाकुर राजाबाट श्री ३ ताना देवताको नाममा मखं ज्यापु त्वाःगुथी खलक पुरखौकी कुमारी देवता गरी ताना देवताको आगम घरमा थापना गरी त्वाःगुठी थकाली एवं नाईके हाकुचा महर्जनलाई मोहर छाप गरी दिएको मल्लकालिन अभिलेखमा उल्लेख छ । बसन्तपुरकी शाक्य कुमारी ने.सं.८७७ भाद्र शुक्ल एकादशीका दिन स्थापना भएको देखिन्छ । यसरी मखं ज्यापु कुमारी शाक्य कुमारीभन्दा ४४ वर्ष अगाडि स्थापना भएको देखिन्छ ।

प्रकृति महर्जन हालको मखं ज्यापु कुमारी हुनुहुन्छ । मखं ज्यापु कुमारी ३०० वर्ष पुगेको अवसरमा भाद्र २३ गते आइतबार विहान मखन तारिणाीबहालबाट सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गरियो । भाद्र २५ गते मंगलबार विहान ८ बजे मखन तारिणीबहालदेखि हनुमान ढोका स्वेतभैरव सम्म १००८ कन्या कुमारी मखं ज्यापु कुमारीसागै बृहत कुमारी पूजा साथसाथै चांदीको सिक्का प्रकाशन गरि मनाइयो ।

Saturday, September 7, 2013

क्षेत्र नं. १० का लागि को को सिफारिस भए ?

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

क्षेत्र नं. १० का लागि को को सिफारिस भए ?
 

सन्दर्भः चुनावी उम्मेदवार

मंसिर ४ गते हुने भनिएको संविधान सभाको दोस्रो चुनाव हुने नहुने अन्यौलता कायमै छ । ने.क.पा—माओवादी सहित ३३ दलीय मोर्चा र सघीय समाजवादी पार्टीले यथास्थितिमा चुनावमा भाग नलिने भनेर आन्दोलन गरिरहेका छन । अहिले चुनाव पक्षधर पार्टीहरूले चुनावको लागि कसलाई टिकट दिने सिफारिस गर्न आफ्ना क्षेत्रीय कमितिहरूलाई आदेश दिए बमोजिम काठमाडौं क्षेत्र नं.१० बाट भाद्र १६ गते आइतवारसम्म उम्मेदवारहरूको नामावली सम्बन्धित जिल्ला कमिटिहरूमा पठाई सकेका छन । उम्मेदवारहरूको नाम सिफारिस भएपछि टिकट कसले पाउँछ ? कसले टिकट पाए पार्टीको अवस्था कस्तो हुन्छ भन्ने अड्कलबाजी सुरु भइसकेका छन ।

नेपाली कांग्रेस १० नं. क्षेत्रीय समितिले राजन के.सी., राजकुमार नकर्मि र घनश्याम गिरीको नाम सिफारिस गरेर पठाइसकेको छ । के.सी.ले गत संविधानसभाको चुनावमा प्रचण्ड विरुद्ध उम्मेदवार भइ पराजित भए पनि सम्मानजनक दोस्रो नम्बरमा मत ल्याएको थियो । कांग्रेसले नाम सिफारिस गरेको बेलासम्म प्रचण्डले यस क्षेत्रबाट चुनाव लड्दैन भन्ने आंकलन थियो । प्रचण्ड नउठेमा कांग्रेसले जित्ने सम्भावना देखेर उम्मेदवार बन्न सबै आत्तुर थिए । संधै एकजनालाई मात्र टिकट दिनु हुँदैन, मौका सबैले पाउनु पर्छ भनेर नकर्मिको दावी छ । के.सी.को दक्षिण क्षेत्रमा प्रभाव छ भने नकर्मिको कीर्तिपुर क्षेत्रमा प्रभाव छ । त्यस्तै पार्टीले टिकट दिएमा आपूm पछि नहट्ने भन्दै गिरीले पनि दावी गरेको कुरा कांग्रेसका एक कार्यकर्ताले कीर्तिपुर सन्देशलाई जानकारी दिनु भएको छ । उहाँको दावी अनुसार कीर्तिपुर पश्चिम क्षेत्रको ६ वटा गाविसमा गिरीको राम्रो पकड छ । यसरी तिनै जनाको आफ्नो क्षेत्रमा पकड बलियो भएकोले तिनैजनाले उम्मेदवारी दावी गरेका हुन । कांग्रेसमा प्रकाशमान गुट र तिर्थराम (शेरवहादुर) गुट अझै कायम छ । जसको गुट बलियो हुन्छ उसैले टिकट पाउने छ । त्यस्तो अवस्थामा एकले अर्काको अन्तरघात नगरी तिनैजना दावेदार मिलेर गएमा कांग्रेसले जित्ने सम्भावना रहेको दावी गरेको छ । त्यसै गरि नेकपा एमाले क्षेत्र नं. १० का कार्यकर्ताहरू पुष्पलाल पार्कमा भेला भई प्रत्यक्ष तर्फबाट तीनजनाको नाम सिफारिस गरिएको छ । पहिलो संविधानसभाका उम्मेदवार सानु श्रेष्ठ मच्छेगाउँ छाडी कोटेश्वरमा बस्न गएकोले उहाँले उम्मेदवारको दावी नगरेको एक एमाले कार्यकर्ताले जानकारी दिनुभयो । कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर अध्यक्ष सुरेन्द्र मानन्धर, कीर्तिपुर दक्षिणतर्फबाट जिल्ला कमिति सदस्य गुञ्जमान बस्नेत र कीर्तिपुर पश्चिमतर्फबाट उर्मिला कर्माचार्यको नाम सिफारिस गरिएको छ । मानन्धरले एमालेको गत २०६७ सालको जिल्ला अधिवेशनमा उपसचिवको  उम्मेदवारी दिंदा भारी मतले पराजित भएको थियो । २०६८ सालमा क्षेत्र नं. १० बाट राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा चुनाव लड्दा सानु श्रेष्ठबाट हार खाएको थियो । त्यसपछि मानन्धर नगर कमितिको अध्यक्ष बन्नु भएको थियो । वस्नेत कीर्तिपुर दक्षिण क्षेत्र सेतीदेवी गा.वि.स.को हुनुुहुन्छ । उहाँ २०५४ सालदेखि लगातार ४ पदावधि जिल्ला कमिति सदस्यमा निर्वाचित हुनु भएको छ । काठमाडौं जिल्ला विकास समितिको सदस्यमा पनि निर्वाचित हुनु भएको थियो । पार्टीमा बरिष्ठताको आधारमा उहाँ मानन्धरभन्दा निकै माथि रहेको छ । यसपाली आपूmले मौका पाउनु पर्ने उहाँको दावी रहेको छ । कर्माचार्य सतुंगलको हुनुहुन्छ । उहाँ युवासंघको केन्द्रिय सदस्य रही काम गरी सक्नु भएको छ । उहाँको श्रीमान सुमन श्रेष्ठ पनि युवासंघको हुनुहुन्छ । महिलाले पनि मौका पाउनु पर्छ भनी रमा आलेमगर र बेलीमाया घलेले आवाज उठाएपछि कर्माचार्यको नाम सिफारिस गर्न बाध्य भएको एमालेका एक कार्यकर्ताले बताएका छन् ।  उहाँका अनुसार मानन्धर झलनाथ खनालको गुटमा रहेको छ भने बस्नेत केपी ओली गुटको हुनुहुन्छ । कर्माचार्य माधव नेपाल गुटको हुनुहुन्छ । अहिले नाम सिफारिस गरेर पठाए पनि कसले टिकट पाउने हो ठेगान छैन । जिल्ला कमितिले निर्णय गर्ने हो । जिल्ला कमितिमा ओलीको गुट बलियो भएको र बरिष्ठताको आधारमा गुञ्जमान सिंह वस्नेतले टिकट पाउने सम्भावना रहेको छ भने ३३ प्रतिशत महिला सिटको निश्चितता गर्नको लागि उर्मिला कर्माचार्यले टिकट पाउने सम्भावना पनि त्यतिकै छ । संघीय समाजवादी पार्टीले चुनाव लड्ने नलड्ने ठेगान छैन । यदि चुनाव लडेमा सतुंगलका रमेश चन्द्र प्रधान निश्चित प्रायः नै रहेको छ । यदि उहाँले चुनाव लड्नु भयो भने पहिचान पक्षधरले उहाँलाई नै मत दिने सम्भावना रहेको छ । नेपाली कांग्रेस, एमालेका थुप्रै मत उहाँको पक्षमा जाने सम्भावना   रहेको छ । यदि घनश्याम गिरीले टिकट पाएन भने, दक्षिण भेगमा गुञ्जमानले टिकट पाएन भने प्रचण्डलाई टक्कर दिने व्यक्ति उहाँ नै हुने अड्कल गरिरहेका छन । संघीय समाजवादी पार्टीको तर्फबाट टिकट लिने सम्भावना रहेका सतुंगलका रमेशचन्द्र प्रधान विगतमा नेपाली कांग्रेसका कार्यकर्ता थियो भने पछिल्लो समयमा स्पष्ट रुपमा पहिचनको मुद्दा उठाउ“दै आएको संघीय समाजवादी पार्टीमा लाग्नु भएको हो । प्रधान सो पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । नेकपा—माओवादीले चुनावमा भाग लिएन भने उसका कार्यकर्ताले पहिचान पक्षधर प्रधानलाई सघाउने सम्भावना रहेको विश्लेषण गर्न थालेका छन् । 

यसै वीच एकीकृत माओवादीवाट पुनः अध्यक्ष प्रचण्ड नै यस क्षेत्रवाट चुनावमा उठ्ने चर्चा चल्न थालेको छ ।

डाय्स माओवादीद्वारा क्षेत्र नं १० मा गोलमेच सभाको औचित्य विषयक अन्तरक्रिया

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
डाय्स माओवादीद्वारा क्षेत्र नं १० मा गोलमेच सभाको औचित्य विषयक अन्तरक्रिया



“यथास्थितिमा चुनाव गर्नु भनेको देशलाई सिक्किमीकरणतिर लैजानु हो ।” नेकपा–माओवादीका नेता देव गुरुङ

गत भाद्र १५ गते नेकपा–माओवादी क्षेत्र नं.१०ले राष्ट्रिय स्वाधिनता र पहिचानसहितको संघीयताको निमित गोलमेचसभाको औचित्य विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । धनवहादुर महर्जनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा एनेकपा माओवादीका शम्भुराम महर्जन, नेकपा एमालेका हिराकाजी महर्जन, संघीय समाजवादी पार्टीका नजरराम महर्जन र डा.चन्द्रमान बज्राचार्यले आ–आफनो विचार राख्नु भएको थियो ।

हिलसाइड होटल कीर्तिपुरको सभा हलमा भएको उक्त कार्यक्रममा नेता गुरुङले भन्नुभयो, “हामी चुनाव विरोधी होइनौं । तर यथास्थितिमा हुने चुनावको विरोध गर्छौ । विदेशी प्रभुको इशारामा हुन लागेको चुनावले संविधान लेखिंदैन । संविधानसभामा कस्तो संविधान लेख्ने, त्यो संविधानमा के के कुरा समावेश गर्ने भन्ने मूलभुत आधार तय गरेर मात्र चुनाव हुनु पर्छ । यी सबै कुराको छिनोफानो गर्न गोलमेच सम्मेलनको मांग गरेका हौं । गत संविधानसभामा पहिचानसहितको संघीयता पक्षधरहरूको दुई तिहाई बहुमत हु“दा हु“दै पनि संविधान सभाको वैठक पनि नबसी विघटन गराइयो ।” नेता गुरुङले भन्नुभयो, “वार्ताको लागि बोलाउ“छ तर वार्ता गर्न तयार हु“दैन । मंसिर ४ मा चुनाव गर्ने, खिल राज रेग्मीको सरकारले नै चुनाव गराउने सर्त राखेर वार्तामा बोलाउ“छ, यो भनेको हात खुट्टा बा“धेर खाना खाउ भनेजस्तै हो । सेना परिचालन गरेर भए पनि चुनाव गराउने भनेर हल्ला फिजाईरहेका छन । यदि यसरी भयो भने देशमा द्वन्द्व निम्त्याउने छ । हामी पनि सशक्त प्रतिरोध गर्छौं ।”

सङ्घीय समाजवादी पार्टीको विरोध प्रदर्शन

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
सङ्घीय समाजवादी पार्टीको विरोध प्रदर्शन

संघीय समाजवादी पार्टी नेपालले चारदलिय सिन्डिकेट विरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । शनिवार भक्तपुरको दुधपाटीदेखि च्यामासिंम्हासम्म कालोझण्डा लिएर नारा, जुलुससहित प्रदर्शन गरेको हो । आफ्नो पाँच बुँदे माग सम्बोधन नगरेसम्म देशव्यापी विरोध जारी राख्ने उक्त पार्टीले जनाएको छ । उक्त पार्टीले २५ बुँदे आदेश र ११ बुँदे सहमति खारेज हुनुपर्ने, उच्चस्तरीय राजनीतिक समिति विघटन गरी सर्वदलीय सम्मेलन बन्नुपर्ने, संविधानसभाको सिट संख्या ६०१ यथावत हुनुपर्ने, विदेशमा रहेका नेपालीलाई मताधिकार दिइनु पर्नेलगायतका माग राख्दै आएको छ । उसको मागलाई लिएर चुनावी सरकारसित पटक(पटक निष्कर्षहीन वार्ता बसेको थियो भने पछिल्लो पटक उच्चस्तरीय राजनीतिक समितिले पाँचौं पटक वार्तामा बोलाए पनि कुनै टुँगोमा पुग्न सकेको छैन ।

विरोध सभालाई सम्बोधन गर्दै पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले उच्चस्तरीय राजनीतिक समितिले आफ्ना मागप्रति गम्भीरता नदेखाए मंसिरमा हुने भनिएको चुनावमा सहभागी नहुने चेतावनी दिए । “यो उच्चस्तरीय भनिएको समिति गैरसंवैधानिक छ” उनले भने, “हामीले संविधान अनुकुल काम गर मात्र भनेका हौं । यदि हाम्रा मागलाई वेवास्ता गरेमा मंसिरमा हुने भनिएको चुनावलाई सशक्त बहिस्कारमा उत्रिन बाध्य हुनेछौं ।”

आगामी चुनावमा सहभागी हुनका निम्ति संघीय समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भई चुनाव चिन्हसमेत पाइसकेको छ । पार्टीका जिल्ला अध्यक्ष तथा नेवाः प्रदेश संघर्ष समितिका संयोजक कृष्णवहादुर घजुले चारदलीय संयन्त्रविरुद्ध चरणवद्ध विरोध जारी रहने बताए ।

Friday, September 6, 2013

संघियता विरोधीहरूलाई लिम्बुवानबासीले लखेटे

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

संघियता विरोधीहरूलाई लिम्बुवानबासीले लखेटे

भाद्र १६ संघियता विरोधी चुनावी अभियान लिएर लिम्बुवान पान्थर यासोक बजार पुगेका संघियता विरोधी नेता चित्र वहादुरका कार्यकर्ताहरूलाई लिम्बुवानबासीहरूले लेखेटेका छन । पम्पलेट, पर्चा,माईकिङ्ग सहित पुगेका राष्टिूय जनमोर्चाका केन्द्रिय सदस्य सुरेन्द्र भण्डारी र रामवहादुर बुढामगर लगायतका केही नेता कार्यकर्ताहरूलाई स्थानीय लिम्बुवानवासीहरूले आक्रमण गरी लखेटेका हुन् । यस क्रममा भण्डारी र बूढा मगर सामान्य घाइते भएको बताईएको छ । लिम्बुवानबासीहरूले सघियता संविधानमा उल्लेख भै सकेका कारण संघियताको विरोध गर्नु कानुन विपरित भएको र संविधान र कानुनको संरक्षण गर्नु हरेक नेपालीको मूल दायित्व भएको बताएका छन ।

हुन पनि हो । कसले दिन्छ प्रतिगामीहरूलाई साथ ? समयको गतिलाई उल्टो दिशामा घुमाउन खोज्नेहरू इतिहासको पानामा सिमित हुनेछन् ।

Friday, July 5, 2013

कीर्तिपुर सन्देश वाःपौया १०० ल्याः व उपन्यास जि सतः मखु विमोचन

कीर्तिपुर सन्देश साप्ताहिकको १०० औं अंक र उपन्यासकार नजरराम महर्जनको नेपाल भाषाको ९ औं उपन्यास जि सतः मखु (म धर्मशाला होइन) आज असार २१ गते एक समारोह बीच कीर्तिपुरमा विमोचन भयो । संकृतिविद् एवम् नेपालभाषा एकेडेमिका चान्सलर सत्यमोहन जोशीले उपन्यास र सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले पत्रिका विमोचन गर्नुभयो । उपन्यासकार एवम् कीर्तिपुर साप्ताहिकका प्रकाशक नजरराम महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा कीर्तिपुर सन्देश साप्ताहिकका सम्पादक श्रीकृष्ण महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो भने समारोहमा प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले कुनै पनि साहित्यकारले आफ्नो भावना, अनूभुति प्रस्तुत गर्नका लागि सबैभन्दा राम्रो माध्यम आफ्नो मातृभाषा हुने बताउनु भयो । मातृभाषामा साहित्य सिर्जना गर्नु पर्ने कुरामा जोड दिंदै मातृभाषाबाट साहित्य सिर्जना गरेतापनि अन्तरराष्ट्रिय स्तरका विभिन्न पुरस्कार जित्न सक्ने बताउनु भयो । सो कार्यक्रममा अतिथिको आसनबाट सङघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले अहिलेको अवस्थामा पहिचान, सङ्घीयता र गणतन्त्रका पक्षधरहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रबाट पनि मुलुकको आवश्यकतालाई ध्यानमा राखेर समाचारहरु सम्प्रेषण गर्नु पर्ने र सञ्चार जगत समाजप्रति उत्तरदायी हुनुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीले कुतः पिकाक पुचः प्रकाशक रहेको उक्त उपन्यासको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा कीर्तिपुर सन्देश साप्ताहिकका स्तम्भकार, लेखक र विज्ञापनदाताहरुलाई कदरपत्र दिनुका साथै उपन्यास प्रकाशित गर्न आर्थिक सहयोग गर्नु भएको र्इ. दुर्कमान महर्जनलाई सम्मानपत्र प्रदान गरिएको थियो । कुतः पिकाक पुचः बाट प्रकाशित उक्त उपन्यासलाई समीक्षकहरुले नारीवादी उपन्यासको रुपमा लिएका छन् । 

कीर्तिपुर सन्देश वाःपौया १०० ल्याः व उपन्यास जि सतः मखु विमोचन
कीर्तिपुर सन्देश साप्ताहिकया सच्छिगु ल्या व उपन्यासकार भाजु नजरराम महर्जनया नेपालभाषाया गुंगुगु उपन्यास जि सतः मखु थौं शुक्रवाः असार २१ गते छगू समारोहया दथुइ विमोचन ज्याझ्वः किपुलिइ जुल । साहित्यकार, पत्रकार नापं स्थानीयवासीतय्गु उपस्थितिइ जूगु उगु ज्याझ्वलय् संस्कृतिविद् नापं नेपालभाषा एकेडेमिया चान्सलर सत्यमोहन जोशीं जि सतः मखु उपन्यास व संघीय समाजवादी पार्टीया महासतिव राजेन्द्र श्रेष्ठं कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका विमोचन यानादीगु खः । 

उपन्यासकार नापं कीर्तिपुर सन्देश साप्ताहिकाय प्रंकाशक नजरराम महर्जनया सभापतित्वय् जूगु उगु ज्याझ्वलय् कीर्तिपुर सन्देश साप्ताहिकाया सम्पादक श्रीकृष्ण महर्जनं लसकुस न्वचू बियादीगु खः । उगु ज्याझ्वलय् लसकुस ्न्वचू बिइगु झ्वलय् सम्पादक महर्जनं कीर्तिपुर सन्देश पहिचानया आधारय् संघीयताया नितिं पिकया वयाच्वनागु खः धयादिसें उपन्यासकार महर्जनं आः तकया दुने नेपालभाषाया उपन्यास ख्यलय् यानादीगु योगदानयात कया चर्चा यानादिल । मूपाहां संस्कृतिविद सत्यमोहन जोशीं थःगु मांभाषं साहित्य सृजना यायेमाःगु खँय् बः बियादिसें आःया अवस्थाय् थःगु मांभाषं साहित्य सृजना याःसां नं अन्तर्राष्टिय स्तरया सिरपाःत लाइ धयादिल । बांलाःगु साहित्य सृजना यात धाःसा अन्तर्राष्टिय स्तरया सिरपाःया नितिं सिफारिस यायेत नेपालभाषा एकेदमि तयार दु धकाः नं धयादिल । वय्कलं थःगु भाषं सृर्जना यायेगु द्कले अःपूगु नापं थःगु अनुभूति न्ह्यब्वये फइगु खँ न्ह्यथसें नेवाःतय्सं थःपिनिगु समाज, संस्कृतिया चित्रण याइगु कथंया मौलिक साहित्य सृजना यायेमाः धकाः बः बियादिल ।

उगु ज्याझ्वलय् पाहां संघीय समाजवादी पार्टी नेपालया महासचिव राजेन्द्र श्रेष्ठं आःया अवस्थाय् पहिचान पक्षधर व पहिचान विपक्षतय्गु दथुइ हे धेधेबल्ला जुयाच्वंगु खँ न्ह्यथसें आःया अवस्थाय् नेवाःत पहिचान, संघीयता, गणतन्त्र व धर्म निरपेक्षताया नितिं मंकाः कथं न्ह्याः वनेमाः धयादिल ।  संचार जगत समाजप्रति उतरदायी जुइमाःगु नापं नेवाः पत्रकारतय्सं नेवाः पहिचान नापं नेवाः स्वायत्त राज्यया नितिं च्वसा न्ह्याकेमाः धकाः बः बियादिल । उगु ज्याझ्वलय् शिक्षाविद् नापं नेपालभाषा एकेदमिया भाइस चान्सलर लक्ष्मण राजवंशीं महर्जनया जि सतः मखु उपन्यासयात कयाः समिक्षा यानादिल ।

उगु समारोहलय् उपन्यास पिथनेत माःगु कथंया दां ग्वहालि यानादीम्ह ई. दुर्कमान महर्जनयात मूपाहां जोशीं हना पौ लःल्हानादीगु खः । अथे हे कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाय् आः तक नियमित रुपं च्वसु च्वयादीपिं नापं स्तम्भकारतय्त कदरपौ तकं लःल्हाःगु खः । भरत महर्जनं न्ह्याकादीगु उगु ज्याझ्वलय् सम्मनित व्यक्तित्व दुर्कमान महर्जन, कवि राजभाई जकःमि, स्तम्भकार शरवकुमार महर्जनपिन्सं नं थःथःगु नुगः खँ प्वंकादीगु खः ।