Sunday, November 10, 2013

ललितपुरमा ससपाको चुनावी अभियान

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

ललितपुरमा ससपाको चुनावी अभियान

सङ्घीय समाजवादी पार्टी ललितपुर जिल्लामा गत शनिवार परिवर्तनकारी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा ललितपुरको लगनखेलस्थित साझा पार्टी प्यालेसमा चुनावी प्रचार प्रसार कार्यक्रमको आयोजना गरियो ।

संघीय समाजवादी पार्टीको ललितपुर जिल्लाका प्रत्यक्ष्य र समानुपातिक उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा उपस्थित युवाहरूको निर्वाचन परिचालनमा केन्द्रित ललितपुर जिल्ला स्थित युवाहरूको निर्वाचन परिचालनमा केन्द्रित ललितपुर जिल्ला संघीय स्वयमसेवक शक्ति Federal Volunteer Force को पनि घोषणा गरिएको थियो । संघीय युवा संघ ललितपुरका युवा अध्यक्ष राजन महर्जनको संयोजकत्वमा ५०१ सदस्यीय युवाहरूको संघीय स्वयमसेवक शक्ति गठन गरेको उद्घोष गरिएको थियो । जसमा २७ सदस्यीय सचिवालयमा सहसंयोजक कर्म महर्जन, सचिव शेखर डंगोल, सहसचिव पूर्ण राई लगायतका जुझारु युवाहरू रहनु भएको छ ।

जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा ललितपुर जिल्लाका प्रत्यक्ष उम्मेदवारहरू क्षेत्र नं. १ का उत्तम लामा, क्षेत्र नं.२का चन्द्र महर्जन र क्षेत्र नं.३ का न्हुच्छेलाल महर्जनले चुनाव र पार्टीको नीतिहरूबारे मन्तव्य दिनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर आएका व्यक्तिहरू तथा नवयुवाहरूको विधिवत रुपमा प्रमुख अतिथि डा. मंगलसिद्धि मानन्धरले टिका लगाई पार्टी प्रवेश गराउनु भएको थियो भने नव प्रवेशीहरूका तर्फबाट प्रतिनिधिमुलक मन्तव्य समेत    राखिएको थियो ।

Federal Volunteer Force घोषणा अगाडि केन्द्रिय युवा अध्यक्ष नवराज गुरुंगले युवाहरूमा केन्द्रित भै प्रशिक्षणात्मक एवं निर्देशनात्मक अभिव्यक्ति दिनु भएको थियो भने युवा शक्ति ललितपुरको तर्फबाट संयोजक राजन महर्जनले युवा शक्तिको सदुपयोग बैचारिक ज्ञानबाट लैसभै अनुशासित र संघर्षरत दस्ताको रुपमा निर्वाचनका लागि जुत्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष डा. मंगलसिद्धि मानन्धरले पार्टीको जन्मको औचित्य पुष्टि गर्नुहुँदै हालको पहिचान सम्बन्धि अन्य दलहरूको घोषणाको पर्दाफास गर्नुभयो र FSPN  को जिम्मेवारी चुनावी मैदान मार्फत संघीयता विरोधि बहुपहिचानको पाखण्ड र धुलमुले जनता झुक्याउने पहिचानवादिहरूको भ्रमलाई चिर्ने राष्ट्रिय जिम्मेवारीको दायित्वबोध गराउनु भयो ।

जिल्ला सचिव कृष्ण भक्त महर्जनले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य डा. पुस्पराज राजकर्णिकार, शाक्य सुरेन, सुशिला शाक्य लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य क्षेत्रीय संंयोजक सुरेन्द्र महर्जनले दिनु भएको थियो ।

No comments:

Post a Comment