पानी सुकेको एक दशकपछि कीर्तिपुरको ऐतिहासिक लक्ष्मी बुंगाःमा पानीका लागि तान्त्रिक विधिद्वारा जलजगे नाग साधना पूजा
कीर्तिपुर सन्देश साप्ताहिक
कीर्तिपुरमा विभिन्न स्थानमा कुवादेखि ल्वहंहिति रहेका छन् । विभिन्न कुवा मध्ये अत्यन्तै महत्वपूण मान्दै आउको लक्ष्मी बुंगाः हो । कीर्तिपुरको ऐतिहासिक कुवाको रुपमा रहेको कीर्तिपुर नगरपालिका २ वडा देवढोकास्थित न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवाःमा पानी सुकेको कारण जलजगे नाग साधना पूजा मंगलवार गरिएको छ ।
कीर्तिपुरको १२ बर्षमा हुने गथु प्याखंसंग पनि सम्वन्धित छ लक्ष्मी बुंगाः । गथु प्याखं अर्थात गथु नाचको क्रममा अन्तिम दिन भलभल अष्टमीको दिनमा देवगणहरुको निधन हुने र ती निधन भएका देवी देवताहरुको पुनरजन्मका लागि सोहि लक्ष्मी बुंगाको जल ल्याइ खुवाउने र पुनरजिवित हुने चलन छ । कीर्तिपुरको दरवार क्षेत्र लायकूमा यो प्रक्रिया हुन्छ भने त्यसपछि लायकू क्षेत्रमा नाच्दै जाने र पछि फेरी निधन हुने र निधन भएकाहरुलाई कीर्तिपुको पीगंमा लाने साथै अन्तिममा दिपमा मुकुण्डो जलाउने चलन रहिआएको छ । यस्तो प्रचिन लक्ष्मी बुंगाः २०७२ सालको भकुम्पवात जिर्ण भएको थियो । उक्त समयदेखि बुंगामा पानी नआएको कारण तत्कालिन जनप्रतिनिधिहरुले जिर्णेाद्धार गरेको थियो । उक्त कुवाःमा पानी सुक्दै गएका कारण स्थानीयवासीले चिन्ता लिदै आएका थिए । सो क्रममा ऐतिहासिकता र सांस्कृतिक पक्षलाई ध्यान नदिइकन सिमन्ट वालुवा प्रयोग गरि पुनः निर्माण गरेको थियो । त्यसरी पुनः निर्माण गर्दा के कस्ता सामाग्री प्रयोग गर्ने भन्ने कुरामा खासै ध्यान दिएको थिएन । यसैवीच कीर्तिपुरको लक्ष्मी बुंगाः पुनः निर्माण गरेको बर्षं समय लाग्दा पनि पानी नआएका कारण स्थानीयवासीले चिन्ता लिन थालेको थियो ।
यसैवीच भाद्र १७ गते मंगलबारको दिन कीर्तिपुर २ वडा देवढोका न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी कुवाःमा पानी जम्मा होस् भन्ने कामनाका साथ जलजगे नाग साधना पूजाका निम्ति देवढोकाका स्थानीय नाती महर्जन एवं त्यहाँका अग्रज ज्येष्ठ नागरिकहरुको प्रयासमा उक्त जलजगे नाग साधना पूजा सम्पन्न भएको हो । लक्ष्मी कुवामा जलजगे नाग साधना पूजा स्थानीय चिलंच्व महाविहारका पद्म बज्राचार्य गुरुजुले गर्नुभएको हो । लक्ष्मी बुंगामा विधिपूर्वक तान्त्रिक रुपमा पुजा गरी नागलाई पुनःस्थापना गर्ने कार्य मंगलवार भएको हो । सो क्रममा स्थानीयवासीहरुको उपस्थिति थियो भने अव बुंगाःमा चार दिन पछि पानी आउने विश्वास गुरुजु र स्थानीयवासीले गरेका छन् । लक्ष्मी बुंगाः चार दिन सम्म बन्द हुने र आउदो सुक्रवार मात्र खोल्ने भएको छ ।
कीर्तिपुरको न्यामासिमा क्षेत्रमा रहेको उक्त लक्ष्मी बुंगा कीर्तिपुरका धेरै स्थानीयवासीले सुनेकै नाम हो । विगतमा लक्ष्मी बुंगा बन्दा अति डरलाग्ने स्थानमा रहेको भन्ने कथन थियो । लक्ष्मी बुंगाः र न्यामासिमा पनि एक आपसमा सम्वन्धित रहेको जेष्ठ नागरिकहरुले विगतमा बताउदै आएका थिए । जेहोस अव तान्त्रिक विधिवात पुजाआजा पछि लक्ष्मी बुंगाःमा पुनः पानी देख्न पाउनेछ भनी स्थानीयवासीले आशा गरेका छन् ।
No comments:
Post a Comment