Showing posts with label From the Publisher. Show all posts
Showing posts with label From the Publisher. Show all posts

Thursday, January 10, 2013

प्रकाशकीय - कीर्तिपुर सन्देशको हिरक अंक

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

प्रकाशकीय 

कीर्तिपुर सन्देशको हिरक अंक 

कीर्तिपुर सन्देशको यो अंक ७५ औं अंक हो । यस अंकलाई हिरक अंक भनेपनि हुन्छ । हुनत हिरक अंक धुमधामले मनाउनु पर्ने हो । तर हामी धुमधामले मनाउन गैरहेका छैनौं । किनकी हामी औपचारिकताभन्दा वास्तविकतामा विश्वास गछौं ।

श्रमजीवि पत्रकारहरूले आफ्नो पसिनाको कमाई तडक भडकमा खर्च गर्ने गर्दैनन् । ‘चाहिने ठाउँमा हिरा फोड्नु नचाहिने ठाउँमा कौडी नफोड्नु’ भन्ने उखानलाई हामी आत्मसात गर्छौं । हाम्रो लक्ष्य भनेको हिरक जयन्ति मात्र होइन सयौं अंक निकाल्ने हो । पत्रिका निकाल्नु कति गाह्रो छ भन्ने कुरो मैले बताइरहनु पर्दैन होला । फलामको चिउरा चबाउनुजस्तो गाह्रो छ । तर पनि यस पत्रिकालाई हाम्रा पाठक, स्तम्भकार र विज्ञापनदाताहरूले साहै्र माया गर्नु भएको छ । त्यसैको फलस्वरुप हामी यति अंकसम्म प्रकाशित गर्न सकेका छौं ।

भोलिको दिनमा पनि सबैबाट यतिकै माया र सहयोग पाइरहने आशा राख्दै सबैजनालाई धन्यवाद दिन चाहन्छु । यदि हाम्रा केही कमिकमजोरी भए औंल्याइ दिनुहुन पनि विद्वान पाठकवर्गमा अनुरोध गर्न चाहन्छु । सल्लाह सुझावको आशा राख्दै पत्रिकाको निरन्तरताको लागि फेरि एक पटक सहयोगको लागि अनुरोध गर्दछु । धन्यवाद