Showing posts with label Opinion. Show all posts
Showing posts with label Opinion. Show all posts

Saturday, March 28, 2015

हामी कस्ता छौं –३

हामी कस्ता छौं –३
—नजरराम महर्जन—

हाम्रो देश नेपाल एक स्वतन्त्र सार्वभौम सम्पन्न राज्य हो । संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र पनि हो । संयुक्त राष्ट्र संघमा स्वतन्त्र राष्ट्रको रुपमा दर्ता हुन त्यस राष्ट्रको भाषा लिपि अरू देशसँग मेल खानु हुँदैन  अर्थात् अलग्गै भाषा लिपि हुनुपर्छ । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिने बेला नेपालको भाषाको रुपमा अहिले हामीलाई नेपाली भाषा भन्न बाध्य पारेका खस् भाषा र अहिले हामीले लेख्दै आएका देवनागरी लिपि पेश गरेको थियो । तर सयुक्त राष्ट्र संघले त्यस भाषालाई भारतको हिन्दी भाषाको एक हाँगाको रुपमा मान्यो र लिपिलाई पनिभारतको लिपि भनेर स्वतन्त्र राष्ट्रको रुपमा नेपाललाई मान्यता दिन इन्कार ग¥यो ।

त्यसबेला नेपालले  रञ्जना लिपि र नेवार भाषालाई नेपालको राष्ट्रिय भाषाको रुपमा पेश ग¥यो जसको आफ्नै मौलिकता र छुट्टै पहिचान छ र कुनै पनि देशको भाषा र लिपिसँग मिल्दैन त्यसैले नेपालले आपूmलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता पायो । त्यसबेलादेखि नेवारहरुले नेवारभाषालाई नेपालभाषा भन्न थालेको हो । तर त्यसबेलाका शासकहरुले खस्भाषालाई राष्ट्रभाषाको मान्यता दिएर चलनचल्तीमा देवनागरी लिपि प्रयोगमा ल्याइयो । जुन अद्यावधि कायमै छ ।

यसरी किन भयो त ? भन्ने सवालमा हाम्रा शासकहरु र राज्य संचालन गर्ने व्यक्तिहरुमा विदेशी मोहको कारण हो । बाबुभन्दा साहु प्यारो मान्ने चलनले गर्दा हो । यदि हामी स्वाभिमानी भएको भए साहुभन्दा बाबु प्यारो हुनुपर्ने हो । हिन्दी भाषाको एक शाखा भाषा र लिपि भन्दा आफ्नै मौलिक लिपि र भाषाप्रति माया हुनुपर्ने हो ।
नेपालमा राणा शासन ढाल्न भारतको अगुवाईमा दिल्लीमा राजा, राणा र नेपाली कांग्रेसको सम्झौता भएको थियो । जस अनुसार मोहन शमसेर प्रजातन्त्र आउँदाको पहिलो प्रधानमन्त्री बने । त्यसपछि पनि नेपालको हरेक आन्दोलनमा भारतले हस्तक्षेप कारी भूमिका निभाउँदै आएको जगजाहेर छ । २०६२÷ ०६३ सालको आन्दोलन हुनुभन्दा अगाडि तत्कालीन सात दलिय गठबन्धन र जनयुद्ध गरिरहेका माओवादी बीच १२ बुँदे सम्झौता पनि भारतको दिल्ली मै भएको थियो । भारतको सहयोग बिना नेपालले केही गर्न सक्दैन । २०४६ सालको आन्दोलन भन्दा अगाडिको प्रधानमन्त्रि मरिचमान सिंहले भारतले भनेको कुरो नमान्दा १८ महिनासम्म नेपाललाई नाकाबन्दी गरेर, विरोधी राजनीतिक पार्टीहरुलाई उक्साएर जन आन्दोलन गराएर पञ्चायत शासन व्यवस्था नै ढाली दियो ।

 हामी जतिसुकै स्वतन्त्र भने पनि स्वतन्त्र छैनौं । भारतको उपनिवेश जस्तो छ । त्यसैले हिजो भारतलाई विस्तारवादी भन्ने बिल्ला लगाएर राजनीति गरेर आएका कम्यूनिस्ट पार्टीहरुले पनि आज भारतको गुलाम गर्न बाध्य भएका छन् । गुलामी स्वीकारीरहेका छन् । दिनहुँ नेपाल भारतको सिमानामा भारतीय सिमा सुरक्षा बलले नेपालमा अतिक्रमण गरेर नेपालीहरुलाई गिरफ्तार गरे, सिमानामा नेपाली लुटिंदा पनि मुक दर्शक भएर बसे भन्ने खबर आउँछ । हामी निरिह भएर टुलुटुलु हेरिरहन्छौं । तिनै नेताहरुले कोशी बेच्यो, गण्डक बेच्यो, महाकाली बेच्यो, टनकपुर बेच्यो भनेर हामी औंलामा गनिरहन्छौं, केही बोल्न सक्दैनौ । तिनै पार्टीहरुलाई सत्ता सुम्पिन्छौं । हाम्रो मानसिकता नै विदेशमुखी बनिसकेका छन् ।

केही महिना पहिले नेपालमा पेट्रोलको हाहाकार, ग्यासको हाहाकार भएको थियो । त्यसबेला म पत्रिका छाप्न प्रेसमा गएको थिएँ । केही समय लाग्ने भएकोले एउटा चिया पसलमा चिया खान गएँ । त्यहाँ पाँच छ जना युवाहरु खाजा खाइरहेका थिए । खाजा खाँदै उनीहरु गफ गरिरहेका थिए । उनीहरुको गफ सुनेर म आश्चर्यचकित भएँ । उनीहरुमध्ये एकजना भन्दै थिए, “भन्ने बेला नेपाल स्वतन्त्र राष्ट्र भन्छन् तर व्यवहारमा
भारतको एउटा प्रान्त जस्तो छ । भारतबाट सामान नल्याए नेपालमा कामै चल्दैन । बरु नेपाललाई पनि भारतकै एउटा प्रान्त घोषणा गरिदिएको भए हुन्थ्यो ।”

“हो त नि भारतको एउटा प्रान्त भएको भए न त पेट्रोलको हाहाकार हुन्थ्यो । न त ग्याँसको हाहाकार हुन्थ्यो । न त लोडसेडिङ्गको मार नै खेप्नु पथ्र्यो । क्या रमाइलो हुन्थ्यो ।” अर्को केटाले भन्यो ।
“त्यतिमात्र कहाँ हो र ? हामीकहाँ ३ लाख पर्ने पल्सर मोटरसाइकल त्यहाँ अस्सी हजार मा पाउँछ । हामीकहाँ ९ लाख पर्ने नानो कार त्यहाँ साढे दुई लाखमा चढ्न पाइन्छ ।” अर्को केटाले भन्यो ।
  “यार साढे दुईलाखमा पाइने भए म यो पल्सर मोटरसाइकल किन्नुभन्दा नानो कार नै किन्थेँ । थाहा छ अस्ति हामी सिक्किम घुम्न गएका थियौ त्यहाँ त काम नपाएको बेरोजगार युवा युवतीहरुलाई सरकारले भत्ता दिंदो रहेछ । प्रान्तिय सरकारमा त्यहाँका सिक्किमेली बाहेक अरुलाई नोकरी नै दिंदोरहेन छ ।”

 उनीहरुको कुराले के बुझाउँछ भने अहिलेका युवाहरुमा राष्ट्रियता र राष्ट्रियता भन्ने भावना नै रहेन छ ।
राष्ट्रियताको भावना पैदा गर्न यहाँ राष्ट्रिय आन्दोलन हुनुपर्छ । यहाँ जति आन्दोलन भएका छन् केवल सत्ता परिवर्तनको लागि मात्र भएका छन । अहिलेका युवाहरुमा व्यक्तिवादी चिन्तन हावी हुँदै गइरहेका छन्  यसो हुनाको मूलकारण हाम्रो शिक्षा र शिक्षा पद्धतिको दोष छ । आजकल केवल कक्षा पास हुनको लागि पढार्ई गर्छ । पढेर विदेश जाने सोच्छन् । विदेशमा गएर जस्तोसुकै काम गरेर खान पनि तयार हुन्छन् तर आफ्नो देशमा सिन्को भाँच्न चाहँदैन । विदेशमा यति विकास भयो । उति विकास भयो भनेर हामी कुरा गर्छौं तर आफ्नो देशमा कसरी विकास गर्ने भन्ने कहिल्यै सोच्दैनौं ।

 यसमा युवाहरूको मात्र दोष छैन । हाम्रा राजनीतिक नेताहरुको दोष हो । नेपालका राजनीतिक पार्टीहरुको कुनै नीति र सिद्धान्त नै छैन । हात्तीको देखाउने दाँत र खाने दाँत अलग अलग छन् भनेझै यहाँका पार्टीहरुका नेताहरुले जतिसुकै नीति र सिद्धान्तको कुरा फलाके पनि आखिर उनीहरुको राजनीतिको उद्देश्य भनेको सत्ता प्राप्त गर्नु रहेका छन । सत्ता प्राप्त गर्नको लागि हठकण्डा अपनाउन पनि पछि पर्दैन । त्यसैले हरेक वर्षमा सरकार परिवर्तन भइरहन्छ । दिगो सरकार बन्नै सकेको छैन । नेताहरु देश विकासको भन्दा आफ्नो र पार्टीको भलाईको बारेमा सोच्छन् । देशका कर्णधार युवाहरुलाई विदेशमा काम गर्न पठाएर आएको रेमिटान्सले देश धानि राखेका छन् । त्यसैमा गर्व गर्छन् । युवाहरुलाई विदेशमा काम गर्न पठाउन नयाँ नयाँ गन्तव्य देश सत्ताधारीहरुले नै खोजि दिन्छन् । विदेश गएका युवाहरुलाई स्वदेशमै उद्योग धन्दा बढाएर काम गराउँ भन्ने सोच कहिल्यै आएन ।

नेपालका नेताहरु आफ्नो देशको राजनीतिक हल खोज्न कोही दक्षिण छिमेकी मुलुकमा गुहार माग्न जान्छन् त कोही उत्तर छिमेकी मुलुकमा सयर गर्छन । अर्काको आशिर्वादले आफ्नो देशमा रजाई गर्ने दास मानसिकता बोकेका सत्ताधारी होस् वा विपक्षमा रहेका नेताहरु को सोच भएपछि यहाँ स्वाभिमानी विचार कहाँबाट आउँछ ? जव स्वाभिमानी विचार नै आउँदैन भने देश विकास गर्ने सोच कहाँबाट आउँछ ?

त्यसैले हामीमा पहिले स्वाभिमान विचार आउनु प¥यो, कुनै पनि स्वाभिमान व्यक्ति कसैको दासत्व स्वीकार गर्दैन । तर हाम्रो नेपालका नेताहरुले हामीलाई स्वाभिमान बन्नै दिंदैन कुनै पदमा जागिर खानको लागि कुनै न कुनै पार्टीको सदस्य हुनै पर्छ । जारिमा प्रमोशन हुन पार्टीको सदस्य बन्नै पर्ने बाध्यता छ । अनि पार्टीको सदस्य भएपछि पार्टीले देश बेचोस् या आपूmलाई नै बेचोस चुपचाप सहने हाम्रो बानी छ । आजकल विश्वविद्यालयको कुलपतिदेखि राजदूत बन्न र राजनैतिक नियुक्ती नै पार्टीको भागबन्दा अनुसार हुने भइसक्यो । प्रहरी देखि अदालतका न्यायाधीश हुन पनि राजनैतिक भागबन्दामा पर्ने भइसक्यो । राजनैतिक दासता स्वीकारेर आएका पदाधिकारीहरु ले राजनैतिक पार्टीको स्वार्थ बाहेक अरु क्षेत्रमा के निस्पक्ष भएर काम गर्न सक्छन् ।

अब त पार्टीहरु पनि पार्टी जस्तो नै रहेन । पार्टीहरु पनि व्यक्तिवादी भइसकेका छन् । हरेक पार्टीमा दुई तीन गुट उपगुटहरु छन् । फलाना पार्टीको फलाना पक्षको भन्ने गर्छन् । अनि त्यस्तालाई कसरी स्वतन्त्र व्यक्तित्व भन्ने ? हरेक पार्टीको नागरिक समाज छ । भन्ने बेलामा स्वतन्त्र नागरिक समाज भन्छन् तर कुनै न कुनै पार्टीमा आवद्ध भएका हुन्छन् । दास मानसिकता भएका व्यक्तिहरुले के निश्पक्ष निर्णय गर्ला ?

हामी कस्ता छौं –२

हामी कस्ता छौं –२
—नजरराम महर्जन—



 अहिले देश संक्रमणकाल बाट गुज्रिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र संविधान बनाउने क्रममा छ । दोस्रो जन आन्दोलनको बलमा देशमा राजतन्त्र हटाई गणतन्त्र घोषणा गरियो । २५० वर्षभन्दा पहिले देखि शासन गर्दै आएका शाह राजाको सत्ता जनताको हातमा आयो । पहिलो पटक जनताको छोरा राष्ट्रपति भयो ।


यही संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न नयाँ संविधान चाहियो । संविधान भनेको देशको मूल कानून हो । त्यही संविधानको धारा अनुसार काम गर्न अरू कानून बन्छ । पहिलो संविधानसभा चुनाव हुनु अघि अन्तरिम संविधान निर्माण गरिएको थियो । जसमा देश संघीयतामा जाने कुरा उल्लेख गरिएको थियो । कसरी संघीयतामा जाने भन्दा पहिचान र सामथ्र्यको आधारमा प्रदेश बनाउने भन्ने स्पष्ट किटान गरिएको थियो । तर संविधान बनाउने क्रममा ती आधारहरुलाई बिर्सेर आफ्नो अनुकुल संविधान बनाउन खोजियो । जसले गर्दा चार वर्षमा पनि संविधान बनाउन नसकेर संविधान सभा नै भंग भयो । दोस्रो संविधान सभाको निर्वाचन भयो । जसमा पहिलो संविधान सभाको समिकरणभन्दा बेग्लै मत विभाजन भयो । पहिचान पक्षधर भन्दा पहिचान विरोधीहरुको संविधानसभामा बहुमत भयो । हिजो पहिचान पक्षधरको दुई तिहाई बहुमत हुँदा प्रक्रियामा जान नहुने भनेर अडान लिने पहिचान विरोधीहरु अहिले आफ्नो बहुमत हुने वितिक्कै प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने भन्न थालेका छन् । पहिचानलाई जातीय राज्य भनेर जनतामा भ्रम सिर्जना गर्न खोजिरहेका छन ।

नेपालमा नेवार, तामाङ, राई, लिम्बू, शेर्पा, मगर, गुरुङ जातका सघन बसोबास बेग्लाबेग्लै भूगोलमा छ । २५० वर्षदेखि वर्तमानसम्म यीनीहरुको भाषा, संस्कृति र पहिचान मास्ने काम भयो । राज्य संरचनामा यीनीहरुलाई अलग्ग गरियो । आदिवासी, जनजाति, दलित र मधेसीको भाषा, संस्कृति अनि अवसरमाथि राज्यले गरेका दमनको सूची लामो छन् । त्यसैको क्षतिपूर्ति स्वरुप एक प्रतिशतभन्दा बढी जनसंख्या भएका जातिलाई तिनको सघन बसोबास भएका क्षेत्रमा तिनकै पहिचान झल्कनेगरी राज्य नामाकरण गर्ने प्रस्ताव ल्याइएको हो । एक प्रतिशतभन्दा कम अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत समुदायलाई पहिलो संविधान सभाले विशेष
संरचनामा राखेको छ । यसमा स्थानीय स्तरमा रहनेगरी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र भनेर छुट्याइएको छ । प्रदेशभित्र कुनै एक जाति, समुदाय, भाषाको बाहुल्य भएको क्षेत्रलाई स्वायत्त क्षेत्र मानिएको छ ।

आज सत्ताधारी पार्टीहरु यस अनुसार प्रदेश विभाजनलाई जातीय राज्य भनेर जनतामा भ्रम सिर्जना गर्दैछन् । धेरैजसो जनताले यस कुरामा विश्वास गरिरहेका छन् । सत्यतथ्य के हो थाहा नै नपाईकन अर्काको लहैलहैमा दौड्ने हामी नेपालीको बानी नै हो । त्यसैले एउटा उखानै बनाइएको छ, “कागले कान लग्यो” भन्ने बित्तिक्कै आफ्नो कान नछामिकन कागको पछि दौड्नु विवेकशील मानिसले गर्दैन । किनकी कागले मानिसको कान लैजानै सक्दैन । मानिसको कान कागले लैजानको लागि त मानिसै उठाएर लानुपर्छ । कानमात्र चुँडालेर लान सक्दैन । चुँडाल्न खोजेमा मानिसले थाहा पाइहाल्छ । तैपनि अहिले हाम्रो नेपालमा यस्तै भइरहेको छ । उत्पिडनमा परेका जातजातीको हक अधिकार सुनिश्चित गर्न प्रदेश निर्माण गर्न खोज्दा जातीय राज्य भनेर नेताहरुले जनतालाई दिग्भ्रमित गर्न खोजिरहेका छन् । यसलाई देशका प्रमुख संचारमाध्यमहरुले पनि साथ दिइरहेका छन् । एउटा भूmठो कुरालाई सयचोटि साँचो भन्यो भने साँचै हो कि भनेर सोच्न बाध्य तुल्याउँछ । अहिले हाम्रो नेपालमा यस्तै भइरहेको छ ।

एउटा उदाहरण लिउँ नेवाः राज्य के जातीय राज्य हो ? अवश्य पनि होइन । नेवाः राज्य भनेको एउटा पहिचान हो । नेवाः भनेको एउटा जाति मात्र होइन । नेवाः जातभित्र पनि विभिन्न जातजाती रहेका छन् । काठमाडौं उपत्यकामा नेवार राजाहरुले राज्य गरेको सबैलाई थाहा छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपश्चात यहाँका बासिन्दाहरुलाई कतिको अधिकार दियो भन्ने कुरा त ऐनाजस्तै छर्लंग छ । राज्यको हरेक अवसरबाट बन्चित गरियो । कतिजनालाई मारियो, कतिजनालाई देश निकाला
गरियो । कतिजना पलायन हुन बाध्य पारे । देशमा राणा शासन पछि प्रजातन्त्र आयो भने पनि शाह वंशकै हालीमुहाली रह्यो । पंचायत व्यवस्थाको नाममा देशको सम्पत्तिमाथि मुट्ठिभरका मानिसहरुले रजाई गरे । अधिकार लिए । जनताको आन्दोलनबाट पंचायत व्यवस्था ढल्यो । बहुदलीय व्यवस्था आयो केवल व्यवस्थाको नाम फेरियो, व्यक्ति फेरियो । शासन गर्ने  तरिका उही रह्यो । हिजो शाहवंशको रजाई थियो भने अहिले बाहुन जातीको हालीमुहाली भयो । १२ प्रतिशत जनसंख्या भएका बाहुन जातीले देशको शासन प्रशासन सबैक्षेत्रमा ८२ प्रतिशत ठाउँ ओगटि राखेको छ ।

एक राष्ट्र एक भाषा नीति ल्याएर खस भाषा बाहेक अरु भाषाभाषीहरुलाई निम्त्यान्न पार्न खोजे । खस भाषालाई नेपाली भाषा नामाकरण गरी त्यस भाषाको विकासको लागि करोडौं करोड खर्च गरिरहेका छन । अरु भाषाको लागि बजेट नै राख्दैन । यही कारणले नेपालका आदिवासी जनजातिहरु ले आफ्नो भाषा, सस्कृतिको विकासको लागि संघीयतामा जाँदा आफ्नो पहिचान मात्र खोजेका हुन् । सदियौंदेखि खोसिएका आफ्नो हक अधिकार प्राप्त गर्न आवाज उठाएका हुन । प्रदेशको नामाकरण खोजेका हुन ।

नेवाः राज्यलाई नेवाः जातीको जातीय राज्य भनेर नेवाः राज्य भयो भने अरु जातिले मान्छ र ? अरुजाति कहाँ जान्छ भनेर हल्ला फिजाईरहेका छन् । नेवाः राज्य भनेको जातीय  राज्य त्यसबेला मात्र हुन्छ जुनबेला नेवाः राज्यमा नेवाः बाहेक अरु बस्न पाईंदैन । त्यहाँको शासन प्रशासनमा नेवाः बाहेक अरु कोही बस्न नपाउने भए मात्र त्यसलाई जातीय राज्य भन्न सकिन्छ । अहिले पहिचान पक्षधरले मागेको राज्यमा त्यसो हुँदैन । नेवाः
राज्यमा अहिले हामी जसरी बसिरहेका छौं त्यस्तै बस्ने हो कसैले कसैलाई राज्यबाट बाहिर निकाल्दैन । पाइरहेको नोकरी वा कामबाट हटाइने छैन । हो बरु यतिसम्म हुन्छ कि नेवाः राज्यमा नेवारहरुको जनसंख्याको आधारमा शासन प्रशासनमा समान हक अधिकार पाउने छ । त्यो भनेको नेवारले मात्र पाउने होइन । अरु जातीले पनि आफ्नो जनसंख्याको आधारमा अधिकार पाउने छ । अहिलेजस्तो एक जातीले मात्र हालीमुहाली गर्न पाउने छैन । एक भाषाले मात्र प्रसय पाउँदैन । नेवाः राज्यको प्रशासनमा कामकाजको भाषा नेपालीभाषाको साथै नेपालभाषा को पनि प्रयोग गर्न पाउने छ । त्यस्तै ताम्सालिङमा तामाङ भाषाको, लिम्बुवानमा लिम्बु भाषाको प्रयोग गर्न पाउने छ । यसरी हरेक भाषाले विकास गर्ने मौका पाउने छ । सबैले आफ्नो मातृभाषामा लेख्न पढ्न पाउने छ । के यो नराम्रो काम हो ?

अर्को नेवाः राज्यमा नेवार अल्पमतमा परेको छ भन्छन् । कसरी अल्पमतमा परेको छ ? काठमाडौं उपत्यकामा नेवारहरुको जनसंख्या ४० प्रतिशत छ । अरु सबैजातिको मिलाएर ६० प्रतिशत छ । उनीहरुले नै भन्ने गर्छन नेपालमा १२५ जातजाती छन् । १२५ जातमा नेवारको मात्र ४० प्रतिशत छ अरु १२४ जातको मानिसको जनसंख्या मिलाएर ६० प्रतिशत छ । अनि कसरी नेवारहरु अल्पमतमा परेको छ भन्ने ? यसैमा हामीले विश्वास गरिरहेका छौ । हामीमा कहिले सचेतना आउने हो ? सदियौंदेखि दबाएर राखिएका हामी आदिवासी जनजातिलाई यस्तै भ्रममा पारेर अझ सदियौंसम्म हामीमाथि एक जातले रजाईं गरिरहेका छन, रजाईं गर्न खोजिरहेका छन् ।

आज देशमा संविधान बन्न नसकेको कारण पहिचान खोज्ने र पहिचान नदिने बीचको टक्करले हो भन्ने कुरा छर्लंग भइसकेको छ । आदिवासी जनजाति, मधेसी, दलित, महिला सबै आन्दोलित छन् । बहिस्करणमा पारिएका उत्पिडित वर्गलाई अधिकार नदिइकन ल्याइएको संविधान जलाउने चेतावनी दिइसकेका छन् । जब जब देशमा शासन गर्ने शासक वर्ग तानाशाहीतिर उन्मुख हुन्छ तब तब देशमा गृहयुद्ध हुन्छ । विश्वको विभिन्न मुलुकमा भइरहेको गृहयुद्धको कारण खोज्दा शासक वर्गले अरु वर्गलाई थिचोमिचो गर्न खोज्दा आफ्नो अस्तित्व जोगाउनको लागि विपक्षीेले गर या मर भन्ने स्थितिमा जानु पर्ने हुन्छ । नेपालमा पनि यो स्थिति आउन नदिन सत्ता पक्षले विचार पुु¥याउनु पर्छ ।

हामी कस्ता छौं –१

हामी कस्ता छौं –१

—नजरराम महर्जन—


सुन्दर शान्त विशाल हाम्रो देश नेपाल । विश्वको सबभन्दा बढी उचाई भएको हिमाल
सगरमाथा भएको देश नेपाल । विश्व शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हाम्रो नेपाल ।

 यही नामले, बुद्ध जन्मेको देश भएको कारणले विश्वमा नेपाल चिनिएको छ । बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा विश्वका विभिन्न देशहरुले विभिन्न किसिमको सहयोग गरिरहेका छन । तर यही देश नेपालको एउटा भाग सुर्खेतको काँक्रेविहारमा बुद्धको मूर्तिले ठाउँ पाएन । ४० लाख पर्ने २० फुटे मूर्ति स्थापना गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरे । स्थापना गर्न ल्याएको मूर्तिलाई प्रहरीले लुटेर लगे । एउटा अपराधीलाई जस्तो सो बुद्धको मूर्तिलाई जिल्ला प्रहरी कार्यालयको खुल्ला ठाउँमा उतानो पारेर राखिएको छ ।

कस्तो देश हाम्रो नेपाल ? बुद्ध जन्मेको देश नेपालमा बुद्धको मूर्ति कांक्रेविहारमा राख्न नपाउने देश नेपाल । धर्म
निरपेक्ष देश नेपालमा एउटा धर्मको आस्थाको धरोहरलाई यसरी लुटपाट गर्दा पनि, चोरलाई जस्तो प्रहरी बृतको चौरमा फालिराखे पनि हामी केही भन्न र गर्न सक्दैनौं । किनकी हामी शान्तिप्रिय नेपाली हौ ।

जन आन्दोेलनको बलमा  घोषणा भएको धर्मनिरपेक्ष शान्त सुन्दर नेपालमा शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका भारतीय एक नेताले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु पर्ने मांग राखे । एकथरिले त्यसलाई हार्दिक स्वागत गरे । केही धर्मभिरुहरु खुशी भए ।  विदेशी नेता आएर हाम्रो सार्वभौमसत्ता माथि हस्तक्षेप गर्दा पनि हामी चुपचाप छौं । हिन्दूहरुको नामबाट राखिएको देश हिन्दुस्तानका सत्तापक्षीय नेताले पहिले आफ्नो देशलाई हिन्दुराष्ट्र घोषणा गर्नु पर्ने थियो । तर आफ्नो देशलाई धर्म निरपेक्ष देश कायम राख्ने अनि अर्काको देशलाई हिन्दुराष्ट्र घोषणा गर्ने मांग गर्ने हिम्मत गरे । हामी आपूmलाई सार्वभौम सम्पन्न राष्ट्रका नागरिक ठान्छौं । सार्वभौम देशको आन्तरिक मामिलामा विदेशी नेता आएर यसरी हस्तक्षेप गर्न पाइन्छ ? तर नेपालमा गरिरहेका छन । हामी चुपचाप सहीरहेका छौं । हाम्रो देश कानमा तेल हालेर बसिरहेको छ । किनकी हामी शान्ति चाहन्छौं । हाम्रो देश शान्ति क्षेत्र बनिरहोस् भन्ने हामी चाहन्छौं । हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप भइरहेको छ । हामी केही बोल्न सक्दैनौं । बुद्ध नेपालमा जन्मेको सत्य हो । तैपनि आज हामी ९द्यगममजब धबक दयचल ष्ल ल्भउब०ि भनेर चिल्लाइरहनु परेको छ । किनकी भारतले अरबौं रुपैयाँ खर्चेर नक्कली तिलौराकोट निर्माण गरिरहेका छन् । बुद्ध नेपालमा जन्मेको होइन भारतको तिलौराकोटमा जन्मेको हो भन्न थालेका छन । लुम्बिनीमा उत्खनन गरेर प्राप्त केही पुरातात्विक बस्तुहरु चोर बाटोबाट लगेर राखिरहेका छन् ।

भारतले किन यस्तो गरिरहेका छन् त ? भारतलाई थाहा छ विस्वमा बुद्ध धर्म मान्नेहरुको जनसंख्या २ अर्बभन्दा बढी छ । हरेक ती जनसंख्याको एक प्रतिशतले मात्र पनि पर्यटक भएर घुम्न आए वर्षको अरबौं रुपैयाँ आम्दानी हुनसक्छ । हामी नेपालीहरु भने बीनाको महत्व नबुझेका कस्तुरी मृगजस्तै भौंतारिरहेका छौं । हामीमा कहिले चेतना आउने होला ।

 हामीमा केही बोल्ने क्षमता नै छैनन् । हामीमा सहने क्षमता भने अद्भूत रुपमा कायम छ । हाम्रो देशमा हवाई यातायात सुरु भएको ६५ वर्ष भैसक्यो । तर हामीसँग अन्तर्राष्ट्रिय हवाई मैदान एउटै मात्र छ । हुन त अन्तर्राष्ट्रिय हवाईमैदान बाराको नीजगढ, पोखरा र लुम्बिनीमा बनाउने भनेर कुरा चलेको पनि धेरै वर्ष भइसक्यो । तर काम भने भएको छैन । हामी नेपालीहरुको बानी कामभन्दा कुरा बढी गर्नु रहेको छ । चियाको दोकानमा, मान्छे जम्मा हुने चौतारा र चोकमा हामी राष्ट्र, राज्य र राजनीतिको बारेमा चर्का गफ गछौंं तर चाहिने ठाउँमा चूँ सम्म पनि गर्न सक्दैनौं । हाम्रो देश नेपालका नेताहरुले हाम्रो यही कमजोरीको फाईदा उठाउँदै लाभ लिइरहेका छन । आपूmलाई कमिशन नआउने कुनै काम गर्न तयार छैन । यही कमिशनको चक्करमा परेर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नभएको हो । देश र जनताभन्दा पनि पार्टीको हित र कमिशनको बढी ख्याल राख्छौं ।

गत फागुण २० गते बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्कटिस एयरवेजको एउटा विमान प्राविधिक कारणले रन वे छुने गरी ग्राउण्डेड भयो । देशमा चार दिनसम्म अन्तर्राष्ट्रिय हवाई उडान भएन । हजारौं हजार यात्रु हरुले समस्या भोग्नु प¥यो । देशले आठ अर्ब रुपैया घाटा बेहोर्नु परेको खबर छ । अनि बल्ल वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मैदानको खाँचो महसुस गरियो । खुबै चर्चा परिचर्चा भयो । चारदिनपछि अन्तर्राष्ट्रिय हवाई सेवा संचालन सुरु भए सँगै ती चर्चाहरु सेलाउँदै गएको छ । नपरेसम्म नचेट्ने हामी नेपालीको बानी हो । समस्या समाधान भए सँगसंगै त्यो चेतना पनि हराएर जान्छ । कारण खोला त¥यो लौरोे बिर्सने हामी नेपालीको महान बानी नै हो । चुनावको बेला नेताहरुले जनतालाई अनेकौं आश्वासन दिन्छ । त्यही आश्वासनको भरमा जनताले नेतालाई भोत दिएर जिताएर पठाउँछ । राजधानीमा पुगेपछि ती आश्वासन र जनतालाई बिर्सिदिन्छ । जनता निरिह भएर अर्को चुनावको प्रतिक्षामा बसिरहन्छ ।

हामी सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्रका नागरिक हौ । फसेको हवाईजहाज हटाउन पनि छिमेकी देशको सहयोग लिनु पर्ने हामी कति सक्षम छौं भन्ने यसले छर्लंग पारि दिएको छ । हवाई सेवा संचालन भएको यत्रो वर्षमा पनि एउटा हवाईजहाज हटाउने उपकरण राख्ने ह्याउँ नभए नभएको, उपकरण तयार गर्न नसकेको देश नेपालका हामी नागरिक हौं हामी । सोझा सिधा नेपाली हौं । नेताहरुको पछि लागि हिंड्ने जनता हौं । नेताहरुको आश्वासनमा बाँच्न मन पराउने हामी नेपाली जनता हौं । नेताहरु नै विदेशको इसारामा नाच्छ भने जनताले के गर्ने ? हामी निरिह विवेकहीन जनता हौं । हामी परजीवि हौं । जुनसुकै काम पनि सरकार या विदेशी आएर गरि दिनुपर्ने । आफ्नो योग्यता र क्षमता भैकन पनि अर्काको मुख ताक्ने परिसकेका हामी नेपालीमा जाँगर कहाँबाट आउँछ ?
 काठमाण्डांैंमा खानेपानीको हाहाकार छ । सरकारले मेलम्चीको पानी आउँछ भनेर आश्वासन दिएको भरमा हामी काकाकुल भएर मेलम्चीको पानीको प्रतिक्षामा छौं । हाम्रै काठमाण्डौंमै भएको पानीको स्रोत खोज्ने हामीमा जाँगर चलेको छैन । घरको धाराबाट पानी नआए मिनरल वाटर किनेर पिइरहेका छौं । अरु पानी ट्यांकरमा ओसारेको किनेर काम चलाइरहेका छौं ।

मिनरल वाटर कम्पनी खोलेर महंगोमा पानी बेच्न पल्केका व्यापारीहरुलाई पानीको अभाव छैन । ट्यांकरमा पानी बोक्ने ड्राइभरहरुलाई पानीको अभाव छैन । हामी जनतालाई मात्र पानीको अभाव छ । जनताको समस्याप्रति सरकार कहिल्यै गम्भिर भएन । न त जनताले नै कुनै प्रश्न गर्न सके । ट्यांकरमा पानी बोकेर बेच्ने व्यापारीलाई पानीको अभाव भएन, मिनिरल वाटर बनाउने कम्पनीलाई कहिल्यै पानीको अभाव भएन किन ? यो कहिल्यै जनताले सोचेका छन ? यो कहिल्यै सरकारले सोचेका छन ? सोचेको भए पानीको अभाव नै हुने थिएन । हामी जनताले सरकारलाई दवाव दिन सकेको भए पो सरकारले सोच्न बाध्य हुन्थ्यो ।

हाम्रो कीर्तिपुरकै खानेपानी को कुरा गरौं । पानीको मुहान सिमझवाःहिटी नजिक एकजना व्यक्तिले जमिन किनी प्लटिंग गरेर जमिन बेच्न थालेका छन । उक्त जमिनमा प्लटिंग गरी घर निर्माण गरेपछि पानीको मुहान सुक्ने पक्कै छ । यसको लागि कीर्तिपुरको जनस्तरबाट निर्माण गरिएको सिमझवाःहिटी खानेपानी उपभोक्ता समितिको पहलमा विभिन्न सम्बन्धित निकायमा सम्पर्क राखी सो को जानकारी जानकारी गराइयो । उक्त ठाउँमा सार्वजनिक जग्गा भएको भन्ने आधारमा जमिन नापी गर्न नापी टोली लिएर जाँदा सो जग्गा प्लटिंग गरिरहको व्यक्तिले केही व्यक्तिहरुको सहयोगमा नापीसम्म गर्न दिएन ? उपभोक्ता समितिलाई धम्क्याएर खाली हात फिर्ता पठाइयो । सम्बन्धित निकाय मौन छ । कीर्तिपुरवासी मौन छन । यो बारेमा कसैले चुँसम्म बोलेका छैनन् । एकजना व्यक्तिको कारण कीर्तिपुरका ६५ हजार जनताको खानेपानीको आधार गुम्न लागेको छ । तैपनि मेलम्चीको आसमा चुपचाप बसिरहेका छन् ? किनकी हामी शान्तिप्रिय नेपाली जनता हौं । अन्याय गर्नेको विरुद्ध उठ्दा त्यहाँ संघर्ष हुन्छ । संघर्ष भएपछि अशान्ति हुन्छ ।

क्रमश ...

Wednesday, November 13, 2013

‘नेवाः राज्यका लागि प्रचण्डको केही दिनमा लिखित प्रतिबद्धता आउँछ’

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
‘नेवाः राज्यका लागि प्रचण्डको केही दिनमा लिखित  प्रतिबद्धता आउँछ’ 

अहिले संविधानसभको विषय चर्चाको विषय बनेको छ । विशेष गरि काठमाण्डौ १० नं. निर्वाचन क्षेत्रको सवाल सबैको चासो भएको छ । कारण एमाओवादीका अध्यक्ष प्रचण्ड स्वयं यस क्षेत्रका प्रत्यक्षतर्फवाट उम्मेदवार बनेको अवस्था छ । यसै वीच कीर्तिपुर क्षेत्रका पुराना वामपंथी नेताको रुपमा परिचित सादा जीवन उच्च विचारका धनी कीर्तिपुर नगाउँका शम्भुराम महर्जन ‘मान्छे’, हाल नेकपा एमाओवादी पार्टीको नेवाः राज्य समिति सचिवालय सदस्यको जिम्मेवारी वहन गर्दै हुनुहुन्छ ।  एमाओवादीको कार्यक्रममा उहाँको उपस्थिति कम देखेर  कीर्तिपुरमा विभिन्न किसिमको हल्ला चलिरहेको सन्दर्भमा उहाँसँग आगामी मंसिर ४ गते हुन लागेको संविधानसभाको चुनावको विषयमा कीर्तिपुर सन्देशले गरिएको भलाकुसारीको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ । सं.

एमाओवादी नेवाः राज्य समिति सचिवालय सदस्य भएर पनि यसपालिको चुनावी अभियानमा कीर्तिपुरमा तपाईं सक्रिय नभएका कारण कीर्तिपुरवासीले तपाई पार्टीप्रति असन्तुष्ट भएको चर्चा गर्न थालेको छ के हो त बास्तविकता ?

— म काठमाडौं जिल्लाको आठ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज भइ काम गरिरहेको हुनाले यस क्षेत्रमा मेरो सक्रियता नदेखिएको हो । अहिले संविधान सभाको चुनाव प्रचार प्रसारको लागि १० नं क्षेत्रमा आएको छु । अहिले मेरो सक्रियता देख्नु भएको होला । यस क्षेत्रमा मेरो काम भनेको जहाँ पार्टी कमजोरस्थिति रहेको छ, त्यस ठाउँमा गएर काम गर्नु हो । अहिले सबै ठाउँमा कार्यकर्ता परिचालन भएको देख्नु भएकै होला । त्यसको परिणाम गत कार्तिक १७ गते कीर्तिपुरमा जनसागर ओर्लिएको देख्नु भएको होला ।

पार्टी भित्र अन्तरविरोधका  कारणले तपाई सक्रिय नभएको भन्ने आरोप छ नि ?
— निस्क्रिय होइन, म सक्रिय नै छु । ८ नं. क्षेत्रमा सक्रिय रहेकोले यहाँ नदेखिनु स्वाभाविकै हो । पहिचान सहितको संघीयतामा  नेवाः राज्य सुनिश्ति गर्न स्थानीय नेवार नेतृत्वलाई माथि उठाउनु पर्छ, प्रत्यक्षमा उम्मेदवारी दिंदा कमसेकम काठमाडौं उपत्यकामा आधीभन्दा बढी नेवार समुदायको प्रतिनिधित्व हुनुपर्छ । त्यस्तो उम्मेदवारीमा नेवाः नुगः, नेवाः भाव र नेवाः आन्दोलनमा सक्रिय भएकालाई प्राथमिकता दिनुपर्छ भनी पार्टीभित्र मैले आफ्नो मत  राखेको साँचो हो । पार्टी नेतृत्वसँग कुरा हुँदा कुनै पनि तरिकाले यस विषयमा सम्बोधन हुने वचनवद्धता पनि दिनु भएको छ । सिद्धान्त, विचार कारणले  कुनै अन्तर विरोध छैन र यस विषयमा पार्टीभित्रका नेवाः कार्यकर्ताहरु वीच एक मत छ । 

यसपालिको चुनावको सवालमा तत्कालिन जनमोर्चाको तर्फवाट माओवादीमा एकीकरण भएका नारायणकाजि श्रेष्ठ प्रकाश पक्षधरहरुलाई पाखा लगाईएको कुरा पनि संचार माध्यममा आइरहेको अवस्था छ । बास्तविकता के हो ?

—मेरो दृष्टिकोणमा त्यस्तो खासै विभेद गरिएको देखिएको छैन । काम गर्ने कार्यशैली र स्वभावमा केही भिन्नताहरु महसुस गरेको छु । खासै विभेद गरिएको छैन । काठमाडौं २ नं क्षेत्रमा लीलामणी पोखरेल स्वयं उम्मेदवार हुनुहुन्छ र उहाँको विजय सुनिश्चित छ । पूर्व जनमोर्चाको दृष्टिकोणले हेर्ने हो भने जनमोर्चा एक्लैको शक्तिले उपत्यकामा जीत सुनिश्चित भएको कुनै क्षेत्र छैन ।

यसपालिको चुनावमा तपाई कीर्तिपुरक्षेत्रमा के कस्तो भूमिकामा हुनुहुन्छ ?
— खास गरी नेवाः वस्तीमा गएर नेवाः राज्य, पहिचानसहितको संघीयताबारे मतदाताहरुलाई वास्तविकता बुझाउने काम गरिरहेको छु । स्वतन्त्र व्यक्तित्वहरुसँग भेटघाट तथा छलफल गरी पार्टीको समर्थनमा ल्याइरहेको छु ।

एमाओवादीको प्रतिवद्धता पत्रमा पहिचान सहितको संघीयता मात्र भनेको छ । यसको अर्थ नेवाः  राज्य कसरी सुनिश्चित हुन्छ ?
—राज्य पुनर्सरचना गर्ने सवालमा नेवाः प्रदेश उल्लेख भएको छ । नेवाः राज्यको सुनिश्चितता विना संघीयताको सवालमा सम्झौता नगर्न अध्यक्ष प्रचण्डसँग हामीले छलफल गरेका छौं । यस विषयमा लिखित प्रतिवद्धता उहाँले दिने कुरा गर्नु भएको छ । सायद दुई चार दिनमा आउला ।

यस पालिको चुनावमा काठमाण्डौंको १० नं. क्षेत्रमा एमाले र कांग्रेसले जित्ने दावी गर्दै आएको छ । उहाँहरुको दावीलाई तपाईले कसरी लिनु भएको छ ?
—आ–आफ्नो पार्टीले जित्छ भनेर दावी गर्नु स्वाभाविकै हुन् । अहिले देशको नेतृत्व एनेकपा माओवादीको हातमा रहेको तथ्य सबैलाई जानकारी नै छ । अहिलेको चुनाव पनि बाबुराम भट्टराईको सरकारले त्याग गरेर नै भइरहेको हो । काठमाडौं निर्वाचन क्षेत्र नं. १० बामपंथी मतदाताहरुको बाहुल्य रहेको क्षेत्र हो । म आफैले पनि पार्टीको कारवाही भोगेर २०४८ सालको संसदीय चुनावमा कमरेड मदन भण्डारीलाई जिताउन सक्रिय भूमिका निभाएको थिएँ । यस क्षेत्रका स्वतन्त्र वाममतदाताले कुनै पनि हालतमा कांग्रेसलाई जित्न दिने छैनन् । एमाले र मालेको फुटको कारणले कांग्रेसले जितेको तितो अनुभव यहाँको जनसमुदायसँग छ । कांग्रेसले मनमोहन अधिकारीको सरकार भंग गरेकै कारण देशमा भाँडभैलो सुरु भएको तथ्य सबैलाई थाहा छ । मलाई पूर्णतया विश्वास छ, भोलि कथंकदाचित कांग्रेस जित्ने अवस्था आयो भने (हुनत सम्भाव नै छैन) सम्पूर्ण एमालेका कमरेडहरुले प्रत्यक्षमा कमरेड अध्यक्षलाई र समानुपातिकमा आफ्नो पार्टीलाई मत दिइ जित सुनिश्चि गर्ने छ । गत चुनावमा पनि एमालेका कैयन जिम्मेवार साथीहरुले प्रचण्डलाई मत दिनु भएको सत्य हो । किनभने एमालेले प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा मत पाएको  थियो ।

अहिलेको संविधानसभा चुनावमा ३३५ जना समानुपातिक उम्मेदवार हुँदा पनि तपाईंले उम्मेदवार बन्ने मौका पाउनु भएन नि ?
—एकीकृत नेकपा माओवादी एउटा विशाल पार्टी हो । संविधान सभामा ३३५ स्थानमात्र होइन ३५०० समानुपातिक सिट भएतापनि पुग्दैन । मजस्ता हजारौं कार्यकर्ताहरु हाम्रो पार्टीमा छन । अर्को कुरा समानुपातिकमा टिकट लिएर खुसुक्क सभासद बन्ने पक्षमा म छैन । जनताको विश्वास जितेर मात्र म कुनै पदमा निर्वाचित हुन चाहन्छु । मलाई कीर्तिपुर क्षेत्रका जनताप्रति पूर्ण विश्वास छ कि मैले उम्मेदवार दिएँ भने मेरो जित सुनिश्चित छ ।

तपाईंको पार्टीमा समानुपातिक तर्फ दिलिप महर्जन र रुपा महर्जन बाबु छोरीले नै टिकट पायो नि ?
—मलाई थाहा भएसम्म हाम्रो पार्टीले बाबु छोरी भएर होइन । उहाँहरुले पार्टीमा गर्नु भएको त्याग र योगदानको कदर गरेर दिएको हो । रुपा महर्जनको पनि पार्टीमा ठूलो योगदान रहेको छ । उहाँले दिलिपको छोरी भएर होइन, वेपता परिवारको कोटाबाट उम्मेदवारी पाउनु भएको हो ।

प्रचण्डलाई जिताएर के फाईदा ? उहाँलाई भेट्न पनि गाह्रो, यस क्षेत्रको विकास निर्माणमा पनि खासै चासो दिनु भएन भन्ने गुनासो छ नि ?
—कमरेड प्रचण्ड राष्ट्रकै मूल नेतृत्वमा हुनुहुन्छ । उहाँले एक क्षेत्रमा मात्र हेर्न भ्याउनु हुन्न ।  यस क्षेत्रबाट उहाँले जित्नु भएको नाताले यस क्षेत्रको विकास निर्माण र जनगुनासो सम्बोधन गर्नका लागि नै दिलिप महर्जन र मसमेतलाई जिम्मा दिइएको हो । काम हुन नसकेको केही कारण छ भने हाम्रो कारणले हो । केही पनि भएन भन्ने कुरो साँचो होइन । हामीले गरेको कामहरुको लिस्ट हामी जनसमक्ष ल्याउँछौं । यसमा भएको कमी कमजोरीलाई सच्याउने हैसियतले स्वतन्त्र व्यक्तिहरु समेत समावेश गरी क. प्रचण्ड सँग प्रत्यक्ष सम्पर्क हुने एउटा संयन्त्र निर्माण गर्ने पक्षमा हामी छौं । गत वर्ष २३ करोड ९५ लाखको वार्षिक योजना तर्जुमा गरी योजना आयोग एवं अर्थ मन्त्रालयमा पेश गरिएकोमा कांग्रेस एमालेले बजेट बनाउन अवरोध गरेको कारणले उक्त योजनाहरु कार्यान्वयनमा आउन सकिएन । हाम्रो सरकार गठन भएपछि के कस्ता योजनाहरु लागु गर्ने छलफल गर्छौं र ती पेश भएका र थप योजनाहरु संचालन ल्याई यस क्षेत्रको मुहार फेर्न हामी कतिवद्ध छौं । बजेटअभावको कारणले विकास निर्माण अवरुद्ध हुन दिने छैनौं ।

अहिले स्थानीय उम्मेदवारहरु राजन के.सी. र सुरेन्द्र मानन्धर भएकोले स्थानीयलाई नै जिताउनु पर्छ भन्ने आवाज उठीरहेका छन । के भन्नुहुन्छ ?
—नीति विचार राम्रो त्यसमाथि स्थानीय पनि भयो भने सुन माथि सुगन्धै हो । विचार र स्थानीयको वीच छनौट गर्नु प¥यो भने हामीले विचारलाई नै छान्नुपर्छ । स्थानीय त राजतन्त्रवादी, हिन्दुवादी पनि उठीरहेको छ । के हामीले स्थानीयको नाममा त्यो विचारलाई समर्थन गर्न सक्छौं ? राजन र सुरेन्द्रले चाहेर पनि नेवाः राज्य दिन सक्दैन । किनकी ती पार्टीको नेवाः राज्य दिने नीति नै छैनन् । त्यसैले क. प्रचण्डको विकल्पको छैन ।

Monday, November 11, 2013

‘संविधानसभाको चुनावलाई आन्दोलनको रुप दिने’

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

नेपाल आदिवासी जनजाति अगुवाहरुको राजधानीमा भएको गोप्य भेलाद्वारा नया“ रणनीति तयार
‘संविधानसभाको चुनावलाई आन्दोलनको रुप दिने’

श्रीकृष्ण महर्जन

राज्यद्वारा बहिस्करणमा परिएका नेपालका आदिवासी जनजातिहरूले विगतमा राजनीतिक दलहरू प्रक्रियामा नै नगईकन संविधानसभा विघटन गरेको घटनालाई ‘जनजाति विरुद्धको राजनीतिक कू’ को रुपमा बुझ्दै आएको अवस्था छ । आदिवासी जनजातिलाई अधिकार नदिन नै संविधानसभा विघटन गरि अर्को संविधानसभको निर्वाचनमा लागि परेको जनजातिको बुझाइ रहेको छ । 

पहिचानको आधारमा राज्य पुनर्संचनाको विषयलाई गोलमतोल गर्दै आदिवासी जनजातिको विरुद्ध संविधान निर्माणका लागि नै   राजनीतिक दलहरू क्रियाशिल भएको जनजातिका एक नेताले बताएका छन् । त्यसैले अवको अवस्थामा राज्य—द्वारा बहिस्करणमा परिएका नेपालका आदिवासी जनजातिहरूले आफ्नो हक अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको जनजातिहरुले बताएका छन् । 

यसैवीच नेपालका आदिवासी जनजाजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघले गत कार्तिक ९ गते शनिवार राजधानीमा भावी रणनीति बनाउन गोप्य भेलाको आयोजना गरेको थियो । सो भेलामा आदिवासी जनजाति महासंघका संस्थापक नेताहरूदेखि वर्तमान अवस्थामा विभिन्न जातीय संगठनका नेता तथा कार्यकर्ताहरू समेत सहभागी भएको सो भेलाले संविधानसभाको दोस्रो निर्वाचनलाई आदिवासी जनजातिको हक अधिकारका लागि आन्दोलनको रुपमा परिणत गर्ने कुरामा छलफल भएको थियो । 

छलफलको क्रममा आदिवासी जनजाति अगुवाहरूले अहिलेसम्म विश्वका कुनै पनि मुलुकमा गैर आदिवासी जनजातिहरूले आदिवासी जनजातिको हक अधिकारका लागि आन्दोलन गरेतापनि अन्तमाः अधिकार नदिने गर्दै आएको र जुन देशमा आदिवासी जनजातिकै नेतृत्वमा आन्दोलन भएको छ त्यस मुलकमा मात्र आदिवासी जनजातिहरूले अधिकार पाएको कुरा उल्लेख गर्दै नेपालको सन्दर्भमा पनि आदिवासी जनजातिका लागि आदिवासी जनजातिले नै नेतृत्व गर्नुपर्नेमा एकमत भएको थियो । 

कार्यक्रममा डा. कृष्णबहादुर भट्टचन र नन्द कन्दङवाले आदिवासी जनजातिको भावी रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

सो कार्यपत्रमा आदिवासी जनजातिको अवको कार्य दिशा आईएलओ १६९ र युएनडिपि अनुसार आदिवासी जनजातिहरूको अधिकार र जातिय पहिचान सहितको संघीयता सुनिश्चितताका लागि शान्तिपुर्ण आन्दोलनको बाटोवाट देशव्यापी आदिवासी जनजाति आन्दोलनको  तयारी गर्ने कुरा उल्लेख छ । 

त्यसै गरी तत्कालिन रणनीतिको रुपमा कानूनी संघर्ष गर्नुपर्ने उल्लेख गरिएको छ । हालै सर्वोच्च आदलतले आइएलओलाई समेत सन्दर्भ बनाएर गरेको फैसालाको कार्यन्वयन गर्न गराउन स्थानियदेखि राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय तहसम्म सवाल बनाएर लैजानुपर्ने र त्यसका लागि विभिन्न तहको अदालतमा मुद्दा दायर गर्नुपर्ने कुरा उल्लेख छ । 

त्यसै गरि सडक संघर्षको रुपमा आन्दोलन र संगठनलाई सवल बनाउदै जातिय पहिचान सहित संघीय राज्यका पक्षधर र अन्य संगठन तथा आन्दोलनरत मोर्चासंग मोर्चाबन्दी गर्दै आदिवासी जनजातिका एजेण्डाहरूमा चुनावलाई आन्दोलनमा परिणत गरि सडक संघर्षलाई अगाडी बढाउनुपर्ने कुरा उल्लेख छ । 

सडक संघर्षको क्रममा जनचेतना अभिबृद्धि गर्ने, आदिवासी जनजाति मार्च, ¥याली लगायत आइएलओ महासन्धि १६९ लाई जनस्तरबाट कार्यान्वयन गर्ने गराउने जस्ता कुराहरु लाने भएको छ । आन्दोलनको क्रममा संविधानसभाको चुनाव पछि आन्दोलनलाई अझ सशक्त बनाउने कुरा उल्लेख गरिएको छ ।  सो समयमा सडकदेखि सदनसम्म आन्दोलन गर्ने भएको छ । आन्दोलनका लागि आवश्यकता अनुसारको नया“ स्वरुपमा सांगठनिक संयन्त्र समेत बनाउने कुरा उल्लेख छ । सो क्रममा प्रदेश स्तरीय संघर्ष परिचालन संयन्त्र समेत बनाउने बताइएको छ । 

सो कार्यपत्रको विषयमा नवलपरासीमा मंगलवार र बुधवार नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध भएका जातीय संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा राजधानी बाहिर एक बृहत्त भेला आयोजना गरि सो रणनीतिलाई पारित गरेपछि अव हुने भनिएको संविधानसभाको चुनावलाई आन्दोलनको रुपमा परिणत गर्ने    तयारी गरेको थाहा भएको छ ।  सो भेलाले नयाँ रणनीति तयार गरेपछि निरन्तर रुपमा आदिवासी जनजातिहरूले आफ्नो हक अधिकारका लागि आन्दोलन गर्ने समेत तयारी गरेको छ । सो आन्दोलनको नेतृत्व जनजाति महासंघले गर्ने बताइएको  छ । 

(लाहुर्निप लगायत २० वटा विभिन्न संघसंस्थाद्वारा सर्वोच्च अदालतमा दायर रीट÷ मुद्दा र फैसला ६ पेजमा )

Saturday, September 28, 2013

मतदाता, परिचय पत्र र मतदान

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

मतदाता, परिचय पत्र र मतदान
 
सरब कुमार महर्जन

लोकतन्त्रको आधारशिला भनेकै मतदाता हुन् । जहाँ मतदाता हुदैन, जहाँ मतदाताले स्वतन्त्र रुपले मतदानमा आफ्नो स्वविवेक प्रयोग गर्न पाउँदैन, त्यहाँ लोकतन्त्रको कुनै गुन्जाएस हुदैन । नेपालमा १८ वर्ष पुगेका नेपाली नागरिकहरूले मतदानमा भाग लिन पाउँछन् । निर्वाचन आयोगले मंसिर ४ मा दोस्रो संविधान सभाको निर्वाचनको लागि कूल मतदाता एक करोड २२ लाख ४२ हजार १७३ को हुने जनाएको छ । हुन त आयोगले फोटोसहित नामावली संकलन गर्दा जम्मा एक करोड, २५ लाख, ७७ हजार २७१ संकलन भएकोमा २ लाख ३५ हजार १०८ जना मतदाता सूचिबाट हटाएको जनाएको छ । अव मतदाता परिचय पत्र बाड्न कर्मचारीहरूको व्यवस्था गर्न लागेको छ । तोकिएको मितिमा निर्वाचन हुने हो भने मतदाताहरुले मंसिरमा मतदान केन्द्रमा मतदान गर्नेछन् ।

अव मतदातालाई प्रभावित पार्न, आफ्नो पक्षमा मतदान गराउन राजनीतिक दलहरू, त्यसको उम्मेदवारहरू घर घरमा आउनेछन्, , चोक चोकमा साना ठूला सभाहरू गर्नेछन् । जनतालाई नमस्कार गर्न, सन्चो विसन्चो सोध्न घरघरमा आउनेछन् । संविधानको दफा दफा , अनुसूचि, जनताको मौलिक हकहरू, स्वतन्त्रताका विषयहरू अथवा नयाँ नेपालका कुरा लिएर तपाईलाई प्रशिक्षित गर्न आउनेछन् । विकास निर्माणका अथाह सम्भावनाहरू बोकेर, आफ्नो दलले गरेको राम्रा कामहरूको विवरण लिएर मतदाताको मन जित्नको लागि, परिचय–पत्र छ कि छैन बुझ्नको लागि, मतदानमा भाग लिनको लागि र आफुलाई जिताइ दिनको लागि नमस्कार गर्न, अभिवादन भन्न, ज्वजलपा गर्नको लागि, लालसलाम भन्नको लागि, जय नेपाल भन्नको लागि उम्मेदवारहरूको पाउँकष्ट हुनेछन् । यो स्वाभाविक प्रक्रिया हा,े मतदातासँग मत छ, जनताको प्रतिनिधि छान्ने अधिकार छ, जनताको प्रतिनिधि भनेकालाई गाली गर्ने अधिकार छ । त्यसैले त मतदाता हुनु पर्दछ । आफ्नो परिचय–पत्र समयमै लिइराख्नु पर्दछ । मतदानमा भाग लिइ सच्चा जनताको प्रतिनिधिलाई जिताउनु पनि छ ।

अव मतदातालाई उम्मेदवारहरूले बोल्न थाल्नेछन्, सन्चो विसन्चो सोध्नेछन्, सहयोगको लागि अपिल गर्नेछन् । यहाँसम्म कि भोट पनि माग्ने र नोट पनि माग्ने हुन्छन् । जनता पनि दानी  छन् । यहाँ आफ्नो भनेपछि आफ्नो नै ठान्छन् । आफ्नो भोट पनि दिन्छन् । आफ्नो नोट पनि दिन्छन् । यहाँसम्म कि अरूसँग पनि भोट र नोट पनि लिएर बुझाउँछन् । आखिर परम्परा यही छ, तोड्न सकेको छैन । मतदाता हुनु सार्वभौम नागरिक हुनु पनि हो,      परिचय–पत्र लिनु भनेको आफ्नो पहिचान दिनु पनि हो र मतदान गर्नु भनेको लोकतन्त्रलाई सस्थागत गर्न सहयोग गर्नु पनि हो । तर पनि  मतदाता उपेक्षित हुन्छ । दलहरूले उपयोग गर्ने मानव बनाइ दिन्छ । आफ्नो मतको दुरुप्रयोग गरिदिन्छ । जनताको दुःख, पीरमर्का विर्सिदिन्छ । आपनो गाउँघर आउन छाडिदिन्छ, गाउँका विकासमा उपहास गरिदिन्छ । कहिलेकाही भेटन पनि नपाउने हुन्छ । निर्वाचन अघि उम्मेदवार जनताकहाँ धाउने र चुनावपछि जनता नेताकहाँ धाउनु पर्ने हुन्छ । ‘कहिले सासुको पालो कहिलो बुहारीको पालो’ । कि कसो

संविधान सभामा उम्मेदवार छनौट र त्यसको प्रभाव

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

संविधान सभामा उम्मेदवार छनौट र त्यसको प्रभाव

सरवकुमार महर्जन

सरकारले नेपालमा दोस्रो संविधान सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ । त्यसको लागि चाहिने खर्च सरकारले २०७०÷०७१ को बजेट तथा कार्यक्रममा राखी निर्वाचनको आवश्यक तयारी पनि गरिरहेको छ । गत २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट ठूला दल बनेका एकीकृत नेकपा माओवादी, नेपाली काङग्रेस, नेकपा एमाले, मधेसीवादी दलहरू, नेकपा एमालेबाट फुटेर गएको अशोक राईले नेतृत्व गरेको संघिय समाजवादी पार्टी पनि अव निर्वाचनमा भाग लिने भएका छन् तर एकीकृत नेकपा माओवादीबाट फुटेर गएको नेकपा–माओवादी लगायत ३३ दल निर्वाचनको बहिस्कारमा लागेका छन् । देशमा सबै दलहरू निर्वाचनमा एकमत भएर नगएको  कारण निर्वाचन सहज रुपमा सम्पन्न हुनेमा केही शंकाहरू थपेका छन् । बहिस्कारवादी दलहरू सामान्य ढंगले बहिस्कार गर्ने मात्र छैन उनीहरू सक्रिय बहिस्कार गर्ने र उम्मेदवार बनेकाहरू उम्मेदवारी दिइसकेपछि घर सकुशल फर्कन्छ या फर्कन्न हेर्ने माओवादीले भाषण दिन थालेका छन् । उनीहरूले आन्दोलनका कार्यक्रमहरू पनि गर्दै आएका छन् । सरकारले पनि निर्वाचनको तयारी गर्दै जाने र उनीहरूसँग वार्तालाई पनि निरन्तता दिदैं जाने त्यस्तै उच्चस्तरीय राजनीतिक दलको संयन्त्रबाट पनि आफ–आफ्नो दलबाट आफ्नो तयारी गर्दै जाने र वार्तालाई सँगसँगै लाने दोहोरो नीति लिएको कारणले पनि निर्वाचनप्रति शंका उव्जेको छ । 

हुन त निर्वाचनमा भाग लिने दलहरूले २४० वटा निर्वाचन क्षेत्रबाट आ–आफ्नो उम्मेदवार छनौटको प्रक्रिया अगाडि बढाई सकेका छन् । निर्वाचन स्तरीय कमिटीहरूले आ–आफ्नो दलका उम्मेदवारहरूका नाम सिफारिस गरी पठाइरहेको अवस्था छ । यो क्रम तहगत कमिटीहरूमा जारी छ । निर्वाचनमा के कस्तो उम्मेदवारहरूको सिफारिस भयो ? कसरी भयो ? किन भयो ? अरू इच्छा जाहेर गर्नेहरू  किन भएन जस्ता आदि प्रश्नहरू पनि यत्रतत्र घुमिरहेको छ । कुन दलबाट कसलाई उम्मेदवार दियो र उम्मेदवार हुनेहरूको जनतामा, कार्यकर्ताहरूमा कस्तो प्रभाव छ ? यकिन गर्नु पर्दछ । उम्मेदवार दिनको लागि मात्र दिने, उम्मेवार जित्नको लागि दिने, अरू दललाई भन्डाफोर गर्नलाईमात्र दिने जस्ता प्रचलन हिजोदेखि हुदैं आएको छ । त्यसैले अहिलेको निर्वाचनमा पनि मुख्य त एकीकृत नेकपा माओवादी, नेपाली काङगे्रस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । मधेसको सवालमा मधेशवादी दलहरूसँग पनि प्रतिस्पर्धा हुुने कुरा गत निर्वाचनको परिणामलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ । त्यसैले दलहरूले कस्तो उम्मेदवार दिइयो भन्ने सवाल पनि तड्कारो रुपमा उठने गरिन्छ । केही जनजाती बाहुल्य रहेको निर्वाचन क्षेत्रहरूमा जातिय मुद्धा उठाउनेहरूको पनि केही बर्चस्व हुन सक्ने अनुमान गर्न सकिन्छ । 

यतिबेला दलहरूलाई उम्मेदवारी छनौट कार्य चुनौतिपूर्ण    रहेको छ । उम्मेदवार हुने रहर त सबैले गर्न सक्छन् तर सही उम्मेदवारको छनौट गर्न सकेन भने जित्ने निर्वाचन क्षेत्रहरू हार्न सक्ने र हार्न क्षेत्रहरू पनि राम्रो उम्मेदवारका कारण जित्ने पनि हुन्छन् । यो कुरा नेताहरूले हेक्का राख्नै पर्दछ । उम्मेदवार हुन चाहने दलका नेताहरू कार्यकर्तालाई मन पराउनु आवश्यक छ । कार्यकर्तालाई ठीक ढंगले परिचालन गर्न सक्यो भने निर्वाचनको माहौल सकरात्मक हुन्छ । आम जनताबीच पनि परिचित र आशालाग्दो र भरपर्दाे व्यक्तित्व हुनु आवश्यक छ । उम्मेदवार हुनेहरू कुशल संगठक, बैचारिक स्पष्टता, निडर, वाकशक्ति, र आर्थिक रुपमा पनि सम्पन्न हुनु आवश्यक छ । किन यो निर्वाचन अहिले पनि बुर्जूवाहरूकै निर्वाचन हो । पार्टीहरूले टिकट दिने भएता पनि उम्मेदवार आफै सक्षम भएन भने उम्मेदवारी दावीको कुनै अर्थ हुदैंन र उम्मेदवार भएको व्यक्तिको व्यक्तित्व पनि फराकिलो हुनु आवश्यक छ । उम्मेदवारी बहुआयामिक हुनु आवश्यक छ । उम्मेदवारीले आफ्नो प्रचार कविताबाट, मुक्तकबाट, गीतबाट, संगितबाट, भाषणबाट, अन्तर्वार्ताबाट, छापाबाट, मेल इमेलबाट सरल र सहज रुपमा गर्न सकेमा प्रचारात्मक कार्य अघि बढ्छ । कार्यकर्ता परिचालन, सही सूचना प्रवाह, मतदान प्रशिक्षण, मतदाताको सुरक्षा, आवश्यक अन्य व्यवस्थापकिय कामहरू पनि सँगसगै लानु पर्दछ । 

त्यसैले पनि मुख्यत निर्वाचनमा भाग लिनु भनेको जागीर खाने मानसिकताबाट मुक्त हुनु पर्दछ । संविधानसभामा आफूले उठाउने मुख्य एजेन्डाहरू स्पष्ट हुनु पर्दछ । हिजो किन संविधान बन्न सकेन । त्यसको कारणहरू पत्ता लगाई अव त्यसको निराकरणको लागि घोषणापत्रमा के कस्तो व्यवस्था गर्नु पर्दछ । मुख्य त संघियताको बनौट सम्वन्धि, भाषिक, लैगिंक, मानव अधिकार, प्रेस स्वतन्तता सम्वन्धि, देशको जनजीवीका सम्वन्धि आफ्नो दलगत र व्यक्तिगत धारणाहरू सुस्पष्ट रुपमा राख्न सक्ने उम्मेदवारको आवश्यक हुन्छ  न त मलाइ त्यही केटी चाहिन्छ भनेर बचपना गर्नेहरूको उम्मेदवारी मात्र खोज्ने प्रवृतिले पार्टीलाई कहाँ  पु–याउँछ । थाहा छैन ।

दलित जातिको अवस्था र सुधार

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

दलित जातिको अवस्था र सुधार
 
के.बि. विश्वकर्मा

हाम्रो देश नेपालमा भौतिक स्रोत र साधनहरू पर्याप्त हुँदा हुँदै पनि यहाँको एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीले गर्दा नेपाली समाज गरिवीमा  रहिरहनु परेको छ ।

अझ सामाजिक रुपमा रहेका जातिय संरचना, ठूला र सानो भनेर वर्गिकृत भएका जातजातिहरु विचको लडाईका कारणा नेपाली समाज र संस्कृतिमा विभिन्न खाले भेदभाव तथा छुवाछुत हुने गरेको छ । यसबाट सबैभन्दा बढी परम्परागत ज्ञान, शीप भएका दलित समुदाय सामाजिक, आर्थिक, शैक्षिक तथा राजनैतिक रुपमा समेत पिडितरहेका छन । विगतको विभेदकारी राज्यसत्ताद्वारा विभिन्न आधारमा विशेषतः दलित समुदायलाई पछाडि पार्ने कार्य ग¥यो । ऐतिहासिक कालमा गरिएको त्यस प्रकारको विभेद र अन्यायको क्षतिपूर्ति स्वरुप यसरी पछाडी पारिएको समुदायलाई देशको अन्य समुदायको समान स्तरसम्म पु¥याउने समावेशीकरणको विशेष व्यवस्था नहुँदा दलितहरू हिजोदेखि नै ठगिएको, हेपिएको, दबिएको र गरीविको भुमरीमा फसिरहेको अवस्था छ । मुलुकलाई यथास्थितिमा राख्ने अग्रगामी परिवर्तन नचाहने यथास्थितिवादी शक्तिले गर्दा सामाजिक रुपमा नै दलित जातिहरु जातिय उत्पिडनको शिकार भएका सधैं सामाजिक, आर्थिक तथा राजनैतिकमा पनि अन्य जातिहरुको भन्दा प्रतिनिधि न्यून देखिन्छ । शिक्षा लिन पाउने मानिसको नैसर्गिक अधिकार भए पनि शिक्षा क्षेत्रमा देखिएको निजीकरण र व्यापारीकरणका कारण समाजमा धनी र गरिवका बालवालिका विचमा वा शैक्षिक अवसर र स्तरमा देखिएको कमजोर शैक्षिक अवस्थाको कारण अहिलेको आधुनिक युगमा पनि दलितहरु आफ्नै जातिभित्र हुने कुसंस्कार लाई समेत अङ्गालेर हिड्न बाध्य छ ।

दलित जातिमा भू–स्वामित्वको स्थिति नाजूक भइदिंदा कृषिलाई जीवनको आधारशिला मानिरहेका यस जातिका खेती गर्ने आफ्नो निजी जग्गा जमिन समेत पर्याप्त नहुँदा गुजारा गर्नको लागि साहु महाजनकोमा सामन्ती उत्पादन व्यवस्थाभित्र बाधिन बाध्य भएका छन् । उत्पादनमुखी,  स्वरोजगारमुखी कुनै प्रकारका व्यवसायहरु सन्चालन नहुँदा आधुनिक प्रविधिको प्रयोगसँगै दलितहरुको परम्परागत पेशाहरु लोप भइरहेका छन । यसलाई समाधान गरी जातिय मुक्ति प्राप्त गर्नु तथा त्यसलाई संवैधानिक व्यवस्था गर्नु अहिलेको प्रमुख कार्य हो ।

त्यसकारण दलितहरुलाई सशक्तिकरण गर्नको लागि राज्यस्तरबाट राजनैतिक सचेतना, विकाश तथा कानुनी अधिकारहरु कागजमा मात्र नभई व्यावहारिक रुपमा उतार्न समाज राजनैतिक दल, राज्य अनि यहाँका स्थानिय निकायको महत्वपूर्ण भूमिका हुनुपर्छ सम्पुर्ण दलित समुदाय वास्तविक रुपमै नबुझनेलाई ठगेर होइन बुझाएर वा प्रशिक्षित गराएर जानुपर्छ । हाम्रो सामु रुपान्तरित गर्ने ठूला–ठूला चुनौतिहरु भए पनि उज्वल सम्भावनाहरु छन । अब जतिसुकै कठिन र सङघर्षमय भए पनि हिम्मतका साथ अगाडि बढ्न आ–आफ्नो ठाउँबाट जिम्मेवारी साथ भूमिका निर्वाह गरी सामन्तवादी श्रमशोषणमा आधारित विभेदको अन्त्य गर्नमा ध्यान केन्द्रीत गर्नुपर्छ ।

तोखाया व येँया येँयाया छत्वाःचा म्हसिका

तोखाया व येँया येँयाया छत्वाःचा म्हसिका
 
सुबिन्द्र श्रेष्ठ, तोखा

 


थःगुहे मौलिक व ऐतिहासिक महत्वं जाःगु तजिलजि दूगु नेवाः लागा ख स्वःनिगः । थःगु कृति व स्वाभिमानयात कःघाना आतक न अस्तित्वय् दुगु नेवाःवस्ती खः तोखा । स्वःनिगः दुने हे येँया रत्नपार्कं ९.५ किलोमिटर व सामाखुसी चक्रपथं ४ किलोमिटर उत्तरपाखे शिवपुरी राष्ट्रिय निकुञ्जया क्वसं च्वंगु ऐतिहासिक व प्राचीन नेवाः वस्ती खः तोखा ।

थनया किरातकालया शिलालेख, लिच्छविकालिन आलेख व मल्लकालिन कलात्मक कृति युगयुगतकं थनया महत्व दक्वसिगु न्ह्यःने ब्बयाच्वंगु दु । तोखाया चण्डेश्वरी द्यःगया सिढि (स्वाने फुती) अंकित नेपाल सम्बत ७९३ या अभिलेख व तप लाछिया नारायण द्यःगःया लिक्कसंच्वंगु शिलालेखय् लिच्छविकालया ५१९ अभिलेख उल्लेख अंकित याना तःगुदु । थुगु तथ्यं तोखा गुलि पुलागु, ऐतिहासिक महत्व व अस्तित्व थुगु बस्ती खःधइगु खँ झीसं अनुमान याये फु । अथेहे श्री स्वस्थानी ब्रत कथाय् वर्णन याना तःगु कथं दक्ष प्रजापती अस्वमेघ यज्ञ यायेगु थाय् व सतीदेवीं होमय् क्वब्वां वंगु थाय्, लिसे दक्ष प्रजापतिया शिर छेड्न (छयं पाःगु) व सतीदेवीया शरीरया जवःगु नुगःपा पतन जुया मुस्कानेश्वर चण्डीकेश्वरी उत्पती जुगु थाय् धका चण्डेश्वरी द्यःया उल्लेख याना तःगुदु । थुकीया दसि कथं आतकं न चिं दनि । अथेहे थन तेतीस कोटी देवीदेवता दु धायेगु न या । 


न्हापा न्हापा तोखायात् लक्ष्मीपुर राज्य धकाःनं धायेगु यासां आःधाःसा तोखा जक धायेगु या । इतिहासया कुनाय सुलाच्वंगु नेपाल महात्म्यनं गोकर्ण महाद्यः तोखा अन्तर्गत क्यनातःगु दु । उगु इलय् तोखाया जुजु धर्मदत्तं विशाल नगर त्याकाः तोखा साँखुनिसे दक्षिण पाखे सँखमुल तक्क थःगु राज्य विस्तार यागु खँ न न्ह्यथना तःगु दु । थुगु उदाहरणं तोखाया महत्व ब्वयाच्वंगु दु । आतक नं अचल सम्पति जग्गा जमिनय् लगत भिडेयाइबलय् तोखांनिसे साँखु तक्क लगत तोखाया नामय् कःघाना (भिडेयाना) तःगु खनेदु । थुगु कारणं याना आतक नं तीन सय तोखा सात सय फेरा धाइगु धापु नं तोखा न्हापा तोखा नगरया मुकामया रुपय् न्ह्यानाच्वंगु खने दु । तोखाया इतिहासया बारे अझ न खोज व उत्खनन् यायेगु खःसा अझ नं इतिहास सुलाच्वंगु खँत् यक्व लुया वयेफुनी ।

तोखा छगु जात्रा हे जात्राया शहर खः । थनया हरेक पर्व महोत्सवं थनया मौलिक प्राचिनता दिगो रुपं म्वाकातसे थीथी साँस्कृतिक पर्वं मनूयात इमिगु नैतिक आदर्श व जिम्मेवारीयात बोध याकेगु ज्या न याना वयाच्वंगु दु । तोखा येँया उत्तरी लागाय् नेवाः बस्ती मध्य दक्वसिवे साँस्कृतिक रुपं तःमिगु शहर खः ।

तोखा चाकुया भण्डार खः धकाः न देय् न्यंक नां जाः । तोखाया नाः कायेबलय् न्ह्यने चाकु न ल्वाकज्या वई । न्हापा न्हापां चाकु तोखाय् जक दयेकी हं । तोखाय्हे तु पिना, तुया रसं चाकु दयेकी तर थौंकन्हय् धाःसा चाकु मेमेगु थासय् नं दयेकु ।  तोखा थःगुहे मौलिक परम्परा व संस्कृतिइ तःमि नेवाः वस्ती खः । थन बाह्रै महिना थीथी नखः चखःत हनेगु याना वयाच्वंगु दु । थ्व हे थीथी नखःत मध्ये न्ह्यने वयाच्वंगु दकलय् तःजिगु महत्वपुर्ण व न्ह्यैपुस्सेच्वंगु नखः खः विस्का नखः । गुगु जात्रा विक्रम संबतया न्हु दँ या न्हापांगु दिन अर्थात बैशाख १ गते खायु संल्हु खुन्हुनिसे न्ह्याना बैशाख ४ गते क्वचाइ । थुगु नखःया झ्वलय् तोखाय्च्वंगु सपनद्यः, चण्डेश्वरी भगवतीद्यः, गणेद्यः, क्वगु गणेद्यः, पिगंद्यः (इण्द्रायणी), महाद्यः व संसद्यः ७ खा द्यःयात खटय् तया बाजागाजा थाना धुमधाम नक्सां सिन्ह जात्रायासें तोखा दे चाहिइका हनाः वयाच्वंगु दु ।
 

तोखा थःगुहे मौलिक परम्परा व संस्कृतिइ तःमि नेवाः वस्ती खः । थन बाह्रै महिना थिथि नखः चखःत हनेगु याना वयाच्वंगु दु । थ्व हे थिथि नखःतः मध्ये न्ह्यने वयाच्वंगु न्ह्यैपुस्से च्वंगु नखः ख येँया पुन्हि अर्थात समय्बजि नखः । खय्तला तोखाय् येँया पुन्हियात य¥यापुन्हि धकाः धायेगुया । सायद येँयापुन्हि खँगो अपभ्रम्स जुया थथे य¥या पुन्हि जुगु खय्फु । दकलय् न्हापा तोखाय् हनिगु येँया पुन्हिया बारे जानकारी बीगु न्ह्यः छितः येँया पुन्हिया गुकथं न्ह्यात व सुना न्ह्याकल धइगु खँय् पाखे नि बःचा हाकलं म्हसिका बिइगु तातुना ।
 
येँया पुन्हि
 
भाद्रशुक्ल पूर्णिमाया दिनय् येँय्च्वंगु नेवाः समुदायनं दँयदंसँ येँयापुन्हि हनाः वयाच्वंगुदु । येँया पुन्हियात सम्हय्बजि नखः वा चाड नं धायेगु याः । थीथी थाय् अनुसार थुगु पर्व थःगु मौलिक पह कथं हना वयाच्वंगु दु । थुगु दिनय् बहनि दलुचाय् चिकं इताय् तया मत च्याकाः दलुचायात विधिपुर्वक पूजायाना सम्हय्बजि छायेगु चलन दु । पूजा धुंका सम्हय्बजि प्रसादया रुपय् इना नयेगु झीगु चलनं दुगु खत ।

थजागु संस्कृति रहस्यमय दकलय् न्हापा भाद्र पूर्णिमायात येँयापुन्हि अर्थात सम्हय्बजि नखःया रुपय् छय् हना वयाच्वंन धइगु खँः थुइके तसकं आवश्यक जुइ । देवमाला वंशावली कथं कलिगत वंर्ष ३८२५ य् तत्कालिन लिच्छवी जुजु गुणकामदेवं थःम्हं म्हगसय् खँगु कथं देवी महालक्ष्मीया खड्ग आकारया थीथी नांया द्यःया पीठतः पलिस्था याना कान्तिपुर नगरी नांया बस्ती दयेकल । थथे कान्तिपुर नगरी पलिस्था जुइ धुंकाः प्रत्येक वर्ष भाद्र शुक्लपक्ष द्वादशीनिसें पून्हि तक्क प्यन्हु न्यंक नगर पलिस्थाया वार्षिक उत्सव हनेगु परम्परा वहे जुजुं न्ह्याकूगु खः धकाः धायेगु या । उगु ईलय् विजुलि मतया विकास मजुगुलि छेँय छेँय दलुचा यःखाना गुकु चिकं इताय् तयाः च्याकेगु व त्वा त्वालय् नं झ्याःथे जागु थानं लात् बःहय् धंका उकि द्यःने पाल्चा च्याकाः उत्सव हनि । थःथे न्यंकलं मत च्याकिबलय् कान्तिपुर  नगरी मतया जलं झःझ धाय्क तुईस्य च्वं हं । उगु इलय् थथे च्याकिइगु मतया जः ख्वप व यलयं झःझ धाय्क खने दु हं । अले उत्सवया प्यन्हुगु दिं पुन्हि दिं व च्याका तःगु दलुचा व पाल्चायात पूजा याना समय्बजि छानां समय्बजि नखः धकाः हनाः नगरोत्सव क्वचाय्केगु याइ हँ । लिपा शाहवंशीय जुजुपिन्सं स्वंगु देय् येँ, यल व ख्वप त्याकाः थःगु शासन न्ह्याकेधुंका पृथ्वी नारायणया काय् प्रतापसिंह शाह नं हनुमान ध्वाखा परिसरय् इन्द्रध्वजोत्थान याना लिङ्गो थना इन्द्रजात्रा धकाः नामाकरण याना मेगु प्यन्हु तना चान्हुतक्क थुगु पर्व हनावया च्वंगु धायेगु याः ।

कान्तिपुर नगरयात झी नेपालभाषां येँय् देय् धकाः धायेगुयाः अथेजुगुलिं थुगु नखः वा पर्वयात येँया धायेगु याः । आःतकं नेपाल भाषाभाषीपिन्सं इन्द्रजात्रा मधासे येँया हे धायेगु याः, भाद्रपुन्हिया दिंयात नं येँयापुन्हि धायेगु या । इन्द्रजात्रा धकाः लिपा तिनि गैर नेपालभाषा भाषिपिंसं तःगु खः । अथेहे येँया चखःलय् मल्ल जुजुपिन्सं थःगु शासन ईलय् कुमारीया रथयात्रा यायेगु नं तंगु खः व चलन न्ह्याकुगु खः । मल्ल जुजुपिंसं नेपालय् शासन यायेगु होता चुलाय्वं इमिसं देय्याहे इष्ट द्यःया रुप तलेजु देवीया पलिस्थायाना नित्य   आराधना यायेगु चलन न्ह्याकुगु खः धासा तलेजु देवीया रुपय्  कुमारीयात नं पलिस्था याना कान्तिपुर नगरोत्सव अर्थात येँया नखःलय् कुमारीयागु रथयात्रा न्ह्याकुगु खः ।

प्रत्येक वर्ष भाद्र शुक्लपक्ष द्वादशीनिसें पुन्हि तक्क प्यन्हु न्यंक तोखाय् थःगु हे मौलिक कथं येँयापुन्हि हना वयाच्वंगु दु । येँया पुन्हिबलय् बहनि कलखय् सुकुन्दा च्याकाः सास्कृतिक बाजं थाना तोखा देय्च्वंगु द्यःगलय् मतबिया चाहिला हनाः वयाच्वंगु दु । 


 
भाद्र द्वादसि खुनु सांगितिक धुन व यइपुस्सेच्वंगु लकसय् धुमधाम नकसां येँयापुन्हि हनाः वयाच्वंगु दु । (हनेगु परम्परा दु ।) सुथ तोखाया मुमु चुकय्, लाछि नितःति जाःगु प्यंगः थां धंका द्यःखा थेय् न्यंक दय्की । थुगु थां थनेधुंका दकलय् च्वय् छ्वाली सुः वा प्लास्तीक तया पुर्छि । अले थांया दथुइ लाक तहतह सिपु लायेगु या । उगु सिपुती १०८ दलु अथवा पाल्चा तई । थथे पुछिइगु मु कारण वांहा वया पाल्चाय् च्याकातगु मत मसिइमा धका खः । अथेहे छगु ग्वःलागु हासा वा सिंखय् इन्द्रया प्रतिमा कथं मिखा, न्हाय्, म्हुतु च्वया तई । गनं गनं धाःसा छगः थां जक न थनाः तईसा गनं गनं धाःसा लसकरं दलुचा व पाल्चा जक नं तयेगु चलन दु । थथे छगः जक थां इन्द्रया प्रतिमा तयातई सा (हाथ द्यः) आकाश भैरवया मुर्ति नं ब्वयेगु चलन दु । हाथ द्यःया प्रतिमा ब्वयेगुया थःगुहे मौलिक महत्व दु जुइमा ।

चिचाधिकःपिं नानीपिं लिसें ल्यासे मय्जुपिं व ज्याथीपिं बहनि कलःखय् सुकुन्दा च्याकाः सास्कृतिक बाजं थानाः तोखा देय्च्वंगु द्यःगलय् मतविया चाहिला हना वयाच्वंगु दु । सनिइलयया ७ ता ईलय् तोखाय्च्वंगु मु चुक गणेद्यःयाथाय् दक्वं मुनी । अनंलिपा तोखाय्च्वंगु फुक्कं दापा खलः बाजा खलः बाजं पुया गणेद्यःयाथाय् वई । सु न्हापा वःगु खः उगु कथं बाजा खलः बाजा पुया थाना लसकरं तोखा देय् चाहिलेत न्ह्यज्याई सा, उमिगु न्ह्यः न्ह्यः मत बियाःवनिपिं लसकरं च्वना बुलुहुँ बुलुहुँ न्ह्यःने वनी । थथे मत बिया वनीबलय् गणेद्यःथासं क्व लाछि ,थने लाछि नासः द्यः, क्वखः द्यः     (तलेजु द्यः) जुया गणेद्यःयाथाय् वया क्वचाइ । थुकथं स्वन्हु तक न्ह्याइ ।

येँया पुन्हिया लिपांगु दिं खुन्हु न्ह्याबलें थे गणेद्यःयाथाय् ६ ताः इलय् मुनि या गनं तोखाया बस्ती पिनेच्वंगु सपनद्यःयाथासंनिसें मत बिया वनी अनं चण्डेश्वरी द्यः व अजिमा द्यः नं वनी, अनं लिहा वया पिगं द्यःयाथाय् वना न्हापाथें तोखा देय् चाहिली । कथंहं ११ः३० १२ः०० बजे ती क्वचाइ । मतबिइगु सिधय् धुंका दापा खलः व बाजा खलःया पालापिंसं मत बियावःपिन्त भ्वय् नकेगु चलन न दु । अथेहे मत बिया वयेगु क्वचालेवं दलु वा पाल्चा पूज्याना समय्बजि इनाबिइ धाःसा गुलि गुलिसिनं थःगु छेँयच्वंगु दलुचा नं पुज्यायेगु याः । थ्वहे दिन तोखाय् चछि तकं मनुत पुचः पुच मुनाः म्येहाला तोखा देय् चाहिलेगु चलन दु । थुगु दिं छचासां चाहिलेमा धईगु धापु दु । थुगु दिनय् गुलि गुलिस्या धासा घाँय् पुइगु ब्वलखलया भ्वय् नयेगु चलन दु । 

थथे चाहिलेत वालखः म्हुवनेगु धाइसा अथेहे सबुचा इलय् धिम्यँ बाजं लिसे वालख म्हुवने धकाः गन गन फोहार दु कं न्हाकं दु अन अनं चाह्यूवनि । थथे चाह्यूवनिबलय् कथं कःसां आया तकं धायेमज्यू हं, नवःसां नवः धाये मज्यू धाईगु धापु दु ।

तोखाया सँस्कृति व रीतिरिवाजया वारे अझ सिइकेमाःसा तोखाया सँस्कृति व रीतिरिवाजया जानकारी न्ह्यब्वया वयाच्वंगु न्हापांगु अनलाइन संस्करण www.newsoftokha.blogspot.com स्वया दिफई । . newsoftokha@gmail.com

Saturday, September 21, 2013

कस्तो नेवाः प्रदेश ?

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
कस्तो नेवाः प्रदेश ?

सानुराजा शाक्य

एकातिर चुनावको चर्चा अर्कोतिर चुनाव बहिष्कारको चर्चा अनि यथास्थितिमा हुने चुनावमा आˆनो रिजर्भेसन राखीरहेका    राजनीतिक माहौलको विच अझ पनि मंसिर ४ गते नै चुनाव हुने ग्यारेन्टीको वातावरण तयार भएको छैन । त्यसो भएतापनि चुनावमा जाने पार्टीहरू विस्तारै चुनावी माहौलमा लागेको देखिन्छ । चुनाव चिन्ह प्रचार गर्ने गरी आˆनो राजनीतिक कार्यक्रममा आˆनो चुनाव चिन्हको सार्वजनिक प्रदर्शन बढाइरहेको छ । अर्कोतिर चुनाव बहिष्कारको घोषणा गरेर यथास्थितिमा हुने चुनावको विरोध गरिरहेका नेकपा—माओवादीले आˆनो शक्ति देखाएर चुनाव नहुने संकेत देखाउन शक्ति प्रदर्शनको शुरुवात गरेको छ । राजनीतिक वातावरणमा सहजता आएन भने चुनावको पक्ष र विपक्षमा राजनीतिक टकराव बढ्ने पक्कै छ ।

चुनावको चर्चा बढ्दै गएपछि नेवाः राजनीतिमा चासो राख्नेहरूको विच नेवाः प्रदेशको बहसले ठाउा लिएको देखियो । केही दिन अगाडि मात्र डा. महेशमान श्रेष्ठको नेतृत्वमा रहेको नेवाः राजनीतिक अभियानले नेवाः प्रदेशलाई लिएर गरेको अन्तरक्रिया कार्यक्रम पछि नेपाः राष्ट्रिय पार्टीले पनि त्यस्तै कार्यक्रम गरेर बहसमा आएको छ ।

नेवाः प्रदेशको कुरा गर्दा नेवाः प्रदेश कस्तो हुनुपर्छ भन्ने बहस गर्ने भन्छन् तर बहस कत्रो नेवाः प्रदेश भन्ने कुरामा केन्दि्रत हुने क्रम जारि नै छ । प्रदेशको अधिकारमा भन्दा पनि स्वरुपमा धेरै ध्यान गइरहेको छ । स्वरुप पनि महत्वपूर्ण पक्ष हो । प्रदेशको सिमांकनले स्वरुप देखाउाछ । नेवाः प्रदेशको क्षेत्रको बारेमा दुईटा धारणाहरू छन् । झट्ट हेर्दा नेवाः प्रदेश भनेर देखाउने नेवाः प्रदेशको क्षेत्रमा ध्यान जाने भएकोले क्षेत्रको बारे नेवाः र गैर नेवाः को आाखा जान्छ । त्यसैले यसको बारेमा बढी गफ हुन्छ । नेवाः प्रदेश क्षेत्रको बारे दुई थरिको नक्साको चर्चा छ । एउटा चर्चामा रहेको भछ संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिले बहुमतबाट पास गरेको चौध प्रदेशमा समावेश भएको नेवाः प्रदेशको क्षेत्र । यो क्षेत्रसाग राज्य पुनर्संरचना उ्रच्चस्तरीय आयोगले प्रस्तुत गरेको दशवटा प्रदेशमा धेरैजसो समान भएकोले दुबै प्रस्तावित नेवाः प्रदेशको क्षेत्रलाई एउटै धारमा राख्न मिल्छ ।

अर्को चर्चामा आएको भनेको संविधानसभामा प्रस्तुत भएको र राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेको नेवाः प्रदेशको क्षेत्र अरु प्रदेशको दााजोमा साह्रै सानो भएकोले नेवाः प्रदेशको क्षेत्र ठूलो हुनुपर्छ भनेर प्रस्तावहरू आइरहेकोलाई लिनुपर्छ । यसको आधिकारीक दावेदार नेपाः राष्ट्रिय उठाइरहेको देखिन्छ । यसरी हेर्दा नेपाः राष्ट्रिय पार्टीले संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिमा आˆनो प्रस्ताव भनेर पेश गरेको आधिकारिक नेवाः प्रदेशको क्षेत्र हो । इन्जिनियर कुलरत्न शाक्यले नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको लागि बनाइ दिएको उक्त प्रदेशको क्षेत्रमा संघर्ष समिति भित्र एकमत हुन नसकेपछि त्यसको स्वामित्व नेपाः राष्ट्रिय पार्टीले लिएर संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिमा प्रस्तुत गरेको हो । तर पछिल्लो समयमा आएर यो नेवाः प्रदेशको क्षेत्रलाई नेपाः राष्ट्रिय पार्टीले पनि परित्याग गरेको देखिन्छ र नयाा किसिमले उपत्यकासाग मकवानपुर र चितवन जिल्ला जोडेर नेवाः प्रदेश हुनुपर्छ भनेर बहसमा ल्याएको छ । यसरी ठूलो क्षेत्र भएको नेवाः प्रदेशको मांगको पक्षमा आउने तर्क मध्ये जवर्जस्ती नेवारहरूको विच ल्याइरहेको तर्क भनेको नेपालको जनसंख्या हेर्ने हो भने नेवाः र तामाङ्गहरूको संख्या अलिकति मात्र बढी छन् तर तामाङ्ग प्रदेश प्रस्तावित नेवाः प्रदेशभन्दा दश गुणा ठूलो भएकोले यो न्यायोचित नभएको देखिन्छ ।

यस्तो किसिमको तर्क हेर्दा जायज देखिए पनि अधिकार प्रयोग गर्ने कुरामा नेवाःको पहिचानलाई अस्वीकार गर्नेहरूको बहुमत हुने तिर ध्यान नगएको देखिन्छ । यस्तो तर्क गर्नुभन्दा अगाडि संघीय नेपाल भित्र नेवाः प्रदेश बनाउादा त्यस प्रदेशको नीति निर्माण तहमा नेवारहरूको प्रतिनिधित्व प्रदेश सभा र सत्तामा नोमिनल रुपमा मात्र पुग्छ कि संसद र सत्तालाई समेत प्रभावित गर्न सक्ने गरी पुग्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेवाः प्रदेशको क्षेत्र चितवनसम्म पुर्‍याउने वा मकवानपुरसम्म पुर्‍याउने भनेको जमिन मात्र ठूलो हुने होइन जनसंख्या पनि सागै आउाछ । यो अवस्थामा नेवाः प्रदेश नाममात्रको नेवाः प्रदेश भएर प्रादेशिक सभा र सरकारमा प्रभावशाली नहुने अवस्थामा स्वशासनको कल्पना कहिल्यै पूरा नहुने सपना मात्र हुनेछ । भन्ने हो भने हाम्रो देश नेपालको नाम पनि हामी नेवारको नामबाट नै आएको छ । तर नेवारको नामबाट नै हाम्रो देशको नाम भएको भए पनि नेवारहरू नै अधिकार विहिन भएर बस्नु परेको अवस्था मात्र होइन कि राज्यको प्रभावशाली निर्णयकर्ताको रुपमा पुग्न सकेको छैन । लोकतान्त्रिक व्यवस्थामा चुनाव मार्फत निर्वाचित जनप्रतिनिधिहरू नीति निर्माणको काम गर्छ । यसको लागि प्रतिनिधित्व प्रमुख सवाल हो । हामीले कल्पना गरेको नेवाः प्रदेशमा नेवारहरु प्रतिनिधि भएर जितेर जाने सम्भावना भएन भने यसको के अर्थ ? त्यस्तो प्रदेशको सामथ्र्य बलियो भए पनि त्यसको फाइदा नेवारहरूले आˆनो समुदायको लागि लिन सक्ने अवस्था हुादैन । त्यसैले हामीले यो सवालमा बहस गर्दा चुनावमा जितेर आउने जनप्रतिनिधिहरू अधिक संख्यामा नेवारहरू जितेर आउन सक्छ कि सक्दैन । नेवारहरूभन्दा गैर नेवारहरू हावी भएर आउाछ भन्ने कुरामा ध्यान दिनु पर्ने देखिन्छ ।

Friday, September 20, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

बैकुण्ठ महर्जन

अहिले मुलुकमा चुनावी माहौल बन्दै गइरहेको छ । आगामी संविधान सभामा कसले बहुमत ल्यायो भने संविधान बन्छ भनेर चर्चा परिचर्चा हुन थालेका छन् । हरेक पार्टीले आˆनो पार्टीले  बहुमत ल्याएमा संविधान बन्छ भन्दै छन । नेपाली कांग्रेस भन्दै छ उसको बहुमत आयो भने संविधान बन्छ । एमालेले पनि त्यस्तै दावी गरिरहेका छन् । गत संविधानसभामा एनेकपा माओवादीलाई पूर्ण बहुमत नपुगेर संविधान बनेन । त्यसैले यो पटक पूर्ण बहुमत माग गरिरहेका छन् ।  अर्को पक्षले पहिलो संविधान सभाको चुनाव २ वर्षको लागि भएको थियो ४ वर्ष लगाएर पनि संविधान  बनेन । त्यसैले अबको संविधान सभाको चुनावले पनि संविधान बन्दैन, चुनाव गर्नुको अर्थ पनि छैन अर्थात् चुनाव भई हाले पनि संविधान बन्दैन । त्यसैले चुनावको विरोध गर्नु पर्छ अथवा बहिस्कार गर्नु पर्दछ । देश सिक्किमीकरण हुादैछ । देशमा विदेशी चलखेल भयो आदि आदि ।

सर्वप्रथम नेपाली कांग्रेसलाई बहुमत दिनु भनेको गएको संविधान सभाबाट उपलब्धिहरू जुन १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त अधिकारहरू उसलाई पाच्य  भैराखेको    छैन । उसले २०४७ को संविधानलाई नै जिवित बनाउन खोज्ने हुन्छ । जुन नेपाली जनताले कुनै पनि हालतमा स्वीकार     गर्दैन । ऊ त परिवर्तनको पक्षमा नै छैन । तत्कालिन राजा ज्ञानेन्द्र शाहले दिएको लातको झोकमा मात्र ऊ तत्कालिन जनयुद्ध लडिरहेको पार्टि नेकपा माओवादीसाग मोर्चा बनाउन आएको हो । यति गर्नको लागि पनि उसले अन्तिम समयसम्म राजालाई पर्खेर     हेरेकै थियो तर ज्ञानेन्द्रको बुद्धि कहिले पनि नपलाएपछि यस्तो सम्भव भएको हो । त्यसकारण वास्तवमा उसको परिवर्तनको  एजेन्डा नै छैन । ऊ त २०५२ अगाडि जान चाहन्छ । त्यसैले ऊ जित्यो भने २०४७ को नै संविधान उसले खोज्ने छ ।

अब दोस्रोमा नेकपा एमालेको बारेमा पनि केही बुझ्नै पर्नेहुन्छ । उसले २०४६ सालको परिवर्तन पछाडि पटक पटक सरकारको भोग गर्‍यो । तर उसले कहिले पनि प्रगतिशील कामको लागि प्रयास गरिएन । अझ क.मदन भण्डारीको दासढुङ्गा हत्या पश्चात ऊ माउ विनाको चल्ला जस्तो भयो र पार्टी हेड क्वार्टर यथास्थिति वादीहरुको अखडा नै बनिसक्यो । त्यसकारण नाम कम्युनिष्ट भए पनि ने.का.साग खासै फरक कार्यक्रम दिइएन र सम्पूर्ण नेपाली जनताको मन र मस्टिष्कमा पनि ने.का.र एमाले भनेपछि भाई भाई भन्ने सन्देश सबैमा गईसकेका   छन् । उसले कहिले के गर्छ कसैलाई अतोपतो हुादैन । घटनाक्रमले कहिले क्रान्तिकारीसाग नजिकिन आउाछ त कहिले राजालाई दाम चढाएर राजाको प्रधानमन्त्री बन्ने इच्छा जाग्छ त कहिले ने.का.साग मिलेर क्रान्तिकारीमाथि जाई  लाग्छ । कहिले प्रधान सेनापतिलाई तुरुन्त कारवाही गर्न १ मिनेट ढिला गर्नुहुादैन भन्छ तर एक हप्ता नहुादै प्रधान सेनापति कारवाहीको विरुद्धमा सबैभन्दा पहिले नै सही गर्न पुग्दछ । मानौं उसको कुनै अडान नै छैन मात्र के गर्दा जनताको तालि पाउाछ भन्नेमा मात्रै उसको ध्यान गएको देखिन्छ । यो उसको घोर अवसरवादको एउटा उदाहरण मात्र हो । उसले क्रान्तिकारीहरुलाई लगातार धोका दिएर आइरहेको छ ।

एउटा संविधानको अन्तरवस्तु पहिचानको कुरालाई मात्र हेर्ने हो भने पनि उसले पााचौं महाधिवेशनमा तत्कालिन मदन भण्डारी महासचिव थियो र बहुदलिय जनवाद भित्र जातिय मुद्धालाई सम्बोधन गर्न नसकिएको भनेर राजेन्द्र श्रेष्ठको संयोजकमा रामचन्द्र झा, मोदनाथ प्रश्रति, सुवास नेवाङ, टंक राई, महेश चौधरी र मोहन चन्द्र       अधिकारीको आयोग बनाएर जाति र भाषालाई प्रादेशिक अधिकार दिने व्यवस्थापिका संसदमा एउटा खुल्लाबाट अर्को जातिय प्रतिनिधीको आधारमा बनाउने   कुरा गरियो । पछि छैठौं महाधिवेशनबाट जाती र भाषाको आयोगको अध्यक्ष झलनाथ खनाल सदस्यहरु राजेन्द्र श्रेष्ठ, अशोक  राई भएको आयोगले जाति भाषाको आधारमा स्वायत्तता बनाउने, जनजाति मन्त्रालय बनाउने र समानुपातिक सहभागीताको   कुराहरू गरिएको थियो । आठौं महाधिवेशनमा आएर संघीय इकाईहरुको नामाकरण जातिय, भाषिक, सांस्कृतिक पहिचान, आत्म निर्णयको अधिकारलाई समेत स्वीकार गरिएको  थियो । र जातिय पहिचानको आधारमा राज्यको पुनर्सरचना गर्ने कुरा थियो । पहिलो संविधान सभाको निर्वाचनको घोषणा पत्रमा समेत ती सबै उल्लेख गरेको थियो । तर जब सााच्चै जनताको अधिकार स्थापित गर्न अन्तिम समयमा आएर ने.का.को तालमा ताल मिलाएर संविधान सभा हलमा नगई दिंदा एमालेका अति बाहुनवादी सोच भएका मुट्ठीभर नेताहरुको निर्देशनमा संविधान सभाको हत्या गर्ने काम गर्‍यो । न उसले उप सभामुखलाई नै जिम्मा दियो । कुरा के थियो भने संविधान सभाको बैठक सुरु गरेको भए ने.का. र एमालेका लगायत सम्पूर्ण आदिवासी जनजाति, मधेसी सभासदहरुको ४१४ सभासदहरुले पहिचान सहितको संघियताको पक्षमा सहिछाप गरी क. प्रचण्डलाई बुझाईसकेका अवस्था थियो । त्यही कारणले पहिचान विरोधी नेताहरुले संविधान सभा समाप्त गर्न षडयन्त्र खेल्यो ।

एमालेकोबारेमा पहिचानको विषयलाई लिएर यति लामो इतिहास किन हेर्नु पर्‍यो भने उसका प्रमुख नेताहरु अग्रगमनको पक्षमा छैनन् । ने.का.ले भन्दा उसले भ्रमहरु दिने गरेको देखिन्छ । त्यसकारण एमाले भित्रका ईमान्दार नेता कार्यकर्ताहरुले सजगता अपनाउनु जरुरी छ । त्यसको परिणाम आज राजेन्द्र श्रेष्ठ, अशोक राई, रामचन्द्र झा जस्ता धेरै प्रभावशाली इमान्दार नेता कार्यकर्ताहरुले एमाले परित्याग गरिसकेका छन ।

अब तेस्रो कुरा के छ भने गएको ४ वर्षमा त संविधान बनेन अब झन बन्दैन त्यसैले भोट पनि दिंदैनौं वहिस्कार गछौर्ं भन्ने पनि गरिन्छ । अहिलेको सन्दर्भमा यो विषय अलि गहन विषय हो भन्ने लाग्दछ । किनभने यो कुरा नेपालको इतिहासमा क्रान्तिकारी भनेर चिनिने र धेरै क्रान्तिकारी पृष्ठभूमि भएका व्यक्तिहरुबाट गरिएको विशेषत क.मोहन बैद्य नेतृत्वको पार्टीको नेता र कार्यकर्ताबाट र परिवर्तनको    धेरै आसा लिएका अहिलेका  परिवर्तन धेरै अपुग भयो भन्ने सोचाई राख्ने व्यक्तिहरुबाट स्वतस्फुर्त ढंगले पनि उठाइएका कुराहरु हुन । यसको बारेमा पनि हामी कीर्तिपुरवासीले बुझ्नु पर्ने हुन्छ ।

२०६२/०६३ को १९ दिने जन आन्दोलनको सुरुमा समेत यो देशबाट राजतन्त्र समाप्त हुन्छ अब गणतन्त्र आउाछ भन्दा धेरैले पत्याएका थिएनन् ।
क्रमशः

Saturday, September 7, 2013

कस्तो बिडम्बना !

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

कस्तो बिडम्बना !
 

गोपाल लामा

कस्तो बिडम्बना जसले ताम्सालिङ बारे बुझेको छ उसले नेतृत्वदायी भूमिका निर्बाह गर्न सकेन र तामाङ नेताहरू पनि एक अर्कासँग नमिलेर ताम्सालिङको आन्दोलनलाई माथि उठाउन सकेन अनि जसले बुझेको छैन ति सबै एमाले, कांग्रेसको पुच्छर बनेर एकोहोरो बिरोध गरिरहेको छ । जता हेरे पनि तामाङहरू सबैतिर विभाजित छन् र ताम्सालिङ बारे पनि अनभिज्ञ छन त्यसैले ताम्सालिङ प्रति सबैको गिद्दे नजर परेको छ । ताम्सालिङ हुने नै भए पनि तामाङहरूलाई विभाजित   गरेर नाम मात्रको सामथ्र्य विहिन ताम्सालिङ बनाउने ठूलो षडयन्त्र गरिरहेको छ भित्र भित्रै सबै दलहरू तर बहुसंख्यक तामाङहरू ति कुरा प्रति बेखबर छन् ।    

सांघुरो चेतनाका घेराहरू तोडेर बाहिर आउन सकिरहेको छैन तामाङहरू त्यसैले फेरि पनि इतिहासले दिएको स्वर्णिम अवसरलाई सहि सदुपयोग गर्नबाट चुक्दै छन् । जसको सिधा असर अब आउने तामाङ पुस्ताहरू माथि पर्नेछ र उनीहरू पनि हामी जस्तै गरीबी अवस्थामा विदेशतिर गुलामी गर्न बाध्य हुनेछन् । मेरो त आग्रह हो सम्पूर्र्ण तामाङहरूलाई कि आउनुहोस एक ठाउँमा गोलबद्ध भएर ताम्सालिङ प्राप्तिको लडाईमा सहभागी हौ अनि एउटा सुन्दर ताम्सालिङ प्रदेश निर्माण गरौ ताकि हामी मरेर गए पनि हाम्रो आउँदो सन्ततिहरूले हामी माथि गर्व गर्न सकोस् । यो आव्हान खाली तामाङहरूको लागि मात्र नभई ताम्सालिङ भूमिमा बस्ने तामाङ बाहेक अन्य सबै ताम्सालिङबासी हरूलाई पनि हो किनकी यदि ताम्सालिङ भूमिमा बस्ने तामाङ बाहेक अन्य सबै ताम्सालिङबासी हरूलाई पनि हो किनकी यदि ताम्सालिङ बन्यो भने सम्पूर्ण ताम्सालिङबासीको जीवन स्तर परिवर्तन हुनेछ । ताम्सालिङ विकास हुनु भनेको नेपाल विकास हुनु हो । त्यसैले त हामी भन्छौं नेपाल हाम्रो देश हो, ताम्सालिङ हाम्रो घर हो ।

“जि सतः मखु” उपन्यासया बारे

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
“जि सतः मखु” उपन्यासया बारे
 
प्रमोद श्रेष्ठ

फय गं अप्पो न्याइ ... धाई
 

जि समिक्षक वा विश्लेषक ला मखु न्हापां हे धया भू सिइदयेका च्वना ... उपन्यासकार भाजु नजरराम महर्जनया गुगूगु उपन्यास “जि सतः मखु” ब्वना जिगु मनय् वःगु छुं खँ प्वंकेगु कुतः याये ।

थ्व उपान्यासय् मिसा जातया मनोवैज्ञानिक, लैङ्गिक असमानता, सामाजिक अवस्थाया किपा क्यनेत स्वयातःगु दु । बुईका मचांनिसें लहिनातःम्ह म्ह्याय्यात छकः हे मन्यंसे इहिपा क्वःछिगु, ब्वने मगाःनि धायेकं तःमिपिन्थासं धाःवल धकाः बियाछ्वयेगु, इहिपा जुइवं भाःतया छेँय् थाकुगु, थःछेँय्या पाःगु व्यवहार, अले भाःत जुम्हस्यां वेवास्ता याइगु थजाःगु बाखं सलल बाः वं । येँ निम्हत्यपु ब्यागलं च्वनाच्वंगु जूसां वीरगंजयापिन्त नापं च्वंगु नाटक न्ह्यपुसे च्वं । उकें अझ वीरगंजं फोन वबलय् धोंलाःगु क्यनातःगु जूसा अझ बांलाइगु जुइमा । मिजंनापं पार काये धुंका, मिजंया ययेका तम्हेस्यां धोका बिवं ल्यां वया वयाः माया फ्वं वःबलय् जि सतः मखु धकाः लिसः बी । बाखं क्वचाल भचा ताहाकःगुसा जिउ तायेका ।

थ्व उपन्यासय् ब्वनेगु मेमेगु नं यक्व दु । कलेजया सुलाच्वंगु मतिना, मिजं हलिमय् कमाय् याः वनाच्वंगुलिं बाया च्वनेत बाध्यम्ह पासा, राजनैतिक कारणं विस्थापन जूम्ह नकिंया बौम्ह, सामन्ती जमिन्दार बाजुम्ह, कृष्णाष्टमी झुलन पर्व, विरगंजया नखः समाजया मेमेगु किपात खः ।

नजरराम दाजुयात थ्व उपन्यासया लागि सुभाय् मेगु नं वइ धकाः भल्सा कया ।

निर्वाचनको बाधक चार दलिय उच्चस्तरीय समिति—अशोक राई

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
निर्वाचनको बाधक चार दलिय उच्चस्तरीय समिति—अशोक राई
 
हुम तमु 

दमौली भाद्र १४, सङ्घीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोककुमार राईले निर्वाचनको बाधक चारदलिय उच्च स्तरीय समिति भएको आरोप लगाउनु भएको छ ।

तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा शुक्रवार आयोजित सङ्घीय समाजवादी पार्टी तनहुँको प्रथम जिल्ला भेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष राईले निर्वाचनको बाधक चार दलिय उच्चस्तरिय समितिको संवेदनाहिनता र गैरजिम्मेवारी भएको बताउनु भएको हो ।

चारदलिय समितिले वार्ताका लागि कुनै होमवर्क नै नगरी प्रस्तुत हुँदै आएकाले वार्ता सहमतिमा पुग्न नसकेको बताउनुहुँदै समस्या उच्चस्तरीय समिति हो, बैद्य नभएको उहाँको भनाई थियो ।

सहमतिमा पुग्न र निष्पक्ष निर्वाचनको लागि चारदलिय उच्चस्तरीय समिति भंग, रेग्मी सरकारको राजीनामा र सर्वदलिय सम्मेलनबाट निकास निस्कने दावी गर्नुहुँदै अहिले सम्मको वार्ता निष्कर्ष विहिन हुनुमा असन्तुष्टहरूको मागका बारेमा चारदलिय संयन्त्रको कुनै उत्तर नभएकाले सहमतिमा पुग्न नसकेको राईले बताउनु भयो । उहाँले भन्नुभयो हाम्रा मागका बारेमा होमवर्क गर्नुस अनि मात्र वार्तामा बस्छौं । अबको वार्तामा हुन्छ वा हुँदैन उत्तर आउने गरी वार्तामा बस्ने बताउनुहुँदै सहमति भए सँगै अघि बढ्छौ भएन भने प्रतिरोध आन्दोलन गर्ने चेतावनी दिनुभयो । निर्वाचनले समस्या समाधान हुनुपर्दछ, नयाँ द्वन्द्व निम्त्याउनु हुँदैन भन्नुहुँदै हामी निर्वाचन बहिस्कार गर्ने शक्ति होइन, मैदान छाडी कसैलाई एकलौटी हुन नदिने भए पनि निष्पक्ष निर्वाचनका लागि संघीय समाजवादी पार्टीेले प्रस्तुत गरेको मागको सम्बोधन हुनुपर्ने उहाँको भनाई थियो ।

यसैविच पार्टी संगठन एवं कार्यकर्ताको अहिलेका लागि तीन काम संगठन   विस्तार, सशक्त आन्दोलन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष राईले जातिय चस्मा लगाएका वा दृष्टिभ्रम भएकाहरूले संघीय समाजवादी पार्टीलार्य जातिय पार्टीको आरोप लगाउने गरेको बताउनुभयो । पहिचान विरोधीले संविधानसभा भंग गरेर मुलुकलाई संकटग्रस्त बनाएकाले राजनीतिक समस्या समाधान, मुलुकको सामाजिक, आर्थिक, धार्मिक, जातिय उत्पीडन अन्त्यका लागि संघीय समाजवादी पार्टी गठन भएको      हो । पुराना दलहरू सक्षम भए संविधान जारी गर्थे, आफ्नै नेतृत्वमा निर्वाचन गथ्र्यो किन चुनावी सरकार गठन गर्नु पर्नेथ्यो, समानुपातिक सिट ३३५ घटाउन पाईंदैन, उच्चस्तरीय समितिको निर्णयमा चल्ने खिलराज रेग्मीको सरकारले कसरी स्वच्छ स्वतन्त्र निर्वाचन गर्न सक्छ उहाँको आशंका थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सङ्घीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष मोहम्मद रिजवन अन्सारीले नक्कली लोकतन्त्रवादी र कम्युनिष्टहरूले मुलुकलाई असफल बनाउँदै गएकाले फाइनल गेम खेल्नका लागि पार्टीका कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले एक टोल एक संगठन निर्माण गर्दै पहिचानको पक्षमा जनतालाई संघर्षरत बनाउनु पर्नेमा जोड दिनुभयो । विगतमा हरुवाहरूले संविधानसभामा निर्णायक भुमिका खेलेकाले संविधानसभा नै भंग गर्ने अपराध गरेकाले जनताले संविधानसभाका हत्यारालाई कारवाही गर्ने बताउनुभयो ।

संघीय समाजवादी पार्टीले जातिय  राज्य नभई जातिय पहिचानको राज्यको माग गरेको स्पष्ट पार्नुहुँदै मुलुकलाई      पुराना अक्षम दलहरूले संकटग्रस्त बनाएकाले अव सानोतिनो औषधी वा सिटामोलले समस्या समाधान नहुने भएकाले संघीय समाजवादी पार्टी एन्टीवायोटिकको रुपमा गठन भएको दावी गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य अधिवक्ता सुरेन्द्र थापामगरले असफल पुराना पार्टीहरूबाट कुनै आशा नगर्न आग्रह गर्नुहुँदै पुराना दलहरूबाट जनताको अधिकारको अपेक्षा गर्नु भनेको थारो भैंसीबाट दूध र चिलाउनेको रुखबाट स्याउ फल्छ भन्नु जस्तै भउको कटाक्ष गर्नुभयो । कार्यक्रममा एमाओवादी, नेपाली काँग्रेस र एमाले पार्टी परित्याग गरी संघीय समाजवादीमा प्रवेश गरेका थिए ।

जिल्ला भेला आयोजक समितिका संयोजक सुवेदार सुकवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी सिआई हिरध्वज गुरुङ, केन्द्रीय अनुशासन विभागका सदस्य सोम नेपाली, पार्टीका नवलपरासी अध्यक्ष छविलाल थापामगर, हरिसिंह गुरुङ, रजाक मिया, सिद्धान्त थापा, लोककुमार गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन मणिराज गुरुङले गर्नुभएको थियो ।

यस अघि भेलाको कार्यक्रमका प्रमुख अतिथि संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । भेला अघि सफा सडकबाट सुरु भएको ¥याली शहरको विभिन्न भाग परिक्रमा गरी जिल्ला विकास समितिको प्रांगणमा पुगी समारोहमा परिणत भएको थियो ।

भेलाले हरिसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय संघीय समाजवादी पार्टी तनहुँ गठन गरेको छ । समितिको सचिवमा कृष्णवहादुर गुरुङ, उपसचिवमा कान्छीमाया तामाङ, सदस्यहरूमा चेतवहादुर दराई, गणेश खाती, रेखबहादेर थापा, लोककुमार गुरुङ, शारदा कुमाल, रेशम भुजेल, कर्णवहादुर भुजेल, डम्बरसिंह गुरुङ र बसन्त बराल विक रहेको भेला आयोजक समितिका संयोजक सुवेदार सुकवहादुर गुरुङले घोषणा गर्नुभयो ।

यसरी नै भेलाले सिद्धान्त थापामगरको अध्यक्षतामा संघीय युवा संघ तनहुँ गठन गरेको छ । समितिमा अमरदिप हाडा उपाध्यक्ष, मण्रिाज गुरुङ  सचिव, लोकेन्द्र गुरुङ सहसचिव, कोषाध्यक्षमा कल्पना गुरुङ र सहकोषाध्यक्षमा शेरवहादुर बोटे रहनु भएको छ भने सदस्यहरूमा ज्ञानेन्द्र गुरुङ, राम गुरुङ, मेखवहादुर सारुमगर, कर्ण गुरुङ, सुकवहादुर गुरुङ, सुरज गुरुङ, धिरेन गुरुङ, अम्मर थापा र बसन्तकुमार बराल चयन हुनुभएको नवनिर्वाचित पार्टी अध्यक्ष हरिसिंह गुरुङले घोषणा गर्नुभयो ।

यसैगरी भेलामा अग्रगामी विद्यार्थी युनियन तनहुँ तदर्थ समिति पार्टीका तनहुँ अध्यक्ष हरिसिंह गुरुङले घोषणा गर्नुभयो । युनियनको अध्यक्षमा भरत गुरुङ, उपाध्यक्षमा विषम भुजेल, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा भानु सुब्बा, कोषाध्यक्ष रोशन थापा र सदस्यहरूमा खेम थापा, विपिन राना, नविन थापा, पुष्प गुरुङ, शिला गुरुङ, सुष्मा गुरुङ र सुवर्ण गुरुङ रहनुभएको छ ।

चुनावका चुनौती छन थुप्रा – होला त चुनाव !

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

चुनावका चुनौती छन थुप्रा – होला त चुनाव !
 
जगन शर्मा

सरकारले मंसिर ४ मा चुनाव गर्न घोषणा गरेको मिति आउन अब धेरै छैन । २०६४ साल चैत्र २८ गते पहिलोपटक संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । तर पटकपटक कार्यकाल थप्दा पनि संविधानसभाबाट संविधान बन्न सकेन । अन्ततः लामो समयको वादविवाद पछि राजनीतिक दलहरू दोस्रोपटक संविधान सभाको निर्वाचन मंसिर ४ गते गर्न सहमत बने । राजनीतिक दलहरूकै नेतृत्वमा सहमतिको सरकार बन्न नसकेपछि २०६९ चैत्र १ गते अन्तरिम चुनावी मन्त्रिपरिषद प्रधान न्यायाधीशको नेतृत्वमा गठन भयो । सोही सरकारले २०७० जेठ ३० गते नेपालको अन्तरिम संविधान २०६३को धारा ६३ को उपधारा २ बमोजिम २०७० मंसिर ४ गतेका लागि संविधान सभाको दोस्रो निर्वाचन घोषणा ग¥यो ।

संविधानसभाको दोस्रो निर्वाचनका लागि स्वतन्त्र, स्वच्छ, धांधलीरहित तथा विवादमुक्त वातावरण निर्माण गर्न नेपाल सरकार तथा सुरक्षा निकायहरूले एकीकृत चुनावी सुरक्षा योजना लागू गर्ने तयारी गरिरहेको छ । नेपाल प्रहरिका अतिरिक्त महानिरिक्षक पुष्कर रेग्मी निर्वाचन वहिष्कार गर्ने अधिकार भए पनि कानुन हातमा लिएर निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताउँछन् । उनी भन्छन्, निर्वाचनलाई लिएर सुरक्षा निकायले सुरक्षा योजना बनाइसकेको छ । कुनै पनि अवस्थामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न हामी प्रतिवद्ध छौं ।

नेपालमा आम निर्वाचनको इतिहास त्यति धेरै लामो छैन । नेपालमा २०१५ साल फागुन ७ गते पहिलो पटक निर्वाचन भएको थियो भने पछिल्लो पटक २०६४ सालको संविधानसभा निर्वाचन सम्म आइपुग्दा ३ पटक मात्र आम निर्वाचन भएको छ । ०४८ साल र ५६ सालमा भएको आम निर्वाचन भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुन सकेन । त्यस्तै ०६४ मा भएको संविधान सभाको निर्वाचनमा निर्वाचन आचारसंहिता सबैभन्दा बढी उल्लंघन भयो । मुलुकमा चलेको १२ वर्ष लामो सशस्त्र युद्ध पछि सबै शक्तिहरू निर्वाचनमा केन्द्रित हुंदा समेत निर्वाचन स्वच्छ र धांधलीरहित हुन नसकेकाले मंसिर चारका लागि घोषणा गरिएको निर्वाचन पनि शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा हुनेमा आशंकाहरू व्यक्त भइनै रहेका छन ।

अघिल्लो संविधानसभा सम्पन्न गरेका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने एकथरीलाई बाहिर राखेर गरिने निर्वाचनले सकारात्मक परिणाम ल्याउनेमा आशंका व्यक्त गर्छन । निर्वाचनबाट बाहिर रहेकाहरूको आवाज निर्वाचन पछि बन्ने संविधानसभाले कसरी समेट्ला र उनीहरूले आफ्नो सहभागिता नभएको संविधानसभाले बनाउने संविधान मान्दैनौं भने भने के होला ? गम्भिरतापूर्वक दलहरूले सोच्न जरुरी भएको बताउँछन् । मंसिर ४ नजिकिए पनि नेताहरूमा चुनावी मानसिकता पूर्ण रुपमा तयार नदेखिनु पनि सुरक्षा व्यवस्थापनमा चुनौती भएको उनको बुझाई छ । पूर्व गृहसचिव गोविन्द कुसुम पनि निर्वाचन हुन्छ भन्नेमा आशंका बांकी नै रहेको बताउँछन् । मुलुकमा पूर्व प्रशासक नेतृत्वको सरकार हुनु र राजनीतिक दलहरूले ठूलो छाती गर्न नसक्नुले पनि निर्वाचनमा केही कठिनाई थप्ने आशंका गर्छन । विगतको निर्वाचनमा म्यादी प्रहरीको नाममा राजनीतिक कार्यकर्ता भर्ती गर्दा निर्वाचनमा समस्या देखिएकाले त्यसबाट सिक्नु पर्ने उनले बताए ।

एकातिर निर्वाचन बहिष्कार गर्नेहरूबाट आउने चुनौती र अर्कोतिर निर्वाचन घोषणा भैसकेपछि बेमौसममा आएको एमाओवादीको उत्पादन ब्रिगेड र अन्य राजनीतिक दलका युवा संगठन निर्वाचनका लागि चुनौती भएको उनको बुझाई छ । जतिसुकै चुनौती भए पनि मुलुकलाई निकास, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकार यो वा त्यो स्वार्थमा नअल्किन निर्वाचनलाई केन्द्र विन्दुमा राखेर अघि बढ्न आवश्यक छ ।

Friday, September 6, 2013

म यसकारण भोट हाल्दिन

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

म यसकारण भोट हाल्दिन
 

हरिश्चन्द्र खानिया

चार÷पाँच घण्टा हिंडेर लाइनमा उभिएर कागजमा छाप लगाउन मलाई फुर्सद छैन । विना अर्थ नङ रंगाउन मलाई कुनै रहर छैन । तँछाडमछाड झेलेर सकि नसकी कागजमा छाप लगाएर मैले के पाउँछु र ! नङमा लगाएको मसीले मेरो भोक मार्दैन । भोट दिएर    मेरो भोकमरि टर्दैन, अनि किन दिने मैले कसैलाई भोट ?

अहिलेसम्म के पाएँ र ? बरु गुमाएँ मात्रै । दिनभरिको काम थाती राखें । जीवनका अमूल्य केही घण्टा खेर फालें । मैले भोट हालेको मान्छेले न देशका लागि काम ग¥यो, न जनताका लागि नै केही    ग¥यो ! केवल बन्यो त ऊ आफै । हिजो चप्पल लगाउँथ्यो, आज सूटबुट लगाउँछ । हिजो काठमाडौं आउँदा आफन्तको कोठामा शरण मागेर सुत्थ्यो त आज बिसौं हजार तिरेर फ्लाटमा विराजमान भएको छ । हिजो सार्वजनिक माइक्रोबस र ट्याम्पो कुथ्र्यो, आज पजेरोमा हुइँकिन्छ । कसैसँग कुरा गर्न सार्वजनिक पिसिओ खोज्दै हिँड्थ्यो, आज विश्वको महंगो एप्पलको मोबाइल चलाउँछ । आखिर मेरो भोटले उसलाई बनायो, मलाई के बनायो ? मलाई के दियो ? समाजलाई के दियो ? राष्ट्रलाई के दियो ? ती जनता जो हिजो खाईनखाई, घण्टौं खालि खुट्टा हिँडेर भोट हाल्न गए, आज के पाए ? जहाँका त्यहीँ छन् भोट हाल्नेहरू तर भोट माग्नेहरू र पाउनेहरूले छलाङ मारे । आपूm बने । आफन्त बनाए र पुस्तौंपुस्ताका लागि जोहो गरे । अब पनि मैले किन तिनैलाई बनाउन भोट हाल्ने ?

कोही भोट हाल भनेर आउँछ भने यी प्रश्नको जवाफसहित आओस् र मेरो चित्त बुझाओस् अनि बल्ल भोटका कुरा गरौंला ।

कसैको स्वार्थसिद्धका लागि मेरो महत्वपूर्ण जीवनको कर्मशील एउटा दिन किन खेर फाल्ने ? त्यसको सट्टा म गोरु चराउन जान्छु, खेती लाउँदा काम लाग्छ । बाख्रा चराउन जान्छु, बेचेर नुनतेल किन्न पुग्छ । म खेतबारी गोडमेल गर्न जान्छु मलाई दुई छाक जोहो गर्न मद्दत हुन्छ । मेरो केही नै काम छैन भने आफन्तकहाँ सहयोग गर्न जान्छु । अप्ठेरो पर्दा गुहार्दा केही सहयोग पाउँला । आफन्तकहाँ पनि केही काम भएन भने छरछिमेकमा काम गर्न जान्छु । मर्दापर्दा काम लाग्लान् । चुल्है जलेन भने ऐंचोपैंचो त दिन्छन् । त्यति पनि भएन भने सुतेर बस्छु । अघिल्लो दिनको थकाइ त मर्छ र शरीरलाई एक छिन भए पनि आराम मिल्छ ।

यसो गरें भने मैले कुनै तनाव भोग्नु पर्दैन । कसैको आशा पनि गर्नु पर्दैन । कसैको भरोसा पनि पर्नु पर्दैन । मलाई कसैलाई भोट दिएर दुःखी बन्नु छैन । किनकी कसैलाई केही दिँदा आशा लाग्छ र त्यो आशा पूरा नहुँदा मनमा निराशा छाउँछ । त्यसले एक छिन भए पनि दुःखी बनाउँछ । त्यो दुःखका कारण धेरै दिनसम्म तनाव झेल्नुपर्छ । यसरी अनायासै भोग्नु परेको तनावले स्वास्थ्यमा नकारात्मक असर गर्छ । दैनिकीमा गडबड आउँछ । अब भन्नुहोस्, नदुखेको टाउको किन दुखाउनु भोट हालेर ?

यो बेकारको नाटकमा म नकच्चरो पात्र बन्नु छैन । जति बनें बनिसकें । जति दिनु भोट दिइसकें । यो नौटंकी देख्नु नपरे पनि हुन्थ्यो जस्तो लाग्छ मलाई । यी वाहियात फतफत कहिल्यै सुन्न नपरे हुन्थ्यो लाग्छ । किनकी मैले देखिसकें नेताको हैसियत, भोटको मूल्य पनि देखिसकें । मैले भोगिसकें मेरो भोटले दिएको पीडा । अब म थेग्न सक्दिन क्या । मसँग मेरो भोटको जवाफ थेग्न सक्ने ताकत छैन ।

सहभागी त परै जाओस् यो भोट भन्ने शब्दै सुन्न नपरे हुन्थ्यो भन्ने त्यसै लागेको हैन मलाई । म लोकतन्त्र र प्रजातन्त्रको विरोधी   हैन । म गणतन्त्रको विरोधी पनि हैन तर यी भुइँफुट्टाको बानी, व्यवहार र चरित्र मलाई मात्रै हैन, जनजनलाई थाहा भइसक्यो । हामीले केका लागि भोट दिने अब ? फेरि त्यही संविधानसभा जसले कहिल्यै संविधान बनाउँदैन । म ठोकुवा गरेर भन्छु, पहिलो कुरा त संविधानसभाको चुनावै हुँदैन र चुनाव भइहाले पनि संविधान बन्दैन । किनकी यसभन्दा पहिले पनि त संविधानसभाको चुनाव भएकै थियो ।

चार वर्षसम्म पनि एउटा संविधान लेख्न सकिंदैन र ? संविधानको खाकासमेत कोर्न सकेनन् । के एउटा संविधान बनाउन वर्षौ अपर्याप्त हुन्छ र ? ६०१ जना पनि अपर्याप्त थिए ? को छुटेका थिए र त्यो सभामा ? दलित थिए । महिला थिए । जनजाति थिए । आदिवासी   थिए । तराइका थिए । पहाडका थिए । हिमालका पनि थिए । क्रान्तिकारी भनाउँदा थिए । खाँटी लोकतन्त्रवादी पनि थिए । मानव अधिकारका   रक्षक हुँ भन्ने पनि थिए । जनताको असली मैमात्र हुँ भन्नेदेखि यो सबैखाले तन्त्र मन्त्रका मै हुँ भन्नेहरू सबै थिए । राजावादी पनि थिए । सबै वादी थिए । तर कसैले पनि माखो मारेनन् । मजस्तै श्रमपसिना चुहाएर, रगत बगाएर तिरेका कर चुस्नेबाहेक केही गरेनन् । उल्टो  मेरो, मेरो शाखा सन्तान र देशको नै भविष्य अन्धकारमा धकेलिदिए । अहिले फेरि केका लागि चुनाव ? अब मलाई ज्यूँदै खाल्टोमा हाल्न भोट दिने ? अब के नै छ र यिनले सपार्न सक्ने ? के त्यो समय फिर्ता ल्याउन सक्छन् ? के ती मानिसलाई ज्यूँदा बनाउन सक्छन् जसले परिवर्तनका लागि बलिदानी दिए ? अब मेरो ४५ वर्षको उमेरलाई ४० वर्षमा ल्याउन सक्छन् र ? जे हुनु भइसक्यो । कहिल्यै बिर्सन नसक्ने र माफी दिन नसक्ने गरी गल्ती गरिसके, अब फेरि पनि मैले त्यो भूल कहिल्यै दोहो¥याउने छैन । अब के बाँकी छ र जे हुन्छ त्यो त भई नै हाल्छ । बरु अब हुने सबै सहन सक्छु तर फेरि त्यो दिन देख्न चाहन्न र सक्दिन पनि । त्यसैले म भोट दिँदै दिन्न ।

मलाई लागेको छ अब तिनीहरूले फेरि मलाई भोट देऊ भनेर गाउँमा पस्न नसक्लान् किनकी उनीसँग अलिकति पनि इज्जत बचेको छ भने उसले त्यो भन्नै सक्दैन । कसरी आँट गर्न सक्छ । एउटा मान्छेले यस्तो कुरा । एक महिनामा गर्न सकिने कुराका लागि छ महिना, वर्ष दिन लम्बिन सक्छ तर २ वर्ष, ३ वर्ष, ४ वर्ष र अन्तिममा आफ्नै घरमा आगो लगाएर त कोही फेरि त्यसैका लागि मलाई भोट दे भन्न सक्ला र ? यदि त्यो ठाउँमा तपाईं हामी भएको भए के त्यसरी लाजै पचाएर फेरि कसैसँग केही माग्न सक्छौं र ? आफन्त त परै जाओस्, छरछिमेकमा पनि मुख देखाउन सक्दैनौं लाजले । अब यी नेताहरूले हामीसँग भोट देऊ भनेर आउन सक्लान र ? आइहाले भने मलाई एक पटक तिनको अनुहार हेर्न मन छ । कुन मुखले कसरी भन्दा रहेछन् । के शब्द प्रयोग गर्दा रहेछन् । भन्दा खेरीको हाउभाव कस्तो गर्छन् होला ! बोली निकाल्दा सद्दे मुखले बोल्न सक्लान् कि मुख बिग्रेला ! आँखामा आँखा जुधाएर हेर्न सक्लान् कि निहुरेर भन्लान् ! कसरी माग्लान् भोट !

मलाई राम्ररी थाहा छ, यिनले न संविधान बनाउँछन्, न देशको विकास नै गर्छन् । न जनताको मुक्ति नै चाहन्छन्, किनकी यी त वर्षे जुका हुन्, थाहै नपाउने गरी नानाथरी लोभ लालच देखाउँदै जनताको भोट लिन्छन् अनि सत्तामा पुगेपछि जनतालाई फर्की हेर्दैनन् । जनताको विकास त परै जाओस्, उल्टो देशलाई बेचेर खान्छन् । भूगोल बेचे, इतिहास बेचे, इमान बेचे, जमान बेचे । के बेच्न बाँकी छोडे र यिनीहरूले ? बचेखुचेको स्वाभिमान पनि बेचेर यतिबेला त नेपाली भनेपछि पत्याउँदैनन् विदेशीहरूले । आफ्नो देशको सम्भावना लत्याउँदै विदेशीको चर्पी सफा गर्न बाध्य पारिए नेपालीलाई । त्यो अरूले हैन । हाम्रै आफ्नैले । हामै्र नेताले । जसलाई हामीले नेता बनायौं, उसैले हामीलाई गुलाम बनायो त्यो पनि विदेशीको । अनि म किन भोट दिउँ ? यो प्रायोजित चुनावको नाटक किन हेर्ने बेकारमा !

Wednesday, June 26, 2013

नेपालमा सङ्घीय राज्य प्रणालीको सम्भावित स्वरूप र संरचना

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते  बुधवार May 22, 2013
नेपालमा सङ्घीय राज्य प्रणालीको सम्भावित स्वरूप र संरचना

श्याम श्रेष्ठ 
(सङघीय राज्यको नयाँ संरचना पुस्तकबाट साभार)

नेपाल सङ्घीयतामा जानुपर्नाको कारण  :  गतांकको बाकि

यी जम्मै आ“कडाहरूले के देखाएका छन् भने —
नेपालमा कुनै पनि भाषिक समुदायको एकलौटी निरपेक्ष बहुमत छैन । नेपाल भाषिक हिसावले पनि अल्पसंङ्ख्यकहरूको देश हो । फलस्वरूप, नेपालमा सङ्घ र प्रदेश तहको सङ्घीय संरचनाको स्वरूप बहुभाषिक हुने देखिन्छ ।

नेपालका पहाडी क्षेत्रमा जातीय जनसङ्ख्याभन्दा भाषिक जनसङ्ख्या निकै खुम्चिएको हुनाले पहाडमा भाषिक आधारमा प्रदेश बन्न सम्भव छैन, त्यहाँ जातीय सघनताका आधारमा प्रदेश बन्नु ज्यादा उपयुक्त हुनसक्छ । तर तराइमा थारुबाहुल्य ठाउँलाई छोडेर भाषिक बाहुल्यताका आधारमा प्रदेश बन्नु सम्भव छ ।

नेपालमा राष्ट्रिय रूपमा १ प्रतिशतभन्दा ज्यादा जनताले बोल्ने एघार वटा भाषा राष्ट्र भाषा अर्थात् सरकारी कामकाजका भाषा हुनसक्छन्, अरू स्थानीय वा क्षेत्रीय स्तरका आधिकारिक भाषा हुनसक्छन् । एउटा प्रदेश वा जिल्लामा सालाखाला दुईदेखि चारवटासम्म भाषा सरकारी कामकाजका भाषा हुनसक्छन् ।

देशको कुल पाँच भागमा चार भागभन्दा पनि ज्यादा गाविसमा कुनै न कुनै एउटा भाषाको स्पष्ट बहुमतको स्थिति भएको हुनाले गाविस तह वा नगरपालिका तहमा पुगेपछि कुन कुन भाषालाई आधिकारिक भाषा बनाउने भन्ने समस्या नै बाँकी रहँदैन, यसको निर्णय गर्ने अधिकार स्थानीय निकायलाई दिए पुग्छ ।

नेपालको बहुधार्मिक संरचना

नेपाल १० वटा धर्महरू भएको बहुधार्मिक मुलुक हो । धर्महरूमध्ये सबैभन्दा ज्यादा र अत्याधिक जनसङ्ख्याले अपनाएको धर्म हिन्दू हो तथापि हरेक जनगणनामा यसको सङ्ख्या जोडले घट्दै गएको छ । २०३८ सालको जनगणनामा हिन्दू धर्मावलम्बीको संङख्या ८९.५ प्रतिशत थियो, तर २०५८ सालको जनगणनामा पुग्दा त्यो घटेर ८०.५ प्रतिशत हुनपुगेको छ । नेपालको दोस्रो ठूलो धर्म बुद्ध धर्म हो, जो १०.७ प्रतिशतले मान्दछन् । त्यसपछि आउने धर्महरू इस्लाम (४.२ प्रतिशत), किरात (३.६) प्रतिशत, इसाइ (०.४५प्रतिशत) सिख (०.०३ प्रतिशत), जैन (०.०२ प्रतिशत हुन् । बाँकी अन्य ज्यादै साना तीन धर्म छन् ।

यी धर्ममध्ये सघन रूपमा बसोबास भएका धर्महरू जम्मा चार वटा रहेका छन् — ती हिन्दू, बौद्ध, इस्लाम र किरात हुन् । हिन्दूको देशभरि, बौद्धको मध्य नेपालमा, इस्लामको पश्चिम, मध्य र पूर्वी तराइमा र किरातको पूर्वी नेपालको उपल्लो छेउका जिल्लामा सघन बसोबास छ ।

नेपालको बहुधार्मिक स्थितिलाई नियाल्दा निक्लने निचोड के हो भने–
नेपालमा राज्य धर्मको मामलामा तटस्थ वा निरपेक्ष बस्नुको कुनै विकल्प छैन ।
अिरू धर्मावलम्बीहरू जातीय र भाषिक आधारमा समेटिन्छन्, तर मुसलमान र चुरौटे धर्मलाई समेट्न धर्मको आधारमा पनि स्वायत्तता र स्वशासन दिने नीति अख्तियार गरिनु पर्छ ।

यी जम्मै कुरा नियालिसकेपछि अब हामी जाऔं – नेपालको लागि उपयुक्त हुने सङघीयताको स्वरूप र संरचना सम्बन्धमा ।

नेपालको सङ्घीयताको स्वरूप र संरचना

नेपालमा सङ्घीयताको स्वरूप कस्तो हुनुपर्छ ? यो प्रश्नको निरूपण गर्दा हामीले नेपालमा सङ्घीयता अपनाउन पर्नुको आधारभूत कारणलाई र देशको सामाजिक–सांस्कृतिक संरचनालाई मुख्य धुरीमा राख्नु पर्दछ । कतैको अन्धनक्कल गरेर सङ्घीयताको स्वरूप निर्धारण गर्नुभन्दा नेपालको जातीय, वर्गीय, भाषिक तथा सांस्कृतिक संरचना र नेपालले आजको समय र परिस्थितिमा सङ्घीयतामा जानपर्नुका मूलभूत कारणहरूलाई समाधान र सम्बोधन गर्ने गरी सङ्घीयताको स्वरूप निर्धारण गरियो भने त्यो हाम्रो आवश्यकतामुताविकको र देश सुहाउँदो सङ्घीय राज्य–प्रणाली हुन जान्छ ।

यस हिसाबले विश्लेषण गर्दा नेपालको सङ्घीय राज्य–प्रणालीको स्वरूपले यी तीनवटा आधारभूत कारणहरूलाई समाधान र सम्बोधन गर्ने दायित्व निर्वाह गरेको हुनुपर्छ —

नेपालको सङ्घीयताको स्वरूपले नेपालको बहुजातीय ÷बहुभाषिक र बहुसांस्कृतिक चरित्रमुताबिक राज्यमा एक जात÷जाति, एक भाषा, एक संस्कृति, एक वर्ग, एक लिङ्ग र क्षेत्रको एक छत्र आधिपत्यको स्थितिलाई अन्त्य गरेको    हुनुपर्छ । त्यसको सट्टामा राज्यको हरेक संरचना र तहमा र विकासको हरेक अवसरमा सबै जात÷जाति , भाषा, धर्म÷संस्कृति, वर्ग, क्षेत्र र लिङ्गको न्यायोचित र  समानुपातिक प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित हुने नयाँ समावेशी राज्य–प्रणाली अपनाउनुपर्छ ।

नेपालको सङ्घीयताको स्वरूपले अति–केन्द्रीकृत र एकात्मक चरित्रको राज्य–प्रणालीलाई समाप्त  पारेको हुनुपर्छ । त्यसका सट्टामा एकाईहरूको राजनीतिक, आर्थिक, सांस्कृतिक, जातीय ÷ भाषिक स्वायत्तता सुनिश्चित भएको स्वशासनको प्रणाली अवबलम्बन गर्नुपर्छ ।

नेपालको सङ्घीयताको स्वरूपले यो देश मेरो हो तर   राज्य मेरो होइन भन्ने स्थितिको अन्त गरेको हुनुपर्छ । देशको सामाजिक – सांस्कृतिक र वर्गीय विविधतालाई हरेक हिसाबले समेटेर विविधतामा एकताको उपायद्वारा देशको राष्ट्रिय एकतालाई पहिलेभन्दा दरिलो बनाउने उपायहरू अपनाएको हुनुपर्छ ।

अब प्रश्न उठ्छ, केके विशेषतासहितको कस्तो सङ्घीय संरचना अपनाइयो भने नेपालको सङ्घीय राज्य–प्रणालीले माथि भनिएका समस्या हल गर्छ त ?

मेरो ठम्याइमा नेपालको सङ्घीयताका मूलभूत विशेषताहरू, सङ्घीय संरचना तथा यसको स्वरूप निम्नानुसार हुनुपर्छ —

सामाजिक बहिष्करणको स्थिति अन्त गर्नका लागि

राज्यको हरेक ढाँचा र तहमा अहिलेसम्म भइरहेको जनजाति, मधेसी, दलित, महिला, अल्पसंख्यक धर्म र पछाडि     परैका वर्ग र क्षेत्रहरूको सामाजिक बहिष्करणको स्थितिलाई अन्त गरेर त्यसमा उनीहरूको प्रतिनिधित्व पहुँच र पहिचान सुनिश्चित पार्नका लाग निम्न उपायहरू अपनाउनु नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकको लागि ज्यादा उपयुक्त हुनसक्छः 

- नेपाललाई अब स्वायत्त र स्वशासित प्रदेशहरूमा आधारित सङ्घीय राज्यमा रूपान्तरित गर्नुपर्दछ ।
- नेपालको सङ्घीय राज्यको तीन तह हुनु सबैभन्दा उपयुक्त हुन्छ– सबैभन्दा माथि सङ्घ, बीचमा प्रदेश र सबैभन्दा मुनि गाविस÷ नगरपाललिकाहरू आगामी पन्ध्र वर्षभित्र सबै गाविसलाई नगरपालिकामा रूपान्तरित गर्ने लक्ष्य राखिनुपर्छ । राज्यको तह अहिलेजस्तो पाँचवटा बनाइनु हुँदैन । तह धेरै गर्दा प्रशासनिक जटिलता र खर्च दुवै ज्यादा हुने हुन्छ । सङ्घीय राज्य प्रणाली उसै पनि खर्चिलो व्यवस्था हो ।

- स्वायत्त प्रदेश निर्माण गर्ने मुख्य शर्त र आधार यी चारवटा हुनुपर्छ – 
१. जाति वा भाषाको सघन बसोबासको स्थिति 
२. भूगोल र भौगोलिक निकटता 
३. प्रशासनिक अनुकूलता 
४.प्राकृतिक र आर्थिक स्रोत साधनको उपलब्धता पहाडी र हिमाली क्षेत्रको तथा तराईका थारुबाहुल्य क्षेत्रको प्रादेशिक विभाजनको एउटा मुख्य आधार जातिको सघन बसोबासको स्थिति हुनसक्छ भने तराईका अन्य सबै क्षेत्रको प्रादेशिक विभानको एउटा मुख्य आधार भाषाको बाहुल्यता हुनसक्छ । मुसलमान बाहुल्य क्षेत्रमा धर्म/ संस्कृतिको आधारमा पनि प्रादेशिक र जिल्ला विभाजन हुनसक्छ । सन्तुलित ढङ्गले यी चारवटा शर्त वा आधारलाई धुरीमा राखेर प्रदेशहरू निर्माण गरियो भने ती टिकाउ हुनसक्छन् भन्ने मलाई लाग्छ ।

- यी शर्त वा आधारलाई धुरी बनाएर प्रदेशहरूमो विभाजन गरिए नेपालमा बढीमा पन्ध्रवटासम्म स्वायत्त प्रदेशहरू हुनसक्छन् ।

- स्वायत्त प्रदेशभित्र एउटा जात÷जाति भाषा वा धर्मको बाहुल्यता भए पनि गाविस वा धर्मको बाहुल्यताको स्थिति छ भने बहुसङ्ख्यकको क्षेत्रभित्रका अल्पसङ्ख्यकलाई त्यो तहमा उपस्वायत्तताको अधिकार हुनुपर्छ । यसलाई बहुसङ्ख्यकको स्वायत्त प्रदेश भित्र अल्पसंङ्ख्यको स्वायत्त क्षेत्र भनेर बुझिनुपर्छ । यसो गर्दा कोही कहिँबाट पनि लखेटिने स्थिति बन्दैन, सबै मिलेर बस्ने स्थिति निर्माण हुन्छ । क्षेत्री बाहुल्य प्रदेशमा गाविस वा नगरपालिका तहमा दलितको स्वायत्त क्षेत्र बन्न सक्छ अथवा गुरुङ बाहुल्य प्रदेशमा बाहुनको स्वायत्त क्षेत्र बन्नसक्छ । त्यस्तै नेवारबाहुल्य प्रदेशमा तामाङको । गाविस वा नगरपालिका तहमा कसैको बाहुल्यताको स्थिति नै छैन भने पनि अल्पसङख्यकहरूको अधिकार सुरक्षित गर्ने विशेष व्यवस्था हुनु आवश्यक छ ।