Showing posts with label Kirtipur Local Activities. Show all posts
Showing posts with label Kirtipur Local Activities. Show all posts

Thursday, November 14, 2013

निर्वाचन क्षेत्र नं. १०को मातातीर्थमा एमाओवादी र कांग्रेसको झडप दुबै तर्फका गरि आधा दर्जनभन्दा बढि घाइते, दुई जना सिकिस्त

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
निर्वाचन क्षेत्र नं. १०को मातातीर्थमा एमाओवादी र कांग्रेसको झडप
दुबै तर्फका गरि आधा दर्जनभन्दा बढि घाइते, दुई जना सिकिस्त

आउँने मंसिर ४ गते जसरी पनि संविधानसभाको चुनाव गर्नुपर्छ भनी लागि परेका प्रमुख दलहरु एकीकृत माओवादी र कांग्रेसका कार्यकर्ताहरु वीच विभिन्न स्थानामा झडप भइरहेको समाचार दिनहुँ आइरहेको छ ।

यसैक्रममा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड उम्मेदवार बनेको काठमाण्डौं जिल्ला निर्वाचन क्षेत्र नं. १० को मातातीर्थ क्षेत्रमा एमाओवादी र कांग्रेसका कर्याकर्ताहरु वीच झडप भएको समाचार प्राप्त भएको छ ।

कांग्रेसको तर्फवाट राजन केसी प्रत्यक्ष उम्मेदवार बनेको सो क्षेत्रमा गत सोमवार दुबै राजनीतिक पार्टीका कार्यकर्ताहरुवीच मातातीर्थमा झडप भएको थियो । सो झडपको कारणको सवालमा भने एक पक्षले अर्को पक्षलाई आरोप लगाएका छन् ।

दुई पटक सम्म भएको झडपमा परि एकीकृत माओवादीका १० जना कार्यकर्ता र कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरु मध्ये दुई जना सिकिस्त भएको एमाओवादीको वाईसिएलका कार्यकर्ताले संचारकर्मीहरुलाई बताएका छन् ।

गम्भीर भएकाहरुको बागेश्वरी अस्पतालमा उपचार भइरहेको थाहा भएको छ । वाइसिएलका कार्यकर्ताले कांग्रेसको चुनावी प्रचारको क्रममा आक्रमण गरेका कारण झडप भएको कांग्रेसका कार्यकर्ताहरुले आरोप लगाएका छन ।

त्यसै गरि देउसी भैलो कार्यक्रम भइरहेको अवस्थामा कांग्रेसका कार्यकर्ताहरुले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेको वाइसिएलले आरोप लगाएको छ ।

एकीकृत माओवादी र कांग्रेसका कार्यकर्ताहरु वीच भएको सो झडपका कारण मातातीर्थ क्षेत्रमा केहि समय स्थानीयवासी समेत त्रसित बनेका थिए ।

काठमाण्डौंको मातातीर्थमा मात्र हैन चुनावमा लागेका राजनीतिक दलहरुवीच विभिन्न जिल्ला जिल्लामा समेत झडपहरु भइरहेको अवस्था छ । गृहमन्त्री माधव घिमिरेले नै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएको दलमा नै चुनावमा लागेका दलका कार्यकर्ताहरु वीच झडपका घटनाहरु भइरहेको जानकारी दिएको थाहा भएको छ । 

सोमवार विहान दिएको जानकारी अनुसार सो अवधि सम्ममा १ सय ९० स्थानमा झडपका घटना भएको र ती मध्ये १ सय ३५ स्थानमा बैद्यको नेतृत्वमा भएको चुनाव बहिस्कार पक्षधर नेकपा—माओवादीसंग भएको र ५५ स्थानमा भने चुनावमा सहभागी भएका दलहरु वीच नै झडप भएको जानकारी गराएको थियो । 

त्यसरी चुनावमा सहभागी भएका दलहरुवीच नै झडप भएका कारण कतै संविधानसभाको मंसिर ४ गते हुने चुनावमा पनि असर पर्ने त हैन भनी स्वयं मन्त्रिपरिषदका अध्यक्ष  रेग्मीदेखि मन्त्रिहरुले समेत गर्न थालेको अवस्था छ ।

नयाँ वर्षमा शंखधर साख्वाःको मूर्ति परिक्रमा

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013

नयाँ वर्षमा शंखधर साख्वाःको मूर्ति परिक्रमा



नेपाल सम्वत ११३४ नयाँवर्षको उपलक्ष्यमा कीर्तिपुर र पाँगामा भव्यताका साथ मनाइयो । कीर्तिपुरमा नेपाल सम्वत भिन्तुना ¥यालीको आयोजना गर्न हरेक वर्ष पालै पालो टोल टोलको आयोजनामा गरिन्छ । यस वर्ष बाहिरगाँव ले बाहिर गाँवदेखि ¥याली सुरु गरि कीर्तिपुरको विभिन्न टोलमा परिक्रमा गरी बाहिरगाँवमा समापन गरिएको थियो । आगामी वर्ष भिन्तुना ¥यालीको आयोजना गर्ने जिम्मा नगाउँलाई पालो सुम्पिएको थियो ।

पाँगामा भने विगत आठ वर्षदेखि विभिन्न टोलमा रहेका महिला समूहहरुले पालैपालो मनाउँदै आइरहेका छन ।  ने.सं. ११२६ सम्म पाँगामा व्यवस्थित तरिकाले न्हूदँ मनाउने व्यवस्था थिएन । आठ वर्ष पहिले पाँगामा सक्रिय आमा समुहहरुको एक भेलाले न्हूदँ ¥याली पालैपालो महिला समूहले जिम्मा लिएर चलाउने निर्णय गरेर पहिलो पटक पाँगा धुसिका लूनिभाः मिसा पुचःले पालो लिइ व्यवस्थित रुपले ¥याली निकाली सम्पन्न गरिएको थियो । त्यसैक्रममा यस वर्ष पाँगा धोकासीका हिसि महिला समूहको पालो आएको थियो । विगत तीन वर्ष पहिले काष्ठ कलाकार हरिकृष्ण महर्जनले शंखधर साख्वाःको काष्ठमूर्ति प्रदान गरिएपछि पाँगामा पनि साख्वाःको मुर्ति महिलाहरुले बोकेर गाउँ परिक्रमा गर्ने चलन आएको हो । आगामी वर्षको याकःछेँको जय सन्तोषी महिला समूहलाई पालो दिइउको छ ।

कीर्तिपुरमा पुरुषले खट बोक्छ भने पाँगामा महिलाले खट बोक्ने गर्दै आइरहेका छन ।

नया“ वर्ष एवं दिपावलीको अवसरमा सुगम संगीत प्रस्तुत

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
नयाँ वर्ष एवं दिपावलीको अवसरमा सुगम संगीत प्रस्तुत


नेपाल सम्वत ११३४ नयाँवर्ष एवं शुभ दिपावलीको अवसरमा सुगम संगीत पुचः कीर्तिपुरले कीर्तिपुर न.पा. वडा नं.१ बाकुननी टोलमा सुगम संगीत प्रस्तुत गरिएको थियो ।

ने.सं.११३४ कछलाथ्व पारु नया“ वर्षको शुभारम्भ भएको दिन अर्थात गत कार्तिक १८ गते सोमवार सा“झ ४ बजेदेखि ६ बजेसम्म कार्यक्रम गरिएको थियो ।

बाकुननी टोलका गुरु हिरावहादुर महर्जनले सम्पूर्ण कलाकारहरुएवं दर्शकबहरुलाई कोखा र टिका लगाउनु भई नया“ वर्षको शुभकामना आदान प्रदान गर्नु भएको थियो । सुगम संगीतको सांगितिक कार्यक्रमको उद्घाटन गुरु हिरावहादुर महर्जनले पानसमा दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो । मंगल धूनका साथ शुरु भएको उक्त सांगितिक कार्यक्रममा विशुद्ध नेवाः अर्थात नेपाल भाषाको गित र लोक धून प्रस्तुत गरिएको थियो । विशेष गरी दिपावली अर्थात् भाइ टिका एवं अन्य चर्चिट नेपालभाषाका लोक संगीत साथै भाषा संस्कृति र राष्ट्रियता सम्बन्धि गीत प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा ज्ञानेश्वर महर्जन ‘निभा’, प्रमीला महर्जन, कृष्ण हरि महर्जन, सानु कुमार तण्डुकार, हरि प्रसाद श्रेष्ठ, अमर वहादुर माली, ध्रुब महर्जनले आफ्नो गीत प्रस्तुत गरेका थिए । सारङ्गीको धून हरिशरण नेपालीले प्रस्तुत गरेका थिए । वाद्य वादनमा संस्थाका अध्यक्ष न्हुच्छे दर्शन र नविन महर्जनले साथ दिएका   थिए । कार्यक्रमको संचालन नविन महर्जनले गरेका थिए । यस कार्यक्रममा प्राविधिक सहयोग वाई जी जी साउण्ड एण्ड क्यासेटका प्रोप्राइटर देवेन्द्र महर्जनले गरेका थिए । उक्त कार्यक्रममा बाकुननी टोलबासीले केपू दिइ सहयोग गरेका थिए ।

Wednesday, November 13, 2013

काठमाडौं क्षेत्र नं.१० मा चुनावी माहौल र बहिस्कारको कुरा

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
काठमाडौं क्षेत्र नं.१० मा चुनावी माहौल र बहिस्कारको कुरा




आउने मंसिर ४ गते हुन लागेको संविधानसभाको चुनावमा सहभागी विभिन्न पार्टीहरुले काठमाडौं निर्वाचन क्षेत्र नं.१० मा आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारको अभियान थालेका छन । विशेष गरेर घर दैलो कार्यक्रममा जोड दिन थालेका छन । बाटोमा रहेको पोलमा पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा झुन्ड्याउनेमा नेपाली कांग्रेस, एमाले र एमाओवादी अगाडि रहेका छन । पोष्टर टाँस्नेमा एमाओवादी र एमाले अगाडि रहेका छन । संघीय समाजवादी पार्टी, नेपाः राष्ट्रिय पार्टी र राप्रपा नेपालले पनि घरदैलो कार्यक्रम अटुट रुपमा गरिरहेका छन । सबैले आफ्नो जीत सुनिश्चित भएको दावा गरिरहेका छन । विगतको चुनावमा एमाओवादीका प्रचण्डले प्रचण्ड बहुमत ल्याएर विजय हासिल गरेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार राजन के.सी.ले आफ्नो जित सुनिश्चित भएको दावा गर्दै तर्क दिएका छन कि त्यतिबेला प्रचण्डको लहर चलेको थियो । 

अब त्यो लहर नरहेको र एमाओवादी दुई टुक्रा भइसकेकोले कीर्तिपुरका जनताले आपूmलाई विजयको माला पहिराउने छ । त्यस्तै एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले क्षेत्र नं.१० एमालेको किल्ला रहँदै आएको, २०५६ सालमा एमाले र माले विभाजित भएका कारणले मात्र नेपाली कांग्रेसले जितेको र गत संविधानसभाको चुनावमा एमाओवादीको लहर आएका कारण आफ्नो पार्टीले हार्नु परेको थियो । यसपाली एमालेका कार्यकर्ताहरु पहिलेभन्दा बढी सक्रिय रहेका कारण आपूm जित्ने दावा गरेको छ । संघीय समाजवादी पार्टीका उम्मेदवार रमेश चन्द्र प्रधानले यो चुनाव संविधान बनाउने चुनाव भएकोले मुख्य कुरा पहिचान पक्षधर र पहिचान विरोेधी मुद्धा भएकोले आफ्नो पार्टीको पहिचान सम्बन्धि स्पष्ट धारणा भएकोले पहिचान पक्षधर मतदाताले आफ्नो पार्टीलाई जिताउने विश्वास गरेको छ । गत शनिवार मोटरसाईकल ¥यालीको आयोजना गरी आफ्नो शक्ति प्रदर्शन गरेका राप्रपा नेपालका उम्मेदवार ध्रुव महर्जनले आपूmलाई विकास प्रेमी र आफ्नो पार्टीको नीतिका कारण आपूmले जित्ने दावी गरेका छन । त्यस्तै नेपाः राष्ट्रिय पार्टीका उम्मेदवार कृष्णहरि महर्जनले आफ्नो पार्टी नेवाःहरुको पार्टी भएकोले ६० प्रतिशत नेवाः मतदाता भएको क्षेत्रमा आफुले जित्ने दावा गरेका छन । त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नारायण महर्जनले पनि घरदैलो कार्यक्रममा लगातार जुतिरहेको छ । विदेशी हस्तक्षेपको विरोध गर्दै आइरहेको र नेपालको असली कम्युनिष्ट पार्टी आफ्नो पार्टी भएका कारण वामपंथीको गढ रहेको यस क्षेत्रमा आफ्नो पार्टीले पनि सम्मानजनक मत पाउने आशा गरेको छ । जसले जतिसुकै दावा गरे पनि यस पालीको चुनाव तीन ध्रुवको वीच हुँदैछ । एक पक्ष संघीयताले देश टुक्रिन्छ भनेर संघीयताको नै विरोध गरिरहेका छन । अर्को पक्ष संघीयता चाहने तर पहिचान दिन नचाहने रहेका छन । तेश्रो पक्ष भाषिक, जातीय पहिचानको आधारमा प्रदेश बनाउने पक्षमा रहेका छन । त्यसैले यसपालीको चुनावमा मत बाँड्ने सम्भावना छ । जसले गर्दा कसैको बहुमत नआउने र फेरि पनि संविधान नबन्ने दावा गरिरहेका छन् । प्रचण्डको घर दैलो कार्यक्रममा सहभागी भएका जनलहर र एनेकपा माओवादीको संगठन बलियो भएको कारण यसपालीको चुनावमा पनि प्रचण्डले जित्ने देखिन्छ । नेकपा–माओवादीले यस चुनावलाई बहिस्कार गर्ने भनेर विभिन्न कार्यक्रम गरिरहेका छन । चुनाव बहिस्कार गर्ने भने पनि प्रचण्डको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका पवन कुंवरको समर्थनमा चुनावी अभियानमा लागेको देखिएका छन ।

रुद्र बहादुर स्मृति प्रतिष्ठानको समिति गठन

अंक ११७ ने. सं. ११३४ कछलाथ्व तृतिया बुधवाः २०७० कार्तिक २० गते बुधवार Nov-6, 2013
 
रुद्र बहादुर स्मृति प्रतिष्ठानको समिति गठन

कीर्तिपुर क्षेत्रका स्वास्थ्य तथा शिक्षा क्षेत्रका महानुभावहरु, समाजसेवीहरु तथा सर्वसाधारणहरुको २०७० कार्तिक ९ गते मतको टोल, लायकु कीर्तिपुरुमा भएको भेलाले स्वास्थ्यसेवी, शिक्षाप्रेमी तथा समाजसेवी स्व. रुद्र बहादुर प्रधानको सम्झनामा रुद्र बहादुर स्मृति प्रतिष्ठान स्थापना गर्ने निर्णय गरियो । 

उक्त भेलाले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्य गर्ने तथा सम्पदा क्षेत्रहरुको सम्बद्र्धन तथा प्रबद्र्धन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको थियो । उक्त भेलाले स्व. प्रधानको धर्मपत्नी राधा प्यारी प्रधानलाई संस्थाको संरक्षकमा चयन गरियो । 

उक्त भेलाले रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरियो । साथै ६ सदस्यीय सल्लाहकार समिति चयन गरियो । 

तदर्थ समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्ः अध्यक्षः रबिन्द्र बहादुर प्रधान, उपाध्यक्षः अरुण बहादुर श्रेष्ठ, सचिवः सुनिल श्रेष्ठ, कोषाध्यक्षः अमृत कुमार महर्जन, सदस्यहरुः रोशनी जोशी, सरला श्रेष्ठ, सुशीला श्रेष्ठ, अमिता श्रेष्ठ, पूर्ण बहादुर महर्जन, बिरेन्द्र शाक्य र विजय कुमार महर्जन रहेका छन् । सल्लाहकार समितिमा डा. भवेश्वर पंगेनी, भीम कुमार राजभण्डारी, मदन गोपाल प्रधान, टिकाराम महर्जन, बाबुकृष्ण महर्जन र हरिशरण महर्जन रहेका छन् ।

Sunday, November 10, 2013

कीर्तिपुरमा चुनावी माहौल बन्दै

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

कीर्तिपुरमा चुनावी माहौल बन्दै



संविधानसभाको चुनाव हुने दिन जति नजिकिंदै छ । पार्टीहरुको चुनावको प्रचार प्रसार पनि त्यतिकै बढ्न थालेको छ । अरु जिल्लाहरुमा उम्मेदवारको गाडी जलाउनेदेखि लिएर पार्टीहरु एक आपसमा भिडेको समाचारहरु टेलिभिजन र रेडियोहरुबाट हेर्न र सुन्न पाइरहेको छ । तर कीर्तिपुरमा अहिलेसम्म त्यस्तो केही अप्रिय घटना घटेको छैन । सबै पार्टीहरु आ–आफ्नो तरिकाले चुनाव प्रचारमा लागेका छन । प्रमुख दल भनिएका पार्टीहरु गाडीमा चुनाव चिन्हको झण्डा र माईक राखी भोट माग्न आव्हान गर्दै गाडी कुदाइ रहेका छन । दशैं अगाडि चियापान र शुभकामना आदान प्रदानमा सिमित पार्टीहरु दशैंको लगतै घर दैलो, मोटरसाईकल -याली गरी आफ्नो शक्तिको प्रदर्शन गर्न थालेका छन ।

एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड उठेको क्षेत्र भएर काठमाडौं जिल्ला क्षेत्र नं.१० विशेष चर्चामा छन । अहिलेसम्म प्रचण्डले कीर्तिपुर, नगाउँ, पाँगा क्षेत्रमा घरदैलो कार्यक्रम गरि सकेका छन । उहाँको घर दैलो कार्यक्रम बडो धुमधामका साथ हुने गर्छ भने अरुको त्यति ठूलो भिड हुँदैनथ्यो ।

संविधानसभाको पहिलो चुनावमा भन्दा यसपटक साना ठूला सबै पार्टीमा चुनावको चहल पहल देखिएको छ । विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले, संङ्घीय समाजवादी पार्टी, नेपाः राष्ट्रिय पार्टी,   राप्रपा नेपालको घर दैलो कार्यक्रम आ–आफ्नै तरिकाले गर्दैछन । पहिलो संविधानसभाको चुनावमा प्रचण्डले प्रचण्ड बहुमत ल्याएर जितेको ठाउँ भएकोले एमाओवादीहरु यसपाली पनि आपूm जित्नेमा ढुक्क छ । किनकी अरु पार्टीहरुले पार्टीका बरिष्ठ नेताहरु कसैलाई पनि उम्मेदवार नबनाएकोले प्रचण्डको टक्कर कसैसँग छैन, प्रचण्डलाई जिताउनकै लागि एमालेले अन्तिम समयमा आएर पार्टीका कीर्तिपुर नगर कमिटीका अध्यक्षलाई टिकट दिएको भन्ने हल्ला छ । तैपनि एमालेको घरदैलो कार्यक्रमको साथै चुनाव चिन्हको झण्डा गाड्ने पोस्टर टाँस्ने कार्य द्रुतगतिले भइरहेको छ । तर एमाओवादीको जति पोस्तर देखिंदैन । नेपाली कांग्रेस, संघीय समाजवादी पार्टीले एउटा पनि पोस्टर टाँसेको देखेको छैन ।

नेपाली कांग्रेसले पहिलो चुनावमा दोस्रो भएको, पहिले जस्तो अहिले प्रचण्डको पक्षमा त्यति जनमत नदेखिएकोले आपूm जित्नेमा विश्वस्त भै चुनाव प्रचार प्रसारमा लागेका छन,संघीय समाजवादी पार्टीका उम्मेदवार रमेश चन्द्र प्रधानले कीर्तिपुरमा भन्दा कीर्तिपुरको पश्चिम र दक्षिणका गा.वि.सहरुमा विशेष ध्यान दिइरहेको देखिन्छ । नेपाः राष्ट्रिय पार्टीका कृष्णहरि महर्जन र राप्रपा नेपालका धु्रव महर्जन पनि तामझाम विनाको घरदैलो कार्यक्रममा व्यस्त रहेका छन ।

स्वतन्त्र उम्मेदवारहरु पदम कुंवर, भरतवहादुर विशुराल पनि भोट माग्न आउन थालेका छन । जनमोर्चा नेपालले पनि माईंकिंग गरी भोट माग्न आएका छन ।

लसता मां पुचःको सहानिय पहल

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013


लसता मां पुचःको सहानिय पहल

कीर्तिपुर नगरपालिका वडा नं. १६ मा क्रियाशिल महिला समूह लसता मां पुचःले तिहारको समयमा ‘म्हपुजा कु’ नलिन नगरवासीलाई आग्रह गदै आएको अवस्था छ ।  सो पुचःले त्यसरी आह्वान गर्दै आएको यो तेस्रो पटक हो । नेवार समुदायमा म्हपुजाको दिनमा आफ्नो माइतीवाट म्हपुजा गर्न भोज बनाई लानु पर्ने चलन रहेको काठमाण्डौंको दक्षिण भेग र विशेष गरि ज्यापु समुदायमा चलन रहेको उल्लेख गर्दै सो पुचःले अहिलेको अवस्थालाई मध्यनजर गर्दै संस्कृति जगेर्नाका साथ साथै आर्थिक रुपमा पनि कम खर्चिलो गर्न केवल पूजा सामाग्री मात्रै माइतिवाट लैजान अनुरोध गरेको छ । म्हपुजा कु लादाखेरि आर्थिक रुपमा बढि खर्च हुने र विशेष गरि महिला दिदी बहिनीहरुलाई अत्यन्तै आर्थिक भार पर्ने कुरा उल्लेख गर्दै सो पुचःले विज्ञप्ति जारी गर्दै सो अभियानमा सम्पूर्ण नगरवासीले साथ दिनका लागि अनुरोध गरेको छ । विवाह भएको पहिलो बर्षमा एक पटक मात्र म्हपुजा कु लान अनुरोध गर्दै समाज रुपान्तरणमा साथ दिनका लागि समेत आग्रह गरेको छ । सो पुचःले त्यसरी आह्वान गरेका कारण धेरैले म्हपूजा कु नलानेहरुको संख्या बढ्दै गएका कारण उक्त कार्य सहानिय भएको टिप्पणी गर्न थालका छन् ।

Saturday, September 28, 2013

मङ्गल स्कुलमा Spelling contest

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

मङ्गल स्कुलमा Spelling contest

कीर्तिपुर नयाँबजारस्थित मङ्गल उच्च माध्यविद्यालयले अन्तर हाउस क्उभििष्लन अयलतभकत गराएको छ । कक्षा ८, ९, १०का विद्यार्थीहरु प्रत्येक समूहमा ३÷३ जना राखेर अरनिको, भृकुटी, सिद्धार्थ र कीर्ति गरी ४ समूहले भाग लिएका थिए ।

माइनस प्रणालीबाट सुरु गरिएको उक्त प्रतियोगितामा सवभन्दा कम गल्ती गरी अरनिको प्रथम हुन सफल भएको छ । भृकुटी द्वितिय, सिद्धार्थ तृतीय र कीर्ति चौथो भएको छ ।

यस्तो किसिमको गतिविधिले विद्यार्थीहरुमा अंगेज्री हिज्जेप्रति जागरुक र शुद्धता हुने प्राचार्य प्रदिप महर्जनले बताउनु भयो ।

त्यस्तै प्राथमिक तहको रिले हाजिरी जवाफ प्रतियोगिता भाद्र ३० गते सम्पन्न गरेको छ । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई सहभागि गराएका थिए । प्रतियोगितामा १७५ अंक प्राप्त गरी रेड हाउस प्रथम, १६५ अंक प्राप्त गरी ब्लु हाउस द्वितिय, १४५ अंक प्राप्त गरी ग्रीन हाउस तृतीय र ७५ अंक प्राप्त गरी यल्लो हाउस चौथा भएका थिए ।

विजय खेलाडिहरुलाई प्रधानाध्यापक प्रदिप महर्जन र सहायक प्रधानाध्यापक लोकलाल महर्जनले पुरस्कार वितरण गर्नु भएको थियो ।

सन स्टार क्लबको वृक्षारोपण

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

सन स्टार क्लबको वृक्षारोपण

कीर्तिपुरमा सक्रिय क्लबहरुमध्ये एउटा क्लब हो कीर्तिपुर नगरपालिका वडा नं.३ चिथुटोलको सन स्टार क्लब । यस क्लबले कहिले खेलकुद प्रतियोगिताको आयोजना, कहिले चित्रकला प्रतियोगिताको आयोजना गरेर आफ्नो सक्रियता देखाउ“दै आइरहेको छ । यसै सन्दर्भमा गत भाद्र ३० गते वृक्षारोपण आयोजना गरियो ।

चिथू टोलको उत्तरी पाखोमा अवस्थित वनका रुखहरू नियमित वर्षाका कारण स्वतःस्पूmर्त ढलेर विजुलीको पोलमा लाग्दा तार चुँडिएर दिन दिनभर विजुली लाईन गायब भएको थियो । तर भौतिक एवं मानविय क्षत्रि भने हुन पाएन । भविष्यमा हुन सक्ने खतरालाई मध्यनजर राखेर त्यस क्लबको रोहवरमा उच्च जोखिमपूर्ण रुखहरू कटान गरियो । रुखको कटान पश्चात नयाँ रुखका विरुवाहरु रोपी वातावरणलाई स्वच्छ, सफा एवं हराभरा   राख्न बृक्षारोपण गरिएको हो । ३ नं वडाकै जेष्ठ नागरिक एवं पूर्व प्रधानपञ्च द्वारिका महर्जनको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी वृक्षारोपण गरिएको थियो ।

वातावरण संरक्षणमा वातावरण संरक्षण समाजको अग्रसरता

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

वातावरण संरक्षणमा वातावरण संरक्षण समाजको अग्रसरता

जिल्ला कार्यालय काठमाडौंमा दर्ता रहेको नाफारहित सामाजिक संस्था वातावरण संरक्षण समाज पाँगाले लामो छलफल र तयारी पछि दशैंको लगतै काम सुरु गर्ने भएको छ ।

नेपाल सरकार भवन विभागको सहयोगमा तीन वटा रिक्सा, एक हजार थान बाल्टिन, फोहोर उठाउन चाहिने पञ्जा, कुतो कोदालो सहित विभिन्न सामान प्राप्त भैसकेको छ । गत भाद्र २९ गते संस्थाका सल्लाहाकारहरूको बृहत भेला जनसेवा उच्च मा.वि.को हलमा भएको थियो । पाँगाका विभिन्न बुद्धिजीवी, गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त भेलाको सभापतित्व संस्थाका अध्यक्ष शंकर डंगोलले गर्नु भएको थियो । संचालन सरव कुमार महर्जनले गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष मेनुका महर्जन र सचिव चन्द्रमाया महर्जनले संस्थाको अहिलेसम्मको प्रगति विवरण र भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरिएको थियो । भेलामा सहभागीहरूले भविष्यमा आउन सक्ने समस्या र सो को निराकरण कसरी गर्ने भन्ने बारेमा सुझाव तथा सल्लाह दिनु भएको थियो । फोहोरलाई स्रोतबाटै कम गर्ने प्रयास गर्ने, फोहोरलाई वर्गिकरण गरी रिसाइक्लिंग गर्ने योजना  रहेको छ । रिसाइक्लिंग मेसिन पनि प्रिजम भन्ने संस्थाले निशुक्ल प्रदान गर्ने भएको छ । फोहोरबाट मोहर बनाउने योजना रहेको अध्यक्ष शंकर डंगोलले कीर्तिपुर सन्देशलाई जानकारी गराउनु भयो ।

एसएलसीको नतिजामा क्रिएटिभ एकेडेमी काठमाडौं जिल्लामा प्रथम स्थान

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

एसएलसीको नतिजामा क्रिएटिभ एकेडेमी काठमाडौं जिल्लामा प्रथम स्थान

कीर्तिपुर नयाँबजारस्थित क्रिएटिभ एकेडेमीले २०६५ सालदेखि आफ्ना विद्यार्थीहरुलाई एस.एल.सी. परीक्षामा सामेल  गराउँदै आएको थियो । वि.सं. २०६५ देखि २०६९ सालसम्म ५ समूहमा गरी १२२ जना विद्यार्थीहरुलाई एस.एल.सी.    परीक्षामा सामेल गराएकोमा विशिष्ट श्रेणीमा ९० जना र प्रथम श्रेणीमा ३२ जना पास    गराउन सफल भएको थियो ।
एस.एल.सी. परीक्षा– २०६९ मा त्यस विद्यालयबाट ३३ जनाले सहभागिता जनाएकोमा ३१ जना विशिष्ट श्रेणी र २ जना प्रथम श्रेणीमा पास भएको     थियो । यसरी विशिष्ट श्रेणीमा ९५ प्रतिशत पास गराउन सफल भएको छ ।

गत भाद्र २२ गते सिद्धार्थ बनस्थली माध्यमिक विद्यालयमा भएको राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस–२०७० को अवसरमा जिल्ला शिक्षा समिति, काठमाडौंले विशेष कार्यक्रम आयोजना गरी क्रिएटिभ एकेडेमीलाई संस्थागत विद्यालय तर्फ शैक्षिक वर्ष २०६९ को एस.एल.सी. परीक्षामा ५० जनाभन्दा कम विद्यार्थी सहभागी गराई प्रथम स्थान हासिल गर्न सफल भएकोमा विद्यालयको योगदानको उच्च मूल्यांकन गर्दै  महानिर्देशक शिक्षा विभाग डा. लबदेव अवस्थीले सम्मान–पत्र प्रदान गरिएको थियो ।

क्रिएटिभ एकेडेमीले स्थापनाको छोटो अवधिमा नै जिल्ला प्रथम हुन सफल भएको कीर्तिपुरवासीकै लागि गौरवको कुरा हो । आफ्ना बालबालिकालाई स्तरीय शिक्षा दिलाउनको लागि अभिभावकहरू विभिन्न विद्यालय धाउने गर्छन । आफ्नै आंगनमा स्तरीय विद्यालय पाउँदा अभिभावकहरू खुशी भएका   छन ।

स्मरणीय छ क्रिएटिभ एकेडेमी बाट एस.एल.सी. दोस्रो ब्याच– २०६६ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल छात्रा चाङ्कु श्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत वि.वि.ए. पहिलो सेमेष्टरमा नेपाल अधिराज्यभर सर्वोत्कृष्ट अंक (जि.पि.ए. ३.९६÷४) प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ ।

रुद्रवहादुर प्रधानको स्मृतिमा श्रद्धाञ्जली सभा

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

रुद्रवहादुर प्रधानको स्मृतिमा श्रद्धाञ्जली सभा

गत भाद्र २९ गते शनिवार होटल हिलसाइडको सभाहलमा स्वर्गिय रुद्रवहादुर प्रधानको स्मृतिमा विभिन्न सामाजिक संघ सस्थाहरु मिलेर संयुक्त रुपमा कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो । कीर्तिपुरको स्वास्थ्य क्षेत्रमा ब्रम्हु काजीको नामले ख्याति कमाउनु भएका समाजसेवी रुद्रवहादुर प्रधानको गत भाद्र ६ गते गाईजात्राको दिन निधन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका राजेन्द्र मानन्धरद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व कीर्तिपुर पर्यटन विकास समाजको अध्यक्ष विजय कुमार महर्जनले गर्नु भएको थियो ।

उक्त श्रद्धाञ्जली सभामा कीर्तिपुर न.पा.का कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, शिशिर प्रसाद धितालले उहाँले कीर्तिपुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष हुँदा ५ वर्षको अवधिमा गर्नु भएको कार्यकालको सम्झना गर्नु भएको थियो । त्यस्तै प्रा.डा. शिवशरण महर्जन र प्रा.डा. भवेश्वर पंगेनीले स्व. रुद्रवहादुर प्रधानले शहिद स्मारक क्याम्पस स्थापना गर्न देखाउनु भएको तत्परता र उहाँको मेहेनतको स्मारण गर्नु भएको थियो । 

प्रा.डा. रुद्रप्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति  राजकुमार नकर्मि लगायतले उहाँले कीर्तिपुरको स्वास्थ्य र शिक्षा क्षेत्रमा र विकास निमांणको लागि खेल्नु भएको भूमिकाको बारेमा आ–आफ्नो अनुभव सुनाउनु भएको थियो ।  स्व. रुद्रवहादुर प्रधानले स्वास्थ्य क्षेत्रमा पैसालाई महत्व नदिएको र कतिपय गरीव असहायलाई निशुल्क स्वास्थ्यउपचारको साथै निशुल्क औषधी पनि दिएर धेरैजनाको ज्यान बचाएको जानकारी गराईएको थियो ।
आफ्नो मन्तव्य दिनेक्रममा उहाँको सुपुत्र लायन रबिन्द ्रवहादुर प्रधानले आफ्नो बुबाको स्मृतिमा रुद्रवहादुर प्रधान स्मृति प्रतिष्ठान बनाउने इच्छा जाहेर गर्नु भयो ।

जसको लागि निकट भविष्यमै कीर्तिपुरवासीसँग व्यापक छलफल गर्ने जानकारी दिनु भयो । उक्त प्रतिष्ठानले कीर्तिपुरको स्वास्थ्य, शिक्षा र सामाजिक विकासको लागि काम गर्ने उद्देश्य राखिएको छ ।

कीर्तिपुरका विभिन्न क्षेत्रका महिला तथा पुरुषको उल्लेख उपस्थिति रहेको उक्त कार्यक्रममा हिलसाइड होटलको सभाहल खचाखच भरिएको थियो ।

हलभित्र नअटेर बाहिर पनि भीड लागेको थियो । श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गर्दा कतिपयको आँखा रसाएको थियो ।

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं
 
बैकुण्ठ महर्जन

गतांकको बाँकी

कीर्तिपुरको  हकमा भन्ने हो भने कुनै पनि कीर्तिपुरका आदिवासीहरुले यो परिवर्तनलाई झिनो देख्न थाल्यौ भने सैद्धान्तिक भूल हुनेछ । अर्को कम्युनिष्ट भएर सोच्ने हो भने जहाँ राजा हुन्छ त्यहाँ कम्युनिष्ट व्यवस्था असम्भव छ । अहिलेको गणतन्त्र एक कदम अगाडि बढेको छ । २५० वर्ष अगाडि हाम्रो मुलुक युरोपियनहरु सँगसँगै विकसित थियो । जब शाहहरुले यो मुलुकमा एकात्मक शासन चलाए अहिले युरोप कहाँ छ हामी कहाँ छौं ? त्यसैले हाम्रो देश यति धेरै पछाडि पर्नुको प्रमुख कारण शाह शासन र राणा शासन नै हो । यो विषयलाई हामीले बिर्सनु हुँदैन । कीर्तिपुरवासीमाथि त्यो बेलामा पृथ्वीनारायण शाहले कस्तो ज्यादती ग¥यो त्यो लेखिरहनु पर्दैन । कीर्तिपुर सन्देश पत्रिकामा छापेको “लुकाईएका इतिहास’बाट छर्लङ्ग पारीसकेको छ । भारतमा शासन गरिरहेका बृटिश सरकारसँग पृथ्वीनारायण शाहले विभिन्न असमान सन्धिहरु गरेर उनीहरुबाट सैन्य ज्ञान र हतियार (८०० ओटा तोप) को सहयोगले उपत्यका कब्जा गरिएको थियो । त्यसपछि हाम्रो पुर्खाले कस्तो यातनाहरु सहनु प¥यो जुन त्यो बेलाको युद्ध नियम भित्र पर्दैन ।

अर्को कुरा २०५२ पछाडिको १० वर्षे जनयुद्ध र २०६२÷०६३ को जन आन्दोलनका उपलब्धि हरु जस्तैः नेपाल सम्वतलाई क. प्रचण्ड प्रधानमन्त्री भएको बेला राष्ट्रिय सम्वतको घोषणा गर्नु, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान सहितको संघीयता, २४० वर्षदेखि पछाडि पारिएका भाषा, जाति, क्षेत्र, लिङ्गहरुको अधिकारको सुनिश्चितता गर्ने, छुवाछुत ऐन, छुवाछुत भेदभावको अन्त, आदि गएको संविधान सभाबाट टुंग्याई सकेका प्रगतिशील कदमहरुलाई कुनै पनि हालतमा यसको संरक्षण  गरी यी प्राप्त अधिकारमाथि टेकेर अरु नपुग अधिकार लिनको लागि अगाडि बढ्नुपर्छ । हो, हाम्रा सामु धेरै कामहरु छन २५० वर्षसम्म कंगाल बनाए को मुलुकलाई अगाडि लानु छ । अहिले भएको काम नेपाली जनताले खोजे सोचेको भन्दा कम हुनसक्छ । यसमा दुई मत छैन । यी उपलब्धीहरुलाई नबुझी संविधान सभा चुनावको बहिस्कारको कुरा गर्नु प्रतिक्रिया वादीहरुको स्वरमा स्वर मिलाउनु मात्र हुनेछ । किनभने नेकपा माओवादीले अगाडि सारिएका  कुराहरु निकासको लागि नभै घुक्र्याई, गोलचक्रमा मुलुक फसाउने, भाँडभैलो मचाउने बाहेक अरु केही होइन, यो विषय निस्पक्ष राजनैतिक विस्लेषकहरु र राजनीतिकर्मिहरुले राम्र्रैसँग बुझिसकेको छ ।

देशमा सहमतिको प्रयास पनि अन्तिम समयसम्म भएकै थियो । केही नलागेपछि मात्रै रेग्मीको    सरकार गठन भएको हो तर फेरि पछाडि फर्केर गोलमेच सम्मेलनको नारा दिएर मुलुकलाई गोलचक्रमा फसाउन प्रयत्न गर्न खोज्नु यो कदम प्रगतिशील छ कि प्रतिगामी छ समयले छिट्टै देखाउने छ । यी गोलचक्रका विषयलाई प्राथमिकता दिनु मात्र कमल थापा र ज्ञानेन्द्रलाई खुसी पार्नु बाहेक अरु केही पनि     होइन । दोस्रो संविधान सभाको चुनाव पछाडि यदि ने.का र एमाले हा¥यो भने यस्तो क्रियाकलाप उनिहरुको लागि पनि मसला बन्नेछ जसरी अहिले कमल थापाको लागि भएको छ । जसले यो देशलाई निकास दिन चाहन्छ जसले यो देशलाई आर्थिक क्रान्तिको कार्यलाई तिब्र गतिमा लान चाहन्छ उनिहरुलाई टेवा पुग्दैन ।

जुन बेला तत्कालिन नेकपा माओवादी जनयुद्ध लडिरहेको  थियो । उसको पहिलो र दोस्रो वार्ता विफल हुनुको प्रमुख    कारण नै संविधान सभा नदिएर हो । देशमा ने.का र एमाले बलियो अवस्था थियो । ने.का र एमालेको पहलमा गराएको संविधानसभाको चुनावमा त जान्छ भनेर आएको शक्ति अहिले देश माओवादीमय भएको अवस्थामा पनि संविधान सभाको चुनावलाई विभिन्न नाटकीय बहानामा कथित गोलमेच सम्मेलनको माग अगाडि सारी देशलाई गोलचक्र र गोलमालमा फसाएर आफ्नो स्वार्थ पुरा हुन्छ भनेर सोच्नु बुद्धिमानी हुँदैन । इतिहासले हामीलाई के सिकाएको छ भने जव जव देशमा अस्थिर बढ्छ जव जव देशमा संक्रमणकाल लामो हुन्छ विस्तारवादीहरुले चलखेल गर्ने गर्छ । यदि भित्री हृदयदेखि विदेशी चलखेल रोक्ने हो भने देशलाई छिटो भन्दा छिटो निकास दिनु पर्छ ।

नेपालमा वि.सं. २००६ सालको बरिपरि संविधान सभाको कुरा उठेको थियो तर २००७ देखि २०१५ सालसम्म सत्ताको प्रमुख पदहरुमा यथास्थितिवादीहरु आसिन भएपछि संविधान सभाको मुद्धालाई अगाडि सारिएन मात्र आलताल गर्ने गरियो फलस्वरुप २०१५ सालमा संसदको चुनाव पनि राजा महेन्द्रले गराएर २०१७ सालको पंचायती संविधान उसैले जारी ग¥यो । आज हामी २०७० सालमा   फेरी यही मुद्धाको      सेरोफेरोमा छौं भन्न खोजिरहेको विषय ६० वर्ष अगाडि गरिएको भुल अब फेरी नदोहोरिउन ।

अन्तमा स्मरणिय गर्नु पर्ने  कुरा के हो भने आगामी संविधान सभा चुनाव पछाडि पहिलेको जस्तो अन्तिम समयमा आएर संविधान सभा समाप्त हुने छैन कारण के हो भने अहिले उच्च—स्तरीय राजनैतिक समितिमा अन्तिम समयसम्म सहमतिको प्रयास गरिने छैन पाँच महिनासम्म मात्र सहमतिको प्रयास गरिने सहमति नजुतेको खण्डमा मतदानद्वारा भए पनि विवादीत विषयको तुंगो लगाउने छ भनेर निर्णय गरी सकेको अवस्था छ । त्यसो भएपछि पहिले जस्तो संविधान सभाको अन्तिम रातसम्म सहमतिको ढोका घच्घच्याई रहनु परेन । 

अर्को पहिलेको संविधान सभाले निर्णय गरिसकेको संविधानको अन्तर विषय वस्तुलाई नै पहिले पूर्णता दिने निर्णय पनि अहिले नै भैसकेको छ । अब बाँकि कुरामात्र अघि बढ्ने हो । त्यसकारण अब हुनु गैराखेको दोस्रो संविधान सभाको नतिजा प्रगतिशील एजेण्डा बोकेको पक्षलाई सफल बनाउन हामी कीर्तिपुरवासीहरुले सहयोग गर्नैपर्दछ । त्यसको लागि एनेकपा माओवादी नै प्रमुख विकल्प हो । ६० वर्ष अगाडिदेखि थाँतिरहेको संविधान सभाको चुनाव सफल पार्ने अहिलेको समयको माग हो । यसो भएपछि गएको ४ वर्ष लागेको खर्च र समयको सदुपयोग   हुनेभयो । अबको संविधान सभाले समयसिमा भित्र संविधान दिन सक्ने छ भनेर विश्वास गर्ने आधार पनि भयो । त्यसकारण यो मौकाबाट चुक्नु बुद्धिमानी हुने छैन ।

मिस ज्यापु प्रतियोगि नं.३ लिलिना महर्जन सँगको भलाकुसारी

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

मिस ज्यापु प्रतियोगि नं.३ लिलिना महर्जन सँगको भलाकुसारी



बीबीएस पहिलो वर्षमा अध्ययनरत पाँगाका लिलिना महर्जनले राष्ट्रिय ज्यापु दिवस र मखं ज्यापु कुमारी ३०० वर्ष पुगेको उपलक्ष्यमा आयोजित दोश्रो मिस ज्यापु प्रतियोगितामा सहभागिता जनाएको छ । जसको फाइनल शो असोज ५ गते आर्मी क्लबमा हुँदैछ ।

यस प्रतियोगितामा भाग लिन कसले प्रेरणा दियो ?
—घर परिवारबाट नै  प्रेरणा पाएको हँ ।

यस प्रतियोगितामा भाग लिएर के के सिक्नु भयो ?
— भाद्र १ गतेदेखि परम्परागत खेतीपाती, नेवारी खाना परिकार बनाउने, रक्सी, जाँड बनाउने र चिउरा कुट्ने सिकाइएको छ । साथै यही भाद्र ३० गते सुकुल बुन्न सिकाउन थसि लगेको थियो ।

यस प्रतियोगितामा भाग लिएर के ज्ञान पाउनु भयो ?
—मातृभाषाको महत्व, नेवाः  परम्परा र संस्कृतिको बारेमा धेरै कुरा सिक्ने मौका पाएँ । परालबाट पनि विभिन्न सामानहरु बनाउन सक्ने  जानकारी हासिल गरें ।

यस प्रतियोगितामा मिस ज्यापुको पदवी पाउँछु भन्ने कतिको आशा छ ?
—मिस ज्यापुको पदवी पाउने आशाले नै भाग लिएको हुँ । तैपनि कुनै न कुनै पदवी पाउने आशा राखेको छु । मिस पपुलारीको लागि भोटिंगको व्यवस्था छ । भोटिंगको लागि एम जे ३ टाइप गरी स्पेश थिची अनि ४२४३ मा पठाउनु हुन अनुरोध गर्दछु ।

Saturday, September 21, 2013

निःशुल्क आँखा शिविर सम्पन्न

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
निःशुल्क आँखा शिविर सम्पन्न

श्री वाघभैरव महिला समूह, कीर्तिपुरद्वारा गत भदौ २२ गते शनिवार एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । युवा नेत्र सेवाको सहयोगमा आयोजित उक्त आँखा शिविरमा १ सय ८८ जनाले आँखा परिक्षण गराएका थिए । 

जसमध्ये ७ जनालाई मोतिविन्दु भइसकेको पाएको आयोजकले बताएको छ । तसर्थ ती ब्यक्तिहरूलाई थप परिक्षण आउदो असोज ५ गते नगरमण्डप श्री कीर्ति विहारमा बोलाएको छ भने सो स्थानमा आउदो असोज १२ गते उनीहरूको निःशुल्क अपरेशन गर्ने जानकारी उपचारमा खटिएका चिकित्सकहरूले दिनु भएको छ ।  उक्त आँखा शिविरमा निःशुल्क औषधि वितरणका साथै ब्लड प्रेशर परिक्षण एवं सामान्य समस्या देखेकालाई त्यही आँखाको नशा खुल्ने एवं औषधि हाली पूर्ण परिक्षण गरेको थियो । कीर्तिपुर नगाउँका उर्मीला डंगोलको नेतृत्वमा उक्त परिक्षणमा दुई जना डाक्टर लगाएत अन्य पाँचजना सहयोगिहरूको उपस्थिति रहेका थिए ।  श्री बाघभैरव महिला समूहले यस आँखा शिविरका लागि सहयोग गर्ने युवा नेत्र सेवा समूह, प्रचार प्रसारमा सहयोग गर्ने स्थानीय पत्र पत्रिकालाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर दिने जानकारी दिइएको छ ।

नगां ज्ञानमाला भजन खलःको वाषिर्क कार्यक्रम

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
नगां ज्ञानमाला भजन खलःको वाषिर्क कार्यक्रम


विगत १५ वर्षदेखि नगाउा ज्ञानमाला भजन खलःले वाषिर्क कार्यक्रम गरिंदै  आइरहेको थियो । यसैक्रममा गत भाद्र २२ गते शनिवार १६ औं वाषिर्कोत्सव विभिन्न कार्यक्रम गरी मनाईयो । नगाा ज्ञानमाला भजन खलःको अध्यक्ष धनवहादुर महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष प्रा. सुवर्ण शाक्य र अन्य अतिथिहरुमा कीर्तिपुर नगरपालिकाका लेखा अधिकृत सानुवाबु परियार, स्वयम्भू ज्ञानमाला भजन खलःका सचिव पूर्णकाजी ज्यापु, राष्ट्रिय ज्ञानमाला समितिको केन्दि्रय सदस्य अष्टवहादुर महर्जन लगायतका हुनुहुन्थ्यो ।

अतिथिहरु एवम् सहभागी सबैलाई नगां ज्ञानमाला भजन खलःका उपाध्यक्ष भीमसेन दास महर्जनले स्वागत मन्तव्य बाट स्वागत गर्नु भएको थियो । बृद्ध सेवा समितिका अध्यक्ष हिरा डंगोलले बृद्ध सेवा समिति संस्थालाई दर्ता गरी दिवा सेवा संचालन गर्ने योजना प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा बृद्ध सेवा समितिलाई व्यवस्थित रुपले संचालन गर्न अक्षय कोषको लागि वासुदेव नेवाः ले रु.५० हजार, भाइलाल महर्जनले रु. ५० हजार, स्वास्थ्यकर्मी रत्नवहादुर महर्जन र विना महर्जनले रु.१० हजार, मथुरा डंगोलबाट रु.१० हजार, भजन संरक्षक नरवहादुर महर्जनले रु.३५००/, लक्ष्मी महर्जन क्वथुबाट रु.२०००/, सुर्जमाया महर्जनबाट रु.१०००/ र बोस्यां महर्जनले रु.१०००/ सहयोग गर्नु भएको थियो । अस्सी जना जेष्ठ नागरिकहरुलाई मायाको चिनोको रुपमा कपडा र जग उपहार दिएर सम्मान गरिएको थियो । धर्म स्टोरका हिरादेवी महर्जनले जग र बस्त्र धनवहादुर महर्जनले सहयोग गर्नु भएको थियो । प्रमुख अतिथि प्रा. सुवर्ण शाक्यले स्वास्थ्यकर्मीहरु प्रेमदास महर्जन, बासुदेव नेवाः, रत्नवहादुर महर्जन, विना महर्जन, डा.सोनी महर्जन र डा. अनन्त महर्जनलाई सम्मान गर्नु भएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रममा सहभागी, सहयोगी, दाता सबैलाई उपाध्यक्ष अष्टवहादुर महर्जनले धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रममा विभिन्न गायकहरुले ज्ञानमाला भजन गाउनु भएको थियो ।

Friday, September 20, 2013

कीर्तिपुरका तिन कलाकारले अवार्ड जिते

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
कीर्तिपुरका तिन कलाकारले अवार्ड जिते





























गत शनिवार भएको नेपालभाषा पिपुल्स च्वाइस अवार्ड ११३३ मा कीर्तिपुरका तीन जना कलाकारले अवार्ड जित्न सफल भएका छन् । संगीत तर्फमा १० जनालाई, म्युजिक भिडियो तर्फ ८ जनालाई र चलचित्र तर्फ  १७ जनालाई दिएको अवार्डमा कीर्तिपुर नयाावजार निवासी कलाकार रिता महर्जनले उत्कृष्ट महिला गायन तर्फ, पाागाका दिपा महर्जनले युगलतर्फ महिला गायन र कीर्तिपुर थांबहालका राजेश महर्जनले नयाँ प्रतिभा गायन तर्फ सो अवार्ड जित्न सफल भएको थियो ।

मिस ज्यापु ब्यूटि प्याजेन्ट -२०१३ मा कीर्तिपुरका चेलीहरु

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
मिस ज्यापु ब्यूटि प्याजेन्ट -२०१३ मा कीर्तिपुरका चेलीहरु






नासः मण्डल काठमाडौंद्वारा आयोजना गरिएको मिस ज्यापु प्याजेन्ट -२०१३ मा २७ जना सहभागी मध्ये ४ जना कीर्तिपुर नगरपालिका भित्रका रहेका छन ।

यस प्रतियोगितामा सहभागी हुनको लागि उमेरको हदबन्दी १७ वर्षदेखि २४ वर्ष, उचाई ५ फीट, शिक्षा एसएलसी पास हुनुपर्ने प्रावधान राखेको छ । यस प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनको लागि मात्र आयोजना गरिएको होइन कि यसमा विभिन्न प्रशिक्षण पनि दिइने छ । जसमा नेपालभाषा, नेवाः संस्कार तथा संस्कृति, बाजागाजा तथा गीत र नृत्य, परम्परागत नेवाः नसा त्वंसा, खेती किसान, ब्यूटीटिप्स, कोरियोग्राफी, पर्सनालिटी, लिडरशीप, बौद्धिक विद्वता, ध्यान तथा योग लगायतको प्रशिक्षण दिइने छ । अहिलेसम्म कृषिको लागि फील्ड भिजित तपख्यः, नेवाः नसाः बनाउने अडिसन काठमाडौंको मखन,     रक्सी, जााड बनाउने, चिउरा कुट्ने रक्तकालीमा तालिम दिइसकेको छ । त्यस्तै लोप हुादै गएका घ्वाई कासा, चाकःलि पापां, एकं धालाको खेल पनि गराई सकेको छ । भोलि विहिबार थसिमा फिल्ड भिजित गराउादै छ भने भाद्र २९ गते वंगलमा ट्यालेन्ट शो हुादैछ । असोज ५ गते आर्मी अफिसर्स क्लब शहिदगेटमा अन्तिम शो हुनेछ । यस कार्यक्रममा कीर्तिपुरका निम्न चार जना चेलीले पनि सहभागि जनाईरहेका छन । 

जसमा ः प्रतियोगि नं.३ लिलिना महर्जन पाागा, प्रतियोगि नं.७ रजिता महर्जन पाागा, प्रतियोगि नं.१५. निर्जला महर्जन, पाागा, प्रतियोगि नं.१९ कितना महर्जन नयााबजार कीर्तिपुर     रहेका छन । एसएमएस भोतिंगको आधारमा अन्तिम विजय घोषित गरिने छ । भोट दिनको लागि MJ space contest no send to 4243 मा पठाउने रहेको छ ।

मोबाइल मार्केटद्वारा सक्षम ब्याय्ण्डको कन्सर्ट

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013

मोबाइल मार्केटद्वारा सक्षम ब्याय्ण्डको कन्सर्ट


गत भाद्र २४ गते सोमवार कीर्तिपुरको नगाउा दोबाटोमा मोबाईल मार्केट एण्ड क्लिनिक नयााबजारको आयोजनामा कीर्तिपुरका युवाहरुको प्रख्यात ब्याण्ड सक्षम ब्याण्डले लाईभ कन्सर्ट गरियो । सााझ ६ बजेदेखि सुरु भएको उक्त कार्यक्रम बेलुका ९.३० बजेसम्म चलेको थियो । उक्त कार्यक्रममा दर्शकहरुको अपार भीड लागेको थियो । भीड नियन्त्रण गर्न   प्रहरी प्रभाग कीर्तिपुरले ठूलै सहयोग गरेको थियो ।

सक्षम ब्याण्ड ग्रुपमा पि्रन्स नेपाली, रिषु नेपाली, विरज नकःमि, जोन रसिन सिंह, राहुल नेपाली र सुजित महर्जन रहनु भएको छ । 

उक्त कार्यक्रमका मुख्य स्पोन्सरहरुमा G5 mobile, DTC, Fly mobile, Winncom Mobile रहेका छन । सहयोग प्रायोजकमा Ace multi solution Tec Pvt. Ltd, Sound Partner -Kash sound system, Media Partner -Kirtipur Sandesh Weekly, Kirtipur Channel  रहेका छन् ।

Saturday, September 7, 2013

आदिनाथ मा.वि.मा सम्मान कार्यक्रम

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013

आदिनाथ मा.वि.मा सम्मान कार्यक्रम


गत भाद्र १५ गते शनिवार आदिनाथ मा.वि. चोभारले एक कार्यक्रम गरी प्रवेश परीक्षा(२०६९ मा उतीर्ण सफल विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र र पदक वितरण गरी सम्मान तथा विदाई गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिशिरप्रसाद धितालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै प्रधानाध्यापक जुजुभाइ महर्जनले काठमाडौंको दक्षिणी भेगमा विगत लामो समयदेखि आफ्नो विद्यालयले नेतृत्व लिंदै आएको जानकारी गराउनु भयो ।

सात कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने यस विद्यालयले क्रमशः सबै कक्षामा अंग्रेजी माध्यमको प्रयोग गर्ने जानकारी पनि दिनु भयो । प्रधानमन्त्री कार्यालयका सचिव उद्धवप्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा २०६९ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीसहित सर्वोच्च अंक हासिल गर्ने छात्र(छात्रालाई कमल स्मृति प्रतिभा स्वर्ण पदक, तेजस्मृति रजत पदक, यशश्वीजंग स्मृति पदक तथा प्रमाणपत्र एवम् पुरस्कार एवं वर्षका उत्कृष्ट शिक्षक तथा अभिभावकलाई सम्मानसमेत गरिएको थियो ।
कमल जोशी स्मृति प्रतिष्ठानबाट स्वर्ण पदक प्राप्त गर्नेहरूमा विशिष्ट श्रेणीमा पास भइ सर्वोत्कृष्ट हुन सफल प्रमेश महर्जन, छात्रामा नलिना थापा, जनजातिमा विरेन्द्र श्रेष्ठले प्राप्त गर्नुभयो ।

त्यस्तै तेज स्मृति प्रतिष्ठानबाट सम्मान तथा नगद रु२००० बाट पुरस्कृत हुने छात्र प्रमेश महर्जन, छात्रामा नलिना थापा र उत्कृष्ट अभिभावक पुनमाया दर्शनधारीले प्राप्त गर्नु भयो । प्रमेश महर्जनले यशस्वीजंग स्मृति प्रतिष्ठानबाट सम्मानीत हुनुभयो । त्यस्तै स्व. पदम व.के.सी तथा स्व.टोल कुमारी के.सी. अक्षय कोषबाट २००० नगद प्राप्त गर्नु हुनेहरुमा प्रमेश महर्जन, नलिना थापा, विनिता माझी र विरेन्द्र साह रहनु भएको छ ।
सांस्कृतिक विकास समिति चोभारबाट नगद रु.२५०० र प्रमाणपत्रबाट छात्रमा प्रमेश महर्जन र छात्रामा नलिना थापा सम्मानीत हुनु भएको छ । एसएलसी परीक्षामा आफ्नो विषयमा शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल शिक्षक शिक्षिकाहरूलाई सम्मान गरिएको थियो ।

जसमा नेपाली विषय(अन्जु रिसाल, जनसंख्या(संगीता खनाल, सामाजिक( बुद्धवहादुर गुरुङ, अतिरिक्त गणित( हरिवहादुर थापा, अंग्रेजी( खेम नाथ सिटौला, लेखा( जुजुभाइ महर्जन रहनु भएको छ । त्यस्तै वर्ष २०६९ को उत्कृष्ट शिक्षक प्राथमिक तर्फ सानु माया महर्जन र माध्यमिक तर्फ किरण चन्द्र के.सी. घोषीत हुनु भएको छ ।