Saturday, September 28, 2013

एसएलसीको नतिजामा क्रिएटिभ एकेडेमी काठमाडौं जिल्लामा प्रथम स्थान

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

एसएलसीको नतिजामा क्रिएटिभ एकेडेमी काठमाडौं जिल्लामा प्रथम स्थान

कीर्तिपुर नयाँबजारस्थित क्रिएटिभ एकेडेमीले २०६५ सालदेखि आफ्ना विद्यार्थीहरुलाई एस.एल.सी. परीक्षामा सामेल  गराउँदै आएको थियो । वि.सं. २०६५ देखि २०६९ सालसम्म ५ समूहमा गरी १२२ जना विद्यार्थीहरुलाई एस.एल.सी.    परीक्षामा सामेल गराएकोमा विशिष्ट श्रेणीमा ९० जना र प्रथम श्रेणीमा ३२ जना पास    गराउन सफल भएको थियो ।
एस.एल.सी. परीक्षा– २०६९ मा त्यस विद्यालयबाट ३३ जनाले सहभागिता जनाएकोमा ३१ जना विशिष्ट श्रेणी र २ जना प्रथम श्रेणीमा पास भएको     थियो । यसरी विशिष्ट श्रेणीमा ९५ प्रतिशत पास गराउन सफल भएको छ ।

गत भाद्र २२ गते सिद्धार्थ बनस्थली माध्यमिक विद्यालयमा भएको राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस–२०७० को अवसरमा जिल्ला शिक्षा समिति, काठमाडौंले विशेष कार्यक्रम आयोजना गरी क्रिएटिभ एकेडेमीलाई संस्थागत विद्यालय तर्फ शैक्षिक वर्ष २०६९ को एस.एल.सी. परीक्षामा ५० जनाभन्दा कम विद्यार्थी सहभागी गराई प्रथम स्थान हासिल गर्न सफल भएकोमा विद्यालयको योगदानको उच्च मूल्यांकन गर्दै  महानिर्देशक शिक्षा विभाग डा. लबदेव अवस्थीले सम्मान–पत्र प्रदान गरिएको थियो ।

क्रिएटिभ एकेडेमीले स्थापनाको छोटो अवधिमा नै जिल्ला प्रथम हुन सफल भएको कीर्तिपुरवासीकै लागि गौरवको कुरा हो । आफ्ना बालबालिकालाई स्तरीय शिक्षा दिलाउनको लागि अभिभावकहरू विभिन्न विद्यालय धाउने गर्छन । आफ्नै आंगनमा स्तरीय विद्यालय पाउँदा अभिभावकहरू खुशी भएका   छन ।

स्मरणीय छ क्रिएटिभ एकेडेमी बाट एस.एल.सी. दोस्रो ब्याच– २०६६ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्न सफल छात्रा चाङ्कु श्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत वि.वि.ए. पहिलो सेमेष्टरमा नेपाल अधिराज्यभर सर्वोत्कृष्ट अंक (जि.पि.ए. ३.९६÷४) प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ ।

No comments:

Post a Comment