Saturday, September 28, 2013

वातावरण संरक्षणमा वातावरण संरक्षण समाजको अग्रसरता

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

वातावरण संरक्षणमा वातावरण संरक्षण समाजको अग्रसरता

जिल्ला कार्यालय काठमाडौंमा दर्ता रहेको नाफारहित सामाजिक संस्था वातावरण संरक्षण समाज पाँगाले लामो छलफल र तयारी पछि दशैंको लगतै काम सुरु गर्ने भएको छ ।

नेपाल सरकार भवन विभागको सहयोगमा तीन वटा रिक्सा, एक हजार थान बाल्टिन, फोहोर उठाउन चाहिने पञ्जा, कुतो कोदालो सहित विभिन्न सामान प्राप्त भैसकेको छ । गत भाद्र २९ गते संस्थाका सल्लाहाकारहरूको बृहत भेला जनसेवा उच्च मा.वि.को हलमा भएको थियो । पाँगाका विभिन्न बुद्धिजीवी, गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त भेलाको सभापतित्व संस्थाका अध्यक्ष शंकर डंगोलले गर्नु भएको थियो । संचालन सरव कुमार महर्जनले गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष मेनुका महर्जन र सचिव चन्द्रमाया महर्जनले संस्थाको अहिलेसम्मको प्रगति विवरण र भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरिएको थियो । भेलामा सहभागीहरूले भविष्यमा आउन सक्ने समस्या र सो को निराकरण कसरी गर्ने भन्ने बारेमा सुझाव तथा सल्लाह दिनु भएको थियो । फोहोरलाई स्रोतबाटै कम गर्ने प्रयास गर्ने, फोहोरलाई वर्गिकरण गरी रिसाइक्लिंग गर्ने योजना  रहेको छ । रिसाइक्लिंग मेसिन पनि प्रिजम भन्ने संस्थाले निशुक्ल प्रदान गर्ने भएको छ । फोहोरबाट मोहर बनाउने योजना रहेको अध्यक्ष शंकर डंगोलले कीर्तिपुर सन्देशलाई जानकारी गराउनु भयो ।

No comments:

Post a Comment