Wednesday, February 1, 2023

कथा–निमलको सफलता

 कथा–निमलको सफलता



स्वर्णिमा तण्डुकार

कक्षा ः ९

हिलटाउन मा.वि., बाघभैरवस्थान, कीर्तिपुर

“निमल, ए निमल ! उठ कति सुतिरहेकी” निमलको आमाले भन्नुभयो । 

“हैन के आमा, मलाई अझै ५ मिनेट सुत्न दिनु न क्या” निमलले आमालाई जवाफ दिइन् ।

निमल आफ्नो आमा र बुबासँग कीर्तिपुरमा  बस्थिन् । निमलको याद गर्ने शक्ति धेरै भएकाले कुन सामान कता छ भनेर सजिलै थाहा पाउँथ्यो । निमलका आमा बुबा आफ्नो काममा जहिले व्यस्त हुने भएकाले उनीहरूले निमललाई उसको सानी आमाकोमा छोडेर जान्थे । सानी आमाको घरमा सानी आमाकी छोरी र आमा बस्थे । निमलकी सानीआमालाई निमलकी आमा मन पर्देनथ्यो । 

एक दिन निमलकी सानीआमा ‘रिसा’को घरमा उनको साथी आयो । “रिसा, त्यो गीताको छेउमा बसिरहेकी केटी को हो ?” रिसाको साथीले सोधिन् । 

रिसाले ठुलठुला आँखा तर्दै कठोर आवाजले भनिन्, “ए , त्यो त मेरो दिदीकी छोरी हुन् । विचरा यो बच्चाको आमाबुबाले यसको वास्ता नै गर्दैनन् । भोलि पर्सि यो बच्चा बिग्रिन्छ भनेर मलाई नै डर लागि सक्यो ।” आफ्नी सानीआमाको  कुरा सुनेर निमललाई धेरै रिस उठ्यो । सानीआमाले हेला गरे पनि हजुरआमाले भने निमललाई साह्रै माया गर्नुहुन्छ । 

“हजुरआमा, सानीआमाले मेरी आमालाई किन हेला गर्नुहुन्छ ?” आँखाभरि आँसु राख्दै निमलले सोधिन् । 

हजुरआमाले मसिनो आवाजमा भन्नुभयो, “सफलता हासिल गर्न नसकेका मानिसहरुले सफलता हासिल गरेका मानिस देखेपछि डाहा गर्छन् ।”हजुरआमाको कुरा सुनेर निमल हाँस्न थालिन् ।

वर्षहरु बित्दै गए । निमल पनि ठुलो हुँदै गइन् । जति ठुलो कक्षामा निमल र गीता गए ,त्यति नै गीतालाई निमलसँग घृणा हुनथाल्यो । एक दिन गीता निमललाई जिस्काउँदै थिइन् । निमललाई रिस उठेर निमल गीताको पछि पछि दौडन थालिन् । अचानक निमल बेहोस भइन् । उसको वरिपरि मानिस भेला हुनथाले र निमललाई अस्पताल लगियो ।

निमलको जब आँखा खुल्यो तब उसले आफूलाई अस्पतालको शैय्यामा पाइन् । निमलको आँखा खुलेपछि निमलका आमाबाबुले चिन्तित हँुदै भने, “छोरी, तिमी उठ्यौ । तिमीलाई के भएको ?” निमलले केही नभनी चुपचाप बसिन् । निमल भर्ना भएको वार्डमा शान्ति छाएको थियो । केही बेरपछि डाक्टर आउनुभयो । डाक्टर आउनुभएको देखेर निमलका आमाबुबाले सोधे, “डाक्टर, सब ठिक छ नि ? हाम्री  छोरीलाई केही त भएको छैन नि ?” 

डाक्टरले निराश हँुदै भन्नुभयो, “हजुरकी छोरीलाई हड्डीको क्यान्सर भएको छ । त्यसैले अब हजुरकी छोरी हिँड्न सक्दिनन् ।” डाक्टरको कुरा सुनेर निमल र निमलका आमाबुबा रुन थाले । आफ्नो आमाबुबा रोएको देखेर उसले भनी, “आमा, बुबा नरुनू सबै ठिक हुन्छ ।” आमाबुबा दुबैले निमललाई आँगालो मारे ।

निमलको उपचार महिनौँसम्म जारी भयो र पाँच महिनापछि निमल क्यानसरबाट मुक्त भइन् । निमलले आफ्नो पढाइ जारी राखिन् । एक दिन निमलले आमाबुबाका कुरा सुनिन्, “छोरीको उपचारमा हाम्रो करिब करिब सबै पैसा सकिन लागिसक्यो ।” आफ्नोे उपचारमाथि खर्च गरेको भनेर सुन्दा निमल निराश भइन् तर आफूले हार नमान्ने र आफू डाक्टर बन्ने सपना पूरा गर्न तर्फ लाग्ने भनेर ठान्यो । एकातर्फ निमल मिहिनेत  गरेर पढिरहेको थियो भने अर्को तर्फ गीता हरेक दिन केटा फेरी फेरी घुमिरहेकी थिइन् ।

निमलले धेरै पढेर अमेरिकाको मेडिकल कलेजमा छात्रवृत्ति पाउन सफल भयो तर गीताले पढाइ पूरा नगरेकाले उनका अभिभावकले धनी केटा खोजेर बिवाह गरिदिए । निमलको परिश्रमले उनलाई ठुलो डाक्टर बनायो । निमल आफ्नो देश फर्कदा धेरै खुसी थियो । निमल आफ्नी सानीआमाको घरमा गएर गर्वका साथ भन्यो, “हेर्नुस् सानीआमा अब म ठुलो डाक्टर भइसकेँ । हजुरले भन्नुहुन्थ्यो निमैले केही गर्न सक्दिनँ भनेर तर मैले हजुरको कुरालाई गलत साबित गरेँ ।” निमलको कुरा सुनेर रिसले गीतातर्फ हेरिन् । आफ्नीआमाले आफूतर्फ हेरेको देखेर गीताले भनिन्, “मलाई त्यो आँखाले त्यसरी हेर्ने हैन । मेरो श्रीमान्ले मलाई छोडेर जानु मेरो गल्ती हैन बुझिस् ।” गीताको बिहे भएको केही समयसम्म त उनको पारिवारिक मेलमिलाप ठिकै थियो तर धेरै खर्च गर्ने र मुख चलाउने बानीका कारण घरपरिवारसँग बिस्तारै सम्बन्ध चिसिँदै गयो । र अन्तमा उनलाई श्रीमान्ले अदालती प्रक्रिया पूरा गरेर सम्बन्ध बिच्छेद नै गरे । त्यसपछि देखि गीता माइतीमै बसेकी थिइन् । झन आज निमलको सफलता र आफ्नो विफलताले उनको मनमा आगो दन्किरहेको थियो । त्यसैको झ्वाँकका गीताले आफ्नी आमालाई तथा नाम भन्न थालिन् । 

निमलले गीतालाई गाली गर्दै भन्यो, “आफ्नी आमासँग झर्केर बोल्छ ?” निमलले आफुलाई गाली गरेको देखेर गीतालाई रिस उठ्यो तर केही बोल्न सकेन । रिसाले रुँदै भनिन्, “मबाट धेरै ठुलो भुल भयो । मैले आफ्नी छोरीलाई सबै सुविधा दिएँ तर राम्रो संस्कार दिन सकिँन ।” सानीआमा रोएको देखेर निमलले भनिन्,“यो हजुरको गल्ती हैन । यो सबै गीताको गल्ती हो । उनले नै समयमा राम्रो निर्णय गर्न सकिनन् ।” निमलको कुरा सुनेर निमलको आमाबुबाले भने, “छोरी हामी तिम्रो आमाबुबा हुन पाएकोमा धेरै खुसी छौँ । “हजुरआमा पनि खुसी हुनुभयो तर गीतालाई भने आफ्नो व्यवहार प्रति पछुतो लाग्यो ।


Saturday, January 28, 2023

क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक

 क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक




विजय राज आचार्य

काठमाडौं ः  साहित्यकार क्षितिज मगरको कथासंग्रह “भेडीकम्बलको प्वाल” सार्वजनिक भएको छ । शनिवार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुराँमा साहित्यकारहरुको टोलीले क्षितिजको चौथो कृति सार्वजनिक गरे ।

जनयुद्धका समयमा बन्दुक चलाउने क्षितिजको यो चौथो कृति भएको पूर्व ब्रिगेड सहायक कमान्डरसमेत रहेकी होलिका केसीले बताइन् । “दर्जनौ लडाईमा हामी सँगै लड्यौं । पहिले उहाँ बन्दुक चलाउनुहुन्थ्यो । अहिले कलम चलाउनुहुन्छ,” केसीले भनिन्, “दुखी गरिबको पक्षमा कलम चलाइरहनुहोला ।” नेपाली वर्ग संघर्षमा आफूहरु गुमनाम रहेको उल्लेख गर्दै केसी यस्ता पात्रको पक्षमासमेत कलम चलाउन आग्रह गरिन् । “नेपाली वर्ग संघर्षमा हामी गुमनाम छौ । हामीलाई पनि समेट्नु होला” उनले भनिन् । साहित्यकार एवं पत्रकार नवीन विभासले जलजलाको कथा सुनाउँदै जनयुद्धको शुरुवाती चरणको वृत्तान्त सुनाए । विभासले कथाकार क्षितिजको जन्मको कथा झिक्दै भने, “लोककथा सुनाउँदा एकादेशमा धेरै वर्षअघि एउटा पहाड थियो । त्यो पहाडलाई गमागमेरी भन्न थालियो । पछि जलजला भन्न थालियो । पहाडको काखमा एकातिर थवाङ थियो अर्कोतिर जलजला थियो । ती पहाडमा मगरहरु बस्थे । त्यो जुगमा एउटा मर्दै गरेको मान्छे त्यो पहाडमा गयो । त्यसले भन्न थाल्यो । त्यसले दुःखको कुरा  ग¥यो । आँधीको कुरा ग¥यो । त्यसपछि पढाउने मास्टरसँग उकालो चढ्यो । ती मास्टरसँग के भन्यो भने म मरे भने मेरो लाश पहाडको फेदमा  गाड्दिनु । त्यो देशमा संयोगले आँधी सिर्जना भयो । त्यो आँधी कसरी सिर्जना भयो भने अब काँचुली फेर्नुपर्छ यो ठाउँ यो समाजको काँचुली फेर्नुपर्छ । फ्युडल क्यापिटलिजम यस्ता यस्ता कुरा फेर्ने हो । आँधी  चलेछ । आँधी चलिसकेपछि त्यहाँका रुख पात अंगप्रत्यंग हल्लिए । हल्लिँदै जाँदा जेलबाङको सानोसानो बयो जसको भर्खरै जुँगाका रेखीहरु बस्न थालेका थिए । स्कुलको झोलाहरु फालेर हिँडे । किनकि उसका पनि साना सपनाहरु  थिए । हाम्रो गाउँको काँचुली फेर्नुपर्छ भन्थ्यो उ । धेरै लडे आँधीमा । उ सदस्य हुँदै कमान्डर हुँदै गए । सहयोद्धाहरु गुमाए । खुसी गुमाएका पीडाहरु अक्षरमा पोखिन थाले । आँधीको समयमा त्यो बयो कवि पनि भएछ । गीतकार पनि भएछ । बयो पछि १२ बुँदेमा ब्रेक  लागेछ । त्यही बयो क्षितिज मगर निम्तो रेस्टुराँमा झुल्केछ”।


भेडीकम्बलको प्वालमा सिँगो जेलबाङको कथा भएको विभासले सुनाए । कथाहरु मगर संस्कृतिले सजिएकोसमेत उनको भनाई थियो । “यहाँ जेलबाङको भाषा छ । सिंगै जेलबाङ बोकेको छ । सबै पात्र त्यतैका छन् । मगर संस्कृति मजाले भरिएर आएको छ,” उनले भने, “क्षितिज मगरका कथा मान्छेका कथा हुन ।”

साहित्यकार भावेश भुमरी आफै लेखक क्षितिजसँग विभिन्न समयमा भेट्दाको क्षण सुनाउँदा कतिपय भावुक बनेका थिए । “क्षितिज बुवाबाट पढ्न सिक्थे । बुवाले ३६ लेखेको क्षितिजले ६३ भन्दा कुटाइ खाएको सम्झना हामीलाई सुनाउँथे । 

राजनीतिक खिचातानीले कक्षा १० को पढाई बिग्रियो । ५२ सालमा एसएलसी दिनुभएको । दिउँसो इक्ज्याम दिन जान्थे । राती नेताहरुलाई भेट्थे । नेताहरु त्यतिखेर भन्थे—बुर्जुवा शिक्षा नपढ । नेताहरुलाई भेटेको देखेर सेनाको निगरानीमा परे । एसएलसी राम्रो भएन, त्यसपछि एसएलसी दिन बसेको डेरा छाडेर कुम्लो कुटेरो बोकेर गाउँ लागे । गाउँमा छिमेकीको घरमा भाडाकुडा थन्क्याएर जनयुद्धमा लागे । गीत लेख्ने । गीत गाउने पनि । कलाकारितालाई देखेर क्षितिजलाई जनसेना बन्न माथिल्लो नेताहरुले प्रेरित  गरे । गण्डक अभियानमा लागे उनी । यसमा कसरी हमला गरे भन्ने विषयहरु उल्लेख छ ।”

त्यसपछि भावेसले युद्धताका क्षितिजको भूमिकाको प्रसंग उप्काए । अनि १२ बुँदे सम्झौता र सेना समायोजनको कुरा । “आर्मीका क्याम्पमा कसरी आक्रमण गर्ने योजना बनाउन अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनको नेतृत्वमा खट्थे। उनी सेनाको ब्यारेक छेउछाउ पुगेर फोटो खिचेर  लान्थे । त्यही फोटोको आधारमा माओवादी भिड्न निस्कन्थे । घमासान युद्ध हुन्थ्यो । ६२÷६३ पछि उघा क्याम्पमा हामी बस्न गयौ । २०० साहित्यकार पुग्न पाएका थियौ । त्यहाँ कविता भन्नुभएको थियो । उघाबाट हामी स्वर्गद्वारी गयौ । उहाँ ४ जना बडी गार्ड बोकेर आउनुभएको थियो । शान्ति प्रक्रियामा शैक्षिक योग्यताको कुरा आयो । समायोजनमा शैक्षिक योग्यता अनुसारको कुरा आयो । अन्डर एसएलसी भएपछि उहाँले स्वेच्छिक अवकाश रोज्नुभयो” उनले भने । लेखक यही अवस्थाबाट एकाएक रसातलमा पुगेको प्रसंग भावेसले निकाल्दा क्षितित पटकपटक भावुक बनेका थिए । “पछि जीवन एकदम परिवर्तन भयो । श्रीमती छोराछोरी पाल्नैप¥यो । मलाई फोन गरेर भन्नुभयो मेरो बुवा भीरबाट लडेर बित्नुभयो । म पनि रोएँ । त्यसपछि ज्यामी काम गर्नुभयो । बडीगार्ड बोकेर हिडेको ब्यक्ति रसातलमा पुग्नुभयो । तर अहिले उहाँ सफल कथाकार बन्नुभएको छ” भावेसले भने । त्यसपछिमात्र भावेसले किताबमा भएका कथाहरुबारे आफ्नो भनाई  राखे । “जनयुद्ध अघिका कथाहरु माओवादीलाई सपोर्ट गरेको कथा हो कि जस्तो लाग्छ । पछिका कथामा माओवादीभित्रका षड्यन्त्र समावेश गरिएको छ । कथा पढ्न रोक्नै मन लाग्दैन । त्यहाँभित्रका प्रेमका कुरा छन् । पात्र रोल्पाकै छ । परिवेश  त्यतैका । शाही सेनाबाट प्रताडित भएपछि माओवादी मा लागेको कथाहरु छन् । ओहो म पनि त्यसकै पात्र हो कि जस्तो लाग्छ” भावेसले आफ्नो भनाईको अन्त्यमा भने ।

यस कथासंग्रहका भाषा सम्पादकसमेत रहेका साहित्यकार प्रमोद प्रधानले किताबमा १८ कथा रहेको उल्लेख गर्दै कथाहरु सशक्त रहेको  बताए । “कथाहरुमा पात्र सामान्य हुन्छन् । सबै पात्र जिउँदा  हुँदैनन् । कथालाई सशक्त बनाउन पात्रलाई जिउँदो बनाउन  क्यारेक्टर बलियो बनाउनुपर्छ । भेडीकम्बलको प्वालमा १८ कथा छन् । कथा बनोटका आधारमा सबै सशक्त छन् । यसमा भएको विषयवस्तु माओवादी जनयुद्धकै हो”, प्रधानले भने, “कतै न कतै यसको चर्चा छ नै । जनयुद्धमा लेखिएको तारा राईको किताब ११ औं संस्करणसम्म गयो । कथाकै रुपमा त यो भेडी कम्बलको प्वाल सशक्त लाग्छ । जनसेनाबाट सर्वसाधारणका रुपमा रुपान्तरण हुनुभएको छ । अहिले राजनीति सत्ता केन्द्रित रहेछ । परिवर्तन त तपशिलका कुरा रहेछन् । यो नांगो सत्यका रुपमा आइपुगेको छ । जसले बन्दुक बोकेको थियो । आज त्यो व्यक्ति कलम रुपी अस्त्र बोकेर अर्काे मोर्चामा आउनुभएको छ । उहाँले मोर्चामात्र परिवर्तन गर्नुभएको हो । अब उहाँले परिवर्तनका लागि कलम चलाउनुहुन्छ ।”

जनयुद्धमा वैचारिक स्खलनका  कुराहरु भए पनि कथामा  प्रहरीका मनोविज्ञानका कथाहरु पनि आएकोमा आफूलाई खुसी लागेको उनको भनाई थियो । “सामाजिक कुरा छन् । 

राजनीतिक कुरा छन वैचारिक स्खलनका विषयहरु पनि छ । यसमा जनयुद्धका आफ्ना कथाहरुमात्र छैनन् । प्रहरीका कथा पनि छन् । प्रहरीका मनोविज्ञानका कथाहरु पनि  छन् । प्रहरीले जनयुद्धमा कसरी मा¥यो । अवकाशपछि उसलाई कसरी पोल्यो भन्ने कुरा सशक्त रुपमा चित्रण गरिएको छ”, प्रधानले भने ।

लेखक क्षितिज मगरले आफूले बन्दुक बोकेकोमा कुनै पछुतो नभएको तर्क राखे । युद्धलाई अहिले पनि दुई तरिकाले विद्रुपीकरण गरिएको र ती अमान्य हुने उनको भनाई थियो । “युद्धलाई दुई तरिकाले  विद्रुपीकरण गरियो । एउटा अति सकारात्मक । अर्काे अति  नकारात्मक” लेखक मगरले भने, “सत्ता बन्दुक हो । बिना बन्दुक सत्ता चल्दैन । हैन भने राज्यले बन्दुक फालेर राज्य चलाओस् त ।”

गणतन्त्रस्थापनापछि एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएका जनसेना एकदिन बेरोजगार भएर डकैती गरी खाने ठोकुवा  गरेकोमा चित्त नबुझेको रहेछ उनलाई । यही किताब लगेर जवाफ दिने तयारी रहेकोसमेत उनले सुनाए । “एक जना शिक्षामन्त्रीले जनयुद्धमा होमिएकाहरु कति अब गुन्डा र डाँका गरी खान्छन् भन्थे । तर म लेखक भएको छु । उहाँलाई यही किताबबाट जवाफ दिन चाहन्छु” लेखक मगरले भने ।

आफू बन्दुक बिसाएपछि अहिले कलमसँगै गैतीबेल्चा समेत चलाउने गरेको उनको भनाई थियो । “युद्ध त समाप्त भयो । तर यसका अवशेष बाँकी  रहन्छन् । यो अझै रहनेछ । समाजशास्त्रीहरुले भनेको कुरा हो यो । यो चै शिलालेख होस् भनेर लेखेको हुँ, वैचारिक स्खलनका कुरा आयो । यो पनि राखेको  छु । म मजदुरी गर्ने मान्छे हुँ । अहिले गैतीबेल्चा पनि  चलाउँछु । कलम पनि  चलाउँछु ।”

प्रमुख अतिथिसमेत रहेका प्राध्यपक केशव सुवेदीले कथाहरु कवितात्मक भएको बताए “किताबमा कथाभन्दा धेरै कविता छ । कवितात्मक छ । गहिरो संवेदनाबिना यस्तो रचना हुँदैन, रोल्पा बुझ्न, रोल्पाको समाज बुझ्न पनि यो पढ्नुपर्छ ।”

जनयुद्ध विद्रुपीकरण भएको भन्ने भनाईमा भने उनलाई पटक्कै चित्त बुझेनछ । राजनीतिलाई सरापेर कही नपुगिने तर्कसमेत उनले प्रस्तुत गरे, “विद्रुपीकरण छैन । धेरै उपलब्धि पनि भएका छन् । समग्र युद्धलाई श्रापित गर्ने काममा म सन्तुष्ट छैन, चेकको मात्र मुल्य हैन । हरेक दिन  राजनीतिलाई सरापेर कहाँ  पुगिन्छ ? सरापेर कही पुगिँदैन । बन्दुकको चर्चा पनि शक्तिको सञ्चय हो ।”

  लेखन आफै पनि शक्तिको सञ्चय भएको दाबी सुवेदीको रह्यो, “मान्छे आफै शक्ति सञ्चय गर्न चाहन्छ । शक्तिका लागि निरन्तर प्रयत्न गरिन्छ । तपाईको कलम हिजोको कलम बनेर सशक्त बनोस” उनले भने युद्धकालमा आफू रोल्पामै भएको भए कि त शपथग्रहणतिर कि त चिहानतिर हुनेसमेत उनको भनाई थियो । “रोल्पामा बसेको भए म कि चिहानको मुन्तिर  हुन्थे । कि त म दौरासुरुवाल लगाएर शपथग्रहण को कुनै कार्यक्रममा हुन्थ्यो । किनकि त्यही ठाउँमा जहाँ युद्धको शुरु भएको थियो” सुवेदीले भने ।

प्रकाशन सांस्था विवेक सिर्जनशीलका विजयराज आचार्यले कम्युनिस्ट लेखन कम भइरहेको बेला यो साहित्य बजारमा आएको बताए । “कम्युनिस्ट लेखन कम भइरहेको बेला यो विमोचन कर्म भयो । विमोचनमा उपस्थिति हुँदैन भन्ने डर थियो तर व्यापक उपस्थिति रह्यो । हामीले कम्युनिस्ट साहित्यबाटै प्रकाशन शुरु गरेका थियौ ।” आचार्यले भने रोल्पाको जेलबाङका क्षितिजले १७ वर्ष जनमुक्ति सेनामा बिताएका  थिए । कविता लेखनबाट साहित्यमा यात्रा थालनी गरेका क्षितिजका यसअघि आस्थाका पर्खालहरु (कविता संग्रह), सुनछहरीको ऐनामा (कथासंग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । क्षितिज इमान्दार भएकै कारण चौथो कृति आएको तर नेतृत्व तहका मान्छेहरुले भने नयाँ नयाँ धुनको चाहमा योद्धाहरुलाई बिर्सन थालेको आचार्यको भनाई रह्यो । “इमान्दार मान्छे मादलजस्तै भएका छन् । इमान्दार योद्धाको अवस्था यस्तै छ । नेताहरु अहिले नयाँ नयाँ धुनहरु खोजेर मस्ती गर्न थालेका छन् । स्रष्टाहरुलाई जोगाउन लागेका छैनन् । स्वार्थअनुसार गला मिलाउन तम्तयार देखिन्छन् नेताहरु” आचार्यले भने । १९२ पृष्ठको कथासंग्रहको मुल्य प्रकाशन संस्थाले ४५० रुपैयाँ तोकेको छ ।


Thursday, January 26, 2023

प्यूठानको स्वर्गद्वारी भ्रमण

 प्यूठानको स्वर्गद्वारी भ्रमण



---ई. शरद मंगल जोशी

घुमफिरले ताजगी मात्र पैदा गर्दैन भिन्न नयाँ भूगोल समाज परिवेश अनि पर्यावरणको भरपुर ज्ञान पनि दिन्छ । जव हिडिन्छ, जीवन र जगतको प्रत्यक्ष अनुभव गर्न पाइन्छ । त्यो प्रत्यक्ष देखाई, सिकाई र अनुभवले जीवनलाई उर्जा दिन्छ । त्यसैले समय मिल्योकी कतै न कतै हिदिहाल्न मन लाग्छ ।

२०७९/०९/२७, 

      तब समयले आज साथ दिएकोले सधै ५ः३० बजे उठ्ने म आज त विहान ३ बजे नै उठे । आज विशेष दिन थियो । म लगायत श्रीमती, छोरा, छोरी, सासुआमा लगायत चालक सहित हाम्रो ६ जना स्वर्गद्वारी जाने दिन पो थियो आज । स्वर्गद्वारीको महिमाका बारेमा सुनेर जान इच्छा लागे थियो सो इच्छा आज पूरा हुदैछ ।

कीर्तिपुर नयाँ बजारबाट बिहानको ४ बजे जाने हाम्रो योजना थियो सोहि अनुरुप ४ बजे नै हाम्रो चालकले जिप निकालिसकेको थियो । झटपट नित्यकर्म सकेर हामी जिपमा बस्दा ४ः४५ बजि सकेको थियो ।

मुग्लिङ्ग चितवनको बाटो विहान ११ बजेबाट दिउँसो ३ बजे सम्म बन्द अघि नै चितवन पुगि सक्ने हाम्रो योजना थियो । यसको लागि हामीले करिब करिब १८१ कि.मी. यात्रा तय गर्नु थियो ।

नागढुङ्गा देखि नौबिसे सम्मको बाटो अलि बढि खराब थियो र सो बाटोका जोल्टिङ्गहरुमा हल्र्याङ हुर्लुङ पारेर हल्लाउदै जिप हुँइँकिदै थियो । झिसमिसेमैे हामीले नौबिसे पार गरिसकेका थियौँ । करिब विहान ८ बजे हामी मुग्लिङ्ग पुग्यौँ अब यहाँबाट पोखरा र चितवन जाने बाटो छुटिन्छ । केहीबेर यतै हामी त्रिबेणी होटलमा चिया नास्ता गर्यौँ ।

८ः३० बजे त्रिशुली नदीलाई दाहिने पारेर किनारै किनार हामी अघि बढ्यौँ । ठाउँ ठाउँमा पूल बनाउदैं गरेको र प्रकृतिको अनुपम छटाले भरिएको जंगल, नाबबेली मोटरबाटोमा भर्खरै उदाएको घामका किरणहरु रुखविरुवाको कापबाट सडकमा पोखिन प्रतिस्पर्धा गरिरहेको देखिन्थ्यो । पुष महिनाको बिहानी पख एक छेऊ त्रिशुलीको कलकल बोलिका साथ अबिरल बगिरहने पानी बिहानको समयमा पुषको चिसो, चराचुरुंगीहरुको चिर्विराहट, झ्याउँकिराको संगित यो दृष्य बर्डा रोमाञ्चक तथा चमत्कारिक थियो । हाम्रो यात्रा यसैगरी जारी रह्यो र ९ः३० बजे नारायणघाट पुग्यौं । चोकबाट दाहिने बुटवल र वायाँ लागेमा सौराह पुग्ने रहेछ । सोहि अनुसार हामी दाहिने मोडियौँ ।

नारायणघाट देखि बुटवलसम्म बाटोको चौडा ४ देखि ६ लेन बनाउन लागेको हुँदा ठाउँ ठाउँमा बाटो बिग्रेको रहेछ । हामीले कुनै ग्राभेल मात्र कुनै कालोपत्रेको बाटो करिब १२१ कि.मी. बाटो जोल्ठिङ्गहरुमा हामीलाई हल्र्याङ्ग हुर्लुङ्ग पारेर हल्लाउँदै जिप हुँइँकिदै थियो । सिजीधाम, आरुङ्गखोला, डुम्किवास, डाउन्ने हुदै हामी अघि बढ्यौं बीच बीचमा तराईको शितलहर गर्दा हुस्सु, कुहिरो र बादलको घुम्टोले डाँडाकाँडा छोपिदै सडक नै छेकिन आउँथ्यो । यसरी सडक नै छोपिन आउँदा गाडिको हुईकाई अलि सुस्त गर्नु पथ्र्यौ । यस्तै प्रकृतिको अनुपम दृश्य हेर्दै हामी बर्दघाट, भूमि, सुनवल, श्रीकृष्णधाम, खैरैनि, देवदह हुदै बुटवलमा १ः१२ बजे पुग्यौँ । बुलवलको नेपालगञ्ज रोडमा १ः२६ पुगेर अब खानाको लागि राम्रो होटल खोज्दै थियौँ र बटउली भिउ थकाली होटलमा खाना बस्यौं ।

खाना खाई सकेपछि हामी करिब २ः४६ मा दाङ्गको लागि अघि बढ्यौँ । हाम्रो जिप बुटवलबाट पश्चिम तर्फ मोडियो । नयाँ गाउँ, सैवामैना, पिपरा, जितपुर, गोरुसिङ्गे, इमिलीया, चनौटा, डाडेखोला धनखोला हुदैँ हामी साँझ ५ बजे भालुवाङ्ग पुग्यौँ । हामी यहाँ एकछिन अलमलमा पयौँ । घोराही दाङ्ग भएर स्वर्गद्वारी जाने कि भिङ्गग्रो भएर जाने । एउटा चिया पसलमा पिउँदै पसले साहुले स्वर्गद्वारीको राम्रो र कालोपत्रे भएको बाटो भिङग्रो हो र भिङग्रोको बाटो बन्द छैन भन्ने जानकारी प्राप्त गरि सकेपछि हाम्रो ५ः३० बजे भिङग्रोको लागी अघि बढ्यौँ ।

कालोपत्रेको बाटो हुदैँ जिप हुईकिदै दरर्भाङ्ग, देविस्थान, चकचके हुदैँ हामी भिङग्रीमा ७ः२६ मा पुग्यौँ । यहाँ सम्म आईपुग्दा हामीले करिब ४७८ कि. मी. को यात्रा तय गरिसकेका थियौँ । बाटोहरु कुनै कुनै ठाउँमा बाहेक प्राय धेरै जसो बाटो रामै्र थियो । 

     स्वर्गद्वारीको महिमा नेपालमा मात्र नभै भारतमा पनि यसको उत्तिकै महत्व छ । भारतबाट पनि वर्षैनी ठूलो संख्यामा यहाँ धार्मिक पर्यटक भित्रन्छन् । त्यसैले आज भिङग्रोका अधिकतम होटलहरु भारतीय दर्शनार्थीहरुले भरिभराउ थियो । हामीले खोज्दा बल्ल अलि राम्रो होटल डाईमण्ड गेष्ट हाउस भेट्यौँ र एक रात यहि होटलमा बसी भोलि विहान स्वर्गद्वारी जाने भयौँ । करिब ८ बजे बेलुकाको खाना खायौँ ।

२०७९/०९/२८

हिजो दिनभरि जिपमा व्युजिएर बस्दा र जिपले हुइक्याउँदा थाकेर लखतरात भई हिजो दश बजे सुतेको हामी बिहान ५ बजे उठ्न बाध्य भयौँ । किन कि हाम्रो स्वर्गद्वारीको दर्शनगरि बाटोमा पर्ने तौलिहवाको भम्रण गरि पाल्पा सम्म पुग्नु थियो र पाल्पा पनि आजै घुम्ने योजना थियो ।


     होटल डाईमण्डमा चिया पिएर करिब ७ः३० बजे स्वर्गद्वारीको लागि अघि बढ्यौँ । हाम्रो चालक प्यूठानकै भएकोले हामीलाई दोबाटो आउँदा अलमलिनु पर्ने स्थिति आएन । स्वर्गद्वारीको बाटो जादै गर्दा स्वर्गद्वारीको महत्वका बारेमा आफूले पढेको र सुनेको कुरा परिवारमा बताउँदे गएँ । जस्तोकि यस पौराणिक कालमा पाण्डवहरु यही बाटो हुदै स्वर्ग गएकोले यस स्थानको नाम स्वर्गद्वारी रहन गएको हो । यस पुण्य भूमिमा विभिन्न ऋषिमुनिहरुका अतिथिहरु सृष्टिकर्ता ब्रम्हाले पनि तपस्या गरेको विश्वास गरिन्छ । वि. स. १९१६ मा रोल्पाको रुम्टोमा जन्मिएका बाल तपस्वी १०८ महाप्रभु श्री नारायण गौतमले स्वर्गद्वारीमा आएर बेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी वि. सं. १९५२ बैशाख पुर्णिमा देखि अखण्ड महायज्ञ चलाएपछि यो स्थान धार्मिक हिसाबले थप प्रख्यात बनेको हो । स्वर्गद्वारी गएपछि मनै फुरुगं हुन्छ । मनले शान्तिको अनुभव गर्छ । शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिम शृखला, गुफा, मन्दिरले मन तानि रहन्छ । नेपालका सात धाम मध्ये एक हो स्वर्गद्वारी । जहाँ सयौ बर्ष देखि वैदिक संस्कार बाँचिरहेको छ । पशुपतिनाथबाट शुरु हुने धार्मिक यात्राको अन्तिम विन्दुका रुपमा स्वर्गद्वारीलाई लिइन्छ । हिन्दु धर्मालम्बीलाई विश्वास गर्ने हो भने प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दुको तीर्थयात्रा नै पूरा हुदैन । त्यसैले हरेक वर्ष लाखौँ तीर्थयात्री स्वर्गद्वारी पुग्छन् । स्वर्गद्वारीले प्यूठानको परिचय दिएको छ । स्वर्गद्वारी नगरपालिका स्थित खालमा स्वर्गद्वारी आश्रम छ । हिन्दु धर्मालम्बीले गर्ने सबै खालका पुजा स्वर्गद्वारीमा हुने भएकाले पनि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गहारीको विशेष महत्व छ । गाडीमा उकालो लाग्दै गर्दा हामीले नागबेली आकारमा बगेको माण्डव्य नदीका साथै प्यूठान र रोल्पाका विभिन्न भागको पनि अवलोकन गर्दै गर्यौँ । समुद्री सतहबाट २१२१ मि. उचाईमा रहेको स्वर्गद्वारी र आसपासको क्षेत्रमा लगभग बाह्रैमहिना चिसो हुँदो रहेछ । जाडोबाट बच्न हामीले वाक्लो लुगा लगाएका थियौँ । त्यसो त पुसको ठन्डी भएकोले काठ्माडौंमा पनि बाक्ला लुगा लगाउनु पथ्र्यो । चैतमा गएका भए बाटोमा हामीले लाली गँरास बोट मात्र देख्यौँ ।

गाडी पार्किङ्ग गर्ने ठाउँबाट स्वर्गद्वारीसम्म पुग्नका लागि करिब एक किलोमिटर उकालो हिडेरै जानुपर्ने रहेछ । अन्य भक्तजनसँगै हामी पनि त्यहाँबाट उकालो हिडेरैजानुपर्ने रहेछ । अन्य भक्तजन सँगै हामी पनि त्यहाँबाट उकालो लाग्यौँ । अझ कति भक्तजनहरु भिङ्गग्रीबाट ३ देखि ४ घण्टा लगाएर हिडेरै स्वर्गद्वारी पुग्दछ ।

भक्तजनको सुविधाका लागी बाटोमा व्यवस्थित ढङ्गले सिढी र रेलिङ्ग निर्माण गरिएको रहेछ । सिढीको उचाई सानै र सिढीको चौडाई ठाउँठाउँमा ठूलै भएकोले जेष्ठ नागरिकहरुलाई समेत सिढी चढ्न सजिलै हुन्छ । त्यही बाटो हुदै ३०÷३५ मिनेटमा मन्दिर सम्म पुग्न सकिदो रहेछ । ठाउँठाउँमा निशुल्क सौचालयको व्यवस्था पनि गरिरहेको छ । शुल्क लिएर भक्तजनलाई घोडचढीको सुविधा पनि दिदो रहेछ । स्वर्गद्वारी पुगेपछि भने हामीलाई स्वर्गीय आनन्दको अनुभुति भयो । मन्दिरलाई फन्को लगाएर चारै तिर हे¥र्यौ । त्यहाँबाट अन्नपूर्ण, धवलागिरि र मनास्लु हिमालका अतिरिक्त थुप्रै पहाड पर्वतहरु अवलोकन गर्न पाईदो रहेछ ।

मन्दिरमा पूजा गरेर हामीले टिका प्रसाद ग्रहण गर्यौ । निश्चित रकम तिरेपछि मन्दिरमै खानाको व्यवस्था गरिदो रहेछ । मन्दिर भन्दा माथि एउटा गुफा भएको थाहा भएर हामीले गुफामा पनि जाने आँट गर्यौँ । स्वर्गद्वारी महाप्रभु त्यही गुफा हुदै २३०० मिटर तल लुङ्गग्रो माडीको दोभानमा झरेर स्नान गर्ने र फर्किने गरेको विश्वास गरिन्छ । गुफा जाने क्रममा हामीले स्वर्गद्वारी स्थित गौशालाको अवलोकन ग¥र्यौँ ।

गौशालामा तीनसय भन्दा बढी गाईगोरु भए पनि दिउँसो चराउनका लागि जङ्गल लगिदो रहेछ । त्यसैले हामीले त्यहाँ भएका मध्ये केहीलाई मात्र देख्न पायौँ । १९९७ सालसम्म पनि त्यहाँ भएका करिब एक हजार गाई रहेको विश्वास गरिन्छ । वैशाख पूर्णिमा, जेष्ठ, भदौ, कात्र्तिक र माघ सङक्रान्तिमा बढो चहल पहल हुने यस पुण्य भुमिमा भारतबाट पनि थुप्रै दर्शनार्थी आउँदा रहेछन् । आज पनि अधिकास भारतिय दर्शनार्थीहरु नै छन् ।

गुफाको यात्रा गर्दा बीचबाटोमा हेलिप्याड पनि रहेछ र हेलिप्याड हेर्दै हामी गुफा भए ठाउँसम्म गयौँ । गुफामा पुगेर गुफा भित्र भगवानको मूर्ति दर्शन गरि फकर््यौँ ।

यसरी स्वर्गद्वारी, स्वर्गद्वारीको वरिपरिको दृश्य हिमालका दृश्य हेर्ने र अघाउने धोको अधुरै छाडी हामी दिउँसो १२ बजे तिर त्यहाँबाट फकर््यौँ । हामी हतारिएका थियौँ किनकि हामीलाई आजै बेलुका पाल्पा पुग्नु थियो र पर्सिसम्म पोखरा घुम्दै गोरखा पुग्नु पर्ने थियो । यात्राको चौथो दिन मनकामनाको दर्शन गरि काठ्माडांै पुग्ने योजना थियो ।

“ जय भोले जय स्वर्गद्वारी ”


Wednesday, January 25, 2023

कथा — दुःखी गरिमा

 कथा — दुःखी गरिमा


स्मृति लिम्बु 

कक्षा ः ६

हिलटाउन मा.वि., कीर्तिपुर

“बाबा कहाँ जान लाग्नु भएको ?” गरिमाले सोधी .

“बिहान, बिहान तेरो अनुहार देखेर मेरो शुभ साइत बिग्रियो, तँ किन बाहिर निसकेकी हँ ?” बुबाले कराउनुभयो । 

“मैले त तपाई कहाँ जानलाग्नु भएको भनेर सोधेकी मात्र, किन र बुबा मेरो अनुहार यति नराम्रो छ र ? हुनत तपाईले मलाई देखिसहनु हँुदैन फेरि म सोध्ने पनि उस्तै” गरिमाले भनी । 

“तँ छोरी मान्छे भएर छोरीको ठाउँमानै बस्, धेरै बाठी नबन” बुबा फेरि कराउनुभयो ।

ग्रिमाको दाइ पनि थियो । बाहिर भइरहेको हल्ला सुनेर उनका दाजु सुमनले भने, “कति हल्ला गर्नु भएको ? बुबा तपाईको काम छैन ?” 

दाईको यस्तो रुखो बोली सुनेर गरिमाले भन्छिन् “दाइ बुबालाई किन कराउनुभएको ? जे भए पनि उहाँ तपाईको बुबा हो, किन थर्काउनुभएको ?” 

“उसले  के गर्न मिल्छ र के गर्न मिल्दैन तिमीले सिकाउनुपर्छ र ! म उसको बुबा हुँ उसले जे गर्न चाहन्छ गर्न पाउँछ । बरु तँ जान्ने नहो ।” बुबाले भन्नुभयो । 

मैले जति राम्रो गर्न खोजे पनि आखिरमा नराम्रो हुन पुग्छु, मेरो भाग्य नै यस्तो छ, गरिमाले मनमनै सोची । सुमन तँ मसँग बाहिर हिँड न” बुबाले भन्नुभयो, “म किन जाऊ हँ , बा मेरो अन्तै काम छ ।” सुमनले भन्यो । 

“हुन्छ छोरा तँलाई जे गर्न मनपर्छ त्यही गर” भनेर बुवा बाहिर जानुभयो । गरिमा एक सरकारी स्कुलमा पढ्ने विद्यार्थी थिई भने उसको दाइचाहिँ प्राइभेट (निजी) स्कुलको विद्यार्थी थियो । गरिमा सरकारी स्कुलमा पढे पनि सधै पहिलो अङक ल्याउथी तर उसको दाइ प्राइभेट स्कुलमा पढे पनि सधै लास्ट । केही बेर पछि बुबा आउन साथ स्कुलबाट फोन आयो, शुभ प्रभात सर तपाईकी छोरीले स्कुलमा पहिलो स्थान हासिल गरि गुरुआमाले भन्नुभयो, हस्त गुरुआमा मात्र भनी छिटो छिटो बुवाले फोन राख्नुभयो । गरिमा बुबाको छेउमा बसिरहेकी थिई, ऊ मनमनै खुशी हँुदै थिई तर बुबाले भन्नुहुन्छ , “तँ अब देखि स्कुल नजा बरु घरको काम गर्न थाल । त्यसै पनि छोरी मान्छे पढेर के गर्छस् र अर्काको घरमा जाने जात, त्यहाँ गएर पनि भाँडा त मोल्छस् नि बरु यहीँ देखि सुरु गर्न थाल” । गरिमा रुदै थिइ उसले चाहेर पनि केही गर्न सक्दैन थिई ।

गरिमा रोएको सुनेर सुमन बाहिर आयो र भन्यो “फेरि हल्ला ? यो घरमा सुखले बस्नै दिँदैनन् , म पढिरहेको मान्छेलाई त्यसै बाधा पार्छन् ।” सुमनले यति बेला झुट बोलिरहेको थियो । उ पढ्न त के किताब पनि छुदैन थियो । ऊ कुलतमा फसिसकेको थियो । तिमी पढ्न जाऊ बाबुराजा यो अलच्छिनाको बोली सुनेर किन आएको, जाऊ गएर पढ बुबाले भन्नुभयो । भोलिपल्ट सुमन बिहान घरबाट निस्कियो । त्यहीबेला गरिमा पनि घाँस काट्न गई । घाँस काट्न जाँदा उसले सुमनले गाँजा र चुरोट खाँदो रहेछ, मैले भर्खर देखेकी । “तँ धेरै झुट नबोल त, मेरो छोराले चुरोट नै खाँदैन”, बुबाले भन्नुभयो । सुमन घर आएपछि बुबाले सोध्नुभयो, “सुमन के तैले चुरोट खान्छस् र ?” 

सुमनले डराउदै भन्यो, “हैन बाबा मैले कहाँ चुरोट खान्छु र !” 

सुमन डराएको देखेर बुबाले झुट पक्रनु भयो । सुमनको यस्तो हर्कत देखेर बुबाले रुँदै भन्नुभयो “हरेशिव ! मेरो छोराले ठुलो बनेर पैसा कमाउछ र मलाई पाल्छ भनेको त यो त कुलतमा पो फँसेछ, यसले गर्दा मेरो नाक काटिने भयो । समाजको सामु मेरो केही इज्जत रहेन । अब म कसरी बाहिर जाऊँ ! बरु मैले छोरीलाई पढाएको भए ऊ ठूलो मान्छे बनेर मेरो इज्जत राख्थी र आफ्नो जीवन सफल बनाउँथी ।” 

आफ्नो गल्तीको कारणले बुबाले आफ्नो जिन्दगी बर्बाद गर्नुभयो, सँग सँगै आफ्नो छोरीको पनि जिन्दगी बर्बाद गर्नुभयो । यदि छोरीलाई स्कुलबाट ननिकालेको भए आज सफल व्यक्ति बनेर उच्च स्थानमा हुन्थी । 

Sunday, January 8, 2023

रेशम चौधरीको उदय र आदीवासी आन्दोलन

 रेशम चौधरीको उदय र आदीवासी आन्दोलन

अधिवक्ता नरेश श्रेष्ठ

नेपालमा लोकतन्त्र छ भनिन्छ, के साँच्चै नेपालमा लोकतन्त्र छ त ? तर लोकतन्त्रको लागि नेपालीले पटक पटक वलिदान दिएको कुरामा कुनै शंक्का र प्रश्न छैन । नेताका अलोकतान्त्रिक कार्य र गैर जिम्मेवारीको कारण नेपाली जनतामा नेपालमा लोकतन्त्र छ भन्नेमा शंका छ । लोकतन्त्र भनेको प्रणाली हो, जहाँ मान्छेलाई अन्याय हुँदैन र भई हाले न्याय पाईन्छ भन्ने अपेक्षा हुन्छ । साथै शासन प्रशासनमा रहने व्यक्ति एवं सरकारी निकाय आफनो काममा जिम्मेवार वनाई उत्तरदायी वनाउँछ । 

राजनीतिक चेतले केही वोल्ने र प्रतिवाद गर्ने साथै विरोध गर्ने स्तरमा नेपाली जनता छन् तर नेपाली जनताको विरोधको आवाजलाई सुन्दैन र दवाईन्छ भने एक प्रकारलेजन–विद्रोहको आवश्यकता हुन्छ र विद्रोह हुन्छ । हामीलाई थाहा छ कि कैलालीको टिकापुरमा थारु समुदायले एक प्रकारको विद्रोह गरे र प्रहरी सहित ७ जनाको ज्यान गयो । परिणाम त अहिले हत्याको आरोपमा र हत्यारा नै भनी रेशम चौधरीलाई जन्म कैदको सँजाय दिएको छ । लोकतन्त्रमा विद्रोह जनताको अधिकार हो र यसलाई सही व्यवस्थापन गर्ने राज्यको दायित्व हो । वरिष्ठ अधिवक्ता तथा डा.युवराज संग्रौलाका अनुसार रेशम चौधरी निर्दोष छन र उनलाई झुठठा प्रमाणहरु सिर्जना गरी फसाएको छ ।

वर्मामा शक्ति सत्ताको वलमा नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई जीवन भरी जेलमा राख्ने शक्ति सत्ताको वलमा वहिरो सरकारको हर्कतको विरुद्ध विद्रोह गर्ने नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकी लोकतन्त्रको लागि दशकौंदेखि सर्घष गरी आएको र वाँकी जीवन पनि कठोर सर्घषमै वित्ने निश्चित छ । उनलाई विभिन्न भ्रष्टाचारदेखि अवैधरूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ र भ्रष्टाचारका बाँकी पाँचवटा अभियोगमा उनको मुद्दाको अन्तिम बहस सोमबारका लागि तय भएकोमा प्रस्तुत लेख लेख्दै गर्दा उनलाई ७ वटा भष्ट्राचार मुद्दामा अदालतले दोषि ठहर गरेको छ । उनको समर्थन रहेको ‘पिपुल्स डिफेन्स फोर्सेज” देशभरि सेनासँग नियमित रूपमा भिडिरहेको छ । जनताको विजय निश्चित छ ।

रेशम चौधरी पनि एउटा शक्ति केन्द्र ?

ताजा जनादेशले कैलाली जिल्लाको तीनै निर्वाचन क्षेत्रवाट रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी तथा अध्यक्ष, नागरिक उन्मुक्ति पार्टीवाट संघ संसदमा ४ जना सासद र प्रदेशमा ५ सासद निर्वाचित भएको छ । हाल सूदूरपश्चिम प्रदेशमा ७, लुम्वनी प्रदेशमा ४ र मधेश प्रदेशमा १ सित छ । थारु समुदायवाट निर्वाचन हुनु केही महिनामात्र अघि गठन गरिएको रेशम चौधरीको विचारमा आधारित उक्त पार्टीको सफलताले रेशम चौधरी निर्दोष रहेको प्रमाणित गरेको छ र निर्वाचन परिणाम पछि ती रेशम चौधरी कानून दृष्टिमा ज्यानमारा भनिएको व्यक्तिलाई उनी वसेको जेलमा गएर राष्ट्रिय राजनीतिका हस्ती काग्रेस, माओवादी लगायतका नेताहरु किन भेटन भए र किन उनलाई मुक्त गर्न एकाएक अध्यादेश ल्यायो । प्रष्ट छ सत्ता समिकरणमा एउटा महत्वपूर्ण शक्तिको रुपमा रेशम चौधरी उदायको छ ।

रेशम चौधरीलाई पनि आजीवन जेलमा राख्ने पूरै प्रयासमा तव व्रेक लाग्यो जव रेशम चौधरीको पार्टी शक्तिको रुपमा उदायो । घटना क्रमले स्पष्ट गरेको छ कि रेशम चौधरी यो देशको महत्वपूर्ण शक्ति हो जसलाई प्रचण्ड लगायत नेताहरुलाई जेलमै भेटन जान वाध्य पार्यो । उनलाई भेटने क्रम रोकिने छैन । पार्टी सरकारको समर्थन र सरकारमा जान टीकापुर घटनाका राजबन्दीहरू को रिहाइ प्रमुख बटमलाइन वनाएको छ । प्रचण्ड र ओलीले रेशम चौधरी लगायत राजवन्दीहरु रिहा गर्न वाचा गरे पछि प्रचण्ड सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ ।

विद्रोह जनताको अधिकार !

लोकतन्त्रमा विद्रोह गर्नु जनताको अधिकार हो । जव जनताको विरोध, आन्दोलनका आवाद सरकारले सुन्दैन तव जनताले विद्रोह गर्नुपर्ने हुन्छ । आन्दोलन वा विद्रोह गर्नु जनताको रहर होइन, वाध्यता हो । आन्दोलन वा विद्रोह गर्दा जनताले ज्यानको वाजी लगाएको हुन्छ । जन विद्रोह भने एक प्रकारको जनस्तरवाट हुने उच्चकोटीको जन प्रतिकार हो । जनता प्रतिकारको स्तरमा आउँदा निश्चित रुपमा शक्तिपूर्ण मात्र हुन्छ भन्न सकिदैन । अशक्तिपूर्ण वा हिस्रक पनि हुनसक्छ । यसर्थ, जन प्रतिकारले ल्याउने परिणाम हत्या हिस्सा वा जन धनको क्षति निश्चित रुपमा प्रिय हुन सक्दैन । तर विद्रोह भनेको एक प्रकारको विस्फोटन हो जस्ले जन धनको अपूर्णिय क्षति गराउँछ । यो सवैको लागि क्षति नै हो, सरकारी पक्षको लागि भनुस वा आन्दोलनकारीको लागि । सवै आन्दोलन दमन गर्न सकिदैन । जहाँ जति दमन हुन्छ त्यति नै प्रतिकार हुन्छ । 

नेपालको इतिहास साक्षी जनयुद्ध एउटा सलाइको काटी थियो जसलाई सरकारले केही पनि होइन भन्दा देशले अपुर्णिय क्षति गरायो । यसर्थ, दमन र प्रतिकार भन्ने कुरो सामाजिक विज्ञानको नियम नै हो । समाज विज्ञानको नियम के हो भने( जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । जहाँ प्रतिरोध हुन्छ, त्यहाँ विस्फोट हुन्छ । विस्फोटले क्षति हुन्छ । जन आन्दोलन वा जन विद्रोहमा सरकारी पक्ष वा प्रहरीले जनता मार्दा सरकार वा प्रहरीलाई वात नलाग्ने र प्रहरी मर्दा आन्दोलनकारी दोषि वा अपराधी हुन पर्ने ? यो समानता तथा सामाजिक विज्ञानको नियम विपरित छ । राजनीतिक विषय लिएर हुने विद्रोह क्रममा हुने जन धनको क्षति उपर विद्रोही पक्ष कहिले पनि दोषि हुँदैन । यसको सम्पूर्ण जिम्मा सरकारकै हुन्छ । आन्दोलनकारी तथा विद्रोहीको मागको समयमै सम्वोधन गर्नु लोकतन्त्रमा राज्यको कर्तव्य हो । सयुक्त राष्ट्र संघले जन आन्दोलन वा जन विद्रोह गर्न पाउनु जनताको अधिकारको रुपमा व्याख्या गरेको छ ।

नेपालको इतिहासमा पनि पटक पटक राजनीतिक आन्दोलन र विद्रोह हुदै आएको छ । २००७ सालको राणा शासन विरोधी आन्दोलन, २०४६ र ०४७ सालको पहिलो जनआन्दोलन, १० वर्षिय जनयुद्व र २०६२ र ०६३ को १९ दिने जनआन्दोलन प्रमुख आन्दोलन वा जन विद्रोह हुन । जव २०७२ सालमा संविधान वन्दै थियो, त्यस वेला राज्य शासन प्रशासनमा पछाडी पारिएका आदीवासी, दलित, मद्येशीले आन्दोलन गरेका थिए । पछिल्लो पटक थारुहरुको कैलालीको टिकापुर थारुहट । थारुवान प्रदेशको लागि विद्रोह गरे परिणामतः २०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहितको सातजना सुरक्षाकर्मी र १ जना बालकको निधन हुन पुग्यो । ८ जनाको ज्यान जाने गरी भएको यस दुर्घटनाको मुख्य दोषी राज्य हो ।

आदीवासी आन्दोलन

रेशम चौधरीको उदयले एकाएक आदीवासी आन्दोलन पनि गतिशील हुनेमा आदीवासी नेताहरु आशावादी भएका छन । नेपालको इतिहासमा आदीवासीको पहिचानको आन्दोलन विशेषतः पृथ्वीनारायण शाहको शासन कालदेखी नै उठेको हो । नेपालको संविधान वनाउने समयतिर आदीवासी आन्दोलन मुखरित र सशक्त नै देखिएको थियो, कारण त्यसताका देशका नयाँ सविधानमा आ आफनो अधिकार लेखाउने समय थियो । यसकारण त्यस वेला आदीवासीहरु ठूलो आशा तथा आशंक्का विच धेरै चोटी आन्दोलन गरे साथै दलित, मद्येशीले समेत आन्दोलन 

गरेको जग जाहेर नै छ । तर अपेक्षा विपरित यी सर्घषरत समुदायको अधिकार समेटिएको नयाँ सविधान वन्न सकेन । नेपालमा एक तिहाइ जनसंख्या आदीवासी छन । स्मरणीय छ कि भारतमा ५ प्रतिशत मात्र आदीवासी छन तर उनीहरुको स्थान सम्मानजनक छ । अहिले आदीवासी राष्टूपति द्रोपडी मुर्मी र आदीवासी जनजाति मामिला मन्त्रालयमा गठन भै उक्त मन्त्रालयको मन्त्री आदीवासी समुदायको अर्जुन मुन्नाजी छन । 

अहिले पनि नेपालको संविधानलाई कसैले दिपावली गरी स्वागत गर्छन भने आदीवासी, मद्येशी समुदायले कालो संविधान भन्दै आएको छ । अहिले सत्ता समिकरणमा थारु केन्द्रीत उन्मुक्ति पार्टीको निर्णाय भूमिकामा देखापरेको छ र उनको संसदमा ४ सित छ । सरकारमा पनि सहभागी हुने भएवाट निकत भविष्यमा रेशम चौधरी जेल मुक्त हुनेछ । रेशम चौधरीले अहिलेको गतिहिन आदीवासी आन्दोलनलाई गतिशिलता दिई यसको नेतृत्व गर्ने अपेक्षा गर्न सकिन्छ । अहिले एकाएक सारा आदीवासी उसको नेतृत्व स्वीकार गर्दै र उसको पार्टीमा एकाकार भएर अगाडी वढन सक्ने मनोविज्ञान तयार भएको छ । यसो हुन सके नेपालको ३६ प्रतिशत आदीवासीको पहिचान, साँस्कृतिक जीवनको वैधानिक रुपमा नै सम्मान, संरक्षण र सम्वर्धन हुने छ ।


Friday, January 6, 2023

 पदयात्रा र पर्यटन



–म. केशव, किपू

     मानव सभ्यताको प्राचिन कालखण्डमा पदयात्रा खाद्यान्नको जोहो गर्न कालान्तरमा राज्यको विस्तारसँगै युद्धमा सरिक हुन र आधुनिक युगमा मनोरञ्जन र आरोग्यका निम्ति पदयात्रालाई प्रयोग गर्दै आइरहेको पाइन्छ । आफूलाई आवश्यक जल र खाद्यान्नको प्रबन्ध गरी एक दिने छोटो दुरीको पैदल यात्रालाई सामान्यतया “हाईकिङ्ग” अथवा “पदयात्रा” भनी अर्थयाउन सकिन्छ । जुनसुकै मौसम र समयमा एक स्थानबाट अर्को स्थानमा आउजाउ गर्न परापूर्वकालदेखि हाईकिङ्ग गरिन्थ्यो । घोडा, खच्चर, बयलगाढा ऊठ जस्ता भूमार्गमा प्रयोग गरीने साधन साम्भ्रान्त र पुँजीपति वर्गको पहुँचमा मात्रै सिमित भएकाले सर्वसाधारणका निम्ति पदयात्रा सहज तथा बाध्यकारी माध्यम थियो । रोमन साम्राज्यको विस्तारले गर्दा युरोपमा भुमार्गको निमार्ण सुखा चैत्रको आगलागीझैं फैलिएसंगै हाइकिङ्ग संस्कारको प्रभाव पनि फैलिदै गयो । पूर्वमा गुरूकुल संस्कार व्यवस्थित एव मजबुद थियो, शिक्षादिक्षा ग्रहण गर्ने पौराणिक परम्पराले पनि हाईकिङ्ग वा पदयात्रालाई बलियो टेको दिएको मान्नुपर्दछ । नेवाः समुदायमा पनि तीर्थटनका निम्ति हाईकिङ्ग गरिन्थ्यो । नेपालभाषाको चलचित्र सिलुलाई एउटा दृष्टान्तको रूपमा लिन सकिन्छ ।

तस्वीर ः दुर्गालाल शाही

        धार्मिक, पौराणिक,साँस्कृतिक, पर्यटकिय, पुरातात्विक, साहसिक गरी विविध अदभूत आयामहरूमा पदयात्रालाई जोड्न र मोड्न सकिन्छ । निरंकुश पञ्चायाती व्यवस्थाको अवसान तथा बहुदलीय व्यवस्थाको उदयले विभिन्न आर्थिक द्वारहरू खुल्न थाले । पर्यटकिय द्वारलाई नेपालले आर्थिक विकाशको बहुआयममिक बरदानको रूपमा बदल्न सक्नुपर्दछ । सेताम्य विराट शिखर, हरिया वन–डाडाकाँडा, छमछम बग्ने खोला, अतुलनीय उर्वर भूबनौट, साँस्कृतिक विविधता ,अदितीय मौसम एव आतिथ्य संस्कार पर्यटनका भिमसेनझैं बलिया आधारशिलाहरू हुन् । यस्तै आधारशिलाहरूमध्ये पदयात्रा पनि एक अदितीय आधारशिलाका रूउमा गणना गर्न सकिन्छ । हाइकिङ्गलाई भाई र ट्रेकिङ्गलाई दाईको रूपमा सम्बोधन गर्दा फरक नपर्ला । दुबैका आआफ्नै गहन गुणहरू छन् । यस अंकमा भाईको मात्रै चर्चा परिचर्चा गरिनेछ ।


तस्वीर ः दुर्गालाल शाही

      “आहारविहार”, “आरोग्य” र “अर्थ”सँग जोडी पदयात्रालाई चिरफार गर्दा रोचक अनि रसिलो होला । वि.स २०७४ सालबाट ईजी हाईक, किपू नामक संस्थाले आरोग्यलाई प्रधानमन्त्र बनाई निशुल्क तथा शशुल्क नियमित मासिक हाईकिङ्ग नियमित सञ्चालन गर्दै आइरहेको छ । सामाजिक सञ्जालमार्फत पंक्तिकार पनि वि.स.२०७५ सालबाट नियमित पदयात्रामा सहभागि हुदैआइरहेको छ । ईजी हाईक, किपूले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा आहार अन्तर्गत शाकाहारी भोजनलाई प्रोत्सहान तथा मद्यपान र धुमपानलाई निषेध गरिनु स्तुतियोग्य छ । काठमाडौं उपत्यका तथा ठूला शहर एव सदरमुकाममा हाईकिङ्गलाई व्यवसायिक रूपमा जिविकोउर्पाजन गर्ने गतिलो स्रोतको रूपमा रूपान्तरण गर्दै लगिरहेको पनि पाउन सकिन्छ, आर्थिक दृष्टिकोणले यस्ता प्रयत्नसामु नतमस्तक हुनै पर्दछ । आहारविहार, आरोग्य र अर्थलाई ईजी हाईक, कीपूले पनि आत्मसाथ गर्दा संस्थाको आभूषण अझै तेजस्वी हुने पक्का छ ।

      नविन साथीसंगी तथा गणतव्यको फाराकिलो परिधिमा रमाउन पाइने, डिप्रेसन, माइग्रेन, कम्मर एव घुडा दुख्ने, अपच, प्रेसर, चिनी रोग, अधिक तौल जस्ता रोगको कैदबाट प्राकृतिक छुत्कारा मिली आरोग्य लाभ हुने, आर्युवेदिक बुटिहरू पहिचान गर्ने ज्ञानको बृद्धि, सन्तुलित आहारको आदत हुने जस्ता असंख्यौ शुभलाभहरू प्राप्त हुन्छन् । चम्पादेवी, चन्द्रागिरी, चित्लाङ्ग, जामाच्व, शिवपुरी, डोलेश्वर–आशापुरी,बाघद्वार, चिसापनी, दल्चोकी,मणिचुड, जर्सिङ्गपौवा, नगरकोट,फुल्चोकी, ध्याम्पेडाँडा, ककनी, सूर्यचौर, बल्थली, नमोबुद्ध आदि उपत्यका वरीपरीका सुचिरपरिचित हाईकिङ्ग गन्तव्यहरू हुन् ।उपत्यकाको वरिपरि रहेका विश्व सम्पदासूचिमा समावेश भएका ८ धार्मिक तथा सांस्कृतिक धरोहर र निधिले पनि उपत्यकामा हाईकिङ्गको आकर्षण श्रीबृद्धि भएको छ । होमस्टे, होटल, रेष्टुरेण्ट,केबुलकार, जिपलाइन, वाटरपार्क,मनोरञ्जनात्क स्थाल आदि जस्ता पर्यटकिय पूर्वाधारको निमार्णका कारण पर्यटकको संख्यामा भएको बृद्धिले उक्त स्थान वरिपरि आर्थिक गतिविधिहरूपनि बनमारा र तीतेपातीझैं झाङ्गिदै गइरहेको प्रष्टै छ ।

     पदयात्राका केहि चुनौतीहरू नभएका होइनन् ।चाउचाउ, चकलेट, पेय पदार्थका बोटल लगायत प्लाष्टिकजन्य फोहर पदयात्राको प्रचण्ड चुनौती हो भने पर्यटकीय पूर्वाधारको शंङखेकिरा गतिमा विकास हुनु अर्को महत्वपूर्ण तर दुखदायी चुनौति हो । पर्यटनसँग सम्बन्धित निकायले चुस्त र दुरूस्त गति र मतिले कार्यसम्पादन गर्न नसक्नुलाई पनि चुनौति नमान्न सकिन्न ।

निष्कर्शः

    अतिथि देव भवः मूलमन्त्र धारण गर्ने हामी नेपालीले पदयात्रा अन्तर्गत आहारविहार, आरोग्य र अर्थ गरी त्रिकोणात्मक आयामलाई बैज्ञानिक गठबन्धन गरी पर्यटन विधालाईसुनौलो जलप लगाउन सके एकतर्फ लाखौंको संख्यामा वर्षेणी ऊर्जावान् युवा मुग्लान पस्नु पर्ने बाध्यता हट्ने देखिन्छ अर्कोतर्फ जल, जङ्गल, जमिन र जडिबुटिले झैं आर्थिक उर्पाजन गर्दै पर्यटन विधाले कुल ग्रार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, दिगो रोजगारी, राष्ट्रिय आम्दानीमा अतुलनीय सकारात्मक र रचनात्मक योगदान दिने पक्का छ । सुनको अण्डा दिने पर्यटन क्षेत्रमा चौतर्फि हात्तेमालो पनि आज उत्तिकै आवश्यक छ ।


कीर्तिपुरको छोरीले राखिन कीर्ति

 कीर्तिपुरको छोरीले राखिन कीर्ति


Asle sapkota Dangol

     हालै पोखरामा सम्पन्न नवौं  राष्ट्रिय खेलकुदमा कीर्तिपुरकी छोरी आस्ले सापकोटा डंगोलले पौडी खेल तर्फ ६ वटा स्वर्ण पदक जितेर साँच्चीकै कीर्ति राख्न सफल भइन । 

     कीर्तिपुरकी चेली हाल क्यालिफोर्निया रहँदै आउनु भएकी आस्ले सापकोटा डंगोल कीर्तिपुर पाँगाका पूmटवल खेलाडी गोल किपर सञ्जयलाल डंगोलकी जेष्ठ सुपुत्री हुन । सन २०१० मा ४ वर्षको उमेरदेखि पौडी खेल्दै आउनु भएकी आस्ले सापकोटा डंगोलले पौडी तर्फ ५० मिटर फ्रिस्टाइल, १०० मिटर फ्रिस्टाइल, ८०० मिटर फ्रिस्टाइल, ५० मिटर बटर फ्लाई, १०० मिटर बटर फ्लाई र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भइन । त्यस्तै सोही नवौं राष्ट्रिय प्रतियोगितामा पौडी तर्फ २ वटा सिल्भर मेडल समेत जित्न सफल भएकी थिइन । उनले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर ब्याकस्ट्रोकमा दोश्रो स्थान हासिल गर्दै सिल्भर मेडल प्राप्त गरेकी थिइन । 

       यसै नवौं राष्ट्रिय खेलकुदकै दौरान आस्ल १०० मिटर बटर फ्लाईमा राष्ट्रिय रेकर्ड तोडेर आफनो नाममा नयाँ रेकर्ड राखेर कीर्तिपुरको गौरव बढाएकी थिइन । तिनी अहिले आफ्नो आमाबुबासँग अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी थिइन् ।आस्ले सापकोटा डंगोलले ६ स्वर्ण पदक जित्ने क्रममा १०० मिटर बटर फ्लाई पौडी प्रतियोगितामा गौरिका सिहंले ८ औं राष्ट्रिय खेलकुदको क्रममा नेपालगञ्जमा राखेको राष्ट्रिय कीर्तिमान १ः९ः९७ मिनेट समयमा सुधार गर्दै १ः७ः७४ मिनेटको राष्ट्रिय रेकर्ड  राख्न सफल हुनु भएकोमा कीतिृपुर गर्व गर्दछ । ४ वर्षको उमेर देखि पौडी खेल्न थालेकी आस्ले सापकोटा डंगोलले क्यालिफोर्नियामा पनि आपूmलाई सफल पौडीबाजको रुपमा स्थापित गर्दै १०० मिटर बटर फ्लाई, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक, ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा छनोट हुन सफल भएका थिए ।  हाल उनी १६ वर्षकी भएकी छिन भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले क्यालिफोर्नियामा बसोबास गर्दै गैर आवासिय नेपालीहरुको रुमा NRNA को तर्फबाट सहभागिता जनाएको थयो ।

–प्रदिप महर्जन–

Wednesday, January 4, 2023

कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रतिमुर्ति स्थापना बारे कीर्तिपुरको सुखी गःछेँ समाजद्वारा स्पष्ट पारिएको बारे

 कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रतिमुर्ति स्थापना बारे

कीर्तिपुरको सुखी गःछेँ समाजद्वारा स्पष्ट पारिएको बारे


सुखी समाज गःछेँको प्रेस विज्ञप्ति

किम्बदन्तिअनुुसार करुणाका धनी रातो मच्छिन्द्रनाथ याकःमिसाको (कन्या केटी) को चाहानाअनुुसार कीर्तिपुुर प्यंगथाँमा दर्शन दिन आउनुभएको थियो । दर्शनपश्चात मच्छिन्द्रनाथ (बुुंगद्यः) याकः मिसाबाट छुुट्टिनुु लागेको बेला याकःमिसाले आफुुलाई छोडेर नजान अनुुरोध गरे लगत्तै बुुंगद्यःले वर्षमा एक पटक भेट्न आउने बाचा गरे अनुसार सयौं वर्षदेखि यो चलन चल्दै आइरहेको छ । भोटो जात्रा (जाउलाजात्रा) चार दिन अगाड्री मूूलपाञ्जुु स्वयम् उपस्थितभई याकःमिसालाई भेटको संकेत स्वरुप प्रसाद प्रदान गर्ने गरिन्छ । यो प्रथा अहिलेसम्म पुुष्तारन्तरण हुुँदै आइरहेको छ । यो एउटा राष्टिय अमूूर्त सम्पदा हो । याकःमिसा एक दुुर्लभ जिउंदो ईतिहास पनि हो । पाटनका नेवाःज्यापूू, भक्तपुुरका राजा  नरेन्द्र देव, काठमाडौंका तान्त्रिक र कीर्तिपुुरका कर्कोटक नाग राजा मिलेर भारतको आसामको कामारु कामाक्षबाट विभिन्न  तरीका अपनाएर उपत्यकामा रातो मच्छिन्द्रनाथ भित्र्याएको थियो । त्यस बेलो देखि हर्षोउल्लासका साथ  यो जात्रालाई मनाउदै आइरहेको छ । यो एउटा विश्वकै एक दुुर्लभ असाधारण सम्पदा हो ।

उपत्यकाका नेवाःहरुको एकता, सद्भाव तथा परिश्रमले यस्ता सम्पदाहरुलाई हजारौं वर्ष देखि निरन्तर हाम्रा पुष्ताहरुले चलाउंदै आइरहेका छन् । यसैको पहिचानबाट आज हामी विश्वसामुु शिर ठाडो पारी बस्न सक्षम भएका छौं । भनिन्छ यहाँ नेवाः नभएको भए देशको पहिचान पनि रहन्न । त्यस कारणले पनि यहाँ हामीहरुबीच कुनै हालतमा विवाद गरी आफ्नो शक्तिलाई क्षीण हुन दिनुहुन्न ।

वास्तवमा कीर्तिपुुरमा रातो मच्छिन्द्रनाथ तथा याकः मिसाको प्रतिमूर्ति प्रतिस्थापन गर्ने सम्बन्धमा आदरणीय पाञ्जुुज्यूूहरुसंग २०७६ सालदेखि अनौपचारीक सम्वाद गर्दै आइरहेको र वहाँहरुबाट यो प्रतिस्थापन गर्न हुुन्न भन्ने आदेश कहिल्यै पाएका थिएनौं । उही बेला प्रतिस्थापन गर्न नहुने आदेश पाएको भए हामीले पक्कै पनि समय, पैसा, मेहनत खर्च गर्ने थिएनौं र उत्ति नै बेला यो कार्य बन्द गर्ने थियौं ।

आदरणीय पाञ्जुुज्यूूहरुले हाम्रो जिन्दगीमा कहिल्यै नजिकबाट हेर्न नपाएको भोटो जात्रापास बनाई कुुमारी देवताको नजिक बसाई दर्शन गर्ने सुुअवसर समेत जुुटाई दिनुु भयो । त्यसरी नै वहाँहरुलाई २०७५ देखि नै वाजागाजा सहित भोटो जात्राको ४ दिन अघि प्रसाद दिन आउने पाञ्जुुहरुलाई स्वागत गरी कीर्तिपुुरको प्यंगथाँ याकःमिसाको मन्दिरसम्म ल्याउने कार्यको थालनी ग¥र्यौ । यो एक प्रकारको हाम्रो सांस्कृतिक सम्पदालाई बिकसित र संरक्षण गर्ने हामी दुुवै पक्षको अभ्यास थियो ।


पान्जु र सरोकारवालाहरुसंग कीर्तिपुरमा प्यंगःथांमा बसेको बैठकको फोटो 

यो मूूर्तिप्रतिस्थापन गर्नुुको मुुख्यध्येय भनेको लोककथामा उल्लेख भएको याकःमिसा र मच्छिन्द्रनाथ बीचको “फेरी मलाई भेट्न आउनुु” भन्ने आसयको झलक मूूर्तिमार्फत भक्तजन र सर्वसाधारणमा सम्प्रेषण गर्ने हो । त्यस कारण उक्त मन्दिरमा पहिले नै निर्माण गरिएका बसुन्धाराको मूर्ति, याकःमिसा र मच्छिन्द्रनाथको प्रतिमूर्ति साथै ठूलो ढुुंंगा (शिला) र तीनवटा मण्डप छन् । हाम्रो मतलब, सिङ्गो मच्छिन्द्रनाथ मात्र छैन । हाम्रो ठम्याईमा यो एउटा कीर्तिपुुरको लागि पाटन र बुुंगमतीसंग घनिष्टता बढाउने पहल कदमी पनि हो । अतःहाम्रो आसय पाटन र बुुंगमतीको सक्कल मच्छिन्द्रनाथ स्वयम् स्थापना गर्नुु होइन ।

मच्छिन्द्रनाथको पूूजापाठ विधि जस्तो नियममा बस्ी हामी कदापी गर्न सक्दैनौं । हाल कीर्तिपुरमा प्रतिस्थापन गर्न लागेको मूर्तिलाई मात्रहाम्री संरक्षण र व्यवस्थापन मात्र गर्न सक्छौ । हाम्रो विचारमा कीर्तिपुरमा स्थापना गरिएको प्रतिमूर्ति हरेक हिसावले फरक छ । आकार, प्रकार, बनौट, तौल, प्रयोग भ्एका सामान, सिङ्गार आदीमात्र झट्ट हेर्दा मुुखाकृति उस्तै हो की भन्ने लाग्छ तर त्यो पनि दुरुस्त छैन ।

त्यसकारण हाम्रो अन्न तथा वर्षाका देवता लोकेश्वर पाटन तथा बुंगमती कै हो र हामी पूजा गर्न, दर्शन गर्न तथा जात्रा हेर्न उहीं पग्छौं । अतः हामी पाञ्जुहरुबाट विभिन्न समयमा निकालिएका विज्ञप्ती बारे निम्नलिखित बूँदागत रुपमा प्रष्ट पार्न चाहन्छौं । 

१) २०७६ साल देखि २०७९ मार्ग १४ सम्ममूर्ति प्रस्थापनगर्ने सम्बन्धमा हामी बीच पटक पटक कुराकानी भएको छ ।

२) पाञ्जु संघबाट प्रेश विज्ञप्ती प्रकाशित गर्नु पूर्व आफुलाई लागेको कुरामा दुबै पक्षबीच  छलफल गरिएन । यहाँहरु तधर्म, संस्कृति, सम्पदाका विद्वान हुनुहुन्छ, हामीले त टाढैबाट “पाञ्जु भायाय् ती” भनेर आदर गर्छौं ।

३) याकःमिसा वा द्यः मयजूलाई उक्त निर्णयबाट पुगिने चोटको सन्दर्भमा छलफलल समेट  भएन ।

४) प्रतिमूर्ति स्थापना गरेका उदाहरणह्ररु  त थुप्रै छन् ।

५) यो प्रतिमूर्ति प्रतिस्थापन गर्न ज्योतिषी कृतिकिरण जोशी, स्व. सत्यमोहन जोशी, बरिष्ठ पाञ्जु कपिल शाक्य, धकु समूह तथा पाञ्जु सघका अध्यक्ष यज्ञरत्न शाक्यसँग विभिन्न समयमा भेटघाट गरी वहाँहरुको सहमतिबाट यो कार्य सम्पन्न भएको हो ।

अतः हामी दुवै पक्षको आपसी सहमतिद्वारा उपयुक्त समाधानको उपाय निकाली अघि बढ्नु अत्यन्तै जरुरी देखिएको छ । यो धर्म, संस्कृति, परम्परा वचन र विश्वासकै भरमा अडिएको हुन्छ । यसरी विश्वास डगमगाएमा हाम्रो पूर्खाले निर्माण गरेका धर्म संस्कृतिहरु धमाधम नष्ट हुद्रै जानेछन् । अतः हामी समयमै सचेत सजग हौं । यसैमा हाम्री सवैको कल्याण हुनेछ । 

जय करुणमय ।।

सुखी गःछें समाज र कीर्तिपुरबासी २०७९/०९/१८


Sunday, January 1, 2023

सुकुम्वासी समस्या र स्ववासी समस्यालाई हेर्ने विभेदकारी सरकारी दृष्टिकोण !

 सुकुम्वासी समस्या र स्ववासी समस्यालाई हेर्ने विभेदकारी सरकारी दृष्टिकोण !




—अधिवक्ता नरेश श्रेष्ठ

सुकुम्वासी समस्या समाधान गर्न २२ औं राष्टिूय भूमि आयोग वनेको छ । सारै नै जटिल वनाएको र सरकारले पटक पटक समस्या समाधान प्रयास गर्दा पनि समाधान हुन नसकेको समस्या भनेको सुकुम्वासी समस्या हो । सविधानको नयाँ व्यवस्था अनुसार भूमिहिन दलितलाई एक पटकको लागि स्थायी वसोवासको लागि भूमि दिने भन्ने प्रावधान अनुसार यस अघि सुकुम्वासी आयोग भन्दै आएकोमा यसले समाधान गर्न नसकेपछि थप अधिकार क्षेत्र सहित अहिले राष्टिूय भूमि आयोग नामाकरण गरिएको छ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि राष्टिूयभूमि आयोग गठन गरिएको हो । अहिले आयोगलाई भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थित वसोवासको पहिचान गरी उनीहरुलाई भूमि दिई भूमिहिन र स्वामित्वविहिन अवस्था अन्त्य गर्ने कार्यादेश दिइएको छ । 

यसको लागि भूमि सम्वन्धि ऐन, २०२१ को दफा ५२क९३० र दफा ५२ख९६० आधारमा राष्टिूय भूमि आयोग गठन आदेश २०७८ जारी गरिएको र उक्त गठन आदेशमा २०७६।१०।२८ सम्ममा १० वर्षको अवधिमा आफनो तथा आफनो परिवारका सदस्यहरुको नाममा नेपाल भित्र घर जग्गा नभएको व्यक्तिलाई सुकुम्वासी भनिएको छ । एकीकृत बाग्मती सभ्यता विकास समितिको कार्यलाई सहयोग गर्न जव कामनपाले डोजर र सयौं महानगर प्रहरी लिई थापाथली स्थित सुकुम्वासी वस्ती हटाउन गयो तवदेखी सही सुकुम्वासीको पहिचान गरी उनीहरुको छिटो व्यवस्थापन गर्नुपर्ने आयोग माथि दवाव छ ।

सही सुकुम्वासीको पहिचान गरी जहाँ जुन ठाँउवाट आएका हुन ती ती जिल्ला स्थानमा सुकुम्वासीको व्यवस्थापन गरिनुपर्छ । उनीहरुले अहिले वागमती नदी किनारमा कव्जा गरेकै ठाउमा वा काठमाडौको कुनै पनि ठाँउमा व्यवस्थापन गर्नु हुँदैन र यसो गरिएमा स्थानीय समुदायले प्रतिकार गर्ने देखिएको छ । 

सही सुकुम्वासी सम्वन्धित ठाँउमा व्यवस्थापन र नक्कली सुकुम्वासी विस्थापनको माग राखी उपत्यका व्यवस्थापन तथा सहयोग सर्घष समितिले मसिर १९ गते काठमाडौ महानगरपालिकालाई ज्ञापनपत्र वुझाएको छ । स्थानीय समुदायको सरोकार तथा माग मुख्य रुपमा ४ विषयमा देखिन्छः १० सही सुकुम्वासी पहिचान गरी व्यवस्थापन तथा नक्कली सुकुम्वासीको विस्थापन । २० सुकुम्वासी जहाँ जुन ठाँउवाट आए उही ठाँउमा व्यवस्थापन गर्नुपर्ने । ३० नेवाः समुदायमा रहेको स्वावासी तथा वेनिस्सा समेत आयोगवाटै समाधान हुनुपर्ने ४० नेवाः समुदायमा रहेको सुकुम्वासी पहिचान गरी उनीहरुको समेत समस्या समाधान गर्नुपर्ने ।

आयोगको कानून हेर्दा सुकुम्वासी जहाँ वसेको छ, सोही ठाँउमा व्यवस्थान गर्ने तथा सुकुम्वासी जो जहाँवाट आए उतै व्यवस्थापन गर्ने उल्लेख छैन । तर सुकुम्वासीका नेता तथा अभियन्ताहरुको भनाई जो जहाँ रही वसी आएका छन ती ती ठाँउमा नै सुकुम्वासीले जग्गा पाउनुपर्ने माग गरेको पाईन्छ । आयोगवाट वसी आएको ठाँउमा नै जग्गा पाउने अवस्था नआए एकै ठाँउमा वसी आएकोले चिरकाल भोगको आधारमा उक्त ऐन अनुसार वसी आएकै ठाँउको लालपूर्जा पाउनुपर्ने नयाँ भनाइ समेत उनीहरुवाट आएको देखिन्छ । सुकुम्वासीलाई राजनीतिक सरक्षण भै आएको तथा दलको भोट वैक समेत रहेकोले उनीहरु वसी आएको ठाँउमै व्यवस्थापन नगरे उनीहरुले आयोगले अन्यत्र व्यवस्थापन गरेपनि उक्त ठाँउमा जाने सम्भावना निकै कम छ । सुकुम्वासी क्षेत्रमा वत्ति, टेलिफोन, पानी, ढल आदी समेतको व्यवस्था समेत रहेको पाइएको छ । यसर्थ, सुकुम्वासी क्षेत्रमा आधारभूत सेवा उपलव्ध छ । सामान्यतया जग्गा धनी पूर्जा नभई उपरोक्त सेवा पाउँदैन । उनीहरुले सिधै काठमाडौवाट नागरिकता लिएको तथा कतिको अन्यत्रको नागरिकता भएपनि स्थायी वसोवासको सिफारिश वेगर नै मतदाता लिस्टमा उनीहरुको नाम रहेको र वागमती किनारमा रहेका सुकुम्वासीहरुले काठमाडौवाट नै मतदान गरी आएकोले समेतवाट दलको साथ समर्थन उनीहरुमा रहेको देखिएकोछ । एमालेको अध्यक्ष ओलीले सुकुम्वासी पक्षमा वोली सकेको छ जवकी वालाजुका ४३ स्ववासी घर माथि डोजर चलाउदा र उनीहरु त्यहाँवाट विस्थापन ओलीकै सरकारको पालामा भएको र उनले पीडितको पक्षमा एक शव्द वोलेको छैन । सुकुम्वासी समस्या राजनीतिक रुपमा जेलिएको विषय हो । वास्तविक सुकुम्वासी सरकारले जहाँ व्यवस्थापन गरेपनि स्वीकार्नेले समेत उन्मुक्ति पाइरहेको छैन ।

आयोगको कानून, सरकारी प्रशासनिक आदेशको प्रकृतिको देखिएकोले समेत राष्टिूय भूमि आयोग गठन आदेश, २०७८ मा संशोधन गरी जहाँ सुकुम्वासी वसेको छ उही जग्गा दिई व्यवस्थापन गर्ने गरी उक्त आदेशमा संशोधन समेत गर्न सक्छ । आ आफनो नगरपालिकाले सुकुम्वासीलाई दिन मिल्ने वा दिन सकिने जग्गा छ भनी नगरपालिका वा वडाले किटानी सिफारिश नगरेसम्म आयोगले सुकुम्वासीलाई जग्गा दिन सक्तैन साथै नकारात्मक क्षेत्र भनी कानूनले तोकेको क्षेत्रमा सुकुम्वासीलाई दिन नसकिने हुँदा उपत्यकामा जग्गा दिन सक्ने सम्भावना कम भएको छ । नकारात्मक क्षेत्र भन्नाले सम्पदा तथा मठ मन्दिर क्षेत्र, वन क्षेत्र, नदि तथा नदि मापदण्डमा पर्ने क्षेत्र, समुदायको लागि छुटयाएको खुल्ला क्षेत्र आदी ।

स्ववासी समस्या के हो ?

धेरै वर्षदेखी भोग चलन गरी आएको व्लक नापी भै नापी फिल्डवुक छुटाछुटै नभएको जग्गालाई स्ववासी तथा छुटाछुटै नापी भै नापी फिल्डवुक समेत भएको फिल्डवुकमा ‘तिरो तिरान गरी नआएको तत्काल निस्सा प्रमाण नभएर वेनिस्साुु जनिएको जग्गालाई वेनिस्सा जग्गा भनिन्छ । सुकुम्वासीको कुरा गर्दा उपत्यकाको स्ववासी तथा वेनिस्सा भै वर्षदेखी वसी आएकाको समाधान हुने हो वा होइन भन्ने प्रश्न उव्जिएको छ । उपत्यकाको घना नेवाः प्राचिण वस्तीमा अहिले पनि ठूलो संख्यामा स्ववासीहरुले पूर्जा पाएका छैनन्, साथै कहि कहि वेनिस्सावालाले समेत पूर्जा पाएका छैन । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ स्ववासीको कुरा उल्लेख छैन । 

जग्गा नाँप जाँच ऐन, २०१९ को दफा ५ र ५क कानुनी व्यवस्था छ तापनि यसको लागि सरकारले सूचना प्रकाशन गर्नुपर्ने र सूचना प्रकाशन नभै दर्ताको लागि निवेदन दिन नपाउने सरकारले सूचना नै जारी नगर्ने, गरे पनि अत्यन्तै छोटो अवधि राखेर सूचना प्रकाशन गर्ने तथा ५–६ वर्षमा कहिले काही मात्र जग्गा दर्ता गर्न सूचना प्रकाशन गर्ने गरेकोले स्ववासी र वेनिस्सा जग्गा दर्ता गरी पूर्जा लिनवाट विमूख हुँदै आएको छ । राष्टिूय भूमि आयोग गठन आदेश, २०७८ मा स्ववासी र वेनिस्सावालालाई पूर्जा दिने प्रावधान नभए तापनि आयोगले अव्यवस्थित वसोवासी अन्र्तगत पारी स्ववासी र वेनिस्साको समेत समस्या समाधान गर्न सक्छ । मूलतः स्ववासी र वेनिस्साको समस्या पनि धेरै वर्ष देखी पूर्ण रुपमा समाधान हुन नसकेको समस्या हो । सुकुम्वासी तथा भूमि दलितको कुरा गरि रहदा अव्यवस्थित वसोवासी अन्र्तगत स्वावासी तथा वेनिस्साको समस्या समाधान गरिएन भने फेरी सरकारको लक्षित उद्देश्य पूरा हुने देखिदैन । स्वावासी तथा वेनिस्सा नाममा भूमिहिन एवं स्वामित्वहिनको अवस्था रही रहने छ । सरकारको विभेदकारी नीति तथा दृष्टिकोण कारण हालसम्म नेवाः समुदायमा विगतदेखी रही आएको स्ववासी र वेनिस्साको समस्या पूर्ण रुपमा समाधान हुन सकेको छैन । सरकारमा वस्नेले स्ववासी तथा वेनिस्सा भन्ने नै थाहा नपाएका शासक कर्मचारीको अज्ञानताको कारण विगतदेखी आफनै घर जग्ग्गा पनि स्वमित्वविहिन भै भोगचनल मात्र गरि रहनु परेको छ ।

नेवाः वस्तीका सुकुम्वासी प्रति आयोगको ध्यान खोई ?

नेवाः समुदायमा पनि लुकेको सुकुम्वासी जो वाहिर आउन चाहदैन, ती सुकुम्वासीको पहिचान र तिनीहरुको गणना आयोगले गरेको छैन । आयोग फिल्डमा नै गई सुकुम्वासीको खोजी, पहिचान गर्ने र प्रचार प्रसार गर्ने कुनै नीति नभएकोले खास गरी नेवाः समुदायमा भएका सुकुम्वासीले आयोगवाट जग्गा पाउने अवसरवाट वञ्चित हुने धेरै सम्भावना छ । यसो हुन नदि नेवाः देय् दवू तथा नेवाः संघ संस्था एवं सामाजिक अभियन्ताहरुले नेवाः समुदाय भित्रको सुकुम्वासी पहिचान गर्ने, अभिलेख राख्ने साथै स्ववासी र वेनिस्सावालाहरुको समेत पहिचान गर्ने र उनीहरुलाई संगठित गर्ने र उनीहरुलाई पनि आयोगवाट भूमि दिलाउने कार्यमा सम्वन्धित पक्षको यथोचित ध्यान जानु आवश्यक छ ।


Friday, December 30, 2022

बुर्का भित्रको ग्ल्यामर्स

 बुर्का भित्रको ग्ल्यामर्स



—सचिन्द्र श्रेष्ठ

           आज भोलि सेक्स, प्रेम विवाह, मनोरञ्जनको रुपमा शहरिया यूवा यूवतिहरुमा अत्याधिक रुपमा परिवर्तन आउन थालेको छ । अहिलेको रमझम पूर्ण दुनियाँमा आधुनिक पाराले यस आराम साथ जीवन विताउने र पूराना रितिरिवाजलाई भुल्दै पाश्चात्य जिवन शैली अपनाउनेको होडबाजि नै चलेको छ । आधुनिक यूवतिहरु सेक्स, प्रेमलाई जथाभावि रुपमा लिएको पाइन्छ । यूवतिहरु सोच्दछन् की मनले गरेको चीज नै सहि हो, या राम्रो हो  । कुनै केटासँग मन मिल्यो भने प्रेम तथा सेक्स गर्दा केहि फरक पर्दैन । अझ भन्नु पर्दा केटा–केटी साथी स्वयं मिलेर नै गर्ने गरेको पाईन्छ । यस्तै खालका बिभिन्न क्रियाकलापहरु अरवि गल्फ देशहरुमा समेत भएको पाईन्छ । जहाँ यौन, सेक्सलाई बाहिर खुलेआम बन्देज गरि राखेको पाईन्छ । 

              साउदी तथा अरबी मुलुकमा बसोबास गर्ने महिलाहरु कालो रङको बुर्का लगाएर हिड्ने गर्दछन् । ति युवति होस या विवाहित महिला सबैले अनिवार्य वुर्का लगाएर हिड्दछन् । आफ्ना सम्पुर्ण शरिरनै ढाकेर हिड्ने गर्दछन् । भित्र अरु नै लुगा लगाएर वाहिर हिड्दा कालो वस्त्र (बुर्का) लगाउदछन् । यसका कारण यहाँका यूवतीहरु चाहे जस्तो फेशन गरेर हिड्न पाँउदैनन् । सम्पुर्ण आफ्ना चाहानाहरुलाई बन्धक बनाउनु पर्दछ  साथ साथै आफ्ना चाहना समेत खुलेआम देखाउन नसक्दा यहाँका रेष्टुरेण्ट, मलहरु, लज वा बन्द कोठामा आफ्नो भित्री लुगा देखाउन साथै अश्लिलता प्रयोग गर्ने (यौन अंग प्रत्यंग देखाउने) गरेका हुन्छन् । बाहिर खुलेआम देखाउन नसकेको फेशन यस्तै ठाउँहरुमा देखाउने गर्दछन् । जसका कारण उनीहरुको  यस्तो फेसन हामीहरुले देख्न पाउँछौ ।

         साउदीमा स्थानिय यूवतीहरु एवं अन्य मूलूकबाट आएकाले समेत बूर्का लगाउनु पर्ने नियम छ । कसैले पनि विना बुर्का  लगाएर हिडेको पाईदैन । यहाँका यूवा यूवतिहरु आफ्ना चाहानाहरु दबाएर राखेको हून्छन् । खुलेआम सहज हिड्डुल गर्ने अवस्था यहाँ हुदँैन । स्कुल पढ्ने होस या जवानिले मस्त क्याम्पस पढ्ने ठिटी होस बाबु आमासँग पढ्न जाने बहाना बनाएर केटाहरुसँग लठारिदै रेष्टुरेण्टमा जाने यिनीहरुको जिवनको अभिन्न अंगनै बनेको छ । केटाहरुसँग कमै मात्रामा देखिने यूवतिहरु प्राय रेष्टूरेण्टमा काम गर्ने केटा (जुन बिदेशि छ) सँग वा केटी केटी नै आफ्ना अंगप्रत्यग चलाउने, भिडियो खिचि एक आपसमा सेयर गर्ने क्रम बढि देखिन्छ । यस्ता क्रियाकलाप गर्नेका लागि रेष्टुरेण्टहरुमा अलगै क्याविनको ब्यवस्था हुने गर्दछ जहाँ केटाहरुको लागि अलग्गै क्याविन, फेमिलीको अर्कै क्याविन, यूवतिहरुको अलग्गै क्याविन हुने गर्दछ । कुनै पनि क्यविनहरुको टेबल खुले आम हुदैन, सबैलाई पार्टेशन गरि राखिएको हुन्छ तसर्थ त्यहाँका सबै यूवतिहरु अतिनेै सुरक्षित रुपमा हुने गर्दछन । बलात्कार आदिका घटनाहरु घटेको पाईदैन । एकले अर्काेलाई राम्रोसँग देख्न बोल्न समेत पाईदँैन । अत्यन्त सम्मानका साथ बोल्नुपर्दछ । महिलालाई हरेक ठाउँमा प्राथमिकता दिनुका साथै उनिहरुको सम्मानमा आँच आउने खालका कुराहरु एवं ब्यवहार गर्नुुपर्ने हुदँैन । यूवतिहरुले सहज रुपमा यूवासँग बोल्न, हाँस्न पाएका हुदैँनन् । त्यसैले रेष्टूरेण्ट, मलहरुमा काम गर्ने कामदारसँग बोल्ने हास्ने गरेको पाइन्छ । तर विवाहित छन भने कसैसँग पनि बोलेको पाउदैन मात्र आफ्नो परिवारसँग मात्र उनिहरुको सम्बन्ध रहेको हुन्छ । श्रीमान श्रीमती एकै भएर हिडेका हुन्छन । जहाँ जाँदा पनि आफ्नो परिवारसँगै रहेको पाइन्छ साउदीमा तथा गल्फका महिलाहरु !

      यूवतीहरुलाई जवानिको नशाले कुत्कत्याएको हुन्छ उनिहरु केटा नहूँदा अपुरो महशुश गर्दछन । सप्तरि ५ रमेश यादब (नाम परिवर्तन) हामीसँग एउटै रेष्टूँरेण्टमा काम गथ्र्याे एक दिन क्यविनमा उसले  आफ्नो अर्डर लिएर गएको थियो । त्यहाँ तिन जना यूवतिहरु बुर्का खोलि बसेका थिए । अडर लिनको लागि उ गयो र मेन्यु दियो त्यहि बेला उसलाई तानेर तिन जनाले जर्वजस्ती बलात्कार गरे । उ बलात्कार भए पछि हामि कहाँ आयो र भन्यो म अब घर जान्छु भन्यो र घर जाने तर्फ कम्पनिमा पेपर बुझायो । यस्ता खालको घटनाहरु यहाँ थुप्र्रै हुन्छन् । साउदीमा बलात्कारको घटनालाई अत्यन्त गम्भीरताका साथ लिने गरिन्छ । पिडकहरुलाई तुरुन्तै मृत्यु दण्डको सजाय दिने गर्दछ । तसर्थ यहाँ यूवाहरुबाट बलात्कार हुने घटना कमै मात्रामा हुन्छ । तर वाहिरी यूवाहरुलाई यहाँका यूवतिहरुले धेरै पैसा दिने लोभमा आफ्नो जवानि पोखेका हुन्छन् । यिनीहरु यौन सम्बन्धलाई खुला रुपमा स्विकार्दछन् जसले आफ्नो घर, विधालयमा गर्ने नसकेका कामहरु रेष्टूरेण्ट, मल, होटलमा गर्ने गरेको पाइन्छ । साउदी यूवाहरुसँग कमै मात्रामा देखिने गर्दछन् । कि विवाह भए पछि मात्र सँगै हुने गर्दछन् । तर अविवाहित छन भने उनिहरु खुला रुपमा हिड्न सकेका हुदैनन् । त्यसैले बाहिरी यूवाहरु प्रति आकर्षित हुन्छन् र शारिरिक सम्बन्ध स्थापित गरि जवानिको तृष्णालाई शान्त पार्नु नै आफुलाई स्वर्णिम जिन्दगीमा ठानेका हुन्छन् । 

       रेष्टूरेण्टहरुमा यूवतिहरु बन्द कोठा पाउनासाथ बुर्का खोलेर आफ्ना भित्री पहिरन खोल्ने अंग प्रत्यंग देखाउने, एकले अर्काेलाई खेलाउने गर्दछन त्यसबाट नै उनिहरुले मनोरञ्जन लिन्छन्, यो उनिहरुको प्रत्येक रेष्टूरेण्टमा हुने दैनिकी हो उनिहरुको भित्री फेशन पाश्चात्य पहिरन भन्दा बढि देखिन्छ तर बाहिर निस्कदा अत्यन्त सरल, सभ्य भएर बुर्का लगाई हिडेको देखिन्छ । त्यसैले त्यहाका यूवतिहरु प्रति डराएर हिड्नु पर्ने अवस्था जसले गर्दा आफु त्यसमा लागेर नफस्नको लागि वा आफ्नो बचावटको लागि त्यस्तो गर्नुपर्दछ । साउदीमा खुलेआम एक अर्कालाई अँगालोमा बाँधेर बस्ने हिड्न पाउदैन । यहाँको नियम कानुन अत्यन्त कडा भएका कारण कुनै पनि यस्ता खालका दृश्य देख्न पाइदैन । देख्न पाइन्छ त केवल बन्द कोठा भित्र मात्र ! खुुले आम यौन सम्पर्क माथि प्रतिबन्ध लगाइएको छ । 

     अरुको देशमा जस्तो सुकै भएता पनि हाम्रो देशमा भने यस्तो यौन, सेक्स, प्रेम लगायतका कामहरु वढि मौलाएको छ जति मौलाउदै गएको छ त्यति नै यूवायूवति बौलाउदै हिडेको छन । पागल भएका छन । धोखा पाएर पाश्चात्य शैलीको पहिरनमा हिड्डुल  गर्ने यूवतिहरु बलात्कृत भएर हिड्नु पर्ने अवस्था छ  त कति विना बाबुको बच्चा च्यापेर हिडिरहेको छन । नेपालको सन्दर्भमा यौनजन्य क्रियाकलाप अहिले पूराना मूल्य र मान्यतासँग जोरि खोज्ने स्थितिमा पुगेको मात्रै छैन, भयंकर संक्रमणको स्थितिमा छ । परिवर्तनले जहिले पनि पुराना मुल्य र मान्यता सँग जोरि खोजेको छ । हामीले अर्काको संस्कार , मूल्य मान्यता आत्मसाथ गर्ने पूर्व सहि या गलत के हो ? त्यसको विचार गरेर मात्र आत्मसाथ गर्ने उत्तम कुरा हो जसले गर्दा एक अर्काप्रति सम्मान र ब्यवाहारको पाठ सिक्न सकोस् ।


Wednesday, December 28, 2022

कथा—म अन्याय सहँदिन

 कथा—म अन्याय सहँदिन


 

रइसा महर्जन

कक्षा १०, 

हिलटाउन मा.वि., कीर्तिपुर

“ओइ......!, आज राम्री भएर चिटिक्क परेर सँगै मिलेर रमाइलो हुने गरी जात्रा हेर्न जानुपर्छ है ।” रिमाले उसका साथीहरूलाई म्यासेनजर ग्रुपमा कुरा गर्दै भनिन् । “साँच्चै हगि रिमा, कीर्तिपुर जात्रा त निकै नै मज्जाको हुन्छ । मलाई त नेवारहरूको जात्रा धेरै मनपर्छ ।” रिमाकी साथी आर्याले कुरा थपिन् । सबै जना कक्षा १० का मित्रहरू थिए । यो उनीहरूले एकसाथ मनाउने अन्तिम जात्रा हुने हो नि भनेर पनि सबले सहमति जनाए । 

“जात्रामा धेरै भिडभाड हुन्छ, रिमा, होस पु¥याउनु है ।” रिभाकी आमाले भन्नुभयो । “ह्या आमा पनि, मेरा अरु मित्रहरू पनि त छन् नि, के हुन्छ र मलाई, पिर नगर्नुस् ।” रिमाले अलि बढी नै आत्मविश्वासी हुँदै भनिन् । 

घर बाहिर चर्को घाम लागिरहेको थियो । जात्रा सुरु नहुँदै लायकुमामानिसहरूको हुल बढीसकेको थियो । जसो तसो अब सबैजना गरी उनीहरूको पाँचजनाको समूह भयो 

“जात्राहेर्नु अघि केहीखाम न । मेरो घरमाआजभोजको आयोजनापनि छ । यही ५ मिनेट हिडेँपछि मेरो घर पुगिहाल्छ नि ।” सीताले आफ्नो प्रस्ताव राखिन् । सबैको सहममितका साथ नै सीताको घर जाने निर्णय भयो । सबै जना बाटोमाहाँस्दै, कुरा गर्दै, फोटो खिच्दै सीताको घरि पनिपुगे । 

सबैजना सीताको कोठामा बसे । कोठा सानो भएपनि सफाथियो । चारै तिर भित्तामापोष्टरहरू टाँसिएको थियो । आमाले प्लेटमा राखेर नेवारी आजा सेटमा हुने सबै परिकारका विविधखानाहरू ल्याइदिनुभयो । 

“यस्तो भोज खाँदाअलिअलि ऐला खानुपर्छ के साथी ।” कमलाले मस्किँदै भनिन् । सबैले मोजसँगअलिअलि रक्सी पनिखाए । सबै जनाझ्याप त भएनन् तर पनि रिमरिम रक्सीको मात चढिसकेको थियो । 

“ल हिँड, हिँड, जात्राहेर्नु पर्छ ।”भनेर मसिनो तर आदेशात्मक स्वरमा सोभाना जुरुक्क उठेर बोलिन् । “हुन्छ, हिँड् ”भन्दै जात्राहेर्न उनीहरू फेरि लायकुतिर गए । 

कोहीकतै नछुटोस् भनीउनीहरू सबैले हात समात्दै लाइनमा हिँडिराखे । जात्रामाउनीहरूलाई धेरै नै मज्जाआयो । उनीहरूले जात्रामा उठाउने त्यो देवताभएको ठूलो खत पनि देखे । त्यहाँभित्रको भगवानको मूर्तिलाई ढोगी आशीर्वाद लिए । 

“ओइ मेरो हात नछोडन । ”भन्दै रिमा कराइ रहिन् । तर उसको हात सँगै साथीहरूको साथपनि छुट्यो । रिमासँग न त मोबाइल नै थियो न त उसलाई कीर्तिपुरका बाटाहरूको ज्ञान । उनी हतास भएको, आत्तिएको देखेर परबाट अलि होचो, कालो जुङ्गा झ्याप्प भएको एकजना केटो रिमातर्फ आयो । “सानु तिमीलाई के भयो ?”केही सहयोग चाहिन्छ ?आलोकले सोध्यो । यही टोलको धनबहादुरको छोरो भएकोले रिमाले सहयोगका लागि आग्रह गरिन् । आलोकले घरसम्म पु¥याइदिने बाचा पनि गरे । आलोकले रिमालाई हात समात्दै लगिरहेको थियो । 

“ए यो बाटोबाट मेरो घर पुगिँदैननि दाजु” भन्दाभन्दै पनि रिमालाई घिसार्दै आलोकले लग्यो। 

“गुहार गुहार” रिमा कराई तर आलोक ठूलो मान्छेको छोरा भएकोले कसैले पनि रिमालाई आलोकको पञ्जाबाट फुत्काउने आँट गरेनन् । 

रिमा र आलोक लायकुदेखि पर अलि सुनसान ठाउँमा आइपुगे । आलोकले बिस्तारै आफ्नो हात रिमाको छुन नहुने अंगतिर पु¥याउन थाल्यो । रिमा एकदमै डराइन् । रिमाले मौका हेरेर आलोकको हातमा टोक्यो । “आइया”आलोक चिच्यायो साथै रिमाले आफ्नो शक्तिले भ्याएसम्मको बल लगाएर भाग्यो । लगभग २० मिनेटको भगाइ पछि थकित् रिमाले “रिमा, रिमा” भन्दै ठूलो स्वरमा बोलाइरहेको सुनेछ । ऊ त्यो आवाजलाई पछ्याउँदै गयो । उसले बाँकी चारमित्र पनि भेटिन् । रिमा एकदमै आत्तिएको देखेर उसको मित्रहरूले उसलाई शान्त पारे । रिमाले त्यो आफूसँग आलोकले गरेको दुव्र्यवहारको कुरा सुनायो । उसले पुलिसकहाँ हिँड्ने कुरा पनि ग¥यो । तर उनीहरूलाई त्यस्तो ठूलो शक्तिशाली मानिसको छोरो बिरुद्ध आवाज उठाउने आँट गरेनन् । उनीहरूले उल्टै रिमालाई केही गर्नु अघि फेरि शान्त दिमागले सोच्नु भन्दै रिमालाई घर पु¥याइदिए ।

“साथीहरूले मलाई नबुझे पनि मेरो परिवारले मलाई पक्कै पनि बुझ्ने छन्” भनेर रिमाले घरमा सबै कुरा बेलीबिस्तारमा सुनायो । रिमाको परिवारले रिमालाई सहयोग गर्ने त कता हो कता, उल्टो झन् “तैँले हाम्रो नाक कटाइस्, तँ जस्तो सन्तान हुनु भन्दा त नभएकै बेस, थुक्क बेइज्जती!” भन्दै गाली बर्साए ।

रिमालाई यो कुराले धेरै नै सताइरह्यो । रिमाको अन्तिम आशा भनेको उनको मिल्ने, माया गर्ने केटो साथी रमण थियो । तर अफसोस् रमणले पनि रिमाको साथ छोड्यो । रिमा भित्रबाट पूरै टुटिसकेको थियो । रिमालाई केही गर्ने आँट र हिम्मत नै आएन । 

यो घटना घटेको केही दिन पछि पनि रिमाको मनमा चाहिँदा नचाहिँदा कुराहरू खेल्न थाल्यो । रिमालाई मनमनै “झुन्डेर मरौँ, कि विष खाएर मरौँ कि त घर नै छोडी कतै पर कसैले नचिन्ने ठाउँमा भागेर जाउँ” जस्ता अनेकन विचार आउँथ्यो । अन्तमा आफ्नो समस्याको सामाधान यी कुनै होइनन भन्दै खातबाट जुुरुक्क उठेर ऐनामा आफ्ना अनुहार हेरी । “यति सानो कुराबाट मैले हार मान्नु हुँदैन । यस्तो कुरा त कायरहरूको मात्र गर्छन् । म त झन् पढीलेखेको मान्छे पो हुँ । म आफ्नो लागि आफै उठ्नुपर्छ ।” यति भनी रिमा किलामा झुन्डाएको ज्याकेट बोकेर कसैलाइै केही नभनी घरबाट सुटुक्क निस्की ।

“सर, मेरो रिपोर्ट लेखिदिनुस् न भन्दै रिमा प्रहरी अगाडि गइन् । 

“अँ हुन्छ, भन्नुस न त हामी तपाइँहरूकै सहयोगको लागि त हाँै नि ।” घोक्रो स्वरमा पुलिसले रिमालाई हेर्दै बोले । 

रिमाले उसँग घटेको सबै वृतान्त सुनाए तर प्रहरीले त्यो केटो धनबहादुरको छोरो हो भन्ने थाहा पाएपछि केश फाइल गर्न नै मानेन । रिमाले धेरै कर गरिन् तर प्रहरीले रिमाको कुरा सुनेनन् । रिमा रिसाउँदै, टेबुल ठोक्दै जुरुक्क उठी । एकै सासमा रिमाले भनी, “अरुले मलाई नराम्रो ढङ्गले छुनुमा मेरो के गल्ती थियो ? ल हो, म स्वीकार्छु कि मैले अलिअलि रक्सी खाएको थिएँ । तर मैले मेरो होस् गुमाएको त थिइनँनि । मलाई यहाँ अरूले थुकार्दै हिडिरहेका छन् तर त्यो केटो खुल्ला रुपले घुमिरहेको छ । यो कहाँको न्याय हो ? जहिले पनि महिलाले नै यस्तो कुरा किन सहनुपर्छ ?” रिमाले यति के भनेकी थिइन्, सबै मानिसले उसलाई आँखा तरेर हेर्न थाले । रिमा आँसु झार्दै चौकीबाट निस्किन् । 

रिमाको पीडा देखेर चौकी प्रमुखको नै चित्त दुखेछ । प्रहरीले मनमनै सोचे,“यदि मेरी छोरीसँग पनि यस्तै घटना घटेको भए, के म यसरी नै मेरा पाइला पछाडि सार्थेँ र ?पक्कै पनि सार्थिनँ । यस देशका हरेका बालबालिका मेरा सन्तान सरह नै हुन् ।” यही सोचका साथ प्रहरीले रिमालाई सहयोग गर्ने विचार गरे । 

प्रहरीले केही दिनभित्र नै आलोकलाई पूरा सबुत र साक्षीसहित समातेर जेलमा थुन्न लग्यो । यहाँ धनबहादुरले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्ने धेरै प्रयास पनि गरे । तर सत्यको सधैँ जीत हुन्छ भन्ने तथ्य यहाँ पनि पुष्टि भयो । किनकि रिमाको साथमा साथीसङ्गी, परिवार र शुभचिन्तकहरूको समर्थन अनि सहानुभूति हतियारका रुपमा थियो ।

`

Tuesday, November 22, 2022

बधाई छ पुकार महर्जन

 बधाई छ पुकार महर्जन




काठमाडौं क्षेत्र नं. १० क प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पुकार महर्जन १००८२ मत ल्याई निकटतम प्रतिद्वन्दि भन्दा २६८२ मत बढी ल्याई विजयी हुनु भएको छ । मत यस प्रकार रहेको छ ।

१.पुकार महर्जन नेपाली कांग्रेस रुख १००८२

२.उमेशराज सापकोटा राप्रपा हलो ७४००

३.शिवभक्ति बलामी नेकपा(एमाले) सूर्य ७३०९

४.दिलिप महर्जन माओवादी केन्द्र हँसिया हथौडा ३६००

५.हरिकुमार महर्जन नेमकिपा  मादल २१७८

६.शुकुराम महर्जन हाम्रो नेपाली पार्टी लौरो १२३६

७.जयराम कार्की ने.का (विपि) करुवा ७९०

८.अष्टमान महर्जन आमुल परिवर्तन मसिहा पार्टी नेपाल हृदय ३३२

९.सुरेन्द्र महर्जन स्वतन्त्र आँखीझ्याल १०३


महिला सशक्तिकरणकी अध्यक्ष गीता डंगोलसँग लिइएको अन्तर्वार्ता

 

महिला सशक्तिकरणकी अध्यक्ष गीता डंगोलसँग लिइएको अन्तर्वार्ता



नामः गीता डंगोल

ठेगानाः कि.न.पा–९

आवद्द संस्थाः महिला सशक्तीकरण केन्द्रका अध्यक्ष,

NEWAH (NEPAL Water for Health)  का सदस्य, NEOC का आजिवन सदस्य, Rotary Club of Kirtipur का सदस्य, IGFF संस्थाका सदस्य साथै काठमाडौ जिल्लाका Focal person, कीर्तिपुर नगरपालिकाका महिला उद्यम विकास समितिका सदस्य, आफ्नै IT Company  र Homstay  संचालन,

१.आजकल केमा ब्यस्त हुनुहुन्छ ?

.—संस्थामै ब्यस्त छु । एउटा ९ महिनाको तालिम जुन कार्तिक १५ गते देखि शुरु गरेका छौ । तालिममा विभिन्न वडाहरूको गरि जम्मा १५ जनाको सहभागिता रहेको छ । त्यस्मा तालिम मात्र होईन की व्यवहारिक कुरा पनि सिक्नलाई शुक्रबार एकदिन अन्य नाचगान, भाषा र अरू धेरै कुराहरूका लागि छुट्टाएका छौ । हामी जलवायु परिवर्तन भईरहेको समयलाई ध्यानमा राखी केराको रेसाबाट विभिन्न सामानहरू बनाउन सिकाउदै छौ । यस संस्थालाई विदेशीबाट सहयोग दिनुभएर ६ महिनाको तालिम र ३ महिनाको Internship गराउने भनेका छौ ।

२.महिला सशक्तीकरण केन्द्र कसरी स्थापना भयो ?

.—यसको विषयमा भन्नू पर्दा मेरो एउटा कहानी नै छ । शिक्षामा भन्नू पर्दा मैले नेपालमा १० कक्षा पढें । ११/१२ कक्षा भारतको हिमाञ्चल प्रदेशको सिम्ला भन्ने ठाउँमा बसेर पढें । ब्याचलरको लागि बैंगलोरमा Dental  सम्बन्धी ६ वर्ष पढेर ३ वर्ष काम पनि गरें । तर यो विषय केही कारणले मास्टर गरिन । त्यो समयमा  IT विषयमा धेरै राम्रो थियो । त्यसैले मैले पनि आफ्नो विषयलाई परिवर्तन गरेर  IT Company  मै काम गर्न थालें । शुरुमा CLI3L IT Company  मा २ वर्ष, TESCO IT Company जुन UK को नम्बर वान सुपर मार्केट हो । त्यो भारतमा Headquarter  भएर १२३ देशहरुमा रहेको छ । जहाँ ५ हजार जना Implore  थियो । त्यहाँ मेरो पद म्यानेजर थियो भने काम चाहिँ ग्प्माUK  रहेका Store Manager हरुलाई हेर्नुपथ्र्याे । त्यसपछि फ्रान्समा ३ वर्ष बसे । पछि घरमा आमा विरामी भएको कारण २५ वर्षको मेरो विदेशी बसाई पछि नेपाल फर्कें । त्यो समयमा मैले हेर्दा म बसेको ठाउँ कीर्तिपुर गाउँ जस्तै लाग्थ्यो । काठमाडौ राजधानीमा अवस्थित भए पनि मैले २५ वर्ष अगाडि जस्तो छोडेर गएकी थिएँ, त्यस्तै देखें । यहाँमा घरहरू मात्र ठुला भएका र बाटो घाटो मात्र फराकिलो भएको पाएँ । तर यहाँका मानिसहरूको सोच, काम गर्ने तरीका, शैलीहरूमा कति पनि परिवर्तन भएको पाईन । त्यसैले यहाँका महिलाहरूको सोच विचारलाई परिवर्तन गर्नका लागि नै २०७४ पुस महिनामा दर्ता गरि यो संस्था संचालन गरेको हो ।

३) यो संस्थाको मूल उद्देश्य के हो ?

.—यहाँका महिलाहरू तालिम लियो पछि त्यतिकै बस्यो । एक्लैले ४/५ वटा तालिम लिएको पनि देखें । ती मध्ये कोही सानो तिनो काम गर्ने, कोही आफ्नोे व्यवसाय गर्ने, कोही विदेशिनु पर्ने तर तालिमको त्यति सदुपयोग भएन र नेपाल सरकारबाट पनि यस्को लागि केही पहलहरु भएको दिखिन । त्यसैले अब महिलाहरूलाई तालिम मात्र दिने होईन की रोजगार पनि दिनुपर्छ भन्ने सोच राखेका थियौं । त्यसमा पनि अबका दिनमा कीर्तिपुरमा Trainig School भनेर स्थापना गर्ने सोच छ । अनि तालिम लिने महिलाहरुले आफ्नो बच्चाहरू राख्न सकिने गरि Early Child Centre भनेर स्थापना गर्ने पनि उद्देश्य राखेका छौ ।

४.संस्था स्थापना भएदेखि अहिले सम्म के के कामहरू भैसक्यो ?

.—शुरुमा २०/२० जना महिलाहरूको ६ वटा समूह बनाई उद्घोषण तालिम दियौं । यो तालिम बच्चाहरूलाई पनि दियौ । हस्तकला सम्बन्धी कामहरू विशेष गरि ब्याग, कुसन, जुत्ता, स्कुल ड्रेसको तालिम दियौं । तालिम साथै काम शुरु गर्ने बेलामा कोभिड १९का कारण काम संचालन गर्न सकिन । त्यस्तै स्वास्थ्य शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी ९६ जना महिलाहरूको जाँच गरेकोहरू मध्ये ६ जना क्यान्सरको पहिलो र दोस्रो लेबल देखाएका कारण उनीहरूको राम्रो उपचार गराउन सक्यौं । अरु धेरै अभिमुखीकरण कार्यक्रमहरू पनि ग¥यौं । म चाहिँ महिलाहरूलाई उद्दमी बनाउने मात्र होईन कि लैङ्िगक समानताको लागि पनि लडिरहेकी छु । यसै वर्ष क्ष्न्ँँ संस्थाबाट महिलाहरू पनि राजनितिमा अगाडि आउनुप¥यो भन्ने जानकारी साथ गोष्ठी कार्यक्रम संचालन गरियो । किनभने त्यो ठाउँमा केटा केटा मात्र भयो भने केटीहरूका लागि कसले आवाज उठाउने त ? यस्का लागि कस्तो तालिम दिने, महिला हक अधिकार पाउन पार्टीको सरोकार छैन तर अगाडि बढ्नुप¥यो । नेपालमा महिलाहरूका लागि उत्कृष्ट कानुन बनेको छ तर कार्यान्वयन हुनका लागि पनि हाम्रो पहुच त्यहाँ सम्म पुग्नु प¥यो । यति मात्र नभएर महिला उद्दमी बन्न सीप मात्र होईन हिसाबकिताब, लोगो, चिठ्ठी पत्र लेख्ने, बजारीकरण गर्न सक्ने हुनुपर्छ । यसको लागि अहिले यस संस्थाले प्रत्येक वडामा २५ जना छनोट गरि १० वटै वडाहरूमा संचालन गर्न लागेका छौं । सहभागी भएर उद्दमी हुन चाहने महिलाहरूले सीप सिकेको प्रमाणपत्र, पसल छ भने दर्ता गरेको कागजपत्र, मन्टेश्वरी हो भने व्यवसायी संचालन गरेको अनुमती पत्र, महिला संजाल वा समूह हो भने समूहबाट पत्रहरू बुझाउनु पर्ने हुन्छ । हाम्रो संस्थामा मात्र तालिम दिएको होईन कि काठमाडौ बाहिर समेत तालिम संचालन गर्न सफल भएका छौ ।

५.तालिम लिएका महिलाहरू अहिले कति जनाले रोजगार पाईराख्नु भएको छ ?

.—संस्थामा नै आवद्ध भएर ३० जना जतिले काम गर्दै हुनुहुन्छ । संस्थामा आउन समय नभएकाहरूले सम्पर्कमा रहेर घरमा लगि काम गर्नेहरु १२/१५ जति छन् । उद्घोषण तालिम लिएर प्रशिक्षक भएकाहरू ४÷५ जना, ड्रेस सेन्टर स्थापना गरेकाहरू र समूहमा मिलि आफ्नै ब्यवसायहरू संचालन गरेकाहरू समेत गरि हाल हाम्रो संस्थाबाट ५०/५५ जनाले रोजगार पाईराख्नु भएकाहरू हुनुहुन्छ । साथै अझै काम नपाएर जीवन धान्न गाह्रो भएका महिलाहरू कोही हुनुहुन्छ भने हामी तालिम साथै रोजगार दिन, व्यवसाय गर्न सक्दो सहयोग गर्नेछौ ।

६.कीर्तिपुरको महिला उद्यमी विकास समितिका सदस्य भएकोले यहाँ कति जति उद्यमी छ होला ?

—कीर्तिपुर भित्र काम गर्ने महिलाहरू धेरै जना छन् । तर उद्यमी भनेर दर्ता भएकाहरू खासै छैन । बजारीकरण गर्न नसकेको ,व्यापार ब्यवसाय राम्रो नभएकोले दर्ता नगरेको भन्ने गर्दछ । यहाँका महिलाहरूलाई आफूले सामान मात्र उत्पादन गर्नु हाम्रो संस्थाले बजारीकरण गरिदिन्छु भन्दा पनि सम्पर्क आउन चाहदैन । भन्दा चाहिँ काम छैन त भनिन्छ तर हामीले समन्वय गरिदिन्छु भन्दा पनि आउन मान्दैन । यो दुःखको कुरा हो । हुन त म करबारे विज्ञ त होईन तर थाहा भए अनुसार नगर वा वडामा दर्ता गर्नु भनेको नियम हो । भविष्यमा कारोबार राम्रो हुँदै गयो भने झै–झगडा  पनि हुन सक्छ तर त्यति बेला कुनै कानुनी कारबाही गर्न सकिँदैन । दर्ता गरि कर तिर्नु भनेको हाम्रो कर्तव्य पनि हो । त्यसैले आगामी दिनमा महिला उद्यमीहरुलाई दिन लागेको तालिममा एकदिन कर सम्बन्धी पनि तालिम दिने भनी योजना बनाएका छौ । अनि सरकारबाट पाउने अधिकार पनि उपभोग गर्न सकिन्छ । यसो गर्न सक्यो भने काम गर्दै रहनु भएका महिलाहरू सबै उद्यमी बन्न सकिन्छ ।

७.जुनसुकै संस्था चलाउनका लागि पनि बजेत चाहिन्छ यो कसरी मिलाउनु भयो ?

.—यसको विषयमा भन्नु पर्दा कुनै समूह, संस्थामा काम गर्दा कुनै कार्यक्रम चलाउन पनि बजेत छैन भनेर गाह्रो मान्ने गर्छ । मेरो विचारमा यहाँ बजेत नभएको होईन तर हामीले नदेखेको मात्र हो जस्तो लाग्छ । भनिन्छ नि इन्डियनहरूले “नेपालमा बाटो बाटोमा पैसा फल्छ” किनभने बाटोको प्लाष्टिक मात्र उठाए पनि करोडौ पैसा उठाएर लान्छ । सही समय, सही ठाउँ पुग्नु प¥यो , कसलाई सम्पर्क गर्ने, बजेटको लागि कसरी पत्र लेख्ने थाहा हुनुपर्छ । पहिले आफूले गरेको कामको लेखाजोखा राख्ने बानी गर्नुपर्छ । शुरुमा हामीले पनि ७ जना मिलेर लगानी गरेका थियौं । धेरै मेहिनत गरेपछि आज विदेशीले समेत विश्वास गरेर यस संस्थालाई सहयोगको हात बढेको छ ।

८.अन्तमा के भन्न चाहनुहुन्छ ?

.—हामी महिलाले कहिल्यै अल्छी गर्नु हुदैन । समयको ख्याल राख्नुपर्छ, मेहिनत गर्दै गएमा सफल अवश्य भईन्छ । अन्तमा अनुभवका कुरा राख्ने मौका दिनु भएकोमा यस साप्ताहिक पत्रिका कीर्तिपुर सन्देशलाई धेरै धन्यबाद छ ।


 प्रस्तोता ः अनिता महर्जन

काठमाडौं क्षेत्र नं.१० प्रदेशसभा क मा रुखको नजिकको प्रतिद्वन्दि हलो ,

 काठमाडौं क्षेत्र नं.१० प्रदेशसभा क मा रुखको नजिकको प्रतिद्वन्दि हलो , 




कीर्तिपुर न.पा. वडा नं.१ देखि ४ सम्मको मत परिणाम

प्रदेश सभा क को नतिजा

चिन्ह १ - २ ३ - ४ कुल मत

रुख     ११२६ १४१७     २५४३

हलो     ४४८ ११९४ १६४२

सूर्य     ६७१ ७६९         १४४०

माओ ५३४ ५७८         १११२

मादल  ३३४ २५१     ५८५

लौरो             २२७ २३९ ४६६

करुवा ७४ ९६ १७०

हृदय     ५८ १०७ १६५

आँखीझ्याल     १८ १९ ३७