Saturday, September 28, 2013

एन्फामा निर्वाचन हुने सम्भावना

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

एन्फामा निर्वाचन हुने सम्भावना

नवीन महर्जन

नेपालको फुटवलको सर्वोच्च संस्था अखिल नेपाल फुटवल संघ (एन्फा) हो । एन्फाले राष्ट्रिय प्रतियोगिता, ए डिभिजन लिग लगायत अन्य डिभिजन लिग प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतियोगिता, गरी नाम र दाम कमाइराखेको संस्था हो । भर्खरै एन्फाले आठौं साफ च्याम्पियनसिपको सफल आयोजना गर्दै एएफसीलाई पनि मख्खै     पारेको छ ।

यस्तो संस्थामा आगामी कार्तिक ७ गते निर्वाचन गर्ने तय एन्फाले गरेको छ । जस्को लागि उम्मेदवारी दर्ता आगामी असोज ७ गते सम्मको लागि प्रावधान राखिएको छ । हालसम्म यस संस्थाको अध्यक्षमा गणेश थापाले निर्विरोध हुने कुरा लगभग पक्का भैसकेको छ तर उपाध्यक्ष र केन्द्रिय सदस्यमा समझदारीमा नभईकन निर्वाचन नै हुने देखिएको छ । उापध्यक्ष र केन्द्रिय सदस्यमा थुप्रै महत्वाकांक्षी देखिएका छन । चार वर्षे कार्यकालको लागि १ अध्यक्ष, ८ उपाध्यक्ष र २२ सदस्यीय गरी एन्फा कार्यसमिति ३१ जना रहने गरिएको छ । त्यसपछि महासचिव र कोषाध्यक्षमा मनोनयन गरिनेछ ।

हालसम्म आठ उपाध्यक्षका लागि गत सातासम्म ९ जनाले उम्मेदवारी दर्ता गराई सकेका छन । यसमध्ये कर्मा छिरिङ शेर्पा, विजय नारायण मानन्धर र किशोर राई वर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन भने नयाँ अनुहारहरुमा हालका केन्द्रिय सदस्यहरु बसन्त अर्याल, सुनिल राणा, किरण राई, दिपक खाती, गोवद्र्धन सिंह, हरि श्रेष्ठ छन । यस संख्यामा यस हप्ता अझ बढ्ने सम्भावना रहेको छ । त्यसैगरी २२ जना सदस्य हुने यस एन्फामा अहिलेसम्म १४ जनाले उम्मेदवारी दर्ता गराईसकेका छन । हालसम्म सन्तोष बानिया, सुरेश शाह, देवेन्द्रमान सिंह वस्नेत, नेपाल कार्की, बाबुकाजी बस्नेत, रबिन्द्र कोजु, प्रकाश पंगेनी, युवराज श्रेष्ठ, भीम थापाले सदस्यमा उम्मेदवारी दिइसकेका छन । त्यसैगरी हालका केन्द्रिय सदस्यहरु रत्नकुमार श्रेष्ठ, पंकज नेवाङ, प्रल्हाद साह, समिर मोहम्मद र पूर्णमान चित्रकारले पनि सदस्यमा उम्मेदवारी दर्ता गराईसकेका छन । अझ बाँकी वर्तमान केन्द्रिय सदस्यहरुले पनि उम्मेदवार दर्ता गर्ने मनसाय राखेका छन । अध्यक्ष गणेश थापाले सकेसम्म निर्विरोध तरिकाले समझदारी गरी केन्द्रिय समिति बनाउने प्रयास गरीराखेका छन । तर यस्तै किसिमले उम्मेदवारी दर्ता भएमा पछिल्ला दुई कार्यकालमा एन्फामा कुनै पदमा निर्वाचन नभएको यसपाली निर्वाचन हुने पक्का पक्की हुने सम्भावना बढेको छ । एन्फाको साधारण सभामा २०० भन्दा बढी सहभागिता रहने भए पनि मताधिकार ७० जनाको मात्र रहेको छ । जस्मा हरेक जिल्लाको १÷१ गरी ४५ जना, ए डिभिजन १३ क्लबका १÷१ गरी १३ जना, बी डिभिजनबाट ५ जना, सी डिभिजनबाट ३ जना, खेलाडी, प्रशिक्षक, रेफ्रि, महिला समिति बाट १÷१ जना गरी ४ जनासँग मात्र मताधिकार रहने छ ।

मुख्य कुरा के हो भने कुनै पनि संघ, संस्थामा सँधै पुरानै सदस्यहरुको बोलबाला हुनु हुन्दैन । समय अनुसार नयाँ योजना र विचारलाई पनि प्राथमिकता दिनु अपरिहार्य हो । त्यसैको लागि सबभन्दा उत्तम उपाय समझदारी हो तसर्थ यसलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता देखिन्छ नभएमा मात्र अन्य विकल्प खोज्नु पर्ने देखिन्छ ।

No comments:

Post a Comment