Saturday, September 28, 2013

राष्ट्रिय फूल फुलेको भए

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

राष्ट्रिय फूल फुलेको भए

राम महर्जन, नगाउँ, कीर्तिपुर –१६

शिर्ष नेताहरुको शरीरमा
राष्ट्रिय फूल फुलेको भए
फूललै फूलले यो देशलाई
दुलही झै सजाइयो होला

दलिय नेताहरुको आँखामा
कालो वादलले नछोपेको भए
यो देशको मुहार नै
उज्यालो भई चम्कियो होला

सबै नेताहरुको हातमा
राष्ट्र कोर्ने कलम भए
नेपाल आमाको चित्र कोरि
विश्व सामु झल्कियो होला

सबै नेताहरुको मुटुमा
यो देशको माया भए
अनेक जातको फूलहरु रोपी
देश झलमल भैसक्यो होला

सबै नेताहरुको शरीरमा
नेपाल आमाको रगत भए
चन्द्र सूर्य अंकित झण्डा
विश्वभर फहराइरहेको होला

श्रोत नखुलेको सम्पतिहरु
राष्ट्रियकरण गरेको भए
यो देशको ढुकुटी सबै
टनाटन भरियो होला

No comments:

Post a Comment