Friday, July 28, 2023

राराहिल स्कुलका जिपिए ४ ल्याउने एसईई टपर अभिज्ञा बेलबासे वैज्ञानिक बन्न चाहन्छिन

 राराहिल स्कुलका जिपिए ४ ल्याउने एसईई टपर अभिज्ञा बेलबासे वैज्ञानिक बन्न चाहन्छिन 

अर्घाखांचीमा जन्म भै हाल कीर्तिपुर नगरपालिका वडा नं.५ छुगाउँमा स्थायी बसोबास गरिरहनु भएका छबिन्द्र बेलबासे र सावित्री पौडेलका छोरी अभिज्ञा बेलबासेले राराहिल स्कुलबाट एसईई २०७९ मा ४ जिपिए ल्याउनु भएको छ । जुन कीर्तिपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा एपिएफ स्कुल र राराहिल स्कुलका विद्यार्थीले मात्र जिपिए ४ ल्याउन सफल भएका छन । 

अभिज्ञाका बुबा छबिन्द्र बेलबासे कोलेनीका कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत र आमा साबित्री पौडेल विद्युत विकाश विभागको उपसचिव कर्मचारी हुनुहुन्छ । स्मरणीय छ अभिज्ञाका दिदी अपेक्षा बेलबाँसेले पनि राराहिल स्कुलबाटै २०७५ सालको एसईईमा जिपिए ४ नै ल्याएका थिए । हाल उनी गण्डकी मेडिकल कलेज पोखरामा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत भएको अभिज्ञा बेलबासेले जानकारी भएको छ । शिक्षित परिवारमा हुर्किएकी, दिदीलेजस्तै जिपिए ४ लिन सफल अभिज्ञा बेलबासेसँग भएको कुराकानीको संक्षिप्त अंश

एसईई २०७९ मा तपाईंले जिपिए ४ ल्याउनु भयो । कस्तो महसुस भैरहेको छ ?

—मलाई साह्रै खुशी लागेको छ । सबै विषयमा मैले त्यतिकै मेहनत गरेको थिएँ । मेहेनत अनुसार सबै विषयमा बराबर नम्बर आउँदा मेरो मेहनत सफल भएकोमा खुशी छु । यो एसईई नै सबैथोक होइन, अझ प्लस टु, ब्याचलरमा पनि राम्रो गर्ने सोच छ । यो सफलताले आगामी दिनमा पनि राम्रो गर्न सक्छु भन्ने हौसला बढेको छ ।

तपाईंले एसईई परीक्षाको लागि कस्तो तयारी गर्नुभयो । 

—यो १० कक्षामा आएर मात्र मेहेनत गरेको फल होइन । सानै उमेरदेखि मेहेनत गरेर पढ्दै आएको थिएँ । कक्षा १० मा पुगेपछि बिहान बेलुका विशेष कक्षा भन्ने हुन्थ्यो । त्यहाँ पढ्दा पनि आपूmले नबुझेको कुरा सर मिसहरुसँग सोध्थें । बुझेर किताब पढ्थें, नोट्सहरु पढ्थें । पहिलेका प्रश्नहरुको पनि अभ्यास गर्थे । यस्तै मेहेनतले गर्दा आज जिपिए ४ ल्याउन सफल भएँ ।

पढाईका लागि स्कुल र अभिभावकहरुको तर्फबाट कस्तो सहयोग चाहिने रहेछ ?

—पढाईमा राम्रो गर्नको लागि परिवार अथवा अभिभावक र स्कुलको भुमिका महत्वपूर्ण हुन्छ यसमा कुनै विवाद नै छैन । घरमा आमाबुबा र दिदीको सहयोग र प्रेरणाले मलाई ठूलो हौसला दिएको छ । बिना दवाव मैले घरमा पढ्ने वातावरण पाएँ त्यस्तै विद्यालयमा पनि सँधै गुरुबा गुरुआमाहरुले राम्ररी बुझाएर पढाउने, दवाव दिएर घोकण्ठी विद्या होइन आफैले बुझेर, सिकेर पढ्न हौसला दिनुहुन्थ्यो । कहिल्यै दवाव महसुस भएन । यसरी परिवार र विद्यालयको सहयोगले आज जिपिए ४ ल्याउन सफल भएँ ।

अब भविष्यमा के बन्ने योजना छ ?

—अहिले प्लस टुमा साइन्स पढ्ने निर्णय गरेको छु । साइन्स बायोलजी ग्रुपमा पढ्ने, त्यही विज्ञान क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने मन छ । त्यसैले मैले विज्ञान विषय रोजेको छु । अहिले नै यो गर्छु, त्यो गर्छु भन्ने होइन तर म अनुसन्धानतिर लाग्ने विचार  छ ।

तपाई राराहिलमा कति कक्षादेखि पढ्न थाल्नु भएको ?

—मैले राराहिल स्कुलमा शिशु कक्षादेखि पढेको हुँ । कहिलेकहिं घरबाट अर्को स्कुलमा पठाउने कुरा गथ्र्यो । तर मलाई कहिले पनि विद्यालय फेर्ने मन गरिनँ । त्यसैले मैले यस स्कुलमा १२ वर्ष पढें भन्नु पर्ला । यहाँ गुरुबा गुरुआमाहरुको व्यवहारले घरेलु वातावरण पाएँ । पहिलेदेखि पढेर आइरहेको भएर शिक्षकहरुले पनि मेरो चाहना र पढाईस्तर बुझ्नु भएको छ । त्यसैले मलाई पढाईमा सहजता भएको महसुस गरेको छु ।

तपाईंलाई राराहिलको शैक्षिक वातावरणले नै सफलताको लागि महत्वपूर्ण भुमिका खेल्यो भन्ने लाग्छ ? 

—राराहिल स्कुलमा शिक्षक शिक्षिका सबैले अति माया गर्नुहुन्थ्यो । मलाई राराहिलमा घरेलु बातावरणमा पढ्न पाइरहेको थिएँ । यहि स्कुलमा आफ्नो व्यक्तित्व विकास गर्ने मौका पाएँ । यहाँ स्कुलको पढाई मात्र होइन, यहाँका हरेक चीज अब्बल छन शौचालय त्यतिकै सफा सुग्घर छ, क्यान्टिन पनि सफा सुग्घर छ । कक्षा कोठा पनि हावा, प्रकाश चाहिने मात्रामा छिर्ने छन । साथै यहाँका साथीहरु पनि सहयोगी भावना भएका भएकोले मैले आफनो विकासको लागि प्रेरणा पाएँ ।

राराहिल स्कुलको के के कुराले तपाईंले सफलता पाउनका लागि भूमिका खेल्यो भन्ने लाग्छ ?

—यहाँ शिक्षकहरुले जहिले पनि माया गरेर पढाउनु हुन्छ, यति नोट लेखाएको छु, यतिमात्र पढ भनेर हप्काएर कहिल्यै पढाउनु भएन । आफै कसरी सिक्ने, कसरी बुझ्ने भन्ने सिकाउनु हुन्छ । म सानै उमेरदेखि जिज्ञासु स्वभावको थिएँ । त्यो जिज्ञासालाई कसरी सम्झाउन सकिन्छ भन्ने थाहा छ । स्कुलको वातावरणले मात्र सफलता पाईदैन आफैले पनि त्यो वातावरणलाई कसरी प्रयोग गर्ने, कसरी कहाँबाट राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने मेहेनत गर्नु पर्छ । मेरो मेहेनत र शिक्षक शिक्षिकाहरुले मेहेनत गरी पढाउनु भयो । यस्तो सबै अनुकुल वातावरणले गर्दा सफलता पाउन सफल भएको हुँ ।

अन्तमा अहिले कक्षा १० मा पढीरहेका विद्यार्थीहरुलाई कस्तो सुझाव दिन चाहनु हुन्छ ?

—आपूmले जिज्ञासु भएर, मेहेनत गरेर मन लगाएर पढ्नु महत्वपूर्ण हुन्छ । शिक्षकहरुले पढाएको कुरा आपूmले पढ्ने, बुझने र त्यसमै अभ्यास गर्ने गर्नु पर्छ । तनाव लिएर पढ्नु हुँदैन । यसईई महत्वपूर्ण परीक्षा हो । यसलाई लिएर तनाव लिनु हुँदैन । मेरो बारेमा भन्नु पर्दा मैले पढ्नकै लागि भनेर निद्रा कहिल्यै बिगारिनँ । आफ्नो शरीरले के मागेको छ त्यो पनि बुझनु पर्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्दै मन लगाएर पढ्यो भने अवश्य पनि राम्रो नतिजा ल्याउन सकिन्छ ।

No comments:

Post a Comment