Wednesday, January 16, 2013

कीर्तिपुरमा १५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013


कीर्तिपुरमा १५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस

भुकम्प सम्वन्धी फोटो प्रदर्शनीको उद्घाटन गर्दै

नेपालमा प्रत्येक वर्ष माघ २ गतेको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आइरहेको छ । यसैक्रममा कीर्तिपुरमा पनि विभिन्न सामाजिक संघ संस्थाहरूले विविध कार्यक्रम गरी सो दिवस मनाइयो । 

माघ २ गते मंगलवार कीर्तिपुर स्वयंसेवक समाजले देबढोकामा विहान ७ बजे भूकम्प सम्बन्धि फोटो प्रदर्शनीको आयोजना गरियो । उक्त फोटो प्रदर्शनीको उद्घाटन कीर्तिपुर स्वयंसेवक समाजका सल्लाहकार आकर्षण प्रधान र इन्द्रायणी परिवार क्लबका अध्यक्ष सुरेन्द्र महर्जनले संयुक्त रुपमा गर्नु भएको थियो । 
फोटो प्रदर्शनीको औचित्य र उद्देश्यबारे संस्थाका अध्यक्ष प्रज्ज्वल प्रधानले प्रकाश पार्नु भएको थियो । निवर्तमान अध्यक्ष निलेश नकर्मिले आफ्नो मन्तव्य दिंदै उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

१५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवकै अवसरमा नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाले कीर्तिपुरको लायकूमा भेला भै सचेतना ¥याली निकालेर कीर्तिपुर नगरपालिकाको वडा नं १ देखि ६ र वडा नं.१७ परिक्रमा गरियो । 

१५ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको उपलक्ष्यमा निकालिएको ¥याली

महिलाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त ¥यालीमा सहभागीहरूले भूकम्पबाट कसरी बच्ने भन्ने प्लेकार्ड हातमा बोकेका थिए । 

यसैवीच सामाजिक संस्था लुमन्ति र अक्सफामको सहयोगमा विपद् व्यवस्थापन समिति वडा नं.४ ले कीर्तिपुरको ल्वहँदेगःमा फोटो प्रदर्शनी तथा प्राथमिक उपचार विधि प्रदर्शन गरियो । 

2 comments:

  1. Appeal to all resident of Kirtpur Communicability (1- 19 Wards)create a " Kirtipur Disaster Relief Fund" . In this part Nepal Red Cross Society, Kirtipur Sub Chapter will support to develop a Principles, Strategy and Working Mechanism. So, Kirtipur Sundesh should play a vital role in this part. If Kirtipur Suncesh wish to receive an "Article" we, NRCS-Kirtipur Sub chapter will develop that. Tkx

    ReplyDelete
  2. Thanks Akarshan Dai for your comment. I think your suggestion is a valuable one, please talk to Najar Ram Dai for other process in this aspect. I think you have already contact with him. Thanking again. Raj

    ReplyDelete