Thursday, January 10, 2013

नेवाः एकता दिवसका लागि संयोजन समिति गठन गर्न भेला हुने

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

नेवाः एकता दिवसका लागि संयोजन समिति गठन गर्न भेला हुने

आउदो माघ ७ गते कीर्तिपुरमा हुन गइरहेको नेवाः एकता दिवस भब्यताका साथ मनाउन कीर्तिपुरमा क्रियाशिल संघ संस्था तथा खलः पुचःका प्रतिनिधिहरुको आउदो पुष २७ गते शुक्रवार सा“झ ५ बजे तुयु लुमन्ति दबू अमल्सिमा भेला हुने भएको छ ।

त्यस्तै कीर्तिपुर क्षेत्रमा क्रियाशिल विभिन्न महिला समूहरुको भेला शुक्रवार पुष २७ गते नै दिनको २ बजे कृष्ण क्याटरिङमा हुने भएको छ ।

त्यसैगरी सांस्कृतिक संघ संस्थाहरुको भेला आउदो शनिवार पुष २८ गते विहान कीर्तिपुर माध्यामिक विद्यालय बाहिरीगाउँमा हुने भएको छ ।

नेवाः एकता दिवसको दिनमा विजुली, पानी, टेलिफोन, यातायात, सुरक्षा व्यवस्थित गर्न कीर्तिपुर क्षेत्रमा रहेका सरकारी तथा संस्थानहरुको भेला आउदो आइतवार पुष २९ गते कीर्तिपुर नगरपालिकाको सभाकक्षमा दिनको २ बजे गर्न लागेको थाहा भएको छ ।

No comments:

Post a Comment