Saturday, September 28, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

कीर्तिपुरवासीहरू परिवर्तनको लागि उठौं
 
बैकुण्ठ महर्जन

गतांकको बाँकी

कीर्तिपुरको  हकमा भन्ने हो भने कुनै पनि कीर्तिपुरका आदिवासीहरुले यो परिवर्तनलाई झिनो देख्न थाल्यौ भने सैद्धान्तिक भूल हुनेछ । अर्को कम्युनिष्ट भएर सोच्ने हो भने जहाँ राजा हुन्छ त्यहाँ कम्युनिष्ट व्यवस्था असम्भव छ । अहिलेको गणतन्त्र एक कदम अगाडि बढेको छ । २५० वर्ष अगाडि हाम्रो मुलुक युरोपियनहरु सँगसँगै विकसित थियो । जब शाहहरुले यो मुलुकमा एकात्मक शासन चलाए अहिले युरोप कहाँ छ हामी कहाँ छौं ? त्यसैले हाम्रो देश यति धेरै पछाडि पर्नुको प्रमुख कारण शाह शासन र राणा शासन नै हो । यो विषयलाई हामीले बिर्सनु हुँदैन । कीर्तिपुरवासीमाथि त्यो बेलामा पृथ्वीनारायण शाहले कस्तो ज्यादती ग¥यो त्यो लेखिरहनु पर्दैन । कीर्तिपुर सन्देश पत्रिकामा छापेको “लुकाईएका इतिहास’बाट छर्लङ्ग पारीसकेको छ । भारतमा शासन गरिरहेका बृटिश सरकारसँग पृथ्वीनारायण शाहले विभिन्न असमान सन्धिहरु गरेर उनीहरुबाट सैन्य ज्ञान र हतियार (८०० ओटा तोप) को सहयोगले उपत्यका कब्जा गरिएको थियो । त्यसपछि हाम्रो पुर्खाले कस्तो यातनाहरु सहनु प¥यो जुन त्यो बेलाको युद्ध नियम भित्र पर्दैन ।

अर्को कुरा २०५२ पछाडिको १० वर्षे जनयुद्ध र २०६२÷०६३ को जन आन्दोलनका उपलब्धि हरु जस्तैः नेपाल सम्वतलाई क. प्रचण्ड प्रधानमन्त्री भएको बेला राष्ट्रिय सम्वतको घोषणा गर्नु, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान सहितको संघीयता, २४० वर्षदेखि पछाडि पारिएका भाषा, जाति, क्षेत्र, लिङ्गहरुको अधिकारको सुनिश्चितता गर्ने, छुवाछुत ऐन, छुवाछुत भेदभावको अन्त, आदि गएको संविधान सभाबाट टुंग्याई सकेका प्रगतिशील कदमहरुलाई कुनै पनि हालतमा यसको संरक्षण  गरी यी प्राप्त अधिकारमाथि टेकेर अरु नपुग अधिकार लिनको लागि अगाडि बढ्नुपर्छ । हो, हाम्रा सामु धेरै कामहरु छन २५० वर्षसम्म कंगाल बनाए को मुलुकलाई अगाडि लानु छ । अहिले भएको काम नेपाली जनताले खोजे सोचेको भन्दा कम हुनसक्छ । यसमा दुई मत छैन । यी उपलब्धीहरुलाई नबुझी संविधान सभा चुनावको बहिस्कारको कुरा गर्नु प्रतिक्रिया वादीहरुको स्वरमा स्वर मिलाउनु मात्र हुनेछ । किनभने नेकपा माओवादीले अगाडि सारिएका  कुराहरु निकासको लागि नभै घुक्र्याई, गोलचक्रमा मुलुक फसाउने, भाँडभैलो मचाउने बाहेक अरु केही होइन, यो विषय निस्पक्ष राजनैतिक विस्लेषकहरु र राजनीतिकर्मिहरुले राम्र्रैसँग बुझिसकेको छ ।

देशमा सहमतिको प्रयास पनि अन्तिम समयसम्म भएकै थियो । केही नलागेपछि मात्रै रेग्मीको    सरकार गठन भएको हो तर फेरि पछाडि फर्केर गोलमेच सम्मेलनको नारा दिएर मुलुकलाई गोलचक्रमा फसाउन प्रयत्न गर्न खोज्नु यो कदम प्रगतिशील छ कि प्रतिगामी छ समयले छिट्टै देखाउने छ । यी गोलचक्रका विषयलाई प्राथमिकता दिनु मात्र कमल थापा र ज्ञानेन्द्रलाई खुसी पार्नु बाहेक अरु केही पनि     होइन । दोस्रो संविधान सभाको चुनाव पछाडि यदि ने.का र एमाले हा¥यो भने यस्तो क्रियाकलाप उनिहरुको लागि पनि मसला बन्नेछ जसरी अहिले कमल थापाको लागि भएको छ । जसले यो देशलाई निकास दिन चाहन्छ जसले यो देशलाई आर्थिक क्रान्तिको कार्यलाई तिब्र गतिमा लान चाहन्छ उनिहरुलाई टेवा पुग्दैन ।

जुन बेला तत्कालिन नेकपा माओवादी जनयुद्ध लडिरहेको  थियो । उसको पहिलो र दोस्रो वार्ता विफल हुनुको प्रमुख    कारण नै संविधान सभा नदिएर हो । देशमा ने.का र एमाले बलियो अवस्था थियो । ने.का र एमालेको पहलमा गराएको संविधानसभाको चुनावमा त जान्छ भनेर आएको शक्ति अहिले देश माओवादीमय भएको अवस्थामा पनि संविधान सभाको चुनावलाई विभिन्न नाटकीय बहानामा कथित गोलमेच सम्मेलनको माग अगाडि सारी देशलाई गोलचक्र र गोलमालमा फसाएर आफ्नो स्वार्थ पुरा हुन्छ भनेर सोच्नु बुद्धिमानी हुँदैन । इतिहासले हामीलाई के सिकाएको छ भने जव जव देशमा अस्थिर बढ्छ जव जव देशमा संक्रमणकाल लामो हुन्छ विस्तारवादीहरुले चलखेल गर्ने गर्छ । यदि भित्री हृदयदेखि विदेशी चलखेल रोक्ने हो भने देशलाई छिटो भन्दा छिटो निकास दिनु पर्छ ।

नेपालमा वि.सं. २००६ सालको बरिपरि संविधान सभाको कुरा उठेको थियो तर २००७ देखि २०१५ सालसम्म सत्ताको प्रमुख पदहरुमा यथास्थितिवादीहरु आसिन भएपछि संविधान सभाको मुद्धालाई अगाडि सारिएन मात्र आलताल गर्ने गरियो फलस्वरुप २०१५ सालमा संसदको चुनाव पनि राजा महेन्द्रले गराएर २०१७ सालको पंचायती संविधान उसैले जारी ग¥यो । आज हामी २०७० सालमा   फेरी यही मुद्धाको      सेरोफेरोमा छौं भन्न खोजिरहेको विषय ६० वर्ष अगाडि गरिएको भुल अब फेरी नदोहोरिउन ।

अन्तमा स्मरणिय गर्नु पर्ने  कुरा के हो भने आगामी संविधान सभा चुनाव पछाडि पहिलेको जस्तो अन्तिम समयमा आएर संविधान सभा समाप्त हुने छैन कारण के हो भने अहिले उच्च—स्तरीय राजनैतिक समितिमा अन्तिम समयसम्म सहमतिको प्रयास गरिने छैन पाँच महिनासम्म मात्र सहमतिको प्रयास गरिने सहमति नजुतेको खण्डमा मतदानद्वारा भए पनि विवादीत विषयको तुंगो लगाउने छ भनेर निर्णय गरी सकेको अवस्था छ । त्यसो भएपछि पहिले जस्तो संविधान सभाको अन्तिम रातसम्म सहमतिको ढोका घच्घच्याई रहनु परेन । 

अर्को पहिलेको संविधान सभाले निर्णय गरिसकेको संविधानको अन्तर विषय वस्तुलाई नै पहिले पूर्णता दिने निर्णय पनि अहिले नै भैसकेको छ । अब बाँकि कुरामात्र अघि बढ्ने हो । त्यसकारण अब हुनु गैराखेको दोस्रो संविधान सभाको नतिजा प्रगतिशील एजेण्डा बोकेको पक्षलाई सफल बनाउन हामी कीर्तिपुरवासीहरुले सहयोग गर्नैपर्दछ । त्यसको लागि एनेकपा माओवादी नै प्रमुख विकल्प हो । ६० वर्ष अगाडिदेखि थाँतिरहेको संविधान सभाको चुनाव सफल पार्ने अहिलेको समयको माग हो । यसो भएपछि गएको ४ वर्ष लागेको खर्च र समयको सदुपयोग   हुनेभयो । अबको संविधान सभाले समयसिमा भित्र संविधान दिन सक्ने छ भनेर विश्वास गर्ने आधार पनि भयो । त्यसकारण यो मौकाबाट चुक्नु बुद्धिमानी हुने छैन ।

No comments:

Post a Comment