Friday, September 30, 2016

समाजसेवी स्वास्थ्यकर्मी जलवहादुर महर्जनसँग एकछिन

समाजसेवी स्वास्थ्यकर्मी जलवहादुर महर्जनसँग एकछिन


जलबहादुर महर्जन नेपाल संवत १०६२ (वि.सं.१९९८) सालमा आमा बमनी (मोहन माया) महर्जन र बाबु अष्टवीर महर्जनको कोखबाट पाँगा दिख्यःमा जन्मनु भएको हो । उहाँको श्रीमती कान्छी महर्जन, उहाँका चारजना छोरीहरू र एक जना छोरा रहेका छन् । उहाँको छोरा अमृत महर्जन अहिले बेलायतमा सरकारी जागिरे भएर द्यष्य ःभमष्अब िक्अष्भलतष्कतको पदमा कार्यरत छन । उहाँ भन्नुहुन्छ, “स्वास्थ्यकर्मीहरूले सुगम ठाउँमा मात्र होइन, दुर्गम क्षेत्रमा पनि सेवा गर्नुपर्छ ।—सं. 

तपाईंको पहिलो शिक्षा कहाँबाट सुरु भएको हो ?

— मैले पाँगा लाछीमा चोभारको गुरु बाजेले चलाएको भाषा पाठशालामा पढेर अक्षर चिनेको हुँ । त्यसपछि कीर्तिपुर बाघ
भैरवस्थानमा रहेको किरण विद्यालयमा २ कक्षासम्म पढें । त्यसपछि पाँगाको जलविनायक आधार स्कुलमा ५ कक्षासम्म पढेको थिएँ । त्यसपछि पाटन हाइस्कुल ललितपुरमा ६ कक्षामा भर्ना भई त्यहिंबाट एस.एल.सी. परीक्षा दिएको थिएँ । एसएलसीमा दोस्रो श्रेणीमा पास गरेको थिएँ ।

तपाईं स्वास्थ्य क्षेत्रमा कसरी लाग्नु भयो ? स्वास्थ्यकर्मी भएर कहाँ कहाँ खटिनु भयो ?

— त्यतिबेला हाम्रो गाउँघरमा स्वास्थ्यकर्मीहरु साह्रै कममात्र हुनुहुन्थ्यो । त्यसैले मैले २०१९ सालमा अक्ज्युलरी हेल्थ वर्कर A.H.W. को तालिम पुरा गरी २०२२ सालमा श्री ५ को सरकार स्वास्थ्य सेवा विभाग अन्तरगत जागिर खाएँ । जागिरे जीवनमा सरकारले खटाएको ठाउँमा गएर सेवा गरें । त्यतिबेला सुदुर पश्चिमकै कर्णाली अन्चलको तिबृकोट जिल्लामा गई Health Center खोल्न पठाएको थियो । त्यहिं काईगाउँ भन्ने जिल्ला सदरमुकारमा बसि एक वर्षसम्म काम गरें । एक वर्षपछि जुम्ला अस्पतालको डाक्टरलाई अनियमित काम गरेको भनेर अवकास दिएपछि त्यहाँ गएर मैले In-charge भएर काम गरें । त्यसको एक वर्षपछि Senior Health Worker को जाँच दिन आउनु भनी आ.वा. प्राप्त भएपछि २०२४ सालमा काठमाडौं आई जाँच दिएँ । त्यो जाँचमा पास भएपछि फेरि विभिन्न जिल्लाहरुमा खटाईयो । जसमा गौरीगंज स्वास्थ्य केन्द्र झापा, रौटहट जिल्लाको विभिन्न ठाउँ, इलामको वलाङ्गचुंग गोला सरुवा गरे । एकै ठाउँमा धेरै वर्ष बस्न पाइएन । ठाउँ सर्दै हिंड्दा मेरो स्वास्थ्य बिग्रियो । म काठमाडौं आएँ । मलाई काठमाडौंको साँखु स्वास्थ्य केन्द्रमा सरुवा गरियो । दुई वर्षपछि फेरि ललितपुर जिल्लाको धापाखेल स्वास्थ्य केन्द्रमा सरुवा गरियो । त्यहाँ ५ वर्ष काम गरीसकेपछि धादिंग, त्रिशुलीमा फ्लू (रुघा खोकी ज्वरो) को महामारी रोकथामको लागि खटाईयो । त्यसपछि लमजुङ्ग जिल्लाको गिलुङ्गको साल्मे भञ्ज्याङ्ग स्वास्थ्य केन्द्रमा गई काम गरें । यसरी हरेक पटक विभिन्न ठाउँमा खटाइयो । अन्तमा काठमाडौंको वीर अस्पतालमा काजमा खटाईयो । घरायसी कारणले वीर अस्पतालमा काम गर्दागर्दै राजीनामा दिएँ  । त्यसपछि घरमै नीजि क्लिनिक खोली पाँगाका जनताको सेवा गर्न थालें ।

त्यसपछि २०३३ सालमा फेरि खाद्य अनुसन्धानशालामा Food Inspector  पदमा बसी काम गरें । त्यहाँ पनि मेरो स्वास्थ्य ठीक नभएकोले जागीर छोडें । २०३५ सालमा फेरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र रत्न क्याम्पसमा जागिरे भएँ । त्यहाँबाट दीर्घ सेवा पदक प्राप्त गरी २०६० सालमा अवकाश प्राप्त गरें । मैले पाँगा र विभिन्न ठाउँमा गई निस्वार्थ भावले सेवा गरेकोले एनेकपा माओवादीले एक समारोह गरी दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

तपाईं समाज सेवामा कहिलेदेखि संलग्न हुनुभयो ?

—आपूmले अनेक जिल्लामा गई स्वास्थ्य केन्द्र खोलेर सेवा गर्दै आइरहेको थिएँ । हाम्रो पाँगामा एउटा पनि स्वास्थ्य केन्द्र थिएन । त्यसैले आफ्नो गाउँ पाँगामा पनि स्वास्थ्य केन्द्र खोल्न पहल गरें । स्वास्थ्य केन्द्र खोल्न सार्वजनिक जग्गा चाहिने भयो । जनसेवा मा.वि. इचाखेल पाँगामा सम्पर्क राखी २ रोपनी जग्गा स्वास्थ्य केन्द्रको नाममा गरी विष्णुदेवी स्वास्थ्य केन्द्र राखेको थियो । तर पछि राम्रो व्यवस्था गर्न नसकेर कीर्तिपुरमा सरुवा गरियो । अहिले स्वास्थ्य केन्द्रबाट स्वास्थ चौकीमा परिणत भै इचाखेलमा
बालकुमारी स्वास्थ्य चौकी रहेको छ ।

तपाईंको शिक्षा क्षेत्रमा संलग्नता कहिलेदेखि भयो ?

—पाँगाको जनसेवा मा.वि.को भवन थिएन । भवन बनाउन सुरुमा साथी भाइ मिली ढुंगा, काठ, बांस बोकेर ल्याएर स्कुल भवन बनाएका हौं । पाँगाबाट मात्रै छ्वाली, पराल र केही आर्थिक सहयोग समेत
गरी बनाइको थिएँ । यहाँसम्म आइपुग्दा स्कुलको भौतिक संरचनामा विकास भएको मान्नुपर्छ । हाल जनाधार क्याम्पस समेत बनीसकेको छ । त्यस स्कुलको व्यवस्थापन समितिको सदस्य समेत भएर काम
गरी सकेको छु । पाँगामा इन्टरनेशनल प्लान आउँदा त्यसमा संलग्न रही गाउँ सेवामा लागेको थिएँ । दिख्यः टोलमा रहेको बालकुमारी देवीको नाउँमा बालकुमारी दाफा गुठी, बालकुमारी भजन मण्डलमा बसी काम गरेको थिएँ । तर आजकल उक्त भजन बन्द भैसकेको छ । कारण, युवा पुस्ताले धार्मिक क्षेत्रमा वास्ता नगरेकोले हो जस्तो लाग्छ ।

तपाईंंको राजनीति संलग्नता कस्तो रह्यो ?

— म सानै छँदादेखि नै हाम्रो घरमा वामपन्थी नेताहरूको घरमा आउने जाने गर्थे । २०१४ सालमा काठमाडौंबाट हिरण्यलाल श्रेष्ठले युवा साथीहरु जम्मा गरी युथ कम्युनिष्ट लिग (वाई.सी.एल) संस्था खोलिएको थियो । जसमा पाँगाबाट मात्र ५ जना सदस्य  रहेका थिए ।

जसमा स्व.धर्म महर्जन, स्व.शिवसिं ज्यापु, स्व.कृष्ण भक्त महर्जन, शंकर डंगोल र म थिएँ । २०१५ सालमा आम चुनाव भयो । कांग्रेसले बहुमत पायो । कांग्रेसको सरकार बन्यो । केही वर्षमा नै संसदीय व्यवस्था भंग गरी पञ्चायत व्यवस्था लादियो । सबै पार्टीहरू प्रतिबन्ध भयो । त्यसपछि नेताहरू छिन्न भिन्न भयो । हामी पनि जागिरे जीवन बिताउन पुगें । त्यसपछि कुनै नेताहरूसँग भेट भएन । वामपंथी विचारधारा भए पनि कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।

आजका युवापुस्तालाई तपाईंको के सुझाव छ ?

—आजकलका युवाहरू आपूmभन्दा क्भलष्यच व्यक्तिहरूले भनेको कुरालाई त्यति ध्यान दिंदैन । आपूmहरु नै सर्वेसर्वा जस्तो ठान्दछन । अनुशासन र आपूmले गर्नु पर्ने काम कर्तव्य समेत ख्याल राख्दैन । तसर्थ म के भन्न चाहन्छु भने आपूmभन्दा जान्नेसुन्ने पूर्वजहरूले कस्तो काम गरेर जानुभयो । त्यस्तो काम कुरालाई ध्यान राख्नु जरुरी छ । तसर्थ वर्तमान युवा पुस्ताहरूले समाजका प्रतिष्ठित र विज्ञ मानिसहरूलाई सम्मान गर्ने बानी सिक्नु र बसाल्नु पर्छ । यही नै मेरो सुझाव छ ।

No comments:

Post a Comment