Saturday, September 28, 2013

अन्ततः चार राजनीतिक शक्ति ४ गते चुनावको तयारी

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

अन्ततः चार राजनीतिक शक्ति ४ गते चुनावको तयारी

सम्पादकीय

अन्ततः चार राजनीतिक शक्ति एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा मंसिर ४ गते नै संविधानसभाको दास्रो निर्वाचनका लागि तयारी गरेको छ ।

नेकपा—माओवादी लागयत ३३ दलीय मोर्चासंग लगातारको वार्तामा सहमति नभएपछि चुनावको तयारीको क्रममा संघीय समाजवादी पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चासंग भएको सहमतिलाई कानुनी मान्यता दिन राष्ट्रपति डा. रामवरण यादव मार्फत अध्यादेश जारी समेत गरि सकेको छ । यसको अर्थ अव ३३ दलीय मोर्चासंग वार्ताको विषयमा कुरा मात्र गर्ने तर चुनावको लागि अन्तिम तयारी गरेको छ भन्दा केहि फरक नर्पला । उता निर्वाचन आयोगले समेत चुनावको लागि अन्तिम तयारी गरेको अवस्था छ ।

चुनावी प्रक्रिया आयोगले अगाडी बढाएको अवस्थामा अव ३३ दलीय मोर्चाले चुनाव बहिस्कार गरेतापनि चार राजनीतिक शक्ति जसरी पनि आउ“दो मंसिर ४ गते नै चुनाव गर्ने तयारीमा लागे भन्न सकिने अवस्था छ । तर ३३ दलीय मोर्चाले भने बहिस्कार आन्दोलनलाई कसरी अगाडी बढाउने छ त्यसको आधारमा मात्र चुनाव कस्तो हनेछ भन्ने कुरा स्पष्ट हन्छ ।

No comments:

Post a Comment