Friday, September 9, 2016

आयू —इन्द्रवहादुर महर्जन—

आयू


—इन्द्रवहादुर महर्जन—
संसारका मानिसहरुलाई आयू शब्दले झस्काउँछ । आयू शब्दले आफ्नो आयू कति हुने वा कतिसम्म बाँच्ने भनि झस्किन्छ । वैज्ञानिकहरुको धारणा अनुसार मानिसको आयू १०० वर्ष हुन्छ र ठाउँ अनुसार विकसित र विकासोन्मुख राष्टू अनुसार फरक फरक पर्छ भनि उल्लेख गरेका छन् ।

जनावरहरुमा कुकुरको सालाखाला आयू १४ वर्ष, कुखुराको ८ वर्ष, कछुवाको ५०० वर्ष, सर्प नागहरुको (चिरंजिवी नागहरु वाहेक) ५०० वर्ष, व्हेलमाछाको ५०० वर्ष, कागको ५०० वर्ष, हात्तीको ५० वर्ष, परेवाको ५ वर्ष आयू छ भनि बैज्ञानिकहरुले उल्लेख गरेका छन् । ती मध्ये मानव जाती सम्पूर्ण पशुपंक्षीमा सर्वश्रेष्ठ प्राणी हुन् ।

मानिस बाहेक अरु प्राणीहरुको न भाषा छन्, न संस्कृति छन् मात्र समाज छन् । मानिस सबै प्रकारको ज्ञानको खानी हुन् । समाज, संस्कृति, भाषा र भूत, वर्तमान र भविष्य समेतको सोच्न सक्ने ज्ञान छन् ।
त्यसैले पशुपंक्षी मान्छे भन्दा बलियो र ठूलो भए पनि मान्छेले आफ्नो अधिनमा राख्न सकेको हो । तैपनि कागहरु, व्हेलमाछा, सर्प, कछुवा मान्छेको आयूभन्दा निकै लामो देखिन्छ ।

पहिलेका मानिसहरु परिश्रमी, स्वस्थखाना, पानी, हावा र खाना खान पाइएकोले सालाखाला आयू घट्दो भए पनि प्राचीन मानिसहरुको आयू लामो नै देखिन्छ । सालाखाला आयू घट्दो भएको कारण अशिक्षित कारण कतिपय ठाउँमा खोलामा दिसा पिशाव गर्ने र त्यहिं नुहाउने, पानी थाप्ने गर्थिन, एउटै पोखरीमा पनि त्यसै क्रम गर्थिन जसबाट महामारी रोग फेलन्थे र उपचारको क्रममा धामी, झांक्री हुन्थे, दोष लागेको र बोक्सीको आरोपमा धामी झांक्रीको भर पर्दा सानै उमेरमा मान्छेको आयू घट्दो क्रम थियो । औषधी उपचार र अस्पताल कम भएर पनि मान्छेको आयू सुत्केरी स्याहार नभएर र धामी झांक्रीको भरले पनि सुत्केरीहरु आयू कम हुने कारण थियो । तर स्वस्थ खाने, परिश्रमी व्यक्तिहरुको आयू बढी नै भएको देखिन्थे । कुपोषणको कारण र
महामारीको कारण औषधी उपलब्ध नभएर बालबालिकाहरुको आयू घट्दो घट्डो क्रम बढी छ । हाल औषधि
उपचारको क्रम बढी छ, अस्पतालहरु बढी भए पनि तेल, बेसार देखि लिएर हरेक खाद्य वस्तुमा मिसावत र औषधी राखी छिटो फलपूmल पाक्ने, अन्नहरुमा कीरामा नै औषधी राखेर हरेक खाद्यवस्तुमा स्वस्थ हुनुको सट्टा रोगी बढ्न गएको पाईएको छ । जसबाट हाम्रो आयू घट्दो क्रम बृद्धि छ । जापान, अमेरिका, अस्टूेलिया, लण्डन जस्ता विकसित मुलुकमा खाद्यवस्तुमा कीटनाशक औषधी हाल्दैन, फलपूmल छिटो पाक्ने औषधी हाल्दैन र हरेक खाद्य वस्तुमा म्याद राखेको हुन्छ । म्याद सकेको खाद्यवस्तु हटाइएको हुन्छ ।

नेपालमा कुहिएको फलपूmल अन्नहरु, तरकारीहरु बेचे पनि कानून लाग्दैन बरु सस्तो भनेर बढी बिक्री हुन्छ । जसबाट त्यो खानाबाट मान्छे विरामी भई डाक्टरले औषधी मात्रा बढी दिई विरामीको शरीरले थाम्न नसकी आयू घटेको पाइन्छ । औषधी खांदा औषधीको अनुपातमा भिटामिन, पोषिलो खाना कम भएपछि औषधी मात्र धेरै खांदा साईड इफेक्ट भई अर्कै रोग हुन जान्छ । डाक्टरले यो खाउ, त्यो खाउ भनेर औषधीको पोका लेखिदिन्छ र नर्सहरुले भटाभट औषधी विरामीलाई खुवाउँछ तर विरामी भने पोसिलो खाना खान रुची नभई झन साईड ईफेक्ट भइ आयू घट्दै जान्छ । यसरी पनि हाल आयू घटिरहेको पाइरहेको छ । आजभोली विदेशी संस्कुतिको कारण यूरोपबाट आएका लागू पदार्थ गरीबको छोराछोरीले संगतमा फसी प्रयोग गर्ने, खाने गर्दछन् र त्यसका परिवार पीरले न्र आयू घटेको हुन्छ भने लागू औषधी खाने, प्रयोग गर्नेहरुले पनि आफ्नो आयू घटाइरहेका छन् ।

यस्तो सुई लिने, ट्याब्लेट खाने, चरेस, गांजा, चूरोटहरुले दम, खोकी, फोक्सोको क्यान्सर, किड्नी आदिमा ठूलो असर पर्छ र विरामी रोग निको नहुने र आयू घटदै चाँडै मर्ने गर्छन । नेपालमा आधुनिक दानवहरुले मानसिक तनावहरु दिन्छन् र चीत्तामा दुखाई सोझो मान्छेलाई ब्रम्हलुट गरी आयू घटाउने गर्दछन् ।
आधुनिक दानवहरुले सके सबै सम्पती अनेक जाली गरेर खोस्छन् । नसके अनेक तवरले मानसिक तनाव दिएर आयू घटाई दिनु ।

शारीरिक याना र मानसिक यातना दिने दानवहरु आजकल बढी पाइरहेको छ । परिवार मिलेर बसेको त्यस्ता दानवहरुले सहन नसकी शारीरिक र मानसिक तनाव र यातना दिने भएकोले पनि मानिसको आयू हाल घट्दो भएको पाइरहेको छ । दैवी प्रकोपका कारण धेरै पीर मानिसको आयू हाल घट्दो भएको पाइरहेको छ । दैवी प्रकोपका कारण धेरै पीर त्रासले पनि हाल मानिसको आयू घट्ने भइरहेको छ । पारिवारिक कलहका कारण पीर परेर आयू घट्ने भइरहेको छ । हाम्रो शरीरमा मुटुको केन्द्रका रेशामा म्ल्ब् र च्ल्ब् को बीचमा डियो जस्तो प्राणवायु वा आत्मा बलिरहेको हुन्छ त्यो कहिल्यै निभ्दैनन् त्यहाँबाट वंशानु सर्छ भनी चाल्स डार्बिन वैज्ञानिकले प्रमाणीत गरेको थियो ।

हाम्रो शरीरको आत्मा संधै चोखो र पवित्र हुन्छ । आत्माले कहिल्यै झुटो बोल्दैन तर मान्छेको दिमाग खराब
छ । आफ्नो फाइदा गर्न अनेक  भूmठो काम गर्ने, भूmठो बोल्ने, अरुलाई ठग्ने, दुःखदिने, शारीरिक र मानसिक यातना दिने गर्छन तर आत्माले भन्छ मैले ठगेको छु, भूmठो बोलेको छु, अरुलाई दुःख दिएको हो, अरुलाई शारीरिक र मानसिक यातना मैले गरेको नै हो भनिन्छ । मान्छेको मुखले मैले राम्रो काम गरेको, कसैलाई दुःख दिएको छैन । म पवित्र र समाजसेवी हुँ भन्छन् । त्यसैले हाम्रो शरीरको आत्मा कहिल्यै मर्दैन, भूmठो बोल्ने शरीर मर्छन् । त्यसैकारण मान्छेको आयु घट्दै गएको पाइन्छ । मान्छेले आफ्नो शक्ति भएसम्म अरुलाई दुःख दिने मानसिक र शारीरिक यातना दिन पछि सर्दैन । जव आपूm दुर्वल हुँदै जान्छ, आखिर भगवानको सहारा खोज्दछन् अनि आपूmले गरेको अपराधबाट पश्चाताप हुन्छ र प्रायश्चित गर्न धर्मकर्म गर्न खोज्छन् ।
आफ्नो आत्माले आपूmलाई पोलिरहन्छ किनभने आत्मा चोखो कारण मान्छेले असत्य, अधर्म, जघन्य अपराध गरे पनि आफ्नो आत्माले अपराध गरेको झलझल सम्झाई दिन्छ । आफ्नो अपराधले आपूलाई पोेल्दै मान्छेको आयू घटेर मर्छननन् । आत्माले संधै सत्य बोल्छ । कोही मानिस सत्य र सद्मार्गी भए पनि उसलाई अरुले अनेक जालझे गरी आयु घटाईदिन्छ ।

हिन्द महासागरमा देवगण र राक्षसगण मिलेर बलिराजा मार्फट समुद्र मन्थन हुँदा अमृत चाख्न पाएर (अमृत भाँडा केटु नामक राक्षसले देवगणबाट खोसेर लिइ भाग्दा अमृत थोपा थोपा खस्दा, सर्प, कछुवा, काग र समुद्रमा व्हेलले थोपा थापा अमृत चाखेकोले तिनीहरुको आयू ५०० वर्षसम्म बाँच्न सकेको हिन्दु संस्कारको धारणा छ । यदि मानिसमा सफा पानी, स्वच्छ हावा, मनमा तनाव नभए, पारिश्रमिक भए पौस्तिक आहार पाए १०० वर्ष भन्दा पनि आयू बढेको पाइएको छ ।

विष्णु पुराणमा उल्लेख अनुसार मानिसको आयू ४० वर्ष मात्र थियो । ब्रम्हालोकमा सभा हुँदा गोरुले साहै्र जोत्नुपर्दा ४० वर्षको आधा आयू झिकिदिनु भनी ब्रम्हासँग प्रार्थना गर्दा त्यो आयू कसलाई थप्ने भनी सभामा सोध्दा मान्छेले हामीलाई थपिदिनुस भनेर मान्छेलाई थपि दिएको जस्तै गधा, लातोकोसेरोहरुले पनि आफ्नो आयू आधा आधा घटाउन बिन्ती गर्दा ती सबै आयू मान्छेलाई थपि दिएकोले १०० वर्षसम्म आयू पाएको र ४० वर्ष पछि शुरुमा गोरुको आयू थपेकोले मान्छे गोरु जस्तै दुःख गर्नु परेको, ६० वर्षपछि मान्छेले गधाको आयू थपेकोले गधाको जस्तो व्यवहार हुने भएको र ८० वर्ष पछि लातोकोसेरोको आयू थपेकोले लातोकोसेरो जस्तै आंखाले नदेख्ने भएको धारणा छ । यसरी मानिसको आयू घटेको हुन्छ ।

No comments:

Post a Comment