Wednesday, September 7, 2016

मिस आइकन —२०१६ कीर्तिपुरका लिसा महर्जनसंगको भलाकुसारी

मिस आइकन —२०१६ कीर्तिपुरका लिसा महर्जनसंगको भलाकुसारी



मिस आइकन–२०१६ विजेता लिसा महर्जनको जन्म वि.सं.२०५२ साल पौष १२ गते कीर्तिपुर वडा नं.५ सागल टोलमा बुबा अमर महर्जन र आमा लक्ष्मी महर्जनको दोस्रो सन्तानको रुपमा जन्मिनु भएको थियो । उहाँको दाइ अमिन महर्जन हुनुहुन्छ । क्रिएटिभ एकेडेमी, कीर्तिपुरबाट एस एलसी पास गर्नु भै  मेघा नेशनल कलेजबाट प्लस टु पास गर्नु भएको छ । अहिले सहिद स्मारक कलेज कीर्तिपुरमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँसंग कीर्तिपुर सन्देशको लागि राम भोला महर्जनले लिनु भएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ —सं. 
 मिस नेवाः आइकन भनेको के हो ?

—मिस नेवाः आइकन भनेको एउटा रोल मोडल हो जो आफै भ्हबmउभि भएर नेवारको संस्कृति, नेपालभाषा र Tradition लाई अगाडी बढाउन आपूm अग्रसर हन्छ । मिस नेवाः आईकन समस्त नेवाः समाजको पहिचान हो ।
यस प्रतियोगितामा भाग लिन र नेपालभाषा बोल्न  कसरी प्रेरणा पाउनुभयो ?

–बाल्यकालदेखि ने आमाबुबाले पनि नेपालभाषा बोल्न सिकाउनु भयो । कला क्षेत्र, गायन क्षेत्रमा संलग्न हाम्रा नेवारCelibrities, जो आफ्नो संस्कृतिलाई जोगाउने प्रयत्नमा लागिरहनु भएको छ । उहाँहरुबाट पनि मैले प्रेरणा पाएको हुँ ।

समाजका दाजुभाइ दिदीबहिनीले तपाईंले यस प्रतियोगितामा भाग लिँदा कस्तो प्रतिक्रिया दिनुभयो ?

—मैले यस प्रतियोगितामा भाग लिँदा मेरो समाजका दाजुभाइ दिदीबहिनीहरुले पूर्ण सहयोग दिनुभयो । आफ्नै टोलको छोरीले यस्तो प्रतियोगितामा भाग लिएको छ भन्दै गर्व गर्नुभयो ।

मिस नेवाः आइकनमा भाग लिनु अगाडि र लिइसकेपछि समाजका दिदीबहिनीहरुले देखाउने व्यवहारमा कस्तो भिन्नता पाउनुभयो ?

—Public ले मलाई हेर्ने दृष्टीकोण अहिलेसम्म पहिला जस्तै छ तर त्यही दृष्टिकोणमा अलि आश्चर्यको नजरले हेर्न थाल्नु भएको छ किनभने मेरो अहिले जिम्मेवारी वहन गर्ने समय भएकोले Schedule Pack छ र यसरी काम गर्दै जाँदा जब सबैले मलाई चिन्नुहुन्छ तब व्यवहारमा भिन्नता देख्ने छ भन्ने विश्वास छ मलाई ।

आफ्नो चिनजानको कोही आएर तपाईंलाई यस्तै अरु प्रतियोगिताहरुमा भाग लिंदा हुन्छ या हुन्न भनेर सुझाव लिन आयो भने के भन्नुहुन्छ ?

—अवश्य पनि म सहमति दिनेछु  किनभने हामीमा, नेवार छोरीहरूमा लुकेका क्षमता र शीप धेरै छन् तर अगाडि सबैको समक्ष आएर त्यसलाई उजागर गर्न डराउँछन् । जसले गर्दा हामीमात्र नभई हाम्रो संस्कृति पनि लुकिरहेको अवस्था छ । त्यसकारण आपूmलाई दुनियाँको अगाडि ल्याउन र भाषा, संस्कृतिको विकास र समुदायको विकासको लागि पनि यस्तो प्रतियोगितामा भाग लिनुपर्छ ।

संस्कृति विकास गर्ने कुरामा, हाम्रो कुनै नराम्रा संस्कृतिहरु पनि छन्, त्यसको लागि के गर्दा राम्रो होला ?

—सबै कुरामा Positive र Negative aspects हुन्छन् तर राम्रो संस्कृतिको विकास गर्दै नराम्रो संस्कृतिलाई कसरी राम्रो बनाउने त भन्नेतिर लाग्नुप¥यो । यसको लागि म एक्लै अगाडि बढेर हुँदैन, त्यसकारण म Public awareness मार्फत सबैलाई साथ लिएर अग्रसर हुन चाहन्छु ।

आजकल धेरैजसो Cristian तिर लागेका छन्, त्यसको के कारण हो हुनसक्छ । आफ्नै धर्मतिर आकर्षित गर्न के गर्नुपर्ला ?

—हाम्रो नेवार समाजमा वर्षभरि धेरै स–साना भोजभतेर हुने गर्छ । भोजभतेर सबैजना मिलेर सँगै बसेर आफ्नो दुःख सुख बाँड्नको लागि हो तर आजभोली खाने र लाउने जस्तै कसले कस्तो ख्वायो, के लगायो भन्नेतिर धेरै ध्यान आकर्षणका कारण आजेभोलि महँगाईमा आम्दानी भन्दा खर्च बढी भएको कारणले नै यस्तो क्रिश्चियन धर्ममा जाने प्रक्रिया बढेको देखेकी छु ।

राजनीति भनेको के हो ? कसरी देश विकास गर्ने ? नेताहरु उमेर पुगेका छन् के गर्न सकिन्छ ?

—देशको विकास र हितको लागि बनाइएका नीति नियमलाई नै राजनीति भनिन्छ । तर आजकल यसको मान्यता, सिद्धान्त फरक भएको छ । आ–आफ्नो स्वार्थको लागि दौडिन आजका नेताहरुले अलिकति त्यो समय देश र जनताको विकासको लागि दिन आग्रह गर्दछु । उमेर पुगेका नेताहरुले आजको नयाँ पुस्तालाई त्यस्तो जिम्मेवारी हस्तान्तरण गरी आफ्नो अनुभव बाड्दै आफ्नो अनुभव र नयाँ पुस्ताको शक्तिलाई सँगै लिएर अगाडि बढ्ने हो भने देश विकास गर्न सकिन्छ ।

मिस नेवाः आइकन उपाधि जितेर तपाईंले के हासिल गर्नुभयो ।

—उपाधि जित्नुनै सबैभन्दा ठूलो कुरा हो । एक लाख नगद प्राप्त गरें, एयर होस्तेसको ट्रेर्निग, गोल्डेन गेट क्याम्पसमा मास्टर डिग्रीसम्म पढन निःशुल्क छात्रबृत्ती, १ वर्षसम्म जिम गर्न फ्री र म्युजिक भिडियोमा मुख्य भूमिकामा अभिनय गर्न पाउने लगायत थुप्रै अवसर प्राप्त गरेकी छु ।

अन्तमा केही सन्देश दिन चाहनुहुन्छ ?

—म आजभोलि Child protectio Forum Mepal (बाल संरक्षण मञ्च नेपाल) को President भएर सडक बालबालिकाको उत्थानमा लागिरहेको हुनाले तपाईंहरुलाई सहयोग गरी हाम्रो भोलिको भविष्य बच्चालाई जोगाउन मेरो अनुरोध छ ।

No comments:

Post a Comment