Wednesday, October 13, 2021

अनाथ बालबालिकालाई माया गरौं

 अनाथ बालबालिकालाई माया गरौं 



एन.आर.एन अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतले जन्मदिनको अबसरमा माया घरका ३० जना बालबालिकाहरुलाई लत्ताकपडा प्रदान !

प्रबासमा फजुल खर्च घटाऔं

असाहय माथी सहयोगी हात बढाऔं !! 

  मातृभूमी प्रतिको माया र दायीत्व बहन गर्ने क्रममा एन.आर.एन अमेरिका कि उपाध्यक्ष दिक्षा बस्नेतले एउटा अभियान नै चलाएकी छिन । बिगत केहि सालदेखी आफ्नो जन्म दिन धुमधामसंग अमेरिकामा नमनाइ किर्तिपुर स्थित माया घरमा आश्रीत करीव ३० जना बालाबालिकालाई माया र भावना साट्दै आफ्नो जन्मदिन प्रवास बाटै भए पनि स्वदेशमा मनाउदै आएकी छिन । 



समाज सेवामा सक्रीय दिक्षा बस्नेतले चाहे बाढिपहिरो पिडितलाई होस, या एसिड आक्रमणबाट पिडित युबतिलाई होस, या पेन्डामिक समयमा नै किन नहोस पटक पटक राहत बितरण प्रदान गर्दै बिभिन्न माध्यमबाट मातृभुमी नेपाल प्रती व्यक्तिगत रुपमा र सस्थागत रुपमा असाध्यै नजिक रहेको देखिन्छ । नेपाल लगायत अमेरिकामा पनि लैगिंक बिभेद, घरेलु हिंसा, प्रबासमा महिलाका समस्या, महिला सशक्तिकरण र समान सहभागीता जस्ता मुद्दाहरुमा बिशेष जोड दिदैं आएकी बस्नेत आफ्नो जिबनको अन्तिम क्षणसम्म आफुलाई सामाजीक सेवामा अर्पिने दृढ बिश्वासका साथ लाखौको संख्यामा प्रबासमा बस्ने सम्पुर्ण दिदिबहिनीहरुलाई यस्ता अभियान चलाई बिदेशको फजुल खर्च जोगाइ यसरी नै स्वदेसका असहाय बृदा र बालबालिकासंग भाबनात्मक साइनो गास्न आह्वान गरेकी छिन ।  



बिशेष गरेर देव गंगा फाउन्डेसन को आयोजना र स्थानिय ब्यक्तित्वहरुको पहलमा सम्पन्न सो कार्यक्रम को सभापतित्व समाज सेबी एबम फाऊन्डेसनका अध्यक्ष पूर्ण चन्द्र बानियाले गर्नु भएको थियो भने नेपाली कांग्रेस कि नेतृ एबम नेपाल महिला संघको सल्लाहाकार श्रीमति सृजना सिंहले प्रमुख आतिथ्य गर्नु भएको थियो । माया घर अनाथ आश्रम कि संचालिका दुर्गा पौडेल लगाएत उपस्थित सम्पूर्ण बक्ताहरुले माया घरको बाल बचाहरुलाई महान चाड बड़ा दशैं आएको महसूस गरेको बिचार ब्यक्त गर्दै एन आरएन ए अमेरिकाको उपाध्यक्ष द्क्षिा बस्नेत लगायतलाई बिशेष धन्यबाद ब्यक्त गरियो ।

माया घर कीर्तिपुरमा सृजना सिंह


गत असोज २५ गते सोमवार कीर्तिपुरको भत्क्यापाटीस्थित अनाथ बालबालिकाको आश्रयस्थल माया घरमा रहेका बालबालिकाको लागि एनआरएनए अमेरिकाकी उपाध्यक्ष दिक्षा वस्नेतले पठाउनु भएको सामाग्री वितरण गर्ने कार्यक्रमको आयोजना देवगंगाश्री फाउण्डेशन, कीर्तिपुरले आयोजना माया घर प्रांगणमै गरिएको थियो । 



एन आर एन ए क्यालिफोर्नियाको संस्थापक अध्यक्ष पूर्णचन्द्र सिंह बानियाँको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गणेशमान सिंह फाउण्डेशनका सदस्य एवं नेपाल महिला संघका सल्लाहकार सृजना सिंह हुनुहुन्थ्यो ।

मिलन वस्नेतद्वारा संचालन गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा कीर्तिपुर न.पा. वडा नं.४ का वडाध्यक्ष राजेन्द्र बानियाँ, नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति कृष्णमान डंगोल लगायतका हुनुहुन्थ्यो ।



माया घर संचालिका दुर्गा पौडेलले माया घरको संक्षिप्त परिचय दिंदै आज वितरण गर्न लागेको नयाँ कपडाले यस वर्ष माया घरका बाल बालिकाको लागि यस पालिको दशैं विशेष हुने बताउनु भयो । पुर्ण चन्द्र सिंह बानियाँले हरेक बालबालिकाको लागि नयाँ लुगा सिलाउन शरीरको नाप लिएर नै सिलाई दिनु भएको बताउनु भयो ।



प्रमुख अतिथि सृजना सिंहले मानव सेवा नै सबभन्दा ठूलो धर्म हो । त्यसमा पनि अनाथ बालबालिकाको सेवा गर्नु हामी सबैको कर्तव्य पनि हो । आज यी नानीहरु मुहारमा मुस्कान देखेर मन प्रफुल्लित भएको छ । केही दिन पछि उहाँको श्रीमान प्रकाश मान सिंहको जन्मदिनको उपलक्ष्यमा आपूmले पनि यहाँ आएर उपहार दिने बताउनु भयो । पूर्णचन्द्र सिंह बानियाँले अमेरिकाको क्यालिफोर्नियाका आप्रवासी नेपालीहरुबाट पाएको सहयोग आपूmले नेपाल आउने वितिकै संचालिका दुर्गा पौडेललाई दिएको बताउनु भयो ।



वडा नं.४ का वडाध्यक्ष राजेन्द्र बानियाँले माया घरको भौतिक संरचना निर्माण गर्न आपूmले सक्दो सहयोग गर्ने बचन दिनुभयो । एनआएर एन ए अमेरिकाकी उपाध्यक्ष दिक्षा बस्नेतले आफ्नो जन्मदिनको अवसरमा सहयोग पठाउनु भएको सामाग्री वितरण गरिएको थियो । जसमा बालबालिकाहरुको लागि नयाँ लुगा, चामल, दाल लगायत खाद्यान्न पनि वितरण गरिएको थियो ।


No comments:

Post a Comment