पृथ्वी नारायण शाहले कीर्तिपुरेहरुको नाक काटेको हो भन्ने प्रमाण
इतिहासकार बासुपासाले कीर्तिपुरेहरुको नाक काट्नुको कारण उहाँको “कीर्तिपुर” नामको पुस्तकमा यसरी उल्लेख गर्नु भएको छ
यसरी कीर्तिपुरको एउटै मान्छे र त्यो पनि स्वास्नीमान्छेले समेत विजयी गोरखाली माथि आक्रमण गरेको कुरा थाहा भएपछि गोरखाली राजा पृथ्वनारायण शाहलाई कीर्तिपुरे जनता माथि विश्वास भएन । उनलाई आगामी दिनहरुमा पनि कीर्तिपुरे कीर्तिपुरेहरुले गोरखालीलाई दुःख दिन्छन भन्ने लाग्यो । त्यसैले कीर्तिपुरका सबै युवक बुढाबुढी र काखका बच्चाबच्चीलाई समेत पछिसम्म चिन्न सजिलो होस भन्ने विचारले र पछिसम्म खतरा उत्पन्न नहोस् भन्ने हेतुले सबैको नाक काट्ने आदेश दिए । तर युद्धमा पटक पटक कीतिपुरे जनताको चोटले गर्दा क्रुद्ध भएका गोरखाली सैनिकहरुले सम्पूर्ण कीर्तिपुर बासिन्दाहरु प्रति रीस फेर्ने नियतले ओठ समेत काट्ने अभियान चलाए । यसको परिणाम स्वरुप युद्धमा बाँचेकाहरु मध्ये धेरैले आफ्नो परिवारका सदस्यहरु गुमाई सकेपछि गोरखाली सेनाको कुटाई पिटाई र पाता कसाईमा पर्नुका साथै नाक र ओठ पनि कटाउनु प¥यो, जसमा बूढाबूढी र काखका बच्चाबच्चीहरुको पनि नाक बाँकी रहेन ।
कीर्तिपुरको नाममा यतिसम्म अन्यायपूर्ण व्यवहार गरियो कि कीर्तिपुरमा जन्मेको एउटा जोगी काठमाडौंको सोह्र खुट्टे पाटिमा धुनि बालेर ध्यानमा बसेको अवस्थामा त्यसलाई समेत समाती लगेर गोरखाली सेनाले नाक काटे । त्यसरी काटेको नाकका टुक्राहरु थनकोटको चौरमा फ्याँकि दिए ।
कीर्तिपुरको युद्ध सकिएपछिको स्थिति कस्तो वीभत्स होला त रु आफ्ना छोरा छोरी गुमाएका बुढाबुढीहरु आफ्नो नाक समेत कटाई तप तप रगत चुहाउँदै कोलाहलसाथ रुँदै लट्ठी टेकेर आ–आफ्नो घरतिर फर्किरहेछन । अनि अर्कोतर्फ आ–आफ्ना लोग्नेलाई युद्धमा गुमाई आफ्ना र बच्चा बच्चीहरुको नाक गोरखाली सेनाहरुबाट कटाएर ती बच्चा बच्चीहरुको पीडाले छटपटाएर निस्केको आर्तनाद र क्रन्दनकासाथ एक हातले आफ्नो नाक छोपि अर्को हातले आफ्ना नानीहरुलाई काखिमा च्याप्दै आँसु झारेर घर घर फर्किरहेका आईमाईहरुको हृदय विदारक क्रन्दन १ कीर्तिपुर शहरको बाटोमा ओछ्याएका ढुङ्गाहरु मध्ये पराजीत कीर्तिपुरका बासिन्दाहरुको रगत नपरेको ढुङ्ग छँदै थिएन भने घर घरमा पस्ता दैलो दैलोमा पनि रगत नपरेको एउटा घर पनि थिएन ।
यसरी नाक काटेर लगी फ्याँकेको ठाउँमा हाल त्रिभुवन स्मारक स्थल बनाइएको छ । त्यस त्रिभुवन स्मारक स्थल भित्र श्री ५ त्रिभुवनको सालिकको बायाँको चउरमा नै कीर्तिपुरेहरुको नाकको थुप्रो लगाइएको थियो । आज पनि थानकोटेहरु त्यस ठाउँलाई न्हाय्द्वं ९नाकको थुप्रो० भन्दछन ।
No comments:
Post a Comment