Friday, October 8, 2021

चिनारी महिलाको— लक्ष्मी कुमारी महर्जन

 चिनारी महिलाको— लक्ष्मी कुमारी महर्जन





नामः लक्ष्मी कुमारी महर्जन

ठेगानाः कीर्तिपुर वडा ८ सिकुछेँ

हालः Sweden, Karlstand 

शिक्षाःBachelor

आवद्व संध संस्थाः Onus Nepal , काठमाडौ खो खो एसोएसनका संस्थापक सदस्य, Kirtipur Volunteer Society का सदस्य, Kirtipur Red Cross Society का सदस्य, ईन्द्रेनी साँस्कृतिक समाज

पेशाः शिक्षिका (मंगल मा.वि)

Sweden वद्व संस्थाःMontion och halsa; Sprakcfe Allas tadgard; Learning Swedish Language in Fulkuniversi 




प्रस्तोता ः अनिता महर्जन 

तपाईं बिदेश केको लागि जानुभयो ?

मेरो श्रीमान पढाईको लागि यता आउनु भएको थियो । २ वर्षको Masters सकेर  Phd को लागि पनि नाम निस्केर अब ४ वर्ष पढ्नुपर्छ त्यसैले म पनि यतै बसेर केही सिक्न र उहाँलाई सहयोग गर्नका लागि  छोरा र म आएकी हुँ ।

विदेशमा पुगिसके पछिको अनुभव कस्तो रह्यो ?

पहिला मलाई नेपालमा बसेर विदेशको भिडियो फोटो हेर्दा धेरै रमाईलो लाग्थ्यो र कहिले त्यहाँ जान पाउछु होला जस्तो हुन्थ्यो । जब म यहाँ आए अहिले नेपालको साथिहरुको फोटो भिडियो हेर्दा साह्रै रुन मन लाग्छ दुःख लाग्छ । त्यहाँको संस्कार, रितिरिवाज, परम्परा, भेषभुषा, भाषा धेरै याद आउछ । मैले नयाँ वर्षको समयमा फेसबुक समेत हेर्न सकिन । शुरु शुरुमा त धेरै गाह्रो भयो अहिले बल्ल केही काममा ब्यस्त भएको कारण दिन बितेका समेत थाहा हुदैन ।

तपाईंलाई शुरुमा भाषाका कारण गाह्रो भयो कि भएन ? 

धेरै गाह्रो भयो । किनभने एक त म नेवार हुँ नेपालभाषा बोल्छु । नेपाली भाषा बोल्दा समेत अरुले टट र मम आउछ भनेर गिज्याउथ्यो । तर म उनीहरुलाई यो नै मेरो नेवाः हुनुको पहिचान हो भन्थें । अहिले त झन English मात्र नभएर स्वीदिनिस सिक्नु गरेको छ । एक त मलाई खुसी पनि लाग्छ किनभने समय अनुसार भाषा पनि सिक्दै गर्दा अहिले मैले लगभग ६ वटा भाषा सिक्ने मौका पाएँ । म नेपालमा हुदाँ कोही कोही त आफू नेवाः भएर पनि नेपालभाषाबाट कसैले कुरा ग¥यो भने अचम्म मान्नेहरु पनि थियो तर मलाई यहाँ आएर भाषाको कारण थोरै गाह्रो भए पनि आफ्नो नेपालभाषा प्रति गर्व लाग्छ । शुरुमा त यहाँ मैले भाषा नजानेर एउटा भन्नू पर्ने थियो अर्कै भनेर मेरो छोरालाई स्कुल समेत पठाउन पाएन । बिस्तारै मैले TV मोबाईल, कसैले कुरा गरेको सुनेर, पसलमा जाँदा यो के हो भनी सोध्दै, बाटोमा हिड्दा पनि साईनबोर्डमा हेर्दै सिक्दैछु र अहिले स्वीदेनिस भाषाको क्लास पनि लिदैछु ।

नेपालमा मान्ने चाडपर्व कतिको याद आउँछ ?

आफ्नो रितिरिवाज परम्परा त कसरी बिर्सिन सक्छु र नेपालमा मानिने हरेक चाड हामी यही बसेर पनि मान्छौ । हामी त्यहा जस्तै जात्रा नै त गर्न सक्दैनौ तर खानपिन चाहिँ गर्न सक्छौ । ईन्द्रजात्रामा समयबजि बनाएर खाने, बुबाको मुख हेर्ने अनेक नेवाः परिकार बनाएर स्वीदिस लगायत हरेक देशका साथिभाईहरु मिलेर खाने गर्छाै  । नेवार खाना भनेपछि एकदमै मन पराउछ अनि उनीहरुलाई हाम्रो संस्कारहरु सिकाउने पनि गर्छाै । संस्कार भने पनि आफ्नो भेषभूषाको पनि धेरै याद आउछ । फेसबुकमा हेर्दा साथिहरुले नेवारी लुगा हाकु पतासी, चोलो, नेवारी गरगहना लगाएको फोटोहरु मात्र हेर्दा पनि दुःख लाग्छ आफूले लगाउन नपाउँदा । यहाँ पनि सबै देशका मानिसहरुले पनि आ–आफ्नो भेषभूषा लगाउने पनि गर्छ ।

स्वीदेनमा महिला उत्थानका लागि के कस्ता कार्यक्रमहरु गरेको देखिन्छ ?

नेपालमा हेरिकन यहाँ महिलाहरुको लागि धेरै राम्रो ब्यवस्थाहरु गरिएको छ । एउटा सबैको साझा बारी भनेर बनाएको छ । जहाँ हामी सबै मिलेर दुई घण्टा जति काम गरेर त्यहाँ उमारेको ताजा तरकारीहरु खान पाउछौं । नेपालमा पनि आफूले खेती पातीको काम गरिरहेको हुनाले अरुलाई भन्दा मैले यो काम राम्रोसंग गर्न सकेको जस्तो महसुस हुन्छ । यहाँ अर्काे भनेकोMotion och halsa जबकिब भन्ने संस्था छ । यसले मानिसहरु स्वस्थ रहन व्यायाम कसरत गर्नु पर्छ भन्ने हेतुले हप्तामा दुई दिन हिड्ने गराउँछ । अर्काे छ Sprakcafe भनेर जहाँ हामी हप्ताको एकदिन सबै एकसाथ बसेर चिया कफी खाने गर्छाैं । अर्काे भनेको भाषा नै सिक्ने हो त्यहाँ त बुढीबुढी आमाहरु पनि स्कुल जानुपर्छ भनेर जाने गर्छ । त्यसैले यहाँ महिलाहरुको लागि धेरै राम्रो ब्यवस्थाहरु छ ।

विदेशमा जान चाहनेहरुको लागि के सन्देश दिनुहुन्छ ?

विदेशमा जान चाहनुहुने महानुभावहरुलाई म यही भन्न चाहन्छु कि सकभर त विदेश  नै नआऔ यदि बाध्यताले आउनै  परे पहिला त पढाइ चाहियो, काममा दक्ष हुनुप¥यो एउटा गाडीको लाईसेन्स लिएर मात्र आउनुहोला किनभने यहाँ लाईसेन्स लिन धेरै महंगो पर्छ, भाषा सिक्नु प¥यो, रिस गर्नु भएन धैर्य गर्न सिक्नु प¥यो व्यवहार अनुसार ठिक ठाउँमा ठिक बोल्न सिक्नुप¥यो, अनि अर्काे कुरा Consultansy को बारेमा धेरै राम्रोसंग बुझेर आउनु भयो भने राम्रो होला ।

नेपालमा पनि महिलाहरु अघि बढ्न के गर्नुपर्छ होला ?

यो बारे भन्नू पर्दा पहिला त हामीले महिला र पुरुष भनेर छुट्टाउनु भएन । हाम्रो समाज लुगा धुने, खाना पकाउने, बच्चालाई स्याहार्ने महिलाको काम भनेर पहिल्यै छुट्टाएको हुन्छ । तर यहाँ यस्तो चलन छैन । अनि जातभातको छुवाछुुट गर्नु भएन । मानिसलाई शारिरीक बनावट अनुसार भेदभाव गर्नु भएन अरुलाई दुख दिनु भएन । यहाँ मैले एकचोटी कार्ड हराउदा पनि केही चिन्ता नलिनु अर्काे बनाईदिन्छु भने । यहाँ कसैलाई दुख दिने  काम गर्दैन । स्कूलमा पनि अलि ढियो भने चिन्ता नलिनु भनेर उस्तै  हौसला दिने गर्दछ । अनि वातावरण सम्बन्धी काम गर्ने, अनि सासू बुहारी बीच झगडा गर्नु भएन नगरपालिकाले सिकाएको हरेक कला , सीप र तालिम लिएर त्यतिकै बस्ने होईन केही न केही काम गर्नुपर्छ ।  परिवारले पनि महिलाहरुलाई अगाडि बढाउन साथ र सहयोग गरिदिनुपर्छ ।

अन्तमा के भन्नू हन्छ ?

विदेशमा गएर धन–सम्पति कमाउदैमा मात्र सुखी होईन कि आफ्नो देशमा परिवारसंगं बसेर एक छाक मात्र खान पाउनु नै खुसी जस्ता लाग्छ । आफ्नो संस्कृति, परम्परा, रहनसहन, भाषा, भेषभूषालाई धेरै माया गरौ । आज यसरी मेरो मनको कुरा राख्न दिनुभएकोमा कीर्तिपुर  सन्देश साप्ताहिक पत्रिकालाई  पनि हृदयदेखि धन्यबाद चढाउदछौ ।


1 comment:

  1. धन्यबाद कीर्तिपुर सन्देश टीमलाई

    ReplyDelete