Thursday, October 7, 2021

कीर्तिपुर नगरपालिकामा अव मेयर उपमेयर उम्मेदवार को को बन्ला ?


 कीर्तिपुर नगरपालिकामा अव मेयर उपमेयर उम्मेदवार को को बन्ला ? 



कीर्तिपुर सन्देश

स्थानीय चुनाव यहि २०७८ चैत्र महिनाभित्र गरिसक्नु पर्ने प्रावधान छ । निर्वाचन आयोगले त फागुण महिनामा नै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा लागिरहेको छ । यसै सन्दर्भमा कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार बारे चर्चा चल्न थालेका छन । 

ध्रुब महर्जन

बच्चुराम श्रेष्ठ
२०६१ सालमा सूर्यबहादुर थापाको पालामा राजनीतिक दलहरुले बहिस्कार गरिरहेको बेला मेयरको विजयी उम्मेदवार धु्रव महर्जन, उपमेयरमा विजयी बच्चुराम श्रेष्ठ हुनुहुन्छ । दुवैजना गत २०७४ सालको स्थानीय चुनावमा नयाँ शक्ति पार्टी र राप्रपाको टिकटमा मेयर पदमा चुनाव लडिसकेका छन् । आगामी चुनावमा पनि उहाँहरुको उम्मेदवारी बारे फेरि चर्चा चल्न थालेका छन । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट होटल हिलसाइडको मालिक विजय महर्जनको पनि यसपालि मेयर उम्मेदवारको रुपमा चर्चा चल्न थालेपछि चारजना मान्छे भेला हुने ठाउँमा आगामी चुनावमा कुन पार्टीको मेयरको उम्मेदवार को होला ? भन्ने जनचासो बढ्न थालेका छन । 

राजकुमार नकर्मि
कृष्णमान डंगोल


राममान सिंह

केही दिन यतादेखि नेपाली कांग्रेस पार्टीबाट को को मेयर उम्मेदवार हुन सक्छ भन्ने अनुमान गर्न थालेका छन । जसमा राजकुमार नकर्मि, कृष्णमान डंगोल, राममान सिंह र बद्रीलाल महर्जनको नाम चर्चामा रहेका छन । 
बद्रिलाल महर्जन
     पार्टीको हिसाबले बद्रीलाल महर्जन जरादेखि पलाएको कांग्रेस हुन । उहाँको बुबा मचाभाइ महर्जन २००७ सालदेखि नै नेपाली कांग्रेसमा लागेका व्यक्ति हुन । कीर्तिपुर क्षेत्रका नेपाली कांग्रेसका एक हस्ति हुन । बद्रीलालले नेपाली कांग्रेसको तर्फबाट स्थानीय गाविसको अध्यक्ष पदमा चुनाव लड्न विद्यालय निरीक्षकजस्तो स्थायी जागिरबाट राजिनामा दिएर चुनाव लडेका हुन । त्यतिबेला विष्णुदेवी गाविसमा एमाले र जनमोर्चाको गठबन्धन भएका कारण उहाँले चुनाव हार्नु प¥यो । त्यसपछि लगातार पार्टी काममा खट्नु भयो । पाँगामा रहेका की.न.पा. वडा नं.५ र ८ मा नेपाली कांग्रेसका वडाध्यक्षहरुलाई विजयी बनाउन सफल हुनुभयो । त्यस्तै वडा नं.५ संग जोडिएको वडा नं. ४ मा पनि वडाध्यक्षसहित पुरै प्यानल जितेका छन । बद्रीलाल महर्जन नगरसभापतिदेखि महाधिबेशन प्रतिनिधिसम्म हुनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसको लागि कीर्तिपुरवासीले धेरै त्याग, योगदान गरेका छन । तर पार्टीले अहिलेसम्म केही दिएको छैन । अब यसपालीको चुनावमा मेयरको टिकट माग्न पछि नहट्ने कुरा उहाँ बताउनु हुन्छ । उहाँका अनुसार राजकुमार नकर्मिलाई समानुपातिक टिकट दिंदा नेपाल अधिराज्यभरी सबभन्दा बढी समानुपातिक मत कीर्तिपुर क्षेत्र नं.१० बाट दिंदा पनि उहाँलाई समानुपातिक सांसद बन्न दिएन । २०७४ सालको चुनावमा पनि राजकुमार नकर्मिले मेयरको उम्मेदवार दिइसक्नु भएको छ । अब यसपाली सिनियरीतिको हिसाबले पनि मेयरको टिकट पाउने पालो मेरो हो । मैले टिकट पाएँ भने नेपाली कांग्रेस पार्टीलाई जिताइ छाड्छु । मैले जित्नु भनेको नेपाली कांग्रेसले जित्नु हो । 

गत चुनावमा मेयर उम्मेदवार बनेका कांग्रेसका नेता राजकुमार नकःर्मि जिल्ला तहमा समेत सचिबको जिम्मेवारी लिनु भएको ब्यक्तित्व हो भने विगतमा समानुपाति तर्फवाट संसदमा समेत उम्मेदवार बनिसक्नु भएका ब्यक्तित्व हुन । 

     कृष्णमान डंगोल पनि पार्टीको कीर्तिपुर नगरको जिम्मा लिइसकेका ब्यक्तित्व हुनुहुन्छ भने उता राममान सिंह कीर्तिपुरमा पहिचान पक्षधर साथै अन्य दलहरुसंग पनि राम्रो सम्वन्ध भएका ब्यक्तित्वको रुपमा लिएका छन् । जस्लाई उम्मेदवार बनाए तापनि मेयरमा जित्ने उम्मेदवार बनाउनु पर्छ भन्ने मान्यता कांग्रेसका कार्यकर्ताहरुमा छलफलको विषय बनेको छ ।

 

वर्तमान नगरप्रमुख रमेश महर्जन

वर्तमान उपप्रमुख सरस्वती खडका
प्रमुख प्रतिपक्ष दल एमालेको तर्फवाट वहालवाला मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का रिजाल नै मेयर उपमेयर उम्मेदवार बन्ने  बन्न सक्ने एमालेका कार्यकर्ताहरुले बताएका छन् 
पूर्व मेयर हिराकाजी महर्जन

 
एमाले भित्र अव पूर्व मेयर हिराकाजि महर्जन र एमालेका कार्यकर्ता लक्ष्मी कुमार महर्जनलाई उम्मेदवार बनाउनु पर्छ भन्ने कुरा पनि एमाले भित्र चर्चाको विषय बनेको छ । कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाको साझा उम्मेदवार बन्ने अवस्थामा एमालेको तर्फवाट पूर्व मेयर हिराकाजि महर्जनलाई उम्मेदवार बनाउनु पर्छ भन्ने कुरा एमाले भित्र चर्चाको विषय बनेको छ 
पूर्व वडाध्यक्ष लक्ष्मी कुमार महर्जन

त्यसैगरि एमाले विभाजन भई निर्माण गरेको माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र माओवादी केन्द्र, नेपाली कांग्रेससंग कार्यगत एकता भई साझा उम्मेदवार बनाउने योजना केन्द्रदेखि रहेका कारण ती पार्टीहरुमा मेयर उपमेयरको उम्मेदवारका बारेमा खासै चर्चा छैन । तैपनि कांग्रेसले मेयर लिएको अवस्थामा माओवादी केन्द्र अथवा जनता समाजवादी पार्टीलाई उपमेयर दिनुपर्ने अवस्था आएमा के गर्ने भन्ने बारेमा ती पार्टी भित्र आन्तरिक रुपमा छलफल सुरु भइरहेको अवस्था छ । 

पूर्व वडाध्यक्ष, २०७४सालमा माओवादी केन्द्रबाट मेयरको प्रत्यासी
      माओवादी केन्द्रवाट विगतमा हिराबहादुर महर्जन मे्यरमा उम्मेदवार बनिसकेका कारण उहाँले पनि मेयरको दावी गर्न सकिने अवस्था छ । त्यसैगरि जनता समाजवादीकी सुनिता शाक्य महर्जन विगतमा नयाँ शक्तिवाट उपमेयरको उम्मेदवार बनेर सम्मानजनक मत लिई सकेकी कारणं उहाँले पनि उप मेयरको उम्मेदवार दावी गर्न सक्ने अवस्था रहेको छ । 

सुनिता शाक्य महर्जन २०७४ सालको चुनावमा नयाँ शक्ति पार्टीबाट उपमेयरमा सम्मानजनक मत प्राप्त गर्नुहुने 
वर्तमान राजनीतिक समिकरण अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा मोर्चाबन्दी बनाई साझा उम्मेदवार दिने अवस्था भएका कारण भोली एमाले र राप्रपावीच पनि कार्यगत एकता गरि साझा उम्मेदवार दिने संभावना नरहेको भने हैन । 


No comments:

Post a Comment