Monday, October 4, 2021

निर्माण व्यवसायी पनि नगर सभापतिको उम्मेदवार

 निर्माण व्यवसायी पनि नगर सभापतिको उम्मेदवार


                कीर्तिपुर नगरपालिकामा ने.का.को १४ औं महाधिवेशनको नगरपालिकाको चुनाव जतिदिन ढिला हुँदै छ । कीर्तिपुरमा सभापतिको दावेदारी दिन पर दिन बढ्दै छन । यो भन्दा अगाडि राजेन महर्जन, मिन प्रकाश महर्जन र राजिता गौतमको मात्र चर्चा थियो । त्यसपछि वडा नं.४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि सभापति उम्मेदवारको रुपमा अगाडि आयो । आज १८ गते सोमबारसम्म आइपुग्दा निर्माण व्यवसायी त्रिचन्द्र सिंहले पनि ने.का. नगरसभापति उम्मेदवार बन्ने जनाइएको छ ।

           त्रि चन्द्र सिंह पेशाले निर्माण व्यवसायी हुन । त्यस्तै कीर्तिपुरको विकास काममा अगाडि बढीरहेका व्यक्ति हुन । बा फाउण्डेशनको उपाध्यक्ष भई सामाजि कार्यमा पनि लागिरहनु भएको छ । उहाँ वडा नं.२ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ कीर्तिपुर निर्माण व्यवसायी संघको अध्यक्ष पनि हुनुहुन्छ ।

            नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापतिको छिनोफानो भइसकेको छ भन्ने सुनिन्छ । फेरि तपाईंले सभापतिको उम्मेदवार बन्ने भन्दै हुनुहुन्छ ? भन्ने यस सम्वाददाताको जिज्ञासामा त्रिचन्द्र सिंह भन्नुहुन्छ, “भित्र कसले कसरी खिचडी पकाउँदै छ । मलाई थाहा छैन । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण चुनाव लडने सबैको अधिकारको कुरा छ । मैले पनि आफ्नो अधिकारको प्रयोग गर्दै सभापति उम्मेदवारको घोषणा गरेको हुँ ।”

        कीर्तिपुरका नेपाली कांग्रेसका नेताहरु बसेर सभापतिको लागि एकजनाको नाम सर्वसहमतिले पारित गरिसकेको छ भन्ने सुन्छु । यस्तो अवस्थामा तपाईंले उम्मेदवारी दिंदैमा जितिन्छ भन्ने के आधार छ ? भन्ने प्रश्नको उतरमा उहाँ भन्नुहुन्छ, 

“को नेताहरु बसेर निर्णय गरियो । त्यो मलाई थाहा छैन । चुनावमा उठेपछि हार या जित भइहाल्छ । जित्दा मातिने र हार्दा निराश हुने मान्छे म होइन । स्वतन्त्र स्वाभिमानी नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताहरुले मलाई भोट दिनुहुन्छ भन्ने पुरा विश्वास छ ।”

No comments:

Post a Comment