Sunday, October 3, 2021

राजेन्द्र कुमार बानियाँ नेका कीर्तिपुरको सभापति बन्ने सम्भावना

राजेन्द्र कुमार बानियाँ नेका कीर्तिपुरको सभापति बन्ने सम्भावना

    

नगरपालिकाको प्रथम सभामा जनप्रतिनिधीले तलब लिन नहुने विचार राख्दै की.न.पा. वडा नं.४ का वडाध्यक्ष राजेन्द्र बानियाँ

    कीर्तिपुर नगरपालिका वडा नं.४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि अहिले हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कीर्तिपुर नगरसभापतिमा उम्मेदवार हुने जनाइएको छ ।

राजेन्द्र बानियाँको सामाजिक कामको वर्णन गर्दा नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखा सुस्ताइसकेको थियो । उहाँको सक्रियतामा अहिले राम्ररी संचालन भैरहेको छ । उहाँले कीर्तिपुर उपशाखाको जिम्मा अरुलाई नै दिएर आपूm काठमाडौं जिल्ला रेडक्रस सोसाइटीको सदस्य बन्नुभयो । उहाँले कीर्तिपुर नगरपालिकाभित्र जहाँ जहाँ रक्तदान कार्यक्रम हुन्छ, त्यस ठाउम गएर हरेक पटक रु.पाँच हजार सहयोग गर्दै आइरहनु भएको छ ।


चौधौं महाधिवेशनको लागि खुल्लाबाट प्रतिनिधि भएको प्रमाण पत्र ग्रहण गर्दै ।

कीर्तिपुर नगरपालिकाको पहिलो नगर सभामा जब मेयर उपमेयर र वडाध्यक्षहरुको तलब तोक्ने काम भयो । उहाँले डायसमा गएर हामी जनताको सेवा गर्न आएका हौं । लोकसेवा पास गरेर सरकारी जागिर खान आएको होइन भनी जनप्रतिनिधीहरुले लिन लागेको तलबको विरोध गर्नु भएको थियो । कीर्तिपुर नगरपालिकामा तत्कालीन नेकपा एमालेको दुई तिहाई बहुमत थियो । तलब लिने पारित भयो ।


रक्तदान कार्यक्रममा रु.पाँच हजार सहयोगको चेक हस्तान्तरण गर्नुहुँदै 

तर राजेन्द्र बानियाँले तलब नलिने घोषणा गर्नुभयो । नगरपालिकाबाट आएको तलब र भत्तासमेत दिन दुःखी, गरीव र अतिआवश्यकहरुलाई वितरण गर्दै आउनु भएको छ । उहाँकै सहयोगमा उहाँको वडाको एक बहिनीले नर्स पढ्न पाएकी छिन ।


नर्स अध्ययन गरिरहेकी बहिनीलाई नर्स कोर्स पुरा गर्न सहयोग रकम चेक हस्तान्तरण गर्नुहुँदै 

हालसालै शंखधर ज्येष्ठ नागरिक केन्द्र तुँझोलमा बन्न लागेको ज्येष्ठ नागरिक भवनलाई रु.२५,०००÷ सहयोग गर्नु भएको छ । सहयोगी दाताको रुपमा उहाँ परिचित हुनुहुन्छ ।


शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन बनाउन रु.२५ हजारको चेक हस्तान्तरण गर्नु हुँदै

अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कीर्तिपुर नगरसभापतिको उम्मेदवारको रुपमा उहाँको नाम आएपछि यस सम्वाददाताको जिज्ञासामा उहाँ भन्नुहुन्छ, “यो महाधिवेशन भनेको हामी कांग्रेसीहरुको लागि ठूलो पर्व हो । यस अवधिमा हामीले महत्वपूर्ण निर्णय गर्नु पर्छ । जसको कारण आगामि हुन लागेको स्थानीय तह, प्रदेश र संघीय चुनावमा समेत प्रभाव पार्छ । आ–आफ्नो ठाउँमा सबैले सकेको पहल गर्नुपर्छ भन्ने मान्यताका साथ मैले पनि सभापति उम्मेदवार दिन लागेको हुँ ।”

नेपाली कांग्रेसमा कुनै न कुनै गुटमा नलागेसम्म चुनाव जितिंदैन भन्छन । एकजनाले त मलाई प्रकाशमान दाइको समर्थन छ भनेर घोषणा नै गर्नु भएको छ । तपाई कुन गुटको समर्थनमा चुनाव लड्दै हुनुहुन्छ ?”

म कुनै गुटमा छैन । म नेपाली कांग्रेसको गुटमा छु । जसरी हुन्छ नेपाली कांग्रेसलाई पुरानो स्थितिमा पु¥याउनु पर्छ । २०७४ सालको चुनावमा जस्तो आगामी चुनावमा नहोस भन्न खातिर नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई एक ढिक्का बनाएर आपसी सहमतिमा जानको लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।”

“कुनै पनि गुटमा नलागिकन तपाईंले चुनावव जित्नु हुन्छ भन्ने आधार के हो ?” हाम्रो सम्वाददाताको प्रश्नमा उहाँ भन्नुहुन्छ, “नेपाली कांग्रेसका सबै नेता कार्यकर्ताहरु गुटमा लागेका छैनन् । नेपाली कांग्रेसको भलाईको लागि स्वाभिमान कार्यकर्ताहरुले मलाई भोट दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।” 


शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन बनाउन रु.२५ हजारको चेक हस्तान्तरण गर्नु हुँदै

राजेन्द्र बानियाँ सामुदायीक सेवा केन्द्र कीर्तिपुरको कार्यकारी सदस्यमा पनि निर्विरोध चुनिनु भएको छ ।

No comments:

Post a Comment