Saturday, October 2, 2021

चेतना र सन्देशको प्रतिक—सायदा आर.के लगनखेल, ललितपुर

 चेतना र सन्देशको प्रतिक—सायदा आर.के लगनखेल, ललितपुर



कुनै पनि काम पुरा गर्न इच्छा शक्तिले महत्वपूर्ण भुमिका खेल्छ । पहिचानको निम्ति सतकर्म अपरिहार्य छ । चेना र सन्देश मुलक प्रस्तुती दिन मानविय कर्म हो —



गायिका सायद आर.के संगको छोटो संवाद प्रस्तोता —पवन जोशी

१.हिजो आज के गर्दै हुनुहुन्छ ?

—लकडाउनको मारमा संगीत कलाकर्मिहरु पनि चोखो छैन । आत्मीय प्रतिभालाई गुम्साई राख्न बाध्य भएछ । कोभिड १९ को महामारीले कार्यक्रम गर्न पाइरहेको छैन, न्यास्रो लाग्छ ।

२. तपाई किन संगीत कला क्षेत्रमा प्रवेश गर्नुभयो ?

—स्वइच्छा शक्तिले संगीत कला क्षेत्रमा प्रवेश गरेकी ।

३.इच्छा लाग्दैमा सबैकुरा पुरा हुन्छ ?

—इच्छामात्र छैन जुन काम आफुले रोजिन्छ त्यस सम्बन्धी ज्ञानहुनु जरुरी छ ।

४.गायक गायीकामा हुनुपर्ने गुण ?

—संगीतलाई सहि तरिकाले प्रस्तुत गर्दै श्रोताहरुको मन जित्न सक्ने क्षमताको साथै गीत रचनालाई भावनात्मक अभिव्यक्त गर्न सक्नु पर्छ ।

५.तपाई कस्को देखासिकीमा गायीका बन्ने विचार गर्नुभयो ?

—म सानै देखिन गीत गुण गुनाउँछु । मेरो आवाज सुन्नुहुने सबैले गाउनु पर्छ भन्नु भो त्यही हौसला शिरोपर गर्दै दिन रात संगीत कला कर्ममा जुढें । गुरुहरुको शिक्षालाई आत्मसाथ गर्दै आज म गायीकाको परिचय पाउन सफल भएँ ।

६.तपाईको विचारमा संगीत कला के जस्तो लाग्छ ?

—प्रायः गायक गायीकाहरु संगीत कला जीवनको अभिन्न अंग थान्नु हुन्छ । संगीत मात्र मनोरञ्जन नभइ चेतना र सन्देशको खानी जस्तो लाग्छ, आज भोलि त संगीतलाई अचुक औषधीको रुपमा लिइन्छ । यहाँहरुले सुन्नु भएकै होला नयां उपायको उपचार विधी संगीत थेरापी ।

७.तपाईलाई कस्तो गीत मन पर्छ ?

—गायन मेरो कर्म हो जस्तो गीत पनि गाउँछु । सांचै दिल खोलेर भन्नु पर्दा चेतना र सन्देश मुलक गीत मन पर्छ जस्ले समाज रुपान्तरणमा अहम भुमिका खेलियोस ।

८.जीवन के हो ?

—जीवनको अनेकन कालखण्डमा समाजप्रतिको उत्तरदायित्व वहन गर्दै स्वस्थ प्रतिस्पर्धामय संघर्ष गर्नु नै मानविय जीवन हो ।

९.तपाईंको लक्ष ?

—आपूmसंगको प्रतिभालाई सहि तरिकाले श्रोता तथा दर्शक सामु प्रस्तुत गरी सबैको मायाले बाँच्ने लक्ष हो ।

१०.अन्तमा ?

—मेरो मनको भावनाहरुलाई सबै आदरणीय पाठकहरु सम्म पु¥याउनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु । नेपाली गीत संगीतलाई माया गर्नुहुन विनम्र अनुरोधका साथै सबैको जय होस ।


No comments:

Post a Comment