Friday, October 1, 2021

ज्येष्ठ नागरीक दिवश र सेवा सन्दर्भ ः ३१ आंै अन्तरराष्ट्रिय ज्येष्ठ नागरीक दिवस–२०७८

 ज्येष्ठ नागरीक दिवश र सेवा

सन्दर्भ ः ३१ आंै अन्तरराष्ट्रिय ज्येष्ठ नागरीक दिवस–२०७८



अर्जुन महर्जन

सहिदपथ, पाँगा

आपूmहरु सक्षम भएको बेला वस्तीमा रमाईलो गर्न चाड पर्वआदि संस्कृति मिलाई शिक्षालय, बाटो घाटो, पाटी पौवा देवल, चोक, ईनार, पोखरी,  धारा आदिको व्यवस्थित रुपमा निर्माण र सुधार गरी जीवनयापन सहज बनाउन समाजको विकास गर्न र आफ्ना सन्ततीहरुलाई अपारमाया र ममताका साथ झर्को र दुःख नमानी असल नागरीक बनाउन मिहेनत र परीश्रम गरी हुर्काई उमेर पुगेकाहरु ज्येष्ठ नागरिक हुन । हाम्रो नेपालमा ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक मानि आएको छ ।




समाजको संस्कार अनुसार पहिले जेठा बाठालाई मान मर्यादा गरी उहाँहरुको कामकुरालाई मनन गरी उपलब्ध सिमित साधन भित्र व्यवस्थित ढंगमा उपभोग गरी जीवन यापन गर्ने बेला
थियो । 

परिवारका सशक्त व्यक्तिले धन आर्जन गर्ने र गृहिणीहरुले आवश्यकतानुसार घर व्यवहार चलाउने गर्दथे । यसरी यापन भैरहेको बेलामा आफ्ना छोरा नाती बुहारी सबैबाट ज्येष्ठ नागरीकहरुले सम्मान पाई जीवन यापन गर्न पाईरहेका थिए ।



समयको परिवर्तन, शिक्षा र विज्ञानको प्रगतिले हरेक क्षेत्रमा आविस्कार र उत्पादन बढ्दै आए । सजिलो र राम्रो साधन उपलब्ध हुँदा सबैलाई उपभोग गर्न मन लाग्यो । जति सुलभ सामानहरु प्रयोग र उपभोग गर्नतिर लाग्यो । त्यसै अनुसारको अर्थ आर्जन पनि बढाउनु पर्ने हुँदै आयो । साधारण तरीको अन्य आर्जनले घर व्यवहारलाइ नपुग्ने भयो । अनि घर व्यवहारमा लाग्ने र हेरचाह गर्नेहरु पनि आय आजर्न गर्नेतिर लाग्नु पर्ने हुन आएबाट घरमा बस्ने ज्येष्ठ नागरीकहरुको रेखदेख र स्याहार सम्हारमा कमि हुँदै आए । आफ्नै देशमा रोजगार हुँदा सम्मत साधारण रेखदेख र व्यवस्था मिलाउन सक्ने भैरहेको थियो । अब आएर रोजगारी र अध्ययनको लागि विदेशमै जानुपर्ने हुँदै आयो । त्यहाँको अध्ययन र रोजगारीले परिवारका सशक्त व्यक्तिहरु विदेशमै रहनु बस्नु पर्ने भएबाट हाल आएर ज्येष्ठ नागरिकहरुको रेखदेख र पालन पोषणमा झन झन कठिनाई हुँदै आइरहेको छ ।



ज्ञान शीप र अनुभवको खानी समाजका पथ प्रदर्शक प्रेरणाका स्रोत समाजको विकास क्रमलाई आजका अवस्थामा पु¥याउने हिजोका सक्षम व्यक्तिहरु नै उमेर पुग्दै आएर आजका ज्येष्ठ नागरीक भएकाहरु हुन । यस्ता ज्येष्ठ नागरिकहरुको योगदानलाई कदर गरी सम्मानपूर्वक सहज जीवन यापन गर्नको लागि समाजसेवीहरुले पहल गर्नु पर्ने हुन आएको छ ।



समाजको विकासले हुन आएको रहन सहनको परिवर्तनले ज्येष्ठ नागरिकहरुको जीवन यापनमा परेको अप्ठ्याराहरुलाई विचार गरी राष्टिूय र अन्र्राष्ट्रियस्तरबाटै रेखदेख गर्नुपर्ने महसुस भएबाट स्थानीय तौर तरिकाबाट असहाय कल्याण जस्ता सामाजिक सेवा कार्यक्रम गर्नेहरुको पहलमा सन १९८२मा भियनामा भएको बृद्ध सम्बन्धि विश्व सम्मेलनले ज्येष्ठ नागरिक सम्बन्धि कार्य योजना पारित गरी सन १९९०मा बृद्धहरुको सम्बन्धमा संयुक्त राष्ट्र संघीय सिद्धान्त समेत लागु गरियो । यसलाई जागरुक बनाउन सन् १९९१ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवश हाम्रो देशमा धेरै संघसंस्थाले १ अक्टोवरका दिन मनाएका थिए ।



नेपालमा पहिले पहिले असहाय केन्द्रको रुपमा कोही नभएका असहायलाई संरक्षण दिने गरी सेवा गर्दै आइरहेका थिए । यस्तैमा सरकारकै तर्फबाट ज्येष्ठ नागरिकहरुलाई कदर गरी २०५१ सालमा ७५ वर्ष उमेर पुगेकालाई ६० वर्ष पुगेका असहाय बृद्ध बृद्धालाई आर्थिक सहयता दिने व्यवस्था भयो ।



ज्येष्ठ नागरिक दलको शीप ज्ञान र अनुभवलाई राज्यले देश विकासमा लगाउनको लागि २०५८ सालमा एउटा कार्यनीति तर्जुमा गरिएको थियो । यसै सिलसिलामा २०६३मा ज्येष्ठ नागरिक ऐन र २०६५मा नियमको व्यवस्था भएको थियो । जस अनुसार सार्वजनिक सवारी साधन, सामाजिक कार्य स्वास्थ्य सेवा धार्मिक तथा सार्वजनिकस्थलमा आवश्यक सेवा र सुविधा प्रदान गर्नुपर्ने सबैको कर्तव्य हुने व्यवस्था गरेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ५०% पचास प्रतिशत छुट दिनुपर्ने, आफ्नो हैसियत अनुसार परिवारले पालन पोषण गर्नुपर्ने । इच्छा विपरीत अलग राख्न र बस्न बाध्य गराउन नहुने, आफ्नो चल अचल सम्पत्ती आपूmखुशी गर्न पाउने जस्ता धेरै व्यवस्था गरेको छ । यसलाई कार्यान्वयन गर्न हेर विचार स्याहार सम्हार र सामाजिक सुरक्षाको व्यवस्था गर्न राज्यले केन्द्रिय ज्येष्ठ नागरीक कल्याण समिति र जिल्ला ज्येष्ठ नागरीक कल्याण समिति गठन गर्ने प्रावधान राखेको छ ।



यस्तो व्यवस्था हुँदाहुँदै  पनि कोही हाम्रा ज्येष्ठ नागरीकहरुले आफ्नै परिवारबाट अपहेलित र अपमानित भै सार्वजनिक स्थलमा समेत दुव्र्यवहार भोग्नु परेको छ । परिवार र जन साधारणले सार्वजनिक स्थलमा समेत ज्येष्ठ नागरीकहरुलाई गर्नुपर्ने व्यवहार सम्बन्धि सजगता र सचेतता ल्याउन नसकेको कारणले यस्तो भैरहेको हुनुपर्छ ।



ज्येष्ठ नागरीक भनेपछि असक्तताले छोईसकेका कमजोर मानिसहरु हुन्छन् । कहीं कतै भएको हक अधिकार प्राप्त गर्न पनि अरुको सहयोगको आवश्यकता पर्ने हुन्छ । तसर्थ वहाँहरुको अधिकार संरक्षण र सम्बद्र्धन गर्न कुनै संघ संस्थाकै आवश्यक हुन आउँछ । हालसम्म विभिन्न सघं संस्थाले प्रदान गर्दै आइरहेको सुविधालाई पनि जानकारी र असमर्थताको कारण उपभोग गर्न सकेका छैनन् । समाजसेवा गर्ने सामाजिक कार्यकर्ताको सक्रियताबाट केही व्यवस्था गर्न सकेमात्र यस तर्फ सुधार हुन आउने देखिन्छ ।

ज्येष्ठ नागरीकहरुको जीवनस्तर सुधार्न हालसम्म बृद्ध सेवा समाज, ज्येष्ठ नागरिक क्लब, ज्येष्ठ नागरिक सेवा केन्द्र, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ आदि गठन भै केही कार्य हुँदै आइरहेको देखिन्छ । तापनि अबको परिवारको बनौट एकल परिवारमा बस्ने प्रवृत्ति भएका सन्तती पनि रोजगारीले टाढा हुनुपरेको र अहिले जसरी हुन्छ आय आर्जनतिर लाग्ने जन मनोवृीले गर्दा यसतर्फ सुधार हुन कठिन हुँदै आइरहेको छ ।

ज्येष्ठ नागरिकहरुलाई सकभर परिवारमा बस्ने वातावरण मिलाउने । हालको बेफुर्सदी अवस्थाले हेरचाह गर्न कठिन भएमा दिवा सेवा र आवासको व्यवस्था भएको बृद्धाश्रमको व्यवस्था गर्न र घर घरमा रेखदेख गर्नुको सट्टा संस्थागत रुपमा धेरैलाई केहीले रेखदेख गर्ने, व्यवस्था मिलाउने । यस्तो गर्न सकेमा परिवारले पनि राहत महसुस गर्ने र ज्येष्ठ नागरिकहरुले पनि समुहमा बस्न पाउँदा रमाइलो महसुस गर्ने छन् भन्ने लाग्दछ ।

यसरी राम्रो व्यवस्था गर्न नयाँ पिढीलाई आफै पाको हुँदाका बखत सरल सहज जीवन यापनको लागि आपूm सक्षम भएका बखत समाजमा राम्रो व्यवस्था गरी राख्नुपर्ने कुराको बोध गर्न र बुझ्ने परेको छ ।

ज्येष्ठ नागरिकहरुको हक हित संरक्षण र सम्बद्र्धन गर्नका लागि नयाँ पुस्तामा आदर मर्यादा, सिष्टता र उतरदायित्वको भावना सृजनाहोस । ज्येष्ठ नागरिकको सन्तती र समुदायबाट सार्थक सम्मान सहज र सरल जीवनयापन गर्न पाओस । ३१ औं ज्येष्ठ नागरिक दिवशको उपलक्ष्यमा यही शुभकामना व्यक्त गर्दछु । 

No comments:

Post a Comment