Thursday, January 28, 2021

कीर्तिपुरमा तरकारी कलेक्सन सेन्टरको उद्घाटन

 कीर्तिपुरमा तरकारी कलेक्सन सेन्टरको उद्घाटन

—अनीता महर्जन

गत मंसीर १५ गते सोमबार कीर्तिपुर वडा ९ को चीखु टाउनप्लानिङमा राष्ट्रिय आत्मानिर्भर अर्थतन्त्र अभियानका संयोजक सबिता महर्जनको पहलमा “तरकारी संकलन केन्द्र” भवनको उद्घाटन कार्यक्रम गरियो। कार्यक्रममा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालका केन्द्रिय संयोजक सुदर्शन विक्रम कार्कीले अध्यक्षता ग्रहण गरेको थियो भने राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान तथा उर्वर नेपालका व्यापार व्यवस्थापक र प्रचारप्रसारको Director उत्सव ढकाल, उर्वर नेपालका Production Officer सागर धिताल र शिरीष दुलाल, दोलखाका संयोजक सुनिति कार्की, कीर्तिपुरका संयोजक सबिता महर्जन, अभियन्ता कामना काफ्लेको उपस्थिति भएको थियो । 




कार्यक्रममा सामान्य तरीकाले धेरै जना उपस्थित नभईकन कार्यक्रमको अध्यक्ष सुदर्शन विक्रम कार्कीले नरिवल फुटाएर भवनको उद्घाटन गरिएको थियो । 

कीर्तिपुरलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले खोलेको कलेक्सन सेन्टर बारे प्रष्ट पार्न केन्द्रीय संयोजकको सचिवालय द्वारा प्रेस विज्ञप्ति पनि जारि गरिएको थियो। विज्ञप्ति ः  राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले “आजको आवश्यक्ता आत्मनिर्भर सहितको  समृद्धि” भन्ने मूल नारा सहित थालेको अभियानले धेरै छोटो समयमा नेपाली जनताको मन मुटुमा आफ्नो ठाउँ बनाउन सफल भएको छ । 

हामीले शुरुवातको छोटो समयमा अभियान सदस्यहरु साथै उत्पादकहरु सहितको सहभागितामा  “हाम्रो  उत्पादन हाम्रो बजार, समृद्ध हुने हामी सबैको रहर” भन्ने अवधारणा सहित आत्मासाथ गर्दै नेपाली किसानको उत्पादनलाई सिधै बजारमा पु¥याई उपभोक्ताको हितलाई ध्यानमा राखि सबै नेपाली जनताको दैनिकसंग जोडिएको उपभोग वस्तुको कलेक्सन सेन्टर शुरु गरेका छौ । 

नेपालको एैतिहासिक कीर्तिपुरबाट थालिएको यो अन्तर्गत पब्लिक कम्पनी मार्फत कलेक्सन सेन्टर प्याकिजिंग साथै आउटलेट (बिक्री कक्ष) देशभर सात सय विभिन्न स्थानिय तहमा पु¥याउने छ र देशलाई आत्मनिर्भर सहितको समृद्धि तर्फ डो¥याउने भएको छ । राज्यले गर्छ, देश समृद्ध हुन्छ भन्ने भन्दा पनि सामुहिक मेहनतले पनि देशलाई समृद्ध बनाउन सकिन्छ साथै राज्यलाई त्यस दिशातिर उन्मुख गराउन सकिन्छ भन्ने संदेश देश र नेपाली जनतालाई दिन चाहेक  छौ । त्यहि अनुरुप हामीले पहिलो कलेक्सन सेन्टर साथै प्याकिजिंग र आउटलेट कीर्तिपुरबाट थालिएको जानकारी अभियानको प्रमुख लक्ष्य होे ।

“आउने दिनमा २०० जना शेयर सदस्य बनाउने उद्देश्य राखेको यस संस्थामा  हाल सम्म १३० जना सदस्य बनीसकेको छ । यस्को लागि पहिलो चरणमा कीर्तिपुर नगरपालिकाका वडा २/४/५  भित्रमा कृषि सम्बन्धी काम गर्ने २००–२५० जना किसानहरुको दर्ता पनि  भैसकेको छ । 

यो आत्मनिर्भर अभियान गर्नु पर्ने कारण साचो किसान र उपभोक्ता बिच बिचौलियाहरुले फाईदा नउठाओस भनेर हो।” भनेर उत्सव ढकालले बताउनु भयो। त्यसै गरि “काठमाडौको मुटुको रुपमा रहेको कीर्तिपुरमा मलिलो माटो पनि बाझै रहेको र अनि भारतबाट आयातित तरकारी सस्तो भनेर दिनहु उपभोग गर्दै अल्सर, क्यान्सर, हार्माेन जस्ता थुप्रै रोगहरुलाई निम्ताई रहेको छ तर आफ्नै किसान दाजुभाईको तरकारी बारीमै कुहिदैछ । उनीहरुले आवश्यक भाउ र बजार दुवै पाएको छैन । 

त्यसैले किसान र बजार बिचको यो खाडललाई कम गराउनको लागि साथै कीर्तिपुर नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने हेतुले यो अभियानमा लागेकी हु” भनेर राष्ट्रिय आत्मनिर्भर अभियान नेपाल शाखा कीर्तिपुरका संयोजक सबिता महर्जनले बताउनु भयो । 

यसबाट किसान साथै उपभोक्ता दुवै उत्तिकै लाभान्वित हुने विश्वास पनि उहाले गरेका छन् ।

यो कार्यक्रम बारे सुदर्शन विक्रम कार्कीको भनाई “ यसमा सामाजिक अभियन्ताहरु साथै युवाहरु द्वारा समाजमा रुपान्तरण गर्नका लागि बौद्विक, बैज्ञानिक ढंगले प्रकृतिलाई प्रयोग गरि कृषि  उत्पादन गर्ने, पर्यटक बढाउने, जलविद्युत, जडिबुटि गरि पाँच वटा क्षेत्रबाट आर्थिक रुपमा देशलाई समृद्ध बनाउने लक्ष्य राखिएको छ ।”

कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका अंक ४७१ मिति २०७७ मंसिर १७ गते प्रकाशित

No comments:

Post a Comment