Friday, January 29, 2021

एक्लोपनको साथी —मिनर्वा बज्राचार्य

 एक्लोपनको साथी —मिनर्वा बज्राचार्य


मिनर्वा बज्राचार्य



प्रस्तोताः पवन जोशी

संगीत कला पनि मानविय जीवनको अभिन्न अंग हो भनेर धेरै मानिसहरुले अगाली रहेका छन । संगीत आनन्द मात्र नभई विरामीहरुको निम्ति थेरापीको रुपमा लिने गरेका पनि पाइन्छ । संगीतमै आफ्नो जीवन समर्पित गर्दै आउनु भएकी गायीका मिनर्वा बज्राचार्य संगको छोटो सम्वाद

१.तपाईं किन संगीत कला क्षेत्रमा लाग्नु भयो ?

— टेन्सन मुक्त क्षेत्र नै मेरो लागि संगीत कला क्षेत्र हो । एक्लोपनको साथी पनि हो ।

२. संगीत कला के हो ?

— मन भित्रका वेदनाहरुलाई केहि समय मन हलुका पार्न संगीत कलाले साथ दिएको पाईन्छ । एक प्रकारको अदृश्य शक्तीको औषधी जस्तो लाग्छ । भनिन्छ औषधीले निको पार्न नसकेको विरामीलाई संगीत थेरापीले निको पारेको पाइन्छ ।

३.तपाईं संगीत क्षेत्रमा लागेर के पाउनु भो ?

— आत्मा सन्तुष्टीको साथ श्रोता तथा दर्शक माफ परिचित हुने मौका पाएँ । भनिन्छ कर्म गर्नुपर्छ फलको आसा गर्नु हुँदैन ।

४. सगीतकलाबाट कुन बेला हर्षित हुनुभयो ?

—प्रतिभाको खोजी २०७७ मा भाग लिएँ, छोटो समयमै हजारौ वश्रोताहरुको भिवर्सबाट दुवै भाषामा सर्वोत्कृष्ट भिवर्स पाउन सफल भएँ । दुवै भाषाको एवार्ड एउटै कार्यक्रमबाट जित्ने र्माका पाएँ । यहि मेरो जीवनको पहिलो उपलब्धी हो।

५. संगीतकला सरस्वतीको वरदान हो कि रियाजको परिणाम हो ?

— वास्तवमा अभ्यासनै संगीत कला कर्म हो । सरस्वतीको आराधना विना संगीत कला श्रृजना हुँदैन होला ।

६. घरको कामकाजबाट पन्छिन महिलाहरु संगीतमा लाग्छिन भनिन्छ साँचो हो ?

— भन्नेहरुले भनिन्छ होला । म घरको काम सकाएर मात्र संगीत साधना गर्छु । गृहणीबाट पन्छिएर होइन ।

७. तपाईं कस्को देखासिकीमा गीत गाउनु हुन्छ ?

—म कसैको देखासिकीमा गीत गाउन थालेको हैन । पहिलो त बुदिंया भिन्तुना म्ये कासाबाट गायनमा शुभारम्भ गरेकी थिएँ ।

८. यहाँलाई कस्तो गीत मन पर्छ ?

— मलाई सन्देशमुलक गीत मन पर्छ । जुन गीतले समाजमा जनचेतना प्रवाह गर्न सकोस ।

९.गोजीमा पैसा भएपछि जोसुकै गायक, गायीका बन्न सक्छ रे हो ?

—पैसा हुँदैमा गायक गायीका हुन सक्दैन, शीप, प्रतिभा हुनु जरुरी छ । मैले पनि पदम रत्न क्याम्पसमा गायन विधामा स्नातक गर्दै छु ।

१०.अन्तमा — 

त्याग तपस्या र बलिदान विना कुनै कार्य सफल हुँदैन । संगीत कलाक्षेत्रमा पनि सतकर्मको साथ अगडी जानु पर्छ । तपाईंको पत्रिका मार्फत मनको कुरा राख्न पाउँदा धेरै खुसी लाग्यो । कीर्तिपुर सन्देश साप्ताहिक परिवारप्रति आभार व्यक्त गर्दछु । धन्यवाद

कीर्तिपुर सन्देश साप्ताहिक अंक ४७२ मिति २०७७ मंसिर २४ गते प्रकाशित

1 comment: