Tuesday, June 25, 2013

प्रतियोगिताको फाइनल आउँदो शनिवार

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

प्रतियोगिताको फाइनल आउँदो शनिवार

गत बैशाख २८ गते शनिवारदखि जनसेवा उच्च मा. वि.को खेल मैदानमा नव क्षितिज युवा क्लब पाँगाको अयोजनामा सञ्चालन भएको दक्षिण भेगीय अन्तरविद्यादय नकआउट फुटवल प्रतियोगिता–२०७०मा करीव ३ दर्जन टिमको सहभागिता रहेको थियो । उक्त सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुष्पसदन र कीर्ति मा.वि सेमिफाइनल खेल आज हुने भएको छ भने अर्को सेमिफाइनल खेल राराहिल र आदिनाथ मा.वि. र बाघ भैरव मा.वि. (गोदाम) विचको सेमिफाइनल हुने भएको छ भने फाइनल खेल शनिवार हुने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल आदिनाथ र अनर स्कुल विच भएको थियो । उक्त खेलमा आदिनाथ ४–० गोल अन्तरले विजयी भएको थियो । त्यसैगरी दोस्रो दिनको खेलमा शुभकामनाले क्रिएटिभ एकेडेमी लाई २–८, दोस्रो खेलमा बाघभैरवले वैष्णवीलाई ट्राइब्रेकरमा ४–१ ले विजय हासिल गरेको थियो । त्यसैगरी गत ३० गते सम्पन्न खेलमा राराहिलले साल्भानियालाई ३–१ गोल अन्तरले त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा ग्रीन भिलेज ए. फाउण्डेसनले जनसेवालाई २–० गोलले पराजित गरेको थियो । गत बैशाख ३१ गते सम्पन्न खेलमा बाघ भैरवले कीर्तिपुर इङ्गलिस स्कुललाई टाईब्रेकरमा ६–५ गोलले र पुष्पसदनले पाँगा मा.वि.लाई ३–० गोलले हराएको थियो । गत जेठ १ गते सम्पन्न खेलमा लेबोरेटरीले ग्रीन भिलेजलाई २–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बाघ भैरव मा.वि.ले जनसेवा क लाई १–० ले पराजित गरेको थियो । त्यसैगरी २ गतेको खेलमा कीर्ति र राराहिल विजय भएको थियो । यस खेलमा कीर्तिले शुभकामनालाई २–० गोलले र राराहिल स्कूलले हिमालयन एकेडेमीलाई ५–१ गोलले पराजित गरेको थियो । यस प्रतियोगिताको क्वाटरफाइनल गत शनिवार आदिनाथ मा.वि. र बाघभैरव मा.वि.(गोदाम) विच भएको थियो । त्यसैगरी दोस्रो क्वाटर फाइनल खेल बाघभैरव बोर्डिङ्ग र कीर्ति विच भएको थियो । त्यसैगरी अर्को क्वाटर फाइनल खेल गत आइतवार राराहिल र लेबोरेटरी विच तथा पुष्पसदन र ग्रीन भिलेज ए.फा. विच भएको थियो जस्मा राराहिलले लेबोरेटरीलाई १–० गोलले र पुष्पसदनले ग्रीन भिलेजलाई २–० गोलले पराजित गरेको थियो ।

No comments:

Post a Comment