Tuesday, June 25, 2013

गोर्खा कप फुटवल प्रतियोगिता–२०७० विहिवारदेखि

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

गोर्खा कप फुटवल प्रतियोगिता–२०७० विहिवारदेखि 

अखिल नेपाल फुटवल संघको आयोजनामा हुने गोर्खा कप फुटवल–२०७० भोलि विहिवारदेखि सञ्चालन हुने भएको छ । यो प्रतियोगिता भोलि जेठ ९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ । कूल १६ टिमले सहभागिता जनाइएको यस प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरीएको छ । जस अन्तर्गत समूह ‘क’मा पुलिस क्लब, मच्छिन्द्र, सरस्वति र झापाको मुनाल क्लब, समूह ‘ख’मा थ्रीस्टार क्लब, एपीएफ, आरसीटी र देशभक्त युवा क्लब, समूह ‘ग’मा मनाङ मस्र्याङदी, आर्मी, संकटा र टुसाल युवा क्लब र समूह ‘घ’मा हिमालयन शेर्पा, जावलाखेल, फ्रेन्डसक्लब र ब्वाइज युनियन क्लब रहेका छन । प्रत्येक समूहको विजेता र उपविजेता टिम क्वार्टर फाइनलमा प्रवेश हुने व्यवस्था गरेको छ । यस प्रतियोगिताको भोलिको उद्घाटन खेल नेपाल पुलिस क्लब र मुनाल क्लब झापा विच हुने कार्यक्रम रहेको छ । यो प्रतियोगिता दशरथ रंगशालामा सञ्चालन हुने भएको छ । स्मरणरहोस् यस अघि ब्रिटिस गोर्खा कप नामबाट सञ्चालित यो प्रतियोगिता यो संस्करणदेखि गोर्खाकप भएको हो ।

No comments:

Post a Comment