Tuesday, June 25, 2013

सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारण सभा

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारण सभा


कीर्तिपुर क्षेत्रमा जनस्तरबाट संचालित कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारण सभा गत बैशाख ४ गते शनिवार कीर्तिुर पार्टी प्यालेसको सभाहलमा त्रि.वि.का उपकुलपति प्रा.डा. हिरावहादुर महर्जनको प्रमुख आतिथ्यता र केन्द्रका अध्यक्ष हिरावहादुर महर्जनको सभापतित्वमा सम्पन्न भयो ।

ईं मदन महर्जनले स्वागतक मन्तव्यको क्रममा स्वास्थ्य केन्द्रले हालसम्म गर्दै आइरहेको सेवा र समस्याबारे अवगत गराउनु भयो । विशिष्ट अतिथि स्वास्थ्य केन्द्रका संस्थापक दिलिप महर्जनले कुनै पनि संस्था सामुदायिक रुपमा चलाउन चुनौतीपूर्ण छ । 

तैपनि आजसम्म निरन्तर रुपमा सबैको सहयोगमा संचालन भैरहेको बताउनु भयो । फेक्ट नेपालका तर्फबाट हप्तामा दुई दिन दुई जना डाक्टरहरूको सेवा सहयोग प्रदान गरिरहेको जानकारी दिनु भयो । 

यस केन्द्रबाट कीर्तिपुरवासीहरूले भन्दा बढी बाहिरबाट आएर कीर्तिपुरमा डेरामा बसिरहेकाहरू ले बढी सेवा लिइरहेको बताउनु भयो । प्रमुख अतिथि प्रा.डा. हिरा वहादुर महर्जनले त्रिभुवन विश्व विद्यालयको कारण संसारभर कीर्तिपुरको नाम फैलिएका बताउनु भयो । 

निकट भविष्यमा नै त्रि.वि. परिसरमा ठूलो अस्पताल बन्न लागेको पनि जानकारी दिनु भयो । सभापतिको आशनबाट अध्यक्ष हिरावहादुर महर्जनले यस क्षेत्रका निम्न वर्गहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक डाक्टर सहित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनु भयो । उक्त स्वास्थ्य केन्द्रमा भ्अय, भ्ऋन्, ग्तिचब क्यगलम सेवा उपलब्ध छ ।

No comments:

Post a Comment