Tuesday, June 25, 2013

सङ्घीय समाजवादी पार्टी कीर्तिपुर नगर र क्षेत्रिय भेला आयोजक समिति गठन

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

सङ्घीय समाजवादी पार्टी कीर्तिपुर नगर र क्षेत्रिय भेला आयोजक समिति गठन





२०७० जेठ ४ गते शनिवार सङ्घीय समाजवादी पार्टी नेपाल काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं.१० र कीर्तिपुर नगर समिति भेला आयोजक समिति निर्माणका लागि पार्टीका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता र नजरराम महर्जनको अध्यक्षतामा कीर्तिपुरमा सम्पन्न भयो । 


सो भेलाले काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं.१०को भेला आयोजक समिति गठन गरियो । १० नं. क्षेत्रीय भेला आयोजक समितिको संयोजक राजु सुवेदी, सचिव राज श्रेष्ठ, सदस्यहरूमा नजरराम महर्जन, नरेन्द्र महर्जन, रुपक थापा, मनोहर महर्जन, निर्मल लामा, राजु थापा, दिलिप लामा, सोनी महर्जन, गोवर्धन के.सी., सानुकाजी गिरी र विशाल कार्कीलाई चयन गरियो ।

भेलाले कीर्तिपुर नगर भेला आयोजक समितिको संयोजकमा नजरराम महर्जनलाई चयन गरियो र सदस्यहरूमा पूर्णवहादुर महर्जन, रिदेन महर्जन,  मनोहरी तण्डुकार, ममता श्रेष्ठ, प्रकाश महर्जन, त्रिरत्न महर्जन, मणिश महर्जन र नरेश महर्जनलाई चयन गरियो । सो भेलाले सङ्घीय समाजवादी पार्टी नेपालको अध्यक्ष अशोक राईको प्रमुख आतिथ्यमा काठमाडौं निर्वाचन क्षेत्र नं.१० तदर्थ समिति गठन तथा घोषणा सभा २०७० जेठ ११ गते शनिवार सतुंगल पार्टी प्यालेस, सतुंगलमा दिनको ११ बजे गर्ने निर्णय गरियो ।

सो भेलामा सहभागीका लागि इच्छुक महानुभावहरूले संयोजक राजु सुवेदी (मो.नं. ९८५१०३६८९८) लाई सम्पर्क राख्न अनुरोध गरिएको छ । त्यस्ते २०७० जेठ ४ गते शनिवार सङ्घीय समाजवादी पार्टी, नेपालका महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौं क्षेत्र नं.७ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं.१८ को वडा भेला तथा वडा तदर्थ समिति गठन कार्यक्रम सयौंयो उपस्थितिमा सम्पन्न भयो । आयोजक समितिका नाती काजी महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव राजेन्द्र्र श्रेष्ठले पूँजीवादमा सङ्घीय शासन दिगो नहुने भएकोले सङ्घीय समाजवाद आवश्यक रहेको बताउनु भयो । भेलामा अतिथिको रुपमा पार्टीका केन्द्रीय सदस्य लालवहादुर तामाङ, जिल्ला उपाध्यक्ष पृथ्वीराज राई तथा क्षेत्र नं.७ का क्षेत्रीय अध्यक्ष बाबुराजा प्रजापतिले पनि मन्तव्य राख्नु भयो । उक्त भेलाले पुष्परत्न शाक्यको अध्यक्षतामा १५ सदस्यीय वडा तदर्थ समिति गठन गरेको छ । भेलाको अन्त्यमा यस तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूलाई महा सचिव श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो ।

No comments:

Post a Comment