Wednesday, February 25, 2026

2. राष्ट्रिय स्वतन्त्र पार्टीका बाचापत्रको बुँदा २१ देखि ४० सम्म

2. राष्ट्रिय स्वतन्त्र पार्टीका बाचापत्रको बुँदा २१ देखि ४० सम्म



२१. आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब २ दर्जन ऐनहरु खारेज गर्नेछौं । झन्झटिला ऐन र तजबिजी प्रक्रियाहश्ररु श्रृंखलावद्ध रुपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण (डुक्ष्ंग बिजनेस) सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरुमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गर्नेछौं । नेपाललाई ‘सम्मानजनक मध्यम–आय भएको मुलुक’ बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रशित –स्थिर मूल्यमा) कायम गरेर जग बसाउनेछौं । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै –प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय ३००० डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुग्ने लक्ष्य लिनेछौं । कुन ऐन र नियमावली खारेज वा संशोधन गर्ने भन्ने निर्णयको आधार स्वतन्त्र विश्लेषण, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१, एवं नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका सुझाव लिनेछौं ।

२२.सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकोले निजी क्षेत्रसँगको उन्नत समझदारी –कम्प्याक्ट) का आधारमा राजश्व नघट्ने प्रत्याभूति सहित सबै करहरुको बोझ घटाउनेछौं । कर कानून तथा नियमहरु भूतप्रभावी ढङ्गले लगाउने छैनौं । नियोजित कर छली रोक्छौं । मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि हामीले ‘पारिवारिक भार’का आधारमा आयकर (तलबमा लाग्ने कर) को सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गर्नेछौं । शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरुलाई प्रश्रय दिनेछौं ।

२३.भारतीय रुपैयासँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरु समेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं ।

२४.स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र सहजीकरणका लागि एक्रै स्थानमा फाइल पेश गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्था सहित वान–स्टप सेवा केन्द्रको कार्यान्वयन गर्छौं । उक्त निकायले परियोजना स्थल उपलब्ध गराउने, वन तथा वातावरणसम्बन्धी स्वीकृति प्रक्रिया सहज र समयबद्ध रुपमा पूरा गराउने तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्नेछ । साथै, लगानी सहजीकरणका लागि आवश्यक कानुन, नियमावली तथा कार्यविधिहरु निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्छौं । डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रुपमा व्यवसाय दर्ता गराउँछौं ।

२५. राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गर्नेछौं । भ्रष्टाचार नियन्त्रण गर्न राजस्व अनुसन्धान र अनुगमन गर्ने चार्टर्ड एकाउन्टेन्टहरुको बाहुल्य रहेको दक्ष पेशागत इकाइ निर्माण गर्नेछौं ।

२६.सार्वजनिक संस्थानहरुको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी–सार्वजनिक मोडलमा लाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने, र अन्यलाई विकेन्द्रित गर्र्ने र केहीको अचल सम्पत्तिको स्वामित्व सरकारको नाम ल्याउने विकल्पमा अघि बढ्नेछौं । संस्थान सुधार र समग्र खर्च कटौतीको प्रारम्भिक आधार ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदन’ हुनेछ ।

२७.सार्वजनिक आयोजनाहरुलाई स्पष्ट उद्देश्य, प्राथमिकता,सुनिश्चित बजेट, निश्चित समय सीमा, योग्य तथा पर्याप्त मानवीय स्रोत र परिणाममूलक लक्ष्यसहित लक्ष्य–केन्द्रित कार्यशैली –मिसन मोड)मा कार्यान्वयन गर्नेछौं । आयोजना समयमै र गुणस्तरीय रुपमा सम्पन्न गर्न, आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गर्नेछौं ।

२८.नेपालको आर्थिक रुपान्तरणका लागि विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरुलाई आगामी २ वर्षभित्र अनिवार्य सम्पन्न गर्ने गरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागू गरिनेछ । यस अन्तर्गत आयोजना प्रमुखको कार्यसम्पादन सम्झौता, जग्गा प्राप्ति र वन क्षेत्रको अवरोध हटाउन विशेष कानुनी सहजता र मुआब्जा वितरणमा ‘डिजिटल ट्राकिङ’ सुनिश्चित गरिनेछ । अबको ५ वर्षमा भौतिक पूर्वाधारमा मात्र सिमित नभई डायस्पोराको पुँजी र ज्ञान आकर्षित गर्दै अन्तर्राष्ट्रिय स्तरको खेलकुद सहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टीकृत स्वास्थ्य सेवा र सांस्कृतिक पर्यटन गरी १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनाहरुलाई विस्तृत परियोजना प्रतिवेदन र लागत सुनिश्चिता पछि राष्ट्रिय गौरव’को सूचीमा समावेश गरी‘फाष्ट–ट्रयाक मोडेलमा अगाडि बढाइने छ ।

२९.सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर–बैंकिङ्ग वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याउनेछौं । ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरुलाई अनिवार्य रुपमा राष्ट्र बैंकको कडा नियमन र ‘घ’ वर्गका वित्तीय संस्था सरहको मापदण्डमा आबद्ध गराउनेछौं भने साना संस्थाहरुको व्यवस्थित सञ्चालनका लागि एक उच्चाहिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गर्नेछौं ।

३०. कर्जा प्रवाहमा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई ‘कर्जा सूचना केन्द्र’ सँग जोडी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह भएको सुनिश्चित गर्नेछ । ब्याजदरलाई ‘बेस रेट’ सँग जोडेर केही प्रतिशत मात्र प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा शुल्कको पूर्णताः अन्त्य गर्नेछौं । साथै, सहकारी र लघुवित्तलाई अनुत्पादक घरजग्गा क्षेत्रबाट हटाएर उत्पादनशील, विना धितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित

३१.आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरुको बचत खातामा फिर्ता गर्नेछौं । बचतकर्ताहरुलाई प्राथमिकताका आधारमा साना बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्ता देखि सुरु गरि भुक्तानीको दिने व्यवस्थ ागर्नेछौं । हाम्रो उद्देश्य सञ्चालकहरुलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ता पैसा फिर्ता गराउनु हो । त्यसैल, ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अनुरुप यदि कुनै सहकारी वित्तीय संस्थाका सञ्चालक वा व्यवस्थापन पक्ष बचतकर्ताको रकम फिर्ता गर्न तयार छन र उनीहरुसँग भरपर्दो स्रोत एवं योजना छ भने, ‘मिलापत्र’ का लागि कानुनी बाटो प्रशस्त गरिदिनेछौं । यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरुलाई थुना बाहिर रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेछौं ।

३२.मिटर–ब्याज र अनुचित लेनदेन ‘आर्थिक अपराध’ का रुपमा परिभाषित गर्दै आगामी पाँच वर्षभित्र यसका सबै जालोहरुलाई कानुनी र संरचनात्मक रुपमा ध्वस्त पार्नेछौं । विगतमा गरिएका सबै अवैध ‘तमसुक’ र कपाली तमसुकहरुको न्यायिक छानबिन गरी पीडितहरुको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकार सम्पन्न ‘द्रुत न्याय कार्यदल’ गठन गरिनेछ । जग्गाको हक हस्तान्तरण र ठूला नगद लेनदेनलाई अनिवार्य रुपमा स्थानीय तहको ‘डिजिटल प्रमाणीकरण’ प्रणालीमा आबद्ध गरी नक्कली कागजात खडा गर्ने सबै प्वालहरु बन्द गरिनेछ । यससँगै, विपन्न र सीमान्तकृत नागरिकका लागि बिना धितो सहुलियतपूर्ण ऋण र बैंकङको पहुँचलाई टोल–टोलमा विस्तार गरी मिटर–ब्याजमुक्त नेपाल र वित्तीय सार्वभौमिकता सुनिश्चित गर्नेछौं ।

३३.पूँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुद्दृढ गर्नेछौं । धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै प्रयाप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिनेछौं । नेपाल स्टक एक्सचेन्ज –नेप्से) र  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउनेछौं र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्नेछौं । पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरु चरणबद्ध रुपमा सुरु गरी नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउनेछौं । इनसाइडर ट्रेडिंग र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नेछौं । आइपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउनेछौं ।

३४.संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरुलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्नेछौं । पूँजी बजार कर नीति स्थिर र लगानीमैत्री हुनेछन् भन्ने ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाइ पूर्वाधार विकासका लागि इन्फ्रस्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पूँजी जुटाउने वैकल्पिक साधनको विकास गर्नेछौं । वर्षौदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गर्नेछौं । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउनेछौं र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्नेछौं । विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरुको विकास गरी पूँजीबजारलाई आधुनिक र विविधीकृत बनाउनेछौं । साना लगानीकर्ताहरुको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरुको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्नेछौं । पूँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पु¥याउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पूँजी निर्माणको प्रमुख आधारका रुपमा विकास गर्नेछौं ।

३५.नेपालको विशिष्ट भूगोल, भूपरिवेष्ठिता अवस्था, उच्च उत्पादन लागत तथा शक्तिशाली छिमेकी राष्ट्रहरुसँगको प्रतिस्पर्धात्मक सन्दर्भलाई द्दृििष्टगत गर्दै “सीमारहित अर्थतन्त्र” र तौलरहित व्यापार” को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिइको केन्द्रमा राख्नेछौं । सेवा क्षेत्रमार्फत विश्व अर्थतन्त्र र मूल्य अभिवृद्धि श्रंखलासँग जोडिन लगानी अभिवृद्धि गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्नेछौं । श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई सेवा निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रमा रुपान्तरण गर्न डिजिटल रुपमान्तरणलाई राष्ट्रिय आर्थिक रणनीतिको प्रमुख आधार बनाउनेछौं । यसका लागि परिमार्जित तथा विस्तारित बृहद डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक–निजी लगानी अभिवृद्धि गर्नेछौं ।

३६.नेपालको अर्थतन्त्रमा रेमिट्यान्स पछिको दोस्रो ठूलो खम्बा बन्ने सम्भावना बोकेको सूचना प्रविधि ९क्ष्त्० क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्नेछौं । हालको १.५ अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने लक्ष्य प्राप्त गर्न एक स्वायत्त ‘आइटी प्रवद्र्धन बोर्ड’ गठन गर्नेछौं । यस क्षेत्रका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्राउन र नाफा लैजान सरल नीति र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्नेछौं । साथै, नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सातै प्रदेशमा अत्याधुनिक ‘डिजिटल पार्क’ निर्माण गरी ५ लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्नेछौं ।

३७. डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा विकास गर्न दीर्घकाली लक्ष्यसहित आगामी पाँच वर्षमा सोही अनुरुप स्रोत विनियोजन तथा सार्वजनिक–निजी लगानी अभिबृद्धि गर्नेछौं । समग्र डिजिटल इकोसिस्टम निर्माणका लागि सञ्चार पूर्वाधार, सार्वजनिक डिजिटल पूर्वाधार, डेता सेन्टर, क्लाउड सेवा, साइबर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्च–गतिको कनेक्टिभिटीमा प्राथमिकताका साथ लगानी गर्नेछौं । इन्टरनेटको निर्वाध र भरपर्दो पहुँच सुनिश्चित गर्न बाह्य परनिर्भरता क्रमशः न्यूनीकरण गर्दै स्याटेलाइट तथा अन्य उन्नत प्रविधिमार्फत स्वतन्त्र, सुरक्षित र सार्वभौम डिजिटल संरचना स्थापना गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्नेछौं । सरकारी तथा सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरु न्ेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गर्नेछौं । हुलाक सेवालाई डिजिटल नेपाल निर्माणको आधारभूत सार्वजनिक पूर्वाधारका रुपमा पुनस्थापित गर्नेछौं । परम्परागत वितरण प्रणलीलाई प्रविधिमैत्री, ग्राहक–केन्द्रित र परिणाममुखी ढाँचामा रुपान्तरण गर्दै हुलाक सेवालाई सस्तो, छिटो र विश्वशनीय सेवा दिइने बहुउद्देश्यीय केन्द्रका रुपमा विस्तार गर्नेछौं ।

३८.स्वदेशी स्टार्टअपहरुलाई विश्वव्यापी बजारसँग जोड्न ‘अन्तर्राष्ट्रि पेमेन्ट गेटवे’ का कानुनी र प्राविधिक अड्चनहरु तत्काल हटाउनेछौं । हामी नेपाललाई डिजिटल–फस्र्ट’ राष्ट्रका रुपमा चिनाउने छौं जहाँ प्रविधिले उत्पादन, व्यापार र रोजगारीको जग बसाल्नेछ । सरकारी र निजी क्षेत्रका सबै आर्थिक कारोबारहरुलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी ‘क्यासलेस’ समाजको निर्माण गरी भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रण गर्नेछौं । आइटी क्षेत्रलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य उद्योग बनाउन आइटी सेवा र सफ्टवेयर निर्यातमा स्वचालित नगद प्रोत्साहन र केही वर्षसम्म आयकरमा पूर्ण छुटको व्यवस्था गर्नेछौं ।

३९.आगामी पाँच वर्षभित्र नेपालले कच्चा विद्युत मात्र  निर्यात गर्ने देशबाट ‘कृत्रिम बौद्धिकता’ र ‘कम्प्युटेसन’ शक्ति पनि निर्यात गर्ने देशमा रुपान्तरण गर्नेछौं । स्वच्छ ऊर्जाको उत्पादन, चिसो पहाडी मौसम र स्थिर भू–संरचना दक्ष ‘डाटा केन्द्र’का लागि उपयुक्त छन् । प्रचुर हरित ऊर्जालाई सर्भर फर्म र क्लाउड पूर्वाधार सञ्चालनमा प्रयोग गरी, नेपालमै डाटा केन्द्र, एआई कम्प्युटिङ र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गर्दै विश्व अर्थतन्त्रसँग जोड्ने छौं । जलविद्युत आयोजना नकिै उच्च क्षमताका डाटा केन्द्रहरु स्थापना गराई अतिरिक्त विद्युत सिधै अन्तर्राष्ट्रिय ग्राहकका लागि कम्प्युटेशनल कार्यमा प्रयोग गर्न सकिने नीति र कानून ल्याइनेछ । क्लाउड स्टोरेज,एआई मोडेल प्रशिक्षण, तथा “ग्रीन जीपियु” कम्प्युटिङ भाडा जस्ता सेवा एशियाका प्रविधि केन्द्रहरुलाई उपलब्ध गराउने छौं । राष्ट्रि स्वतन्त्र पार्टीको सोचमा केवल एक किलोवाट –घण्टा विद्युत बेच्ने होइन, उच्च मूल्यको सर्भरको प्रशोधन समय बेच्ने हो । नेपाललाई सुरक्षित डिजिटल आशयस्थल बनाउन विशेष ऐन ल्याई लगानीकर्ताहरुलाई पूर्ण कानुनी सुरक्षासहित नेपाली अधिकारक्षेत्रभित्र डाटा भण्डारण गर्न अनुमति दिनेछौं । एक वर्ष भित्र विश्वव्यापी अध्ययनका आधारमा क्रिष्टोकरेन्सीको नियमन र उपभोक्ता संरक्षणबारे स्पष्ट राष्ट्रिय नीति ल्याउने छौं । राष्ट्रिय नीति, मौसम र ऊर्जाको अनकूलताका आधारमा क्रिष्टो माइनिङको सम्भावनालाई पनि पहिलो वर्षमै ‘पाइलट’का रुपमा कार्यान्वयनमा लगिनेछ ।

४०.विश्वव्यापी श्रम बजारमा आएको परिवर्तनलाई आत्मसात गर्दै नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न स्पष्ट कानुनी र नीतिगत प्रबन्ध गर्नेछौं । श्रम ऐन तथा सम्बन्धित कानुनमा संशोधन गरी रिमोट वर्क, डिजिटल रोजगारी तथा सीमा–पार सेवा निर्यात लाई वैधानिक मान्यता प्रदान गर्नेछौं । विदेशी कम्पनीसँग आवद्ध भई नेपालमै बसेर काम गर्ने श्रमिकहरुको पारिश्रमिक भुक्तानी, कर व्यवस्थापन तथा विदेशी मुद्रा आर्जनलाई सहज, पारदर्शी रनियमसम्मत बनाउन बैंकिङ तथा विदेशी विनिमय नीतिमा आवश्यक सुधार गर्नेछौं । रिमोट वर्क र डिजिटल घुमन्ते –डिजिटल नोम्याड)लाई आकर्षित गर्न उपयुक्त भिसा, बसोबास तथा सहकार्य केन्द्र सम्बन्धी नीतिगत व्यवस्था गर्नेछौं ।


No comments:

Post a Comment