Monday, November 11, 2013

संविधानसभाको चुनावको सवालमा दलहरुको केन्द्र बन्दै गएको कीर्तिपुर

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

सम्पादकीय

संविधानसभाको चुनावको सवालमा दलहरुको केन्द्र बन्दै गएको कीर्तिपुर

आउ“दो मंसिर ४ गते हुने भनिएको संविधानसभाको अर्को चुनावको सवालमा दलहरु काठमाण्डौं निर्वाचन क्षेत्र नं. १० अर्थात कीर्तिपुर क्षेत्र केन्द्रीत हु“दै आएको अवस्था छ । 

एकीकृत माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड नै प्रत्यक्ष चुनावमा उठेका कारणले यस क्षेत्र चर्चाको विषय बन्नु स्वाभाविक नै हो । सशस्त्र युद्धकालमा उपत्यकाको आधार क्षेत्रको रुपमा माओवादीले विकास गरेको र विगतको संविधानसभको चुनावमा प्रचण्ड नै जितेको कारणले पनि यस क्षेत्रमा सबैको चासो बनेको हो अवको निर्वाचनमा यस क्षेत्रमा के हु्न्छ भनी कौतुहलता छ । 

प्रचण्ड यस क्षेत्रका स्थानीयवासी नभएको र विगतमा चुनाव जितेपछि कीर्तिपुरवासीलाई बेवास्ता गरेको भन्दै विशेष गरि कांग्रेस र एमालेले यसपालि आफूहरु जित्ने संभावना बढ्दै गएको दावी गर्दै प्रचार प्रसारमा लागेको अवस्था छ । उता एकीकृत माओवादीले पनि विगतमा जसरी कीर्तिपुरवासीले प्रचण्डलाई मत दिएको हो अहिले पनि त्यसरी नै सहयोग गर्ने आशाका साथ प्रचार प्रसारमा लागेको छ । 

यसै वीच बैद्य माओवादीको क्षेत्रीय कार्यालय कीर्तिपुरमा प्रहरीले समेत छापा मारेको कारणले चुनाव पक्षधर राजनीतिक दलको मात्रै नभई चुनाव विरोधी दलहरुको सवालमा पनि कीर्तिपुर क्षेत्रलाई अहिलेको अवस्थामा केन्द्रविन्दु मान्दै आएको मान्न सकिन्छ । तर कीर्तिपुरवासी अर्थात १० नं. निर्वाचन क्षेत्रका स्थानीयवासीले अव कसलाई साथ दिनेछ भन्ने कुरा भने भोलिका दिनवाट स्पष्ट हुदै जाने अवस्था छ ।

No comments:

Post a Comment