Monday, November 11, 2013

संविधानसभा–२०६४ मा मुख्य पार्टीहरुले पाएको मतसंख्या र सभासद संख्या

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
 
संविधानसभा–२०६४ मा मुख्य पार्टीहरुले पाएको मतसंख्या र सभासद संख्या


यस तालिकामा ५९९ जना सभासद संख्या छ । २ जना सभासद स्वतन्त्र उम्मेदवारले जितेको कारण त्यसको विवरण यहा“ दिइएको छैन । 

विगतको संविधानसभामा पहिलो पटक समानुपातिकबाट पनि सभासद चुन्ने नेपालको लागि पहिलो अभ्यास थियो । त्यसैले मतदाताले खासै नबुझेको भन्ने हो कि बुझेको भन्ने हो । समानुपातिकमा पार्टीगत भन्दा व्यक्तिगत मत पाउने रहेछ भन्ने प्रमाणित भएको छ । 

ठूला दल भनाउ“दा पार्टीहरुको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा मत कम आएको देखिन्छ । साना पार्टीहरुले प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा बढी मत ल्याएको देखिन्छ ।

नेकपा एमाओवादीको प्रत्यक्षभन्दा समानुपातिकमा १३१५ मत मात्र कम देखिएको छ । नेपाली कांग्रेसमा ७९,००७ मत कम देखिएको छ । त्यस्तै नेकपा एमालेमा ४५,६९४ मत कम देखिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको ६,६५७ मत कम देखिएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको ४६,७८३ मत कम भएको छ ।

तर मधेशी जनअधिकार फोरम नेपालको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा ४४,१७३ मत बढेको देखिन्छ । त्यस्तै नेकपा मालेको पनि प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा ७५,३४९ मत बढी आएको छ । जनमोर्चा नेपालको २७,५३५ बढी, नेपाल कम्यूनिष्ट पार्टी युनाइटेडको प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा  ११५,८६८ मत बढी लिन सफल भएको छ । त्यस्तै राप्रपा नेपालले पनि प्रत्यक्षभन्दा समानुपातिकमा ३३,८३५ मत बढी छ ।
नेपाः राष्ट्रिय पार्टीले पनि प्रत्यक्ष्यमा भन्दा समानुपातिकमा तीन दोब्बर मत लिन सफल भएको थियो । प्रत्यक्ष्यमा ११,३५२ समानुपातिकमा ३७,७५२ मत लिन सफल भएको थियो ।

नेपाल परिवार दलले प्रत्यक्षमा उम्मेदवार नउठाए पनि समानुपातिकमा २३,५१२ मत प्राप्त गरी १ जना सभासद संविधान सभामा पठाउन सफल भएको छ ।

अबको चुनावमा पनि यो नदोहोरियला भन्न सकिन्न ।

No comments:

Post a Comment