Monday, November 11, 2013

चुनावी घोषणा पत्रमा खेलकुदलाई प्राथमिकता दिनु सकारात्मक पक्ष

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

चुनावी घोषणा पत्रमा खेलकुदलाई प्राथमिकता दिनु सकारात्मक पक्ष

नवीन महर्जन

खेलकुद जीवनमा एउटा अति आवश्यक पक्ष हो । सम्पूर्ण मानव जातिलाई एउटै सुत्रमा बा“ध्ने मूलमन्त्र खेलकुद हो । विश्वमा कुनै पनि राष्ट्रमा खेलकुदलाई उतिकै महत्वको रुपमा हेरिने गरिन्छ ।             

राजनैतिक, आर्थिक, सामाजिक एवं धार्मिक रुपमा कटुटा रहेका राष्ट्रहरु, नगर, गाउ“ टोल बस्तीहरु पनि खेलकुदको कारण एउटै धागोमा बा“धिएको अनेकौं उदाहरणहरु निकै पाउ“छौं । यसकारण आजभोलि विश्व भरि खेलकुद व्यावसायिक रुपमा सफल भैराखेको छ । विश्वस्तरीय कुनै पनि प्रतियोगिता आयोजना गर्न सके र त्यस्ता प्रतियोगितामा सहभागि भै कुनै स्थान जित्न सफ भएको खण्डमा विश्वभरी चर्चिट हुनुको साथै आर्थिक रुपमा पनि सबल हुन्छ । तसर्थ विश्वका कुनै पनि राष्ट्रले खेलकुदलाई निकै प्राथमिकता साथ अगाडि बढाउने योजना बनाउ“दै आएको छ । जस्को अनुसरण गर्दै हाम्रो देश नेपालले पनि केही योजनाहरु बनाउनतिर अघि सरेको देख्न सकिन्छ । नेपालमा हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली दर्शकहरुको अपार सहभागिता र समर्थकले यस तर्फ सोच्न सम्पूर्ण राजनैतिक पार्टीहरुलाई बाध्य बनाईएको छ । जस्ले गर्दा यही आउ“दो मंसिर ४ गते हुने दोस्रो संविधान सभाको घोषणा पत्रमा देशको प्रमुख दलहरुले खेलकुदलाई निकै प्राथमिकताका साथ समावेश गरिएको पाइएको छ । वास्तवमा घोषणा पत्रमा उल्लेख भए बमोजिमको नीति निर्माण गरी योजना बनाई खेलकुदहरुलाई अगाडि बढाएमा निकट भविष्यमै खेलकुद क्षेत्रको ठूलो उन्नति हुने देखिन्छ । वास्तवमा खेलकुद क्षेत्रलाई यति चासोको साथ हेर्नु नै सबभन्दा राम्रो कुरा हो । अझ यसलाई सा“च्चिकै लागु गर्न सके यस्को भविष्य निकै उज्ज्वल हुने देखिन्छ ।

खेलकुद क्षेत्रलाई सबैले हेलाको दृष्टिले हेर्ने गरिन्थ्यो ।  खेलेर के नै हुन्छ भनेर सोच्ने प्रवृति अझै पनि विद्यमान छ । यसलाई नकारौं, अहिले देशको सम्पूर्ण दलहरुले यसको महत्वलाई बुझने कोशिस     गरेको यसको अपरिहार्यलाई बुझी आ–आफ्नो घोषणा पत्रमा स्थान दिनु भनेको निकै सकारात्मक कुरो हो । देशको संविधानमा सम्पूर्ण राजनैतिक दलहरुले एक मत भई खेलकुद खेलाडी र राष्ट्रको हितलाई अल्पकालिक र दिर्घकालिन नीति निर्माण गरी संविधानमा दर्ज गर्नु भनेको भोलीका युवा शक्तिलाई आ–आफनो राष्ट्र प्रति निष्ठा पूर्वक लाग्नु पर्छ भनेर सिकाउनु जस्तै हो । आउ“दो संविधानमा खेलकुदलाई प्राथमिकता दिई गाउ“, नगर क्षेत्र स्तरिय राम्रो नीति निर्माण गरी लागु गर्न सके यसले देशको खेलकुद विकास गर्न सहयोग पुग्दछ । खेलकुदले कुनै पनि व्यक्तिको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न सहयोग पुग्दछ । जब शारीरिक, मानसिक र बौद्धिक विकास हुन्छ उस्ले देशलाई समुन्नत दिशातिर लान सहयोग गर्दछ । तसर्थ बालक, युवक, प्रौढ सबैलाई अपरिहार्य क्षेत्र भनेको खेलकुद हो । 

हामीले खेलकुदलाई सब जुनियर, जुनियर, सिनीयर र भेट्रान गरी कुनै पनि स्तरमा लागु गर्न र प्रयोग गर्न सकिन्छ तसर्थ यस क्षेत्रलाई प्राथमिकता दिई सम्पूर्ण दलहरुले आ–आफनो घोषणा पत्र एवं प्रतिवद्धता पत्रमा यसलाई प्राथमिकता दिनुलाई निकै सकारात्मक रुपमा लिन पर्दछ ।

No comments:

Post a Comment