नखाएको विष— थुनुवाको डायरी —३
असोज २० गते बुधवार
“के भयो बा ? अब पेशी कहिले हुनेभयो ?” मेरो कोठामा सुत्ने एकजना केटाले सोध्यो ।
“भोलि थुनछेकको बहस हुन्छ । के हुन्छ हेरूंँ ।” मैले भनेँ ।
“भोलि तपाई धरौटीमा छुट्नु हुन्छ । यति छिटो बहस हुन लागेको भनेको नै तपाईंलाई दशैँ मनाउन घर पठाउन गरेको हो ।” त्यही बुज्रुुक मान्छेले भन्यो ।
“साला पटके, तँलाई प्रहरी खोर त साह्रै मन पर्छ जस्तो छ नि । यो कति पटक हो ?” एक जना प्रहरी हवल्दारले झ्याप्प कपाल पालेको केटालाई भनिरहेको थियो । जुन केटालाई मैले आज विहान मात्र देखेको थिएँ ।
आन्तरिक प्रशासन— भद्र क्लिनिक
खुल्ने समयः—विहान ७ देखि ११, दिउ“सो २ देखि ३, सा“झ ५ देखि ८ सम्म । आकस्मिक सेवाको लागि २४ घण्टा खुल्ला रहने छ ।
त्यहा“बाट अलिकति अगाडि गएपछि एक तल्ले एउटा मन्दिर छ । सिंगमरमर र सेतो टायल छापि राखिएको छ । त्यो महादेव मन्दिर रहेछ । मन्दिर नाघेर गएपछि अलि तल कर्कटपाताको टहरा छ । त्यही टहराको कर्कटपाताको बिचबाट एउटा हलुवावेदको रूख बाहिर निस्केको छ । जसमा लटरम्म पहेंलो हलुवावेद फलेको छ । त्यसपछि एउटा भोगतीको बोट रहेछ । हरियो भोगती पनि लटरम्म फली राखेको छ । भोगतीको बोझले रूख भाँच्ला भनेर काठको टेवा दिइराखेको छ । त्यसपछि ढोका नभएको कर्कटपाताको छाना भएको एउटा अर्को टहरा । त्यहाँ टेलिभिजन चलाई राखेको छ । दुईटा घरको बीचमा नौ फुटको बाटो छ । मलाई दोश्रो घरको भुईं तल्लामा लग्यो । त्यो कोठाको बाहिर बरण्डामा मानिसहरू स्टोव बालेर खाना बनाईरहेका छन् । कोही तरकारी पकाईरहेका छन् । कोही मासु पकाईरहेका, कोही रोटी बनाईरहेका, कोही भात पकाईरहेका छन् । भित्र कोठामा बस्नेहरूले खाने होला भन्ठानें । त्यही बरण्डाबाट हिंडाएर एउटा कोठामा लग्यो ।
“बा, टि.बि. रोगी हो ?” कपाल छाम्ने मान्छेले मसँग सोध्यो ।
“होइन, पहिले त थिएन, अहिले भए थाहा छैन ।” मैले भने ।
असोज २० गते बुधवार
मेरो प्रतिक्षाको घडी नजिक आयो । २० गते मलाई फेरि अदालत लैजान दुई जना महिला प्रहरीहरू आए । हिजो नै प्रहरीले मेरो विरुद्ध अदालतमा अभियोग पत्र दर्ता गराई सकेको रहेछ । आज पनि हामी ट्याक्सीमै गयौं । मेरो ‘पाँगा घरको ढोका खोल्नुभयो ?’ बाटोमा उनीहरूसँग सोधें ।
“खोलिसकें त्यहाँ त केटीहरूले भने बमोजिम त्यस्तो केही पनि प्रमाण फेला परेन ।” एक जना प्रहरीले जवाफ दियो ।
अदालत पुगेपछि थाहा पाएँ अब थुनछेकको बहस भोलि २१ गते नै हुनेभयो । अदालतमा नरहरि दाइ, रामकुमारी, नन्दकुमारी, सरब र मेरा भान्जाहरू आइरहेका थिए । अब भोलि अदालतमा थुनछेक बहस गर्न को वकिल राख्ने भत्रे सल्लाह भयो ।
अदालत पुगेपछि थाहा पाएँ अब थुनछेकको बहस भोलि २१ गते नै हुनेभयो । अदालतमा नरहरि दाइ, रामकुमारी, नन्दकुमारी, सरब र मेरा भान्जाहरू आइरहेका थिए । अब भोलि अदालतमा थुनछेक बहस गर्न को वकिल राख्ने भत्रे सल्लाह भयो ।
“पंचलाल र सुरेन्द्र मानन्धर दुबैजना बहस गर्न तयार छ । दुई जनामा कसलाई बहस गर्न दिउँ ?” छोराले सोध्यो ।
“ठूलो बासँग सल्लाह गर्नु । सुरेन्द्र मानन्धरलाई नै बहस गर्न दिने किनभने ऊ आफ्नो पार्टीको मान्छे हो ।”
“भोलि धरौटीमा छुट्न सक्छ, लालपूर्जा र नगद पनि लिएर आउँछु ।” दाइले भत्रुभयो ।
मलाई फेरि हनुमान ढोकामै फर्काएर ल्यायो ।
“के भयो बा ? अब पेशी कहिले हुनेभयो ?” मेरो कोठामा सुत्ने एकजना केटाले सोध्यो ।
“भोलि थुनछेकको बहस हुन्छ । के हुन्छ हेरूंँ ।” मैले भनेँ ।
“भोलि तपाई धरौटीमा छुट्नु हुन्छ । यति छिटो बहस हुन लागेको भनेको नै तपाईंलाई दशैँ मनाउन घर पठाउन गरेको हो ।” त्यही बुज्रुुक मान्छेले भन्यो ।
“धन्यवाद । तपाईंको आशिष लागोस । म घर जान पाउँ ।” मैले भनेँ ।
त्यसदिन मैले कोठामा बसेका दश जनालाई चिया खुवाएँ ।
“साला पटके, तँलाई प्रहरी खोर त साह्रै मन पर्छ जस्तो छ नि । यो कति पटक हो ?” एक जना प्रहरी हवल्दारले झ्याप्प कपाल पालेको केटालाई भनिरहेको थियो । जुन केटालाई मैले आज विहान मात्र देखेको थिएँ ।
“यहा“ म रहरले आएको हुँ र ? तपाईंहरूले काम गरेर खान दिए त हो नि । हिजो राती साहुको घरमा ठेला पु¥याएर कोठा जान लागेको थिएँ । यति राती कहाँ गएर आएको भनेर मलाई यहाँ ल्याएर थुनिदियो । अझ मलाई नै पटके भन्नुहुन्छ ।” त्यो केटाले नडराइकन भन्यो ।
“ए साला, तँ मसँग मुखामुख गर्ने ? ल आज चर्पि सफा गर्ने तेरो पालो, ल जाऊ” भनेर लट्ठी उठाउ“दै भन्यो ।
त्यो केटा तल गयो ।
असोज २१ गते पुर्पक्षको लागि जेलमा गएको दिन
२०६७ असोज २१ गते ममाथि लगाईएका झुठा आरोप “जवरजस्ती करणी उद्योग” बारे अदालतमा बहस हुने दिन । प्रहरीखोर हनुमान ढोकामा कष्टपूर्ण १४ रात बिताइसकें । आजदेखि मैले यो खोरमा बस्नु पर्ने छैन । धरौटी खुल्यो भने धरौटी राखेर घर जान पाउनेछु । बाहिरै बसेर मुद्दा लड्न पाउनेछ । होइन भने पुर्पक्षको लागि जेल चलान गर्नेछ । त्यसैले घरबाट पठाएका सबै सामानहरू छोरालाई फर्काइ दिएँ । खाना खाइसकेपछि प्रहरीको कोठामा रहेका मेरा सबै सामानहरू मलाई फिर्ता दिए ।
“ल बा, हामीबाट केही गल्ति भएको भए माफ गर्नुहोला । तपाई आज घर जान पाउनु हुनेछ ।” मलाई सामान दिंदै प्रहरी हवल्दारले भन्यो । मैले धन्यवाद भनें ।
मलाई अदालत लैजान महिला सेल कालीमाटीबाट दुई जना महिला प्रहरीहरू आएका रहेछन् । ट्याक्सीमा बसेर अदालत गयौं ।
“तपाईहरूलाई थाहा होला आज म छुट्न सकुंला ?” मैले सोधें ।
“सायद तपाई धरौटीमा छुट्नुहोला । पछि सफाई पनि पाउनुहोला । मेडिकल रिपोर्ट तपाईको पक्षमा छ । घटनास्थलको मुचुल्का पनि तपाईंकै पक्षमा छ । बच्चाहरूले जाहेरी दिएको वाहेक खासै कुनै प्रमाण छैन ।”
“मेरो छोरीहरूलाई स्कूल पठाउनु भएको छ ?”
“के छोरीछोरी भनिरहनु भएको ? त्यस्ता खाते केटीहरू पनि छोरी हुन्छ ? बाबुजस्तो मान्छेलाई पनि त्यस्तो भूmठो आरोप लगाउन सकेका पापीनीहरू ।” एक जना महिला प्रहरीले भनिन, “हामीले तपाईंको बारेमा सबै जानकारी लिइसकें । यस्तो समाजसेवी मान्छेलाई त्यस्तो झुठो आरोप लगाउन सकेकी ।”
हामी अदालत पुग्यौं । त्यतिबेलासम्ममा मेरा नातेदारहरू, आफन्तहरू, साथीभाइहरू र मेरा बच्चाहरूले अदालत भरिएका थिए । मलाई इजलास नम्बर ४ मा लग्यो । जहाँ सुब्बा साहेबले ममाथि लगाइएका आरोप र जाहेरीवालीहरूको जाहेरी पढ्न लगायो । त्यसपछि मसँग बयान लिन थाल्नुभयो ।
धेरैजसो प्रश्नहरू सरकारी वकिल कार्यालयमा सोधिएका नै बढी थिए । उत्तर पनि मैले एक अक्षर फरक नपर्ने गरि दिएँ । बयान लिने क्रममै सुब्बा साहेबले मलाई भन्यो, “मेडिकल रिपोर्ट, घटनास्थलको मुचुल्का सबै तपाईंको पक्षमा छन् । पचीस–पचास हजार रुपैया ठीक पार्नुस् धरौटीमा छुट्नु हुन्छ ।”
मैले छोरालाई बोलाएर पैसा ल्याएको छ कि भनेर सोधें ।
“पैसाको फिक्री नगर्नुस्, यहाँ आउनु भएका सबैजनाले पैसा बोकेर आउनु भएको छ । नानी मिस, रामकुमारी दिदी, शिव पाजु, जुजुभाइ दाइ, बद्रीलाल अंकल, नरेन्द्र दाइ, सुनिल दाइ, नित्यमान मामा, पवन दाइ सबैको गरेर दश लाखभन्दा बढी छ । जग्गा धितो राख्नु परे पनि चार पाँचवटा लालपूर्जाहरू लिएर आएको छु ।” छोराले भन्यो ।
छोराको कुरा सुनेर मेरो मन हलुका भयो । ल आज म घर जान पाउने भएँ भनेर मन ढुक्क थियो .
देखि जात्रे भनेर पारूको वयान, सुनि जात्रे भनेर गोरखनाथ स्कूलका आठ जना शिक्षक शिक्षिकाको वयान मलाई देखायो । त्यसमा उहाँहरूले मैले जवरजस्ती करणी गर्न खोजेको विश्वास लाग्छ भनेर वयान दिएका थिए । यो वयान पढेपछि मेरो मन खुस्रुक्क भयो ।
“यी शिक्षक/शिक्षिकाहरूले तपाईंको विरुद्ध यस्तो वयान किन दियो होला ?” सुब्बाले मसँग सोध्यो
“यो उहाँहरूको वयान नै होइनजस्तो लाग्छ । उहाँहरूले मेरो विरुद्ध यस्तो वयान दिनुभएको होला भत्रे मलाई विश्वास लाग्दैन ।”
“उहाँहरू आठै जनाले आफ्नो वयानमा सहि र औंठा छाप लगाइएको छ । कसरी होइन भत्रे ?”
“यदि त्यसो हो भने म त्यस विद्यालय व्यवस्थापन समितिको सल्लाहकार र त्यहाँ पढ्ने ६ जना विद्यार्थीको अभिभावकको नाताले बच्चाहरूको पढाई सम्बन्धि छलफल हुँदा म उहाँहरूको आलोचना गर्थें । पढाईमा अलि कडा गर्थें । त्यसैले यस्तो भनेको हुनसक्छ ।”
यस्तै यस्तै वयान दिएँ । मेरो वयान सकियो । मलाई बाहिर आँगनमा ल्याएर राख्यो । भित्र इजलाशमा बहस सुरु भयो । पहिले मदन रेग्मि वकिलले बहस गर्नुभयो । त्यसपछि शम्भु थापाले बहस गर्न थाल्नुभयो । उहाँले बहस गरिरहनुु हुँदा शुकराम बराबर बाहिर आएर भन्थ्यो, “ल, तपाईं धरौटीमा छुट्नु हुन्छ । शम्भु थापाको तर्क सुनेर न्यायाधीशले केही बोल्न सक्नुभएन ।”
बहस सकियो । विपक्षी वकिलहरूले कुनै प्रतिवाद गरेन । अब फैसला हुन मात्र बाँकी थियो । म बाहिर आँगनमा मेरा बच्चाहरूसँग बसिरहें ।
म धरौटीमा छुट्छु भत्रे मलाई ठूलो आशा थियो । मलाई मात्र होइन मेरो परिवार, आफन्त, शुभचिन्तक सबैलाई म धरौटीमा छुट्छु भत्रे विश्वास थियो । किनकी ममाथि जुन आरोप लगाईएको थियो । त्यो सरासर भूmठ थियो । त्यो भूmठमात्र होइन कपोलकल्पित आरोप हुन् । भूmठामात्र होइन, मबाट करणी हुन असम्भव थियो । यो कुरा मलाई चित्रे जात्रे सबैजनालाई थाहा थियो । म मधुमेहको रोगी हुँ । मधुमेह रोगीमा यौन चाहना भनूं या उतेजना नै हुँदैन । किनकी मधुमेह रोगीले यौन संसर्ग गर्ने शक्ति गुमाइसकेको हुन्छ । यो कुरा सबैलाई थाहा थियो ।
न्यायाधीशले निर्णय पुस्तिकामा आफ्नो राय लेखेर गइसक्नुभयो । फैसला लिन फाँटवालाकहाँ गएर सोधें । पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो भन्यो । त्यो आदेशपछि म बलिको बोका झै भएँ । मेरा सपनाहरू सिसा फुटेझै चकनाचूर भयो । मेरो घर जाने कल्पना वालुवामा बनाएको घर झै भत्कियो । मेरा आफन्त, नातेदार र परिवारले लिएर गएका लालपूर्जा र नोटका बिटाहरू कागजको खोस्टा सावित भए । न्यायाधीशले लेखेको रातो मसि मेटाउन सक्ने तागत कसैमा रहेन । न्यायाधीशको एक पेज लामो आदेशलाई मेरा पचासौं शुभचिन्तकहरूले मेटाउन न त वदर नै गराउन सके ।
“ल, तपाईंलाई डिल्लीवजार खोरमा पठाउँछु ।” फा“टवालाले भन्यो ।
“होइन, मलाई भद्रगोल जेल पठाउनुस् । मेरो घर कीर्तिपुर हो । त्यहाँ भए मेरा घरका मान्छेहरूलाई आउन जान सजिलो हुन्छ ।” मैले फाँटवालालाई भनें ।
“एकछिन पर्खनुस्, त्यहाँ ठाउँ खाली छ कि छैन हेर्नुपर्छ ।” फाँटवालाले भन्यो ।
म बाहिरै बसेर पर्खिरहें । चौधदिन पछि घर जान पाउने मेरो सपना सपनामै सिमित भयो । मेरो कल्पना कल्पनामै सिमित रह्यो । मेरो कल्पनाको महल तासको महलझै भताभुंग भयो । मेरा संस्थाका बच्चाहरूको रोदन र आफन्तहरूको आँखामा टलपलाएका ती आँसुका बुँदहरूले एकछिन मलाई विचलित बनायो । छोराको आँखामा अपशोच भन्दा बढी क्रोधको भाव देखिन्छ । तर के गर्न सकिन्छ ? म किंकर्तव्यविमुध भएँ । महिला प्रहरीले पूर्जि लिएर आइन ।
“जाउँ बा, छिटो भद्रगोल पुग्नुप¥यो । गेट बन्द भयो भने हनुमान ढोकामै बस्नुपर्ला ।” प्रहरीले भनिन् ।
एक जना प्रहरीले ट्याक्सी खोजेर ल्यायो । म ट्याक्सीमा बसें । नरहरिदाइ, भान्जा नरेन्द्र र छोरा निरजले मलाई विदाई दिए । बलि चढाउन लैजाँदै गरेको बोका झै म प्रहरीहरूसँगै लागें । मैले आकाशमा हेरें । आकाश कालो बादलले ढाकिएको छ । शायद एक जना निर्दोष समाजसेवक जेल जान लागेको कारण मुख अँध्यारो बनाएको हो कि ?
“यो स्कूलका मास्टरहरूको वयानले गर्दा तपाईंको धरौटी नखुलेको हो ।” बाटोमा जाँदै गर्दा एक जना महिला हवल्दारले भनिन् ।
“यो न्यायाधीशले अहिले पुर्पक्षमा पठाउनु भए पनि मिशिल राम्ररी अध्ययन गर्नुहुन्छ । संस्थाले फसाएको भत्रे लाग्यो भने सफाई पनि दिनुहुन्छ ।” अर्कीले भनिन् ।
मलाई एउटा पूर्जि थम्यायो । पूर्जिमा लेखेको रहेछ । कानून बमोजिम सिधा खान पाउने गरी यो थुनुवा पूर्जि दिइएको छ ।
भद्रवन्दी गृहमा पहिलो रात
बलिको बोको झै दुई जना महिला प्रहरीहरूको साथमा ट्याक्सीमा बसेर गयौं । सेन्ट्रल जेलको अगाडि ट्याक्सी रोकेर मलाई उतारियो । पूर्जि लिएका प्रहरी विभित्र अफिसमा धाउँदै आइन् । अन्तमा मलाई भद्रवन्दी गृहको बाहिर गेटबाटभित्र लगे । भित्र बसेका मानिसहरूलाई मेरो जिम्मा लगाईयो । मलाई फलामे सिक्रिभन्दा भित्र जान भन्यो । मैले भुईंमा लत्रीरहेको फलामको सिक्रिलाई नाघेर भित्र गएँ । एक जना मान्छेले मलाई खाउँलाझै गरी हे¥यो । मलाई सिक्री भित्र राखेर मेरो हतकडी खोली दियो । अनि ती महिला प्रहरीहरू हतकडी लिएर फर्के । सिक्रीभन्दा भित्रतिरका मानिसहरूले मेरो शरीरको खानतलाशी लिए । त्यसपछि एक जना मानिससँग पहेंलो ढोकाबाट भित्र छिरायो । त्यसपछि अर्को नीलो ढोका रहेछ । त्यो ढोकाबाट पनि भित्र लग्यो । अब मलाई के गर्ने होला ? के हुने होला भनेर मनमा पीर पर्न थाल्यो ।
ढोकाभित्र मानिसहरू यताउता गरिरहेका थिए । ढोकाको सिधा एउटा पसल रहेछ । पसलनिर एउटा भित्ते घडी राखिएको थियो । जसमा साँझ पाँच बजेको देखाइरहेको छ । एक जना मोटाघाटा जवान केटा आयो ।
“यहाँ एकछिन उभिऊ” उसले मलाई भन्यो । मेरो उचाईको नाप लिन लागेको होला भनेर सिधा उभिएँ ।
त्यतिकैमा माईकबाट मेरो नाम बोलायो । किन बोलाएको होला ? एक जना मानिसले मलाई बाहिर लग्यो । बाहिर भान्जा राजुमान आएको रहेछ । त्यतिबेला भेटघाटको समय सकिएको थियो । ऊ प्रहरी स.ई.भएकोले मात्र भेट गर्न दिएको रहेछ । उसले मेरो औषधी ल्याएको रहेछ । त्यो औषधी मेरो हातमा दिएन । जेलका मान्छेहरूले नै लियो र भन्यो, “भित्र अस्पताल छ । औषधी खानेबेला त्यहा“ गएर खाने ।”
राजुस“ग छुट्टिएर भित्र आए“ । कपाल पालेको केटाले मलाई लिएर गयो । त्यहा“ एउटा घरको भित्तामा ठूलो चेौकीको ब्यानर राखिएको थियो । त्यसमा कलात्मक रूपले लेखिराखेको थियो ।
“विचारमा तिमी जति महान छौं, व्यवहारमा त्यो भन्दा महान बत्र सिक
त्यही मानिस धार्मिक हुन्छ, जो अर्काको निमित्त त्याग गर्नसक्छ
मानव सेवाबाटै ईश्वरको दर्शन पाइन्छ ।
हरेक क्षण भगवानको नामलाई बिर्सन हु“दैन ।”
त्यसको ठीक उत्तरपट्टिको घरको भित्तामा एउटा सानो साईनबोर्ड राखिएको थियो । जसमा लेखिराखेको थियो ।
आन्तरिक प्रशासन— भद्र क्लिनिक
खुल्ने समयः—विहान ७ देखि ११, दिउ“सो २ देखि ३, सा“झ ५ देखि ८ सम्म । आकस्मिक सेवाको लागि २४ घण्टा खुल्ला रहने छ ।
त्यहा“बाट अलिकति अगाडि गएपछि एक तल्ले एउटा मन्दिर छ । सिंगमरमर र सेतो टायल छापि राखिएको छ । त्यो महादेव मन्दिर रहेछ । मन्दिर नाघेर गएपछि अलि तल कर्कटपाताको टहरा छ । त्यही टहराको कर्कटपाताको बिचबाट एउटा हलुवावेदको रूख बाहिर निस्केको छ । जसमा लटरम्म पहेंलो हलुवावेद फलेको छ । त्यसपछि एउटा भोगतीको बोट रहेछ । हरियो भोगती पनि लटरम्म फली राखेको छ । भोगतीको बोझले रूख भाँच्ला भनेर काठको टेवा दिइराखेको छ । त्यसपछि ढोका नभएको कर्कटपाताको छाना भएको एउटा अर्को टहरा । त्यहाँ टेलिभिजन चलाई राखेको छ । दुईटा घरको बीचमा नौ फुटको बाटो छ । मलाई दोश्रो घरको भुईं तल्लामा लग्यो । त्यो कोठाको बाहिर बरण्डामा मानिसहरू स्टोव बालेर खाना बनाईरहेका छन् । कोही तरकारी पकाईरहेका छन् । कोही मासु पकाईरहेका, कोही रोटी बनाईरहेका, कोही भात पकाईरहेका छन् । भित्र कोठामा बस्नेहरूले खाने होला भन्ठानें । त्यही बरण्डाबाट हिंडाएर एउटा कोठामा लग्यो ।
एउटा लामो कोठा जहाँ लाइन का लाइन बिछ्यौना बिछ्याइराखेको छ । पूर्व र पश्चिम दुई दिशामा अरूभन्दा अलि अग्लो खात राखिएको छ । पश्चिमतिरको खातमा एकजना सांवला रंगको अन्दाजी ३०÷३२ वर्ष उमेरको मोटाघाटो खाइलाग्दो जिउ भएको युवक बसिरहेको छ । उसले पनि कपाल पालीराखेको छ । हेर्दाखेरि नै डरलाग्दो देखिन्छ ।
“ल, तपाईंहरू सबैजना बाहिर जानुहोस् ।” मलाई भित्र लाने बित्तिक्कै त्यो कोठामा बसिरहेका अरू मानिसहरूलाई कोठाबाट बाहिर पठायो । अब मलाई पिट्ने हो कि भनेर डर लाग्यो । दुई जना कपाल पालेका केटाहरू आए । म सिधा उभिरहें । एक जना केटाले एउटा रजिस्टरमा मेरो नाम ठेगाना र मुद्दाको किसिम लेख्यो । अनि एउटा सानो टुक्रा कागजमा पनि लेख्यो । त्यहाँ उभिंदा उभिंदै मेरो कम्मर दुख्यो ।
“म एकछिन बसूं कि ?” मैले सोधें । हुन्छ बस भन्यो । म टुकुरुक्क बसें ।
त्यतिकैमा अरू दुई जना केटाहरू पनि ल्यायो । एक जना मधिशे केटा अन्दाजी २५ वर्षको होला । उसको नाम सुरेश साह रहेछ । ऊ पनि जवरजस्ती करणी उद्योग मुद्दामा आएको रहेछ । अर्को गोरो नेवार केटा रहेछ । उसको नाम दिलकृष्ण शाही रहेछ । उसलाई ज्यान मार्ने उद्योग अभियोग लगाएको रहेछ ।
“ल, तीन जना आम्दानी लेख्नु । अब जम्मा पाँच सय सरचालीस भयो ।” नाईके टाईपको मान्छेले भन्यो ।
हाम्रो परिचय र मुद्दाको किसिम सबै लेखीसकेपछि त्यो मोटोघाटो कपाल पालेको केटाले हामीलाई सम्झाउन थाल्यो— “तपाईंहरूले जतिसुकै पढेलेखेको भए पनि, तपाईं जतिसुकै धनि भए पनि, जतिसुकै ठूलो पदको मान्छे भए पनि यहाँ भित्र पसेपछि सबै कैदी बन्दी हुन् । सबै कैदी बन्दीहरू बराबर हुन् । यहाँ भित्र प्रहरीको कुनै काम छैन । यहाँ भित्र हामी कैदीहरूको आफ्नै आन्तरिक प्रशासन छ । आन्तरिक प्रशासन चलाउने र सहयोग गर्नेहरूलाई स्टाफ भन्छन । अरू सबैजना पब्लिक हुन् । यहाँ हाम्रो आफ्नै नियम र कानून छ । सबैले मात्रुपर्छ । हाम्रो नियम कानून नमात्रे मान्छे यहाँबाट जिउँदो बाहिर निस्कुंला भनेर नसोचे पनि हुन्छ । कानून उल्लंघन गर्नेलाई आँखामा पत्ति बाँधेर ठूलो बोरामा कोचेर चार पाँच जनाले लौरोले पिट्छन् । त्यो पिटाई कहाँ पर्छ, के हुन्छ मतलब हुँदैन ।”
उसको कुरा सुनेर मेरो जिउनै सिरिंग भयो ।
“यहा“ थुक्ने, मुत्ने, हग्ने अलग–अलग ठाउँ छन् । जहाँ पायो त्यहाँ थुक्न पाईंदैन । दिसा बस्ने ठाउँमा पानी नलिइकन जान पाईंदैन । पिशाव गर्ने ठाउँ अलग्गै छ । त्यहाँ सुर्ती, खैनी, खकार, सिंगान फाल्न पाईंदैन । यदि फोहोर गरेको देखेमा एक महिना कारवाहीमा पर्ने छ । कारवाहीमा पर्ने भनेको बिहान सबेरै, दिउँसो र साँझ गरी दिनको ३ चोटी यो पूरा जेलमा कुचो लगाउनु पर्ने छ । चर्पी सफा गर्नु पर्नेछ । चुरोट पिउनको लागि डाँडा भत्रे ठाउँ छ । त्यहाँ गएर मात्र चुरोट पिउन पाइन्छ । अन्त पिउन पाईंदैन । यहाँभित्र ग्रुप बनाएर हिंड्न पार्इंदैन । यहाँ कसैसँग कुनै किसिमको लेनदेन नगर्नु । कुनै विवाद भयो भने दुबैजनालाई कारवाही गरिने छ ।”
त्यसपछि एक जना केटाले हामीलाई जेल घुमाउन लग्यो । मैले एक एक चीजलाई गौर गरेर हेरें । जेलको चारैतिर अठारह फुट अग्लो पर्खालले घेरीराखेको छ । पर्खाल नजिक दुई फुट जति खाली ठाउँ छ । त्यहाँ विभित्र थरिका पूmलका बोटहरू रोपि राखेको छ । त्यसपछि आठ ईञ्चको पानी बग्ने नाली अनि छ फुटको बाटो छ । दोश्रो घरको मोडबाट दक्षिणतिर बाटो गएको छ । त्यो घर सकिने बित्तिक्कै एउटा टहरा बनाइराखेको छ । त्यहाँ एउटा साईनबोर्ड झुण्डयाई राखेको छ— श्री वन्दी ज्ञानोदय पुस्तकालय, स्थापित २०४८
“यो पुस्तकालयमा विदाको दिन बाहेक विहान ९ बजेदेखि ४ बजेसम्म खुल्छ” त्यो केटाले भन्यो ।
नाली त्यहाँबाट भिरालो भएर बगेको छ । त्यो केटाले भन्यो, “थुक्ने, सिंगान फाल्ने यहाँ गर्नसक्छ तर नाली मै पर्ने गरीमात्र ।”
त्यहाँबाट तल झरें । मैले सिढी गनें १३ वटा खुडकिला रहेछ । त्यो सिढी सकिने बित्तिक्कै पूर्वतिर जाने एउटा गल्लीजस्तो बाटो छ । जुन बाटोको उत्तरतिर ओमशान्ति हल छ । त्यसपछि कारखाना छ । त्यो बाटोको दक्षिणतिर पूर्व पश्चिम लामो तीन तल्ले एउटा घर छ । हामी दक्षिणतिर बढ्यौं । घरको पछाडि खुल्ला मैदान, जहाँ सिमेन्टले प्लास्टर गरेर हरियो रंगले रंगाइराखेको छ । जहाँ भलिबल, बास्केटबल र ब्याडमिन्टन खेल्ने कोर्टहरू छन् । त्यो ग्राउण्डको पश्चिमतिर रहेको नालीको डीलमा बसेर नुहाउन सकिन्छ भत्रे जानकारी दियो । ठूल ठूला पर्खाल बाहिर दक्षिण र उत्तर कुनामा प्रहरीको सुरक्षा पोष्टहरू छन् । त्यहाँबाट पूर्व–पश्चिम एक लाइनले कर्कटपाताले छाएको टहरा छ । त्यो त चर्पि रहेछ । मैले चर्पिको कोठा गन्दै गएँ । चौकोस नहालेको एउटा कोठामा पूर्व–पश्चिम दुई खण्ड रहेछ । यस्तो दशवटा कोठाहरू रहेछन् । मतलव एकैचोटी बीस जनासम्मले दिसा गर्न सक्छन् । त्यसपछि उत्तरतिर आउने बाटो छ । बाटोको पूर्वतिर पूmलवारी छ । जहाँ बस्नको लागि पाँचवटा सिमेन्टको बेन्चहरू राखिएको छ । त्यहाँ नम्बर खुलेदेखि ढोका सामेल नभएसम्म बस्न पाईंदो रहेछ । पश्चिमतिर खेलकूद मैदान छुट्याइएको फलामको मोटो अग्लो जाली छ । पूmलवारीको बगलमै चर्पि जान पानी लैजाने प्लास्टिकका भाँडाहरू र पानी थाप्न दुईटा धारा पनि छ । त्यसपछि हामीलाई फर्काएर लग्यो । पिशाव गर्ने ट्वाइलेट देखाउन लग्यो । सेतो टायलले छाएको तीन फुट अग्लो चर्पिहरू १३ वटा खण्डहरू छन् । तलदेखि माथिसम्म १६ खुड्किला उक्लेर माथि अग्लो ठाउँ छ । पूर्व–दक्षिण कुनामा कर्कटपाताले छाएको एउटा टहरा छ । त्यो ठाउँलाई डाँडा भन्दारहेछन् । त्यहाँ तीनवटा तीनको ध्वांगहरू राखिएका छन् । त्यहाँ बसेर मात्र चुरोट पिउन पाईंदो रहेछ । ती तीनहरू चुरोट, खैनी, फ्याक्न राखिएका रहेछन् । त्यो ठाउँ पछि फेरि एउटा घर छ । जहाँ जेलको आन्तरिक प्रशासन र प्रशासक तथा नाईकेहरू बस्छन् । जसलाई ठूलो चौकी भन्दो रहेछ । त्यसपछि एउटा सानो मन्दिर छ । जसमा महादेवको सानो लिंगको मूर्ति, संकटाको मूर्ति, एक खण्डमा कुमार, गणेश र सरस्वतीको मूर्ति अर्को खण्डमा बजरंग बलीको मूर्ति राखिएका छन् । त्यसपछि टेबुल टेनिस हल, दाह्री काट्ने ठाउँ, किराना पसल र होटल पसल पनि देखाउन लग्यो ।
हामीलाई घुमाउन लैजाने नाईकेले भन्यो, “तपाईंहरु आफैले खाना पकाएर खाए पनि हुन्छ । कुनै एउटा भान्सामा खाना खान गए पनि हुन्छ । यहाँ चार वटा भान्साहरू छन् । तपाईंलाई एक नम्बर भान्सामा खाना खान मिलाएको छु ।” उसले मलाई हेरेर भन्यो ।
अरू दुई जनालाई दुई नम्बर भान्सामा खाना खान जाउ भन्यो । साझ ५.३० बजेदेखि ७ बजेसम्म र बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खाइसक्नु पर्ने जानकारी दिइयो । त्यसपछि हामी सुत्ने ठाउँ देखाउन लग्यो । अघि टी.भी. देखाइरहेको टी.भी. हल पो देखायो । यति भनी भाइ नाईकेले हामीलाई त्यहीं छाडेर गयो ।
मसँग ओढ्ने ओछ्याउने केही पनि छैन । त्यस्तो सिमेन्टको भुईंमा कसरी सुत्ने ? मैले घडी हेरें बेलुकाको ६.३० भैसकेको छ । अब आधा घण्टाभित्र खाना खाइसक्नु पर्छ । म औषधी खान स्वास्थ्य केन्द्रमा गएँ । अघि राजुले ल्याइदिएको औषधीबाट एउटा ट्याब्लेट निकालेर दियो । औषधी खाएर एक नम्बर भान्सामा भात खान गएँ । बाहिर धारानिर थाल छ ल्याउनु भन्यो । थाल लिएर आएँ । लाइनमा बस्नुपर्ने रहेछ । म पनि थाल लिएर लाइनमा बस्न गएँ । लाइनमा बस्दा मलाई लाग्यो । म भोकाएको एक जना भिखारी हुँ । म भीख मागीरहेको छु । सादा थालमा भात राख्यो । त्यही भात माथि दाल, तरकारी र अचार राखीदियो । मलाई खाना देखेर नै घिन लाग्यो । त्यतिबेला मलाई घरको याद आयो । घरमा खण्डी थालमा अलग–अलग परिकार राखेर खाइरहेको बानि । मलाई भोक पनि लागेको थियो । के मिठो, भोक मिठो भने झै मैले सबै भात खाएँ । थाल लिएर ट्याकीनिर गएँ । आफैले थाल माझ्न लाग्दा एकजनाले भन्यो, “थाल माझ्नेलाई महिनाको बीस रुपैया दियो भने तपाईंले थाल माझ्नु पर्दैन । थाल त्यहिं छाडेर हात मुख धोएर जानुस् ।”
मैले त्यस्तै गरें । मलाई जेलको नाईकेले जे भन्यो । त्यो एक एक कुरालाई मैले गांठो बनाएर मनमा राखें । जेलमा चाहिने नचाहिने निहुँ खोजेर पिट्छ भनेर सुनेको थिएँ । मलाई पनि पिट्न के बेर ?
मलाई पानी प्यास लाग्यो । खाने पानी छैन । मसँग पैसा छ । अघि देखाएको पसलमा गएँ । बोतलको पानी छ भनेर सोधें । छ, बोतलको पन्ध्र रुपैयाँ लाग्छ भन्यो । एक बोतल मिनिरल वाटर किनें । हनुमान ढोकामा एक बोतल पानीको बीस रुपैयाँ लिएको थियो । यहाँ पन्ध्र रुपैयाँमा दियो । मलाई खोकि लाग्यो । मुखभरि थुक आयो । कहाँ थुक्ने ? जहाँ पायो त्यहाँ थुक्न हुँदैन, कारवाही हुन्छ भनेको थियो । अघि देखाएको ठाउँ खोज्दै गएँ र नालीमा थुकेर आएँ । यहाँ पाइलैपिच्छे सतर्कता अपनाउनु पर्छ । अब कहाँ बस्ने ? के गर्ने ? मलाई निद्रा पनि लाग्यो । म टि.भी.हलमा गएँ । हलभरि मानिसहरु बसेर टि.भी. हेरिरहेका छन । म टी.भी.हलको एक छेउमा पलेटी कसेर दिवारमा अडेस लगाएर बसें । मैले आपूmलाई आज एक जना सडक बालक खाते भएको सम्झें । खाते केटीहरूलाई सभ्य बनाउन खोज्दा आज म आफै खाते बनिरहेको छु । अरूहरू टी.भी. हेरिरहेका छन् । म त्यतिकै निदाएँ ।
“ए बाजे उठ्नुस्, उठ्नुस्” भनेर कसैले उठायो ।
“ल ल नम्बर हुन लाग्यो । बिछ्यौना मिलाऊ ।” टि.भी.को दायाँ बायाँ कुनाबाट सुकुल बिछ्यौना झिक्दै बिछ्याउन लागे । मेरो त ओढ्ने ओछ्याउने केही पनि छैन । के ओछ्याउने ? म त्यतिकै ठिंग उभिरहें । एक ठाउँमा दुईटा बिछ्यौना लगाउन लगाएर एक जना भाइ नाईकेले एक जना केटालाई भन्यो, “बाको बिछ्यौना छैन । ल, तिमीस“गै सुताउ ।”
“आउनुस् बा, हामी सँगै सुतौं ।” त्यो केटाले भन्यो ।
म ज्ञानी बच्चा झै चुपचाप त्यहिं सुत्न गएँ । एक छिन पछि मान्छे गत्र आयो ।
“बतीस जना छ” भाइ नाईकेले भन्यो । हामी एक लाईनमा सुतिरहेका छौं । गत्र आउने नाईकेले गन्दै गयो । एकैछिनमा मलाई निद्रा लाग्यो । म निदाएँ । आधारातमा मेरो निद्रा खुल्यो । मलाई बेस्सरी खोकी लाग्यो । खोक्दा खोक्दै म त बेहोश भएछु । एक जना भाइ नाईकेले मलाई बोकेर बाहिर अस्पतालमा लग्यो । अस्पतालको मान्छे बोलायो । मलाई तल भुईंमा राखेपछि होस आयो । उसले मेरो कपाल छाम्यो, नाडी छाम्यो ।
“बा, टि.बि. रोगी हो ?” कपाल छाम्ने मान्छेले मसँग सोध्यो ।
“होइन, पहिले त थिएन, अहिले भए थाहा छैन ।” मैले भने ।
उसले मलाई एकैचोटी तीन वटा चक्की औषधी खुवायो । म आफु सुत्ने टहरामा आएँ । औषधीले मलाई लठ्ठ पारेजस्तो भयो । एकैछिनमा मलाई निद्रा लाग्यो । यसरी भद्रवन्दी गृहमा मेरो पहिलो रात बित्यो ।
No comments:
Post a Comment