Tuesday, April 14, 2020

लकडाउनमा २०४६ सालको जनआन्दोलनको झझल्को

लकडाउनमा २०४६ सालको जनआन्दोलनको झझल्को



नजरराम महर्जन
२०४६ सालको जनआन्दोलन फागुण ७ गतेबाट सुरु भएको थियो । चैत २० गते सम्म आइपुग्दा कीर्तिपुरका ४ जना सपुतहरूले सहादत प्राप्त गरे । ती शहिदहरुको बलिदानलाई सार्थक बनाउन कीर्तिपुरवासी एक ढिक्का भएर कीर्तिपुर कब्जामा लिएका थिए ।


आज साँझ लकडाउन तोड्नेहरुलाई प्रहरीले २ घण्टामा कब्जामा राखेर उभ्याएर छाडेका थिए । अब त प्रहरीले पनि कडाई गर्न थालेका छन ।

३० वर्षपछि अहिले फेरि कीर्तिपुरवासी एक ढिक्का हुँदैछ । सन्दर्भ ः विश्वमा संक्रमित हुँदै आएको कोरोना भाइरस (कोविद–१९) विरुद्ध लड्न लकडाउन गरेको अवस्था छ । तर यो लकडाउनलाई पूर्ण सफल हुन दिइरहेको छैन । यही लकडाउनको अवस्थामा डेरामा बस्ने मानिसहरू लुखुुर लुखुर एक ठाउँबाट अर्को ठाउँमा हिंडिरहने गर्छ । निशुल्क खाना खान पाइरहेकै छन । राहत सामाग्री पनि दैनिक मजदुरी गर्ने विपन्न वर्ग भनेर यी डेरामा बस्नेहरुले नै पाइरहेका छन । लकडाउन त यिनीहरुलाई मस्ति गर्ने जस्तो भइरहेको छ । 
पाँगामा टोल टोलमा फ्लेक्स राखेर सचेत गराउने काम भएको छ ।



विहान ६ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउने नियम विपरीत पाँगाको नमख्वाःमा किराना पसल खोलीराखेकोमा नगर सदस्य राजेश महर्जन पसल बन्द गर्न अनुरोध गर्दै ।

            मुख्य सडक बाहेक भित्री बस्तीमा लकडाउनको प्रभाव नपरेपछि टोल टोल, वस्ती वस्तीका युवाहरु लकडाउन सफल बनाउन सक्रियतापूर्वक लाग्न थालेका छन ।



लातको मान्छे बातले नमानेपछि, पाँगाका युवाहरु लटिठ लिएर टोलको सुरक्षामा खटिरहेका छन ।


            अहिले कीर्तिपुर, पाँगा, भाजंगाल, इटागोल हरेक वस्तीमा युवाहरूले भाटासहित पालो बस्न थालेका छन । घरबाट निस्केर डुल्न जान लागेकाहरूलाई सम्झाई बुझाई घर फर्काउन थालेका छन । एउटा टोलबाट अर्को टोलमा आफन्त भेट्ने भनेर आउने डेरामा बस्नेहरूलाई आफन्त भेट्न नदिई फर्काउन लागेका छन । नचिनेका मान्छेलाई रोकेर कहाँ बस्ने सोधेर घरपति आएर हो मेरो घरमा बस्ने हो, यो घर गएको छैन भनेपछि मात्र जान दिन्छ । यस्को अर्थ हो अब कुनै पनि डेरावाला स्थानीयको आँखा छलेर खुसुक्क डेरामा फर्किन पाउँदैन । नयाँ आएको हो भने उसले क्वारेन्टाइनमा बसेर कोरोना नेगेटिभ भनेपछि मात्र डेरामा जान पाउने भएको छ ।

पाँगाका युवाहरु लटिठ लिएर टोलको सुरक्षामा खटिरहेका छन ।


यी सबै गत आइतवार बेलुका कीर्तिपुरको तःननिमा घटेको घटनाको प्रतिफलको रुपमा लिइएको छ । 
२०४६ सालको जनआन्दोलनमा ४ जना सपुत गुमाएका कीर्तिपुरवासी अहिले कसैको बलिदान नदिइकन कोरोना भाइरससँगको युद्ध जित्न चाहन्छ ।


                      नचिनेको मोटरसाइकललाई प्रवेश निषेध गर्दै ।

पृथ्वीनारायण शाहले छलकपट गरी कीर्तिपुरको युद्ध जितेका थिए भने अहिले कोरोनाको कुनै पनि छलकपटलाई निस्तेज पार्ने सोचमा छ । कोरोनालाई कीर्तिपुरमा प्रवेश नै गर्न नदिने सोचमा छन कीर्तिपुरवासी ।

No comments:

Post a Comment