Friday, April 17, 2020

प्रबासमा कोरोंनाको कहर ः जोखिम मोल्दै काम गरेका सुरक्षा गार्ड के भन्छन् ? "

प्रबासमा कोरोंनाको कहर ः जोखिम मोल्दै काम गरेका सुरक्षा गार्ड के भन्छन् ? "  





—सचिन्द्र श्रेष्ठ 

   कोरोना चीनको हुवान प्रांतबाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड (१९) अहिले विश्वका अधिकाँश मुलुकहरूलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरू कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन । जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहँदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरेको छ यस रोगको बिरुद्धमा सबै कामदारलाई छुट्टी दिए पनि सुरक्षा गार्डले बिदेसमा बिशेष भूमिका निर्वाह गरेको छ तर पर्दा पछाडिको नायकको भूमिका कसरी र कस्तो भोगाई भोगेका छन त यही बिषयमा बिदेसमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।

“(कोभिड(१९) का कारण ११ जना नेपालीहरुको शब युएईमा अलपत्र पर्नुले कतै आपूm पनि यस्तोमा त परीदैन भन्ने चिन्ता रातदिन लागी रहन्छ । जसरी प्रहरी, डाक्टर यहाँ खटीएको छ त्यसरी हामी सुरक्षा गार्ड पनि अरुको ख्याल गर्न लागी पर्नु परेको छ । अरुलाई यो रोग लाग्दा लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ दिनहुँ यहाँ यो रोग को संख्या बढी रहदा आफैलाई पनि घर परिवारको चिन्ता लागेको छ । मेरो काम सधै यहाँ काम गर्ने कामदार सँग भई रहेको हुन्छ । कमसेकम यस्तो बेला घरमा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन । तर पनि आफ्नो कर्तब्यलाई शिरोपर राखेर काम लाई महत्व ठानी आफ्नो भूमिका निर्बाह गरिएको छ किनकी हामी चिकित्सक, प्रहरी नभए पनि सुरक्षा गार्डले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ ।“



—भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)

“लगातार १२ घन्टा  काम अनि काम गर्ने ठाउमा अनेकौं थरी का मान्छे हरुको आवत जावत,ऊनी हरुको परिचय लिएर सबै जानकारी लेख्नु पर्ने, ऊनी हरु कति ठाउमा गएर आएका हुनछन कति जनाको सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने त्यस्मा पनि थरी थरि ठाँउ मा काम गर्नेहरु बसेको हुने गर्छ जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ तर पनि आफ्नो काम लाई मध्य नजर गरी यस्तो बेला पनि काम लाई प्राथमिकता दिनु आवस्यक देखिएको छ ।आफु मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्ब लाग्छ।“



(महेस नेपाली (अबुधाबी, सुरक्षा गार्ड)

’“यहा भएका नेपालीहरुमा खाशै भन्नु पर्दा यो रोगको डर र भय कम नै देखिन्छ यधपि जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ ।यो चिनको विशेष प्रशासनिक क्षेत्र हो त्यसैले यहा कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ ।  तर यहाको सम्पुर्ण कारोबार पर्यटन व्यवसाय संग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ तर सुरक्षाकर्मीको जागिर धराप मा भएका कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ।रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुदा यो रोग फैलान पाएको छैन।“



(अर्जुन श्रेष्ठ (मकाउ, सुरक्षा गार्ड)

’“यस सऊदीमा अहिले सम्म कुनै नेपाली लाई कोरोना लागेको छैन हाल सम्म ४०४४ जना भन्दा बढ़ी यो रोग बाट ग्रशित छन।यो रोग यही को स्थानीय तथा पाकिस्तानी, भारतीय,बंगाली लाई बड़ी देखिएको छ।हामीलाई काम गर्न गारो भएको छ।जहाँ तहि त्रास छ,घरमा दिनहुँ कुरा भएको छ यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ।२४ घण्टा लक डाउन गरेको छ यहाँ रेस्टुरेन्ट हा‘स्पिटल बाहेक अन्य सेवा बन्द छ। जागीर बाध्यता ले खानु पर्ने अवस्था छ, छुट्टी दिएको छैन। छुट्टी दिए घर जान मन छ परिवार एका तिर आफु एका तिर हुनु परेको यस्तो घडीमा सधै घरको याद आउने गर्दछ।अहिले सम्म न भूकम्पको डर को अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोग को लाग्या छ।’“



(राजेश क्षेत्री ( साउदी अरब,सुरक्षा गार्ड)
“’गरिब निमुखा जनताको भोट् लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्नी सरकार मुर्दावाद यस्तो आपत बिपत पर्दा जवाफ देहि र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो ।लाल कम्रेड दलाल को घरमा किन बस्छन ?? किनकी लाखौ मुल्यको मूल्यवान पलाङ अट्ने घर अरुको छैन ,हामी अहिले यही नेपाल सरकार को गलत सोच,बिचार र अभिमान ले बिदेसी भूमि मा पीडा लुकाई काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ।“




(संजय धिताल (दुबई, सुरक्षा गार्ड)
’“हामी कति अभागी छौ संसार भरका सरकारी गैर सरकारी संस्था कोरोना बिरुद्ध लड़ी रहेको छ तर बिडम्बना हामी पशुपति नाथको भरोसा मा अड़केको छौ के हामी नेपाली साचै गतिलो बन्न नसकेको हो त !अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ।हाम्रो सरकार गैर जिम्मेवार छ,काम को सही कार्य गर्देन तर यहाँ कार्यरत देश ले कानुन सरकार,स्वास्थ्य राम्रो छ।त्यसैले यहाँ को चिन्ता लिनु भन्दा आफ्नै देश परिवार को सुरक्षामा ध्यान दिन सके राम्रो हो।“




(राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)
“अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोग को डर भने कम छैन।बेलैमा यहाँ को संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलान पाएको छैन।हाल सम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यबसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुदा यो रोग फैलान पाएको छैन।तर पनि प्राय पसलहरु बन्द नै छ।कतिलाई सुरक्षा को हिसाब ले काममा लगाएको छैन,कुनै कुनै अति आवस्यक कामको लागी मात्र कामदार खटाएको छ।तर हामी भने सुरक्षा गार्ड भएर दिनरात लागी परेका छौ ।“



(ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)

No comments:

Post a Comment