Monday, February 20, 2017

कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको सातौं वार्षिक साधारण सभा सम्पन्न

कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको सातौं वार्षिक साधारण सभा सम्पन्न










कीर्तिपुर सन्देश÷
२०६६ साल माघ १६ गते शहीद दिवसको अवसर पारी कीर्तिपुर नगरपालिका वडा नं.१७को कार्यालय भवनको माथि जनपोलिक्लिनिकको उद्घाटन गरी चर्चामा आएको कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको सातौं वार्षिक साधारण सभा गत माघ २९ गते शनिवार सम्पन्न भयो ।

कीर्तिपुरको टाउनप्लानिंगस्थित आफ्नै निर्माणाधिन भवनमा अध्यक्ष हिराबहादुर महर्जनको सभापतित्वमा भएको उद्घाटन सत्रको कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत सुमन कुमार कार्कीले दीप प्रज्वलन गरि सभाको उद्घाटन गर्नु भएको थियो । उक्त सभामा विशेष अतिथी पूर्व राज्य मन्त्री दिलिप महर्जन, अन्य अतिथिहरुमा सल्लाहकारहरु ई.दुर्कमान महर्जन, शम्भुराम महर्जन, नानीबाबु विष्ट, राराहिल फाउण्डेशनका अध्यक्ष कृष्णवहादुर महर्जन, कीर्तिपुर अस्पतालका डा.बसन्त महर्जन, प्रा.डा. रामकृष्ण महर्जन, रुद्रवहादुर स्मृति प्रतिष्ठानका सरला श्रेष्ठ लगायतका हुनुहुन्थ्यो ।

संस्थाका सचिव सुजिन्द्र महर्जनले संचालन गर्नु भएको उक्त सभामा उपाध्यक्ष ई.मदन डंगोलले स्वागत मन्तव्यका साथै वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
उहाँका अनुसार कीर्तिपुर भेगका जनताहरुलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा सम्बन्धि जनचेतना जगाउने अभिप्रायले स्थापना भएको त्यस संस्थाले जनरल हेल्थ चेक अप(१४४७ जना, मुटु रोग (रक्तचाप) हेल्थ चेक अप(५८१ जना, चर्म, यौन तथा कुष्ठरोग चेकअप(७५२ जना, अर्थोपेडिक हेल्थ चेकअप(८२२ जना, दाँत तथा मुख रोग सम्बन्धि(१७२९ जना, स्त्री तथा प्रसुती रोग सम्बन्धि(११९ जना, नाक कान घाँटी सम्बन्धि(२२१ जना, फिजियोथेरापि (१११८ जना, सर्जिकल हेल्थ चेकअप( ४ जना, बालरोग सम्बन्धि (८९९ जना, यु एस जि(२३२ जना, इको(५१३, ईसीजी( २७९ जनालाई सेवा पु¥याएको
बताउनुभयो ।

शुभकामना मन्तव्य दिने क्रममा राराहिल फाउण्डेशनका अध्यक्ष कृष्णवहादुर महर्जनले राराहिल फाउण्डेशनले यस केन्द्रको सहकार्यमा महिला स्वास्थ्य तथा बालबालिकाको स्वास्थ्य सम्बन्धि काम गर्न सम्झौता भइसकेको बताउनु भयो ।

त्यस्तै सल्लाहकार शम्भुराम महर्जनले समुदायबाट संचालित यस केन्द्रलाई सबैले सक्दो सहयोग गर्नु पर्ने आवश्यक भएको र जनपोलिक्लिनिक सम्बन्धि प्रचार प्रसार व्यापक रुपमा गर्नु पर्ने सुझाव दिनुभयो ।

संस्थापक सल्लाहकार एवं पूर्व राज्यमन्त्री दिलिप महर्जनले केन्द्रले गरेको प्रगतिको प्रशंसा गर्नुहुँदै केन्द्रले ज्येष्ठ नागरिकहरुलाई मनोपरामर्श सेवा प्रदान गर्दै अहिले नीलकण्ठ अमात्यको अगुवाईमा बाघभैरव ज्येष्ठ नागरिक समाज केन्द्र स्थापना गरी योग सेवा प्रदान गर्दै आइरहेको र ज्येष्ठ नागरिकको सेवा गर्नको लागि त्रि.वि.सँग १० रोपनी जग्गा लिन लागेको बताउनुभयो ।

प्रमुख अतिथि सुमन कुमार कार्कीले समुदायबाट संचालित यस केन्द्रले औषधीमा समेत १० प्रतिशत छुट दिंदै आइरहेको सुन्दा साह्रै खुशी लाग्यो । यस केन्द्रलाई कीर्तिपुर नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म हरेक वर्ष बजेट उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो ।

सभाको अन्तमा सभापतित्व गरिरहनु भएका हिराबहादुर महर्जनले समुदायको सहयोगमा संचालित यस केन्द्रको नयाँ भवन पुरा भएपछि मिनी अस्पतालको संचालन गर्ने योजना रहेको बताउनुभयो ।

No comments:

Post a Comment