Sunday, February 19, 2017

मङ्गल स्कुलमा विदाई, सम्मान, बधाई तथा पुरस्कार वितरण कार्यक्रम

मङ्गल स्कुलमा विदाई, सम्मान, बधाई तथा पुरस्कार वितरण कार्यक्रम



कीर्तिपुर सन्देश/

    कीर्तिपुरको नयाब्जारस्थित सामुदायिक विद्यालय मङ्गल उच्च मा.वि.र मङ्गल बहुमुखि क्याम्पसले प्लस टु र स्नातक पास गरेका आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान, बधाई तथा पुरस्कार वितरण गरी विदाई दिइयो ।

      गत माघ २९ गते शनिवार मङ्गल बहुमुखी क्याम्पसका अध्यक्ष प्रा.डा.शिवशरण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि सांसद राजेन्द्र कुमार के.सी.हुनुहुन्थ्यो अन्य अतिथिहरुमा विद्यालय निरिक्षक मोतिराज खनाल, कि.न.पा.बाट सानुबाबु परियार, क्याम्पस प्रमुख प्रदीप महर्जन, नि.प्राचार्य लोकलाल महर्जन, वि.व्य.स.अध्यक्ष अमन महर्जन, विभिन्न पुरस्कारका दाताहरु र विभिन्न राजनैतिक पाटीका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

      स्वागत मन्तव्य नि.प्राचार्य लोकलाल महर्जन र विद्यार्थीहरुको तर्फबाट कक्षा १२ कि प्रियङ्का ताजपुरियाले स्वागत मन्तव्य दिनुभएको थियो ।

     प्रगति विवरण क्याम्पस प्रमुख प्रदीप महर्जनले दिनु भएको थियो । उहाँका अनुसार स्नातक तहमा त्रि.वि.बाट नतिजा प्रकाशित गर्दा १८% पास भएको नतिजा प्रकाशित हुँदा त्यस क्याम्पसका विद्यार्थीहरु बीबीएसमा ४५% प्रतिशत र बी.एडमा ७५% प्रतिशत पास भएको जानकारी दिनुभयो । २०५७ सालमा राष्ट्रिय पुरस्कार प्राप्त गरेको पनि बताउनु भयो ।
       विद्यालय निरिक्षक मोतिराज खनालले विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भनेको उनीहरुलाई अझ पढ्न प्रेरणा दिनु हो भन्नुभयो । त्यसपछि विभिन्न खेलकुदमा विजयी विद्यार्थी तथा तहलाई पुरस्कार दिइएको थियो ।

   जसमा लङ्गजम्प, शटपुट, क्रसक्रन्टि, १०० मिटर दौड, भलिबल, बास्केटवल, टेबलटेनिस, फुटसल लगायत खेलमा प्रथम, द्वितिय भएका विद्यार्थीहरुलाई विभिन्न राजनैतिक दलका प्रतिनिधि अतिथिहरुले पुरस्कार तथा मेडल प्रदान गर्नु भएको थियो । त्यसपछि कक्षा ११ का विद्यार्थीहरु लाई वि.व्य.स.का अध्यक्ष अमन महर्जन, र स्नातक तहकालाई क्याम्पस व्य.स.का अध्यक्ष प्रा.डा.शिवशरण महर्जनले छात्रबृत्ति वितरण गर्नुभयो ।

१. ज्ञान नगद पुरस्कार कक्षा १२ शिक्षा संकायमा सर्वोत्कृष्ट अंक ल्याउने सोनाम महर्जनलाई दता ज्ञानुराजा महर्जनले २.टीका नगद पुरस्कार कक्षा १२ शिक्षा संकायमा प्रथम ल्याउने सोनाम महर्जनलाई दाता टिकारम महर्जनले ३.पूर्णलाल नगद पुरस्कार कक्षा १२ शिक्षा संकायमा प्रथम सोनाम महर्जन तथा व्यवस्थापन संकायतर्फ अक्षय कुमार बलामी, श्रवण चौधरीलाई दाता प्रा.डा. शिवशरण महर्जनले, ४.स्व.सन्तवहादुर महर्जन पुरस्कार कक्षा ११ जनसंख्यामा सर्वोत्कृष्ट अंक ल्याउने अलिसा महर्जनलाई श्रीमती नानीशोभा महर्जनले, ५.सिटौला पुरस्कार कक्षा ११मा अनिवार्य अंग्रेजी विषयमा सर्वोत्कृष्ट दिपिका महर्जनलाई दाता खेमनाथ सिटौलाले, ६.रत्नवहादुर स्नातक पुरस्कार स्नातक तह शिक्षा शास्ततर्फ सर्वोकृष्ट विनिता पौडेललाई, ७ रत्नभाई पुरस्कार स्नातक शिक्षा शास्त्रतर्फका विनिता पौडेलाई रत्नभाई महर्जनले, ८.कृष्ण हिरा पुरस्कार कक्षा १२ मा स्वास्थ्य शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सोनाम महर्जन, स्नातक तहमा स्वास्थ्य शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विष्णा कुमारी थापालाई दाता पूर्णवहादुर महर्जनले, ९. विद्यानन्द स्मृति पुरस्कार शिक्षा र व्यवस्थापन संकायमा सर्वोत्कृष्ट अंक ल्याउने विनिता पौडेललाई दाता अभिनन्द जोशीले र १०. ओम पदक क्याम्पस संयोजक सिछिवहादुर महर्जनले कक्षा १२ मा सर्वोकृष्ट अंक ल्याउने अक्षय कुमार र श्रवण चौधरीलाई प्रदान गर्नु भएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि सांसद राजेन्द्र कुमार के.सी.ले शिक्षा व्यावहारिक र व्यावसायिक मुलक हुनुपर्ने सुझाव दिनुभयो ।

मङ्गलको प्रगति कीर्तिपुरको गौरव भएकोले आपूmले सकेको सहयोग गर्ने बचन दिनुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रतिनिधि बरिष्ठ लेखा अधिकृत सानुबाबु परियारले की.न.पा.ले मङ्गल स्कुलको भौतिक र शैक्षिक विकासमा सक्दो सहयोग गर्दै आइरहेको बताउँदै आगामि दिनमा पनि सो सहयोग निरन्तर हुने बताउनु भयो । 

1 comment: