Monday, February 20, 2017

मेगस स्कुलमा अभिभावक दिवस २०७३ सम्पन्न

मेगस स्कुलमा अभिभावक दिवस २०७३ सम्पन्न


कीर्तिपुर सन्देश /

  कीर्तिपुरको नयाँबजारमा संचालित निजी विद्यालय मेगस ईंङ्गलिस स्कुलले हरेक वर्ष मनाउँदै आइरहेको अभिभावक दिवस(२०७३ गत माघ २९ गते शनिवार बाघभैरव बैंक्वेटमा सम्पन्न गरेको छ ।


स्कुलका निर्देशक राजकुमार नकर्मिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि की.न.पा.का बरिष्ठ लेखा अधिकृत सानुबाबु परियारले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । अन्य अतिथिहरुमा विद्यालय संचालकहरु मिलन मान महर्जन, सुरेश श्रेष्ठ, रमेश श्रेष्ठ, रेणुलाल श्रेष्ठ, अमरकाजी श्रेष्ठ र प्रिन्सिपल दिनेश शाह हुनुहुन्थ्यो ।


कक्षा ९ की विद्यार्थी अभिना महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो ।







 त्यस्तै कक्षा ५ का ३ जना विद्यार्थीहरुले कुमारी नाचद्वारा स्वागत गरिएका थिए । त्यस्तै कक्षा ६, ७ र ८का विद्यार्थीहरुले समुह गानद्वारा स्वागत गरिएका थिए ।

त्यस विद्यालयबाट हरेक कक्षाबाट पहिलो, दोस्रो र तेश्रो हुने विद्यार्थीहरुलाई स्कुल बोर्डका सदस्यहरुले पुरस्कार वितरण गरिएका थिए ।

आफ्ना नानीहरुको विभिन्न सांस्कृतिक कार्यक्रमहरु हेर्न अभिभावकहरुले सभा हल भरिएका
थिए । प्रत्येक कक्षाका विद्यार्थीहरुले अलग्ग अलग्ग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।

No comments:

Post a Comment