Sunday, March 5, 2017

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा भ्यालेन्टाइन डे मनाइयो

ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगामा भ्यालेन्टाइन डे मनाइयो


ईश्वी सम्वतको दोस्रो महिनाको १४ तारिख अर्थात फेब्रुअरी १४ तारिखलाई भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाइन्छ । यो दिवस नेपालमा पनि मनाउने हरेक साल बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गत फागुण ३ गते मंगलवारको दिन नवलपरासी रामग्राम लियो क्लबले पाँगास्थित ज्येष्ठ नागरिक सेवा केन्द्रमा आई भ्यालेन्टाईन डे मनाईयो ।

        उक्त कार्यक्रममा सबै ज्येष्ठ नागरिकहरुलाई खादा ओढाई सम्मान गरी जलपान पनि गराइएको थियो । उक्त अवसरमा लियो क्लबले ज्येष्ठ नागरिक सेवा केन्दंलाई मादल, झ्याली, धाः र खिजडी पनि उपहार स्वरुप प्रदान गरिएको थियो । उक्त कार्यक्रममा प्रायोजक रबिन्द्र पन्तले प्रणय दिवस भनेको तरुण तरुणीहरुले मात्र मायाको साटासाट गर्ने होइन, अहिलेको व्यस्त जीवनमा छोरा छोरीले आमा बाबुलाई माया गर्नुपर्छ । आमा बुबासँग माया साट्नकै लागि आज हामी यहाँ आएका हौं भन्नुभयो । त्यसको जवाफमा केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनले सेवा भावनाले संचालित यस केन्द्रले सबैको सहयोगको अपेक्षा राखेको छ । तपाईंहरु नवलपरासीदेखि यहाँसम्म आउनु भई हाम्रा ज्येष्ठ नागरिहरुलाई सम्मान गर्नुभयो, जलपान गराउनु भयो । यसबाट ज्येष्ठ नागरिकहरुको सेवा गर्न हामीलाई हौसला प्रदान गर्नुभएको छ । तपाईंहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पछि पछि पनि यस्तै सहयोग पाइरहने अपेक्षा राखेको छु भन्नुभयो ।

      कार्यक्रममा ज्येष्ठ नागरिक क्लबका अध्यक्ष एवं सल्लाहकार इन्द्रमान महर्जनले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम ज्येष्ठ नागरिक क्लबका सचिव एवं केन्द्रका सल्लाहकार अर्जुन महर्जनले संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment