Saturday, April 18, 2020

विद्यार्थीहरूलाई शिखरदीप बहुउद्देश्यीय सहकारीको राहत सहयोग

 विद्यार्थीहरूलाई शिखरदीप बहुउद्देश्यीय सहकारीको राहत सहयोग 



आज २०७७ साल बैशाख ६ गते शनिवार कीर्तिपुरमा शाखा कार्यालय रहेको शिखरदीप बहुउद्देश्यीय सहकारीले कीर्तिपुरमा रहेका विद्यार्थीहरूलाई राहत सामाग्री वितरण गरिएको छ ।

की.न.पा. वडा नं.७ स्थित साल्भानिया स्कुलको प्रांगणमा भेला भएका विद्यार्थीहरूलाई राहत वितरण गरिएको थियो । वडा नं.७ ले नाम टिपाएका अनेरास्ववियू नेता मंगल थापाको व्यवस्थापनमा अखिल केन्द्रिय नेता ऐन महरको पहलमा की.न.पा. वडा नं. ७ का अध्यक्ष राजकुमार माली, वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन, नेकपा कीर्तिपुर नगर अध्यक्ष विकास महर्जन लगायतको उपस्थिति रहेका छन ।

शिखरदीपका केन्दीय अध्यक्ष केदारनाथ शर्माले आफ्नो मन्तव्य राख्नेक्रममा टाढा टाढाबाट कीर्तिपुरमा आएर अध्ययन गरिरहनु भएका विद्यार्थीहरु भोकै छन भन्ने सुनेर यस्तो संकटको बेला सहयोग गर्नु हामी सबैको कर्तव्य ठानेर ३०० (तीनसय जना)को लागि राहत सामाग्री लिएर आएको हो । यहाँ तीनसय भन्दा बढी रहेछ । अहिले जति वितरण भयो । कति जनालाई पुगेन लिस्ट अनुसार नपुग भोलि दिने बचन दिनुभयो ।
उक्त राहत पोकामा शिखरको ब्राण्ड उपकार चामल १५ के.जी., दाल २ केजी र सन फ्लावर तेल एक बोतल रहेको छ ।

नगरपालिकाले राहत दिंदा एक जनालाई एक हप्ताको ३ किलोको दरले दिएको थियो । यस हिसाबले अहिले शिखरदीपले १५ किलो दिंदा के विद्यार्थीहरूलाई ५ हप्ताको लागि पुग्ने भयो त होइन ? ५ हप्तासम्म यी विद्यार्थीहरूले अब अन्त कतै राहत लिन जाँदैन ? यसको के ग्यारेन्टी ?

परिचय पत्र हेरेर मात्र नाम लेखेर व्यवस्थित ढंगले राहत वितरण गर्नको लागि हिजो नै वडा नं.७ का सचिव ज्ञानेन्द्र महर्जनले लिस्ट बनाएर दिएकोमा अहिले राहत बाँड्दा जो अगाडि आयो उसलाई दियो । यस हिसाबले कसरी निस्पक्ष रुपमा राहत बाँड्न सकिन्छ ।

विद्यार्थी भनेको पढेलेखेका शिक्षित व्यक्तित्व भन्ने ठान्छन । र त्यहाँको स्थिति हेर्दा भद्रगोल छ । अहिलेको परिस्थितिमा सामाजिक दुरी कायम राख्न जति अनुरोध गरे पनि मानेन । ठेलम ठेल गरेर बसेको देखिन्छ । 
आयोजकहरु पनि त्यतिकै जिउ छुने गरी बसेका छन ।



जे होस शिखरदीप सहकारीले सामाजिक उतरदायित्व निर्वाह गरेको छ ।

No comments:

Post a Comment