Saturday, April 11, 2020

कीर्तिपुर ५ नं वडामा व्यवस्थित राहत सामाग्री वितरण

कीर्तिपुर ५ नं वडामा व्यवस्थित राहत सामाग्री वितरण 


कीर्तिपुर नगरपालिकाका अरु वडाहरुमा चैत२७, २८ गते राहत सामाग्री वितरण गरिएको भए पनि वडा नं.५ मा आज चैत २९ गते देखि मात्र राहत वितरण गरिएको छ । ढिला भए पनि राहत वितरण प्रणाली चुस्त दुरुस्त र व्यवस्थित रुपले गरिएको देखियो । लाईनमा बस्नेहरुको सामाजिक दुरीमा राख्न घेरा बनाएर राखिएको छ । ४ वटा लाईनमा राखिएको छ । 

प्रत्येकलाई सिं.नं. अंकित कुपन दिइएको छ । त्यही कुपनको नम्बर अनुसार लाईनमा बस्न लगाईएको छ । १( सि.नं.१–४२ एक लाईन २.सि.न.४३–८४ ३.सि.नं.८५ देखि १२७ र ४.सि.नं.१२८ देखि १६८ सम्मलाई आज विहान वितरण गरिएको छ । दिउँसो २ः३० देखि सि.नं.१६९ देखि ३३६ सम्मलाई वितरण गरिने छ । भोली चैत ३० गते पनि विहान ७ः३० देखि सिंनं.३३७ देखि ६४० सम्मको लाई वितरण गरिने कुरा सचिव चन्द्रमाया महर्जनले जानकारी दिनुभयो ।

आज राहत वितरणको उद्घाटन वडाध्यक्ष राजेन्द्र महर्जनले गर्नुभएको थियो । उद्घाटन मन्तव्य दिनेक्रममा उहाँले यो कोरोना भाइरस विश्वव्यापी संक्रमित हुँदैछ । यसबाट बच्ने उपाय भनेको घरमा बस्नु नै हो । तपाईंहरुलाई घरमा बस्दा खानपिनको लागि यो राहत दिएका हौं । त्यसैले राहत लिएर यताउता घुमिरहने होइन घरमा बस्न अनुरोध गर्नुभयो ।

सर्वप्रथम राहत लिन आउनेहरुको थर्मल गनबाट ज्वरो नाप्ने गरियो । त्यसपछि समूह ६ वटा बनाएको छ । १ जनालाई चामल ३ के.जि, दाल आधा के.जी, नुन १ पाकेट, तेल आधा लिटर, साबुन १ पिस, चिनी आधा के.जी. २ जनालाई चामल ६ के.जि,अरु सवै १ नं.मा जतिकै ३ जनालाई चामल ९ केजि, दाल डेढ क.जि., नुन १ के.जि., तेल १ लि., सावुन २ पिस, चिनी डेढ के.जि. ४ जनालाई चामल १२ के.जी. अरु सबै ३ नं.मा जतिकै ५ जनालाई चामल १५ के.जि. र ६ भन्दा माथिलाई चामल १८ के.जि दाल दुवै ग्रुपलाई ३ के.जि.नून १ पाकेट तेल २ लि, सावुन ३पि. चिनी २ के.जि.का दरले वितरण गरिएको छ ।

वडाको रिकर्ड अनुसार १ जनाको परिवार १५, २ जनाको परिवार ४८, ३ जनाको परिवार १३६, ४ जनाको परिवार २२२, ५ जनाको परिवार १३६, ६ भन्दा माथिको परिवार संख्या ८३ रहेका छन ।

No comments:

Post a Comment