Saturday, December 2, 2023

२०७२ असार २२ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर र त्रि.वि.सरोकार समिति, कीर्तिपुर बीच भएको सम्झौता

  २०७२ असार २२ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर र त्रि.वि.सरोकार समिति, कीर्तिपुर बीच भएको सम्झौता

             त्रिभुवन विश्वविद्यालय स्थापनाको क्रममा तत्कालीन नेपाल सरकारले काठमाडौं जिल्ला कीर्तिपुरस्थित साविकका विभिन्न गा.वि.स.का जग्गाहरु विश्वविद्यालयको लागि अधिग्रहण गर्ने क्रममा २०१३ मार्ग १५ गते राजपत्रमा सुचना प्रकाशित गरेको र प्रकाशित सूचनाबमोजिमका कार्यहरु आजसम्म पुरा नभएको भनी कीर्तिपुरस्थित स्थापित जनसमुदाय त्रि.वि. सरोकार सर्वपक्षीय समितिको तर्फबाट विभिन्न मागहरु त्रि.वि.समक्ष पटकपटक पेश भएका सन्दर्भमा छलफल गरी समाधानका उपायहरु खोजी गरी सिफारिससहित प्रतिवेदन बुझाउन त्रि.वि.को निर्णयानुसार त्रि.वि. र कीर्तिपुरस्थित त्रि.वि.सरोकार सर्वपक्षीय समितिबीच देहायबमोजिम सहमति भयो ।

सडक विस्तार सम्बन्धमा

काठमाडौं बल्खु हुँदै दक्षिणकाली जाने बाटोदेखि पश्चिममा रहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको बागवानी केन्द्र र सशस्त्र प्रहरी गुल्मको बीच भागबाट त्रि.वि.को दक्षिणको सीमानामा रहेको भाजंगलको वडा नं.१८ सिमाना हुँदै कीर्तिपुर वडा नं.३ मूल गेटसम्म नेपाल सरकारको मापदण्डअनुसारको सडक निर्माण गर्ने । यसको लागि आवश्यक जग्गा त्रि.वि.ले उपलब्ध गराउने । त्यस्तै गरी उक्त मूल गेटबाट –हाल त्रि.वि.को कम्पाउण्ड) सीमाना हुँदै का.म.पा वडा नं.१४स्थित गां खेलबाट रिङ्गरोडसम्मको हाल साविक कायम रहेको बाटोलाई नेपाल सरकारद्वारा तोकिएको मापदण्ड कायम गरी विस्तार गर्ने ।

उक्त सडक निर्माण तथा विस्तार कार्यलाई समन्वय गर्न आवश्यक भए त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर नगरपालिका र त्रि.वि. सरोकार सर्वपक्षीय समितिको संयुक्त प्रतिनिधित्व हुने गरी एक अनुगमन समितिसमेत गठन गर्ने ।

ल्याब स्कूल सम्बन्धमा ः

त्रि.वि.को स्वामित्व कायम रहेको ल्याबोरेटरी स्कुलमा हाल साधारण ९न्भलभचब०ि शिक्षा मात्र संचालन भइरहेको अवस्थामा उक्त भवन र जग्गामा आवश्यक पूर्वाधारहरु निर्माण गरी प्राविधिक विषयका शिक्षा प्रदान गर्न संयुक्त प्रयास गर्ने साथै विद्यालय व्यवस्थापन समितिमा कीर्तिपुरको सम्मान जनक प्रतिनिधित्व गराउने ।

जग्गा मुआब्जा सम्बन्धमा ः

त्रि.वि.स्थापनाको क्रममा आवश्यक जग्गा तत्कालीन सरकारबाट अधिग्रहण भएकोमा हालसम्म केही जग्गा धनीहरुको मुआब्जा नपाएको भनी त्रि.वि.मा विभिन्न गुनासोहरुमार्फत जानकारीमा आएकोले सोबारेमा सत्य तथ्य पत्ता लगाउने उद्देश्यका लागि नेपाल सरकारबाट एक अधिकार सम्पन्न आयोग गठन गर्न त्रि.वि. र कीर्तिपुर नगरपालिकाबाट संयुक्त रुपमा नेपाल सरकारलाई अनुरोध गर्ने ।

सभामा प्रतिनिधित्व गराउने सम्बन्धमा ः

त्रि.वि. सभामा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदेन प्रदेन प्रतिनिधित्वको व्यवस्था भएको नदेखिएको हुँदा जनस्तरको सहभागिता गराउन राज्यको नीतिसमेत रहेको सन्दर्भमा वर्तमान त्रि.वि.ऐनमा कीर्तिपुर नगरापलिकाको प्रमुख त्रि.वि. सभामा पदेन सदस्यको रुपमा प्रतिनिधित्व गराउन ऐनमा आवश्यक संशोधन गर्न त्रि.वि.बाट मस्यौदा बनाई नेपाल सरकारसमक्ष सिफारिस गर्न ।

अस्पताल निर्माण सम्बन्धमा ः

त्रि.वि. परिसरभित्र एक ३०० –तीन सय) शैया क्षमता भएको शिक्षण अस्पताल स्थापना गर्न तिनै पक्ष क्रियाशिल रहने । स्थापना हुने अस्पताल संचालनको लागि एक व्यवस्थापन समिति गठन गरिनेछ । जसमा त्रि.वि. कीर्तिपुर नगरपालिका र त्रि.वि. सरोकार सर्वपक्षीय समितिबाट प्रतिनिधित्व गराइने छ ।

छात्रवृत्ति सम्बन्धमा ः

त्रि.वि.को लागि अधिग्रहणमा परेका तत्कालीन जग्गाधनीहरुका परिवारका योग्यता पुगेको छोरा छोराीहरुलाई उत्कृष्टताको आधारमा त्रि.वि.मा संचालित नियमित कार्यक्रम र भविष्यमा स्थापना हुने अध्ययन संकायमा १÷१ जनालाई निःशुल्क छात्रवृत्ति व्यवस्था गराउने र संकाय अन्तर्गतका प्रत्येक विभागमा १÷१ जनालाई सःशुल्क अध्यापन गराउनको लागि आवश्यक व्यवस्था गर्ने ।

रोजगारी सम्बन्धमा ः

त्रि.वि.को लागि जग्गा अधिग्रहणमा परेका तत्कालीन जग्गाधनी तथा मोहीका छोरा छोरीहरुलाई समेत रोजगारीमा प्राथमिकता दिने भनी तत्कालीन सरकारले वि.सं. २०१३ सालमा राजपत्रमा सूचना प्रकाशित गरेको तथ्यलाई मध्यनजर राखी त्रि.वि. कीर्तिपुरमा आवश्यक पर्ने दक्ष, अर्धदक्ष, शैक्षिक, प्रशासनिक जनशक्ति नियुक्ति गर्दा प्रचलित ऐन नियमविपरीत नहुने गरी गर्ने ।

समन्वय समिति ः

उपरोक्त अनुसारको सम्झौताको लागि कार्यान्वयनमा ल्याउन दुवै पक्ष सम्मिलित तपसिल अनुसारका व्यक्तिहरु रहेको एक समन्वय समिति गठन गने ।

शम्भुराम महर्जन संयोजक नेकपा माओवादी पार्टी

राजकुमार नकर्मी, राजकुमार नकर्मी नेपाली कांग्रेस (बर्तमान की.न.पा.नगरप्रमुख)

रमेश महर्जन, नेकपा एमाले (निवर्तमान नगर प्रमुख)

नारायण महर्जन  नेपाल मजदुर किसान पार्टी

देव महर्जन त्रि.वि.सरोकार समिति

मिति २०७२ साल असार २२ गते आइतवार


No comments:

Post a Comment