Wednesday, November 29, 2023

लघु चलचित्र ‘बिचरी माईली’समिक्षा

 लघु चलचित्र ‘बिचरी माईली’ समिक्षा

कीर्तिपुर सन्देश, 

              कथा, परिकल्पना र निर्मात्री बिमला महर्जन मानन्धरको प्रस्तुतीका रुपमा लघु चलचित्र ‘बिचरी माईली’ हाईलाईट नेपालको यूट्यूब च्यानलमा अपलोड भएको छ । सो चलचित्र ईडिजिनियोस टेलिभिजन र भाद्गाउँ टेलिभिजनबाट प्रशारण भैसकेको छ । सबिनरत्न शाक्यको निर्देशन, अभय श्लोकको छायांकन, पटकथा संवाद तथा शीर्षक गीत बुद्ध महर्जनले गर्नु भएको सो चललिचत्रमा मूलपात्रका रुपमा बिमला महर्जन मानन्धरले माईलीको भूमिका निभाउनु भएको छ । सो लघु चलचित्रमा कलाकार मञ्जु श्रेष्ठ, धर्मयूग श्रेष्ठ, दिब्या ए.एस., बुद्ध महर्जन, अनुप लामा, मीना प्रधान, मन्दिरा श्रेष्ठ, बिना महर्जन, प्रेममाया डंगोल, कमला महर्जन, भगवती श्रेष्ठ र बाल कलाकार मानब डंगोलले अभिनय गरेका छन् । 



               कथाकारले एउटै आमाका सन्तानहरूका सोच, बिचार फरक हुन्छ भने समय परिस्थिति र संयोगले उनीहरूको भाग्य पनि फरक हुन्छ भन्ने कुरा छर्लङ्ग देखाएका छन् । संयोग र परिस्थितीले मानिसको जीवनका मेहनत र सत् कर्महरू पनि बिफल हुन सक्छ तर सत् कर्मलाई धैर्य, सहनशिल र दृढता पूर्वक निरन्तरता दिंदै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ भन्ने सामाजिक सन्देश उक्त लघु चलचित्रले दिएको छ । 

                 नेपाली समाजमा बलियो र बोलवाला भएको भाईले सोझो र कमजोर भाईलाई अंशबण्डाको मामलामा हुने गरेको अदृश्य अन्याय र अत्याचारलाई प्रष्ट मार्मिक ढंगले प्रस्तुत गरेको छ । लघु चलचित्रमा नेपालकै जल्दो बल्दो समस्याका रुपमा रहेको बेरोजगार युवाहरूको बैदेशिक रोजगारको क्रममा हुने पीडा र स्वदेश फर्केपछि बैदेशिक रोजगारका क्रममा आर्जित ज्ञान र अनुभवलाई स्वदेशमै उपयोग गर्न खोज्दा नेपालको विद्यमान बजारतन्त्र र फितलो ब्यवस्थापनले उनीहरूको उत्साह सिथिल र निराशा हुने गरेको परिवेशलाई उजागर गरिएको छ ।  



          मानिसको सोचमा क्रमश परिवर्तन हुँदै जाने र घमण्ड, ईश्र्या जस्ता क्लेशले मानिसको मनलाई मैलो बनाउछ । जीवन सफलताको कडी दया, माया, करुणा, ममता र आफ्नो पनमा होभनी देखाउन खोजेको छ । यी कडिले मैलो मनलाई परिवर्तन गर्न सक्छ भन्ने देखाउन खोजेको छ । ‘बिचरी माईली’ लघु लचचित्रले समाजका हर परिवारहरुलाई क्लेश मुक्त जीवनजीउनका निम्ति प्रेरणा प्रदान गरेको छ । 

       
निर्मात्री बिमला महर्जन मानन्धरसँग कुराकानी गर्दा वहाँले दर्शक महानुभावहरुलाई उक्त चलचित्र यूट्यूब च्यानलमा सर्च गरी हेरेर उक्त लघु चलचित्र सम्बन्धि प्रतिक्रिया दिनहुन हार्दिक अनुरोध गर्नु भयो । साथै आगामी दिन अर्काे लघु चलचित्र निर्माणका लागि कथा तयारी हुँदै गरेको बताउनु भएको छ । ‘बिचरी माईली’ सबै दर्शकको मन जित्न सकोस् भन्ने शुभकामना र बधाई ज्ञापन गर्दछौं । 


No comments:

Post a Comment