Saturday, March 28, 2020

कीर्तिपुर नगरपालिकाको १७ करोडको बजेट सार्वजनिकरण

कीर्तिपुर नगरपालिकाको १७ करोडको बजेट सार्वजनिकरण
वर्ष ४  अंक २५ (संयुक्तांक १७९) ने. सं. ११३५ सिल्लाथ्व पारु बुधवाः २०७१ माघ ७ गते  बुधवार    पृष्ठ १२  मूल्य रु.५÷–
कीर्तिपुर सन्देश÷
२०५३ सालमा गठन भएको कीर्तिपुर नगरपालिकाको २० औं नगरपरिषदको सार्वजनिकीकरण गत पौष ३० गते होटल हिलसाइडमा सम्पन्न भयो ।
सभासद राजेन्द्र कुमार के.सी.ले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा बरिष्ठ लेखा अधिकृत सानुवावु परियारले स्वागत मन्तव्य दिनु भएको थियो ।
कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत दिनेश प्रसाद थानीले आ.व. २०७२÷०७३ को लागि अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नु भयो । जस अनुसार आन्तरिक तर्फ रु.३,८०,७०,४००÷ र वाह्य तर्फ रु.१३,५९,८६,०००÷ गरी कुल अनुमानित आय रु. १७,४०,५६,४००÷ प्रस्तुत गर्नुभयो ।
त्यस्तै व्यय तर्फ चालुतर्फ रु.५,९४,३८,०००÷तथा पूँजीगत तर्फ रु.११,४६,१८,४००÷व्यय हुने 
गरी बजेट, योजना तथा कार्यक्रम तर्जुमा गरिएको जानकारी दिनुभयो । 
यस बजेट नीति तथा कार्यक्रममा घरजग्गा कर निर्धारण गर्दा घर र सो घर रहेको पुरै कित्ता जग्गा मूल्यांकन गरिने हुँदा धेरै क्षेत्रफल भएको जग्गामा जग्गाको मालपोत पनि तिर्ने र पुनः घरजग्गा कर समेत सोही जग्गाको मूल्यांकन गरी तिर्नुपर्दा दोहोरो पर्न जाने तथ्य समेतलाई हृदयंम गरी ८ आना क्षेत्रफल सम्मको जग्गाको लागि साविक बमोजिम नै र सोभन्दा बढी क्षेत्रफलको जग्गाको सन्दर्भमा उक्त जग्गामा निर्मित घर कम्पाउण्डले चर्चिएको जग्गा वा ८ आना मध्ये जुन बढी हुन्छ सो को मात्र मूल्यांकन गरी कर निर्धारण गर्ने ।
२.मालपोत कार्यालय कलंकीले यस क्षेत्रका जग्गाहरुको रजिष्ट्रेशन प्रयोजनका लागि तोक्ने दर यथार्थपरक र वास्तविकतामा आधारित होस भनने अभिप्रायले स्थानीय निकाय, राजनैतिक दलहरु एवं सरोकारवाला पक्षहरुको आपसी सहमतिमा तोक्ने ।
३. विगत १५ वर्षदेखि प्रचलनमा रहेको स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम १४० को अनुसुची ८ बमोजिम घरको मूल्यांकन एवं कर छुटको सिमा समयसापेक्ष सुधार गर्ने । त्यस्तै करको दर बढाउनु भन्दा करको दायरा फराकिलो पार्दै लैजाने, कीर्तिपुरमा रहेका धार्मिक, पुरातात्विक एवम् प्राचीन कला र संस्कृतिको उत्कृष्ट नमुना रहेका बाघभैरव उमामहेश्वर, चिलंचो आदि स्थानलाई विस्व सम्पदामा सुसुचित गर्न पहल गर्ने, खानेपानी समस्या समाधानका लागि सीम झवाहिटी खानेपानी मुहान संरक्षण र सम्बद्र्धन र क्षमता अभिबृद्धि गर्न कुल लागत रु.१७ करोड ३० लाखको खानेपानी संचालन गर्ने कार्य भैरहेको, सुन्दरीघाटबाट दैनिक करिव १५ लाख लिटर पानी ल्याउन कार्य भैरहेको पनि जानकारी दिनुभयो । 
Published : Kirtipur Sandesh 21 Jan 2014

No comments:

Post a Comment