Saturday, March 28, 2020

खानेपानी मुहान क्षेत्र सीम झवाःहितिमा प्लटिङ कार्य तिब्र

खानेपानी मुहान क्षेत्र सीम झवाःहितिमा प्लटिङ कार्य तिब्र 


कीर्तिपुर नगरमा खानेपानीको ठूलो समस्या आउने संकेत 
कीर्तिपुर सन्देश वर्ष ४  अंक २५ (संयुक्तांक १७९) ने. सं. ११३५ सिल्लाथ्व पारु बुधवाः २०७१ माघ ७ गते  बुधवार
कीर्तिपुर नगरपालिका वडा नं. १५ स्थित सीम झवाःहिति खानेपानी मुहानबाट खेर गैरहेको अत्यधिक पानी संकलन गरेर कीर्तिपुर नगरपालिकाभरीका जनतालाई पानीको वितरण गर्ने उद्देश्यले संचालित कार्यक्रममा सीधा बाधा पर्ने गरि उक्त मुहान नजिकैको जग्गा प्लटिङ गरेर विक्रि वितरण गर्न लागिरहेको समाचार गत अंकमा प्रकाशित भइसकेको पाठकहरुलाई जनाकारी नै होला । तसर्थ उक्त प्लटिङ गरि जग्गा विक्री वितरण गर्न लागिरहेको कारण सो कार्य रोक्नका लागि गत पुष १ गते कीर्तिपुर नगर पालिकामा सीम झवाःहिति खानेपानी उपभोक्ता समितिका संयोजक डा. चन्द्रमान बज्राचार्यले निवेदन दिनु भएको थियो तर एक महिना वितिसक्दा पनि नगरपालिकावाट केहि पनि कारवाही नगरेको अवस्था छ । नगरपालिकाको स्वीकृति बेगर प्लष्टिङ कार्य गर्न नहुने नियम हुदाहुदै पनि नगरपालिको स्वीकृतिविना नै प्लटिङ कार्य गदै गरेको र सो विषयमा सरोकारवालाहरुले निवेदन दिएतापनि नगरपालिकाले बेवास्ता गरेको कारण सीम झवाःहिति खानेपानी उपभोक्ता समितिले दवाव दिदै आएको छ ।

हालै उक्त खानेपानी मुहान सीम क्षेत्रमा अध्ययण भ्रमण गर्ने क्रममा सो क्षेत्रमा प्लटिङ गर्ने कार्य तिब्र रुपमा भइरहेको पाइयो । जानकारी भए अनुसार प्रतिरोपनी रु ३२ लाखको दरले ९ रोपनी जग्गा पोखराका एल.बि गुरुङले तीन महिना अघि खरिद गरेको र अहिले गुरुङले प्रतिरोपनी ४८ लाखको दरमा प्लष्टिङ गर्दै विक्रि वितरण गरिरहेको छ । प्लटिङ गरेको ती जग्गा खरिद गर्नेहरुको संख्या पनि धेरै रहेको बताइएको छ । प्लटिङ गर्ने सिलसिलामा ढल बनाउँदा ढलबाट निकै पानी खेर गइरहेकोले यसवाट पानी मुहानमा सिधै असर परि पानी संचय कम भइसकेको अवस्था छ ।

यसै वीच सीम झवाःहिति पानी मुहानमा दैनिक १० लाख लिटर पानी सकंलन गर्न सकिने काठमाण्डांै उपत्यका खानेपानी समितिले ठहर गरेको र सो खानेपानी संकलन गर्नका लागि खानेपानी कीर्तिपुर शाखालाई निर्देशन समेत दिइसकेको थियो ।

सा े निदर्शे न अनसु ार खानपे ानी सस्ं थान कीतिर्प रु शाखाले प्रतिवेदन तयार गरिसकेको र केन्द्रीय कार्यालयलाई बुझाउने अन्तिम चरणमा पुगेको अवस्था छ । तर सीम झवाःहिति पानी मुहान क्षेत्रमा निजी जग्गा मात्र भएको र खानेपानी संकलन गर्नका लागि जग्गा नभएका कारण समस्या आएको खानेपानीका कर्मचारीहरु बताउछन् ।

तसर्थ यस विषयमा नगरपालिका र खानेपानी लिमिटेडले समयमै ध्यान दिनुपर्ने कीतिपुरका बुिद्धजीवीहरु बताउछन् । यदि सरोकारवालाहरुले समयमै ध्यान नदिए कीर्तिपुरवासी नै जागरुक हुँदै पानीको लागि अगाडी बढ्नुपर्ने अवस्था बन्दै गएको समेत बताएका छन् ।

No comments:

Post a Comment